Sunday, December 19, 2010

गज़ल - निर्मोहीको बाटो !!!

चाहेकै थें  हाँस्न तर,  खुशी डाँडा काटो  !
जिउँनलाइ प्रित गाँसे, उल्टै  मुटु फाटो !!

उस्को माया राख्ने यो मन्  तुन्दा तुन्दा थाकें
फेरी पनि दुखेकै छ,  नदेखिने खाटो !

परेलीमा छल्किएको,  नहर थुनी रा'छु 
अतितको यादले आज, बाँध टुट्न आँटो !

आउला एक् दिन् फर्किएर,  मेरो जीवन भनि
कैले सम्म कुरौ प्रीतको, भत्किएको पाटो !

कल्पी रुदै एकान्तमा, जीवन धोए पनि
हेरी  रा'छु अझै पनि, निर्मोहीको बाटो !!!


गज़ल - छैन यो मन डुलाएको !

ढाकरमा तोक्मा लगाई, सुसेलीले   भुलाएको !
आजै जस्तो लाग्छ सिउँदो, सिन्दुरले खुलाएको   !!

बैसाखको खडेरीमा, रानी बनमा गाई चराउँदा
बिर्सिएको छैन मैले, आफ्नै काखमा सुलाएको !

समयको गति सँगै,  फेरिएकै  हौ  कि  कतै
भुल्यौ जस्तो लाग्नथाल्यो,  प्रीतको फूल फुलाएको !

निष्ठुरीको मनमा फेरी, संका बढ्यो भन्छौ होला
तिम्लाई के थाहा पाथि सरि, मनमा माया चुलाएको !


आज भोलि विरहमा, भाका फेर्छे न्याउली चरी
एक्लै कल्पी बस्दा पनि,  छैन  यो मन डुलाएको !!!



गज़ल - दुखें

हरेक  पटक तिमी आउँने, भाका सर्दा दुखें !
जीवन भरि तिमलाई सम्झी,  रुनु पर्दा दुखें !!


होसमा  छु कि  बेहोसीमा,  थाहा छैन आज
तिमले आउँन अलिकति, ढिला गर्दा दुखें  !

पन्चे बाजा डोली चडी, तिम्रै साथ लागि
सानो  संसार रच्ने सारा, रहर  मर्दा दुखें !

कस्तो साइत पारी गयौ, गाउँ  छाडी  पर्देश
सब्ले मलाई  एक्लो पारी, खुशी हर्दा दुखें !

अभागी यो पुर्पुरोमा, खोटो भाग्य रैछ
बिगत सम्झी तप्प-तप्प, आँशु झर्दा दुखें   !

तिम्रै लागि  साँचेकी थें, खाली सिउँदो मैले
तर आज पराइले, सिन्दुर भर्दा दुखें !!!



गज़ल - दुखेपछी गज़ल गाएँ !

फूलको धारले रेट्यो आज,  दुखेपछी गज़ल  गाएँ !
पिरतीको बगैँचा नै,  सुकेपछी  गज़ल गाएँ  !!


दैब दुस्मन लाग्यो आज, चारैतिर अन्धकार छ
जिन्दगीको जून मेरो, लुकेपछी गज़ल  गाएँ  !

के थाहा र समयले, निर्मम प्रहार गर्छ भनि 
काँचको चुरा सरि सपना,  चुकेपछी गज़ल  गाएँ  !


लुकी-छिपी समाजका, आँखा छल्दै माया लायौँ
बाधिएको प्रीतको गाँठो, फुकेपछी गज़ल  गाएँ !

जातको कुरा नगर भो, भन्थ्यौ तर झुट रैछ
तिम्रै कारण मेरो  शिर, झुकेपछी  गज़ल  गाएँ !





गज़ल - गोलि नभा खोकालाई !!!

सोध्ने कसले पिंडा छकी, भरिया र डोकालाई !
लाग्छ  फाल्न अबेर भयो, समस्याका पोकालाई !!


बलहुने र धनहुनेको, मनोमानी अन्त्य भइ
दुइ-चार गाँस मिल्ने कैले, श्रमिक अनि भोकालाई !

सडक देखि सदन सम्म, श्रमका कुरा चले पनि
कसले देख्यो दुखियाका, हत्केलाका फोकालाई !


गीता छोई बाचा गर्दै, आँखाभरि छारो फाल्छन
के भनेर संज्ञा दिउँ, सधै हुने धोकालाई !

आकाश मार्ग सयर गर्छ, त्यस्कै पछी लावालस्कर
कोहि छैन देख्ने यहाँ, खान नपाइ रोकालाई !

उठ...जाग नवयुवा, देशले तिम्लाई पुकार्दै छ
बडारेर फाल्नुपर्छ, गोलि नभा खोकालाई !!!

गज़ल - यस्तै यस्तै गज़ल गाएँ !!!

मेला पात घाँस दाउरा, पधेरिका  गज़ल गाएँ !
पियारी र घर धन्दा, मझेरिका  गज़ल गाएँ !!

दैब दुस्मन भयो भनि, भाग्य फुटी गयो भनि
अन्धकार भो जीवन भन्दै,  अँधेरिका  गज़ल गाएँ !

हिमाल पहाड तराईलाई, नसमेटे खल्लो होला
खोरिया र भिर पाखा, पखेरिका  गज़ल गाएँ !

झुप्रा देखि महल सम्म, सुख दुख मिसाएर
प्रकृति र झरी बर्खा, खडेरीका  गज़ल गाएँ !

फुलबारी , चरी अनि, परिलाइ कल्पिएर 
जुनेली ति रात भित्र, निदरिका  गज़ल गाएँ !

भाई भाई फुट्नु हुन्न, साथ कैले छुट्नु हुन्न
सबै मिलि बसौ भन्दै, मितेरिका  गज़ल गाएँ !!!




गज़ल - हुदैनर

सत्रु छान्नु  भन्दा पैले, मित्र छाने हुँदैनर  ?
सबै आफ्नै दाजु भाई, भन्ने ठाने हुँदैनर  ??

आज भोलि जानी जानी,  कु-बाटोमा हिडेकाछौ  
सहि बाटो समाएर, हिड्न जाने हुँदैनर  ?

मझेरिको माटो खनी, आँगन पुर्न लाग्नु भन्दा
किला ठोकी  फूल बारीमा, साँटो बाने हुँदैनर  ?

आफै भित्र खोज सत्रु किन लाउनु नजर अन्त
आफु भलो रहे जगत, भलो माने हुँदैनर ?

बैरी भाव पन्छाएर, मित्रताको हात मिलाई
दल्दलमा छन आमा आज बाहिर ताने हुँदैनर  ???




गजल - कस्ले ?

आमा रुन्छिन आसुँ यहाँ, पुछीदिन्छ कस्ले ?
गरिवको दु:ख दर्द, बुझीदिन्छ कस्ले ??

सबै आफ्नै आँटो मुच्न, ब्यस्त देख्छु म त
अपाङ्गको आँटो यहाँ, मुछीदिन्छ कस्ले ?

फुल बारी नासिदैछ, झाङियेर झार
फूल जोगाइ झार यहाँ, लुछीदिन्छ कस्ले ?


सबै ठग्नै खोज्छ्न यहाँ , भलो गर्नै हुन्न

आधा दिदा हुन्छ भने, झुसी दिन्छ कस्ले ?

दैब पनि दु:ख दीइ, रमाउछ हाँस्छ
मानबको त कुरै छाडौ, खुशिदिन्छ कस्ले   ???





Friday, November 26, 2010

गज़ल - पैले !

 

डुवायौ मायाको, नसामा पैले !
रुवायौ मुटुमा, चोट्दिई अैले !!

यात्रा हो जीवन, हिड्दै  थें एक्लै
भुलायौ दोबाटो, खनेर  कैले !

तिमी  बिना आँगन,  अपुरोछ  भन्दै
सुनायौ आश्लाग्दा, कहानी जैले !

बसन्तकी मुना, हौ कि तिमी जून
झुलायौ बातैमा,  भर गरें  मैले !

अंगालोमा बेर्दै, देखाउँथ्यौ माया
फुलायौ धनमाथि, अर्कै फूल अैले !

गज़ल - साहित्यमा !

प्रकृतिकोको सुन्दर चित्र, खुल्नु  पर्छ साहित्यमा !
पाठकको  मन मष्तिस्क, भुल्नु पर्छ साहित्यमा !!

चियालाइ मिठास दिन चिनी घुले जस्तै गरि
सब्द-सब्द भित्र मिठास, घुल्नु पर्छ साहित्यमा !

महलका कुरा अनि, अन्यायको चिरफार गर्दै
दुखियाका कथा व्यथा,  डुल्नु पर्छ साहित्यमा !

संस्कृतिलाइ धावा बोल्ने, बिकृतिलाइ पन्छाएर 
पिरती र देशभक्तिलाइ, हुल्नु पर्छ साहित्यमा !

पढ्दा पढ्दै दुख-दर्द, भुल्न सकुन  पाठकले
मग्मगाउदा बस्नाका फूल, फुल्नु पर्छ साहित्यमा !


४ - मुक्तक

१)
मन भरि पिंडा बोकी, बाँच्नै पर्ने जिवन !
परेलिले आँशु रोकी, हाँस्नै पर्ने जिवन !!
चोट माथि कुल्चिदिदा, मनै फाटे पनि
एक-अर्काकै भरोसामा, काट्नै पर्ने जिवन !!!

२)
आंधी हुरी  सँग सँगै , भेल आए पनि !
जिन्दगीको बसन्तमा, ग्रिष्म छाए पनि !!
समस्याका पर्खालहरु, हिम्मतले ढाली
यात्रा पुरा गर्नै पर्छ, दिक्क लाए पनि !!!

३)
पराइको होइन रिश, पाखुरीको गरि !
माटो भिज्ने गरि बर्खे, पसिनाको झरी !!
मेहनतको फल मिठो, भन्दै  मन बुझाइ 
सितो पिठो जे भए नि, खोज्छ पेट भरि !!!

४)
कल्पनामै रहरका, ताना-वाना  बुन्दै !
छुटिएका स्वप्निल माला, भेला गरि उन्दै !!
चाँद छुने इच्छा सधै, पाइला पछाडी
बाच्नै पर्छ पिरतीका, मिठा भाका सुन्दै !!!

ग़ज़ल - कसोगरी ?

सुन्दर रुपमा पर्यो नजर, हटाउँने हो कसोगरी !
सानो मुटु धेरै माया, अटाउँने हो कसोगरी !!

नदेखेको भए हुन्थ्यो, देखेपछि लोभ पस्यो
समुन्द्रको छालझैँ चाह,  घटाउँने हो कसोगरी !


उनी सुन्दर हुन की  मेरा, आँखाले पो त्यस्तो देख्यो ?
रहरहरु तँ छाड म छाड,  खटाउँने हो कसोगरी !

भेट हुँदा मनका बह, साँट्दा साँट्दै  दिन बित्यो
भुल्ने हुन की उनले माया,   राटाउँने हो कसोगरी !

स्वार्थी छ यो दुनिया नि, अरु हाँस्या  देख्नै हुन्न
उनलाई भेटने आशमा रात, कटाउँने हो कसोगरी !!!



गज़ल - कैले आउँने होला.....

भोली भोली भन्छ्न सबै, भोली कैले आउँने होला !
संबिधानको खाका बोक्या, डोली कैले आउँने होला !!

आफ्नै अघि झुटको खेती, देखे पनी आँखा छोप्छ्न
कुनितीको बिरोध गर्ने, बोली कैले आउँने होला !


 जहाँ त्यहि दुर्गन्धछ, भोकमरी र महा-मारी
 दुर्गम गाउमा झाडा रोक्ने, गोली कैले आउँने होला !

अशान्तिले छाएपछी, मुग्लान पस्यो देशको शक्ति
 शान्ति सँग झुम्न पाउने, होली कैले आउँने होला !


घर भित्र थुप्प्रिएको, फोहोरको थुप्प्रो फाल्न
उर्लिएको खहरे झैँ, खोलि कैले आउँने होला  !!!



गज़ल - पाइन !!!

नरोऊ बैनी  तिहारमा, घर  आउन पाइन !
तिम्रै हातको सप्तरंगी, टिका लाउन पाइन

तिहारको रमाइलो, दिपावली गर्दै
घर-घरमा देउशी भैलो, पनि गाउन पाइन !

संघारमा उभिएर,  बाटो हेर्दै  हौली
तर मैले तिम्रो घर, यो साल धाउन पाइन !

उन्यौ होला मखमली, माइती आउने आश्मा
तर मैले गला भरि, त्यो सजाउन पाइन !

बेरोजगारी खड्केपछी, मुग्लानिया भा'छु
तिम्रो ओठको मिठो हाँसो, बनि छाउन पाइन !!!




गज़ल - बहिनिको दुखेसो

भइटिका  नि आयो भन्छन, मेरा माइती आएनन खोइ !
यसपालिको सप्तरंगी, टिका लाउँन पाएनन् खोइ !!

के गर्दैछन दुर देशमा, चेली सम्झी रुधै छ्नकी
घरमा पनि अंध्यारो भो, खुशी बनि छाएनन खोइ !

पोहरसाल सँगै-सँगै, देउशी भैलो गएका थ्यौँ
यसपालित स्वदेश तिर फिर्न, पनि भ्याएनन खोइ !

हरेक साल उपहारमा, हाँसो ल्याई दिन्थे मलाई 
बाध्यताले गर्दा होला, यो साल त  ल्याएनन् खोइ

सबै देख्छु हाँसि खुशी, दाजु भाई आइदिदा
सुन्य भयो मेरो आँगन, देउसे भैले च्याएनन खोइ !!!


गज़ल - पैसा गन्छौँ !

धुरी चढे गोमन सर्प, तिमी त्यहाँ पैसा गन्छौ !
घरको हालत बिग्रदैछ,आफू केहि बन्छु भन्छौ !!

आफ्नै माटो चलाए नि, सून फल्छ थाहै होला
सिप जाँगर भएर नि, पराइका बचन सन्छौ !

आमा रुन्छिन रात दिन, मेची काली दुख्दा खेरि
मलम पट्टि गर्न छाडी, पर्देशमा कति रन्छौ  !

समयले नेटो काटला, आजै सोचे भलो हुन्थ्यो
आफ्नो घर टाल्न छाडी, दुर देशको माटो खन्छौ !

हिमाल पहाड तराईलाई, हँसाउँनुछ फर्क अब
जुटे सबै स्वर्ग सरि, नगरीको मालिक बन्छौ !!!



गित - लैजाउ मलाई मागी

जान्न जान्न जान्न मत, जान्न हजुर भागी !
पन्चेबाजा डोली चड़ाई, लैजाउ मलाई  मागी !!

भइदिन्छु सधै तिम्रै, माग्न आउनु पैले !
बा-आमाको इज्जत जान्छ, भाग्न हुन्न मैले !!
कल्कलाउदो लाली जोवन, भयो तिम्रै लागि
पन्चे बाजा डोली चड़ाई, लैजाउ मलाई  मागी !!!


सानो भइ बाबा सँग, मिठो बोलि बोल्नु !
हामी बिचको चोखो प्रितको कुरा पनि खोल्नु !!
हुन्न हुन्न चल्न हुन्न, संस्कारलाइ नाघी
पन्चे बाजा डोली चड़ाई, लैजाउ मलाई  मागी !!!

गज़ल -- निदरिमा

साँझ बिहान भेटहुन्थ्यो, रमितेको चौतारीमा !
आज एक्लै परेकीछु, पिरतीको फूलबारीमा !!

तिम्रै हातको सिन्दुरले, खाली सिउँदो रंगाएर
बस्न पाउने हो की होइन, मायालुको छहारीमा !

घुम्टो ओडी लजाउदै, डोली चड्ने रहर मेरो
पुरा गरि लाने कैले, आफ्नै सुन्दर नगरीमा !

कता कता डर सँगै, प्रस्न मनमा खेलेका छन
हजुरको शिर उठ्ने कैले, दुलाहको पगरीमा !

मुटु भरि भरि माया, ओठमा हाँसो हजुरकै  
सप्ना बनि आए हुन्थ्यो, मध्यरात निदरिमा !

५ मुक्तक

जिउँदैछु जीवन, संसार हेर्न को लागि !
पिउँदैछु प्याला, दर्द फेर्नको लागि !!
गरिब हुँ तर, इज्जतछ बाकि
सिउँदैछु भोटो, सरिर बेर्नको लागि ! .....१

बाच्न खोजे भोलि हेर्न, दुनियाले मार्छ यहाँ  !
हाँस्न खोजे ओठ खोलि, आँशु आइ टार्छ यहाँ  !!
के गर्ने खोइ कहाँ जाने, विश्वास यहाँ कस्को छ र
आफन्तले छिर्के हाली, खाडलमा पार्छ यहाँ  !!!.......२

पाप धेरै भयो यिनको, घडा फुट्ने कहिले होला ?
अन्ययाको बिरोध गर्न, हामी जुट्ने कहिले होला ??
परार्इले खुट्टा ताने, त्यसमा नौलो लाग्दैन थ्यो
आफ्नाको नै खुट्टा तान्ने, बानी छुट्ने कहिले होला ???....३

आउँछ आउँछ भन्दा भन्दै, गर्भ कतै खस्दै  देखे !
हिजै आउने बास बस्यो, फेरी पनि  बस्दै  देखे !!
घर बनाउने कालीगड त, कुसल चुन्यौं भन्थ्यौं हामी
कालीगड नै गोमन बनि, हामीलाई नै डस्दै  देखे  !!!.....४

क्षितिजमा कालो बादल, मडारियो हेर भाई !
आफ्नै घरमा आँधी ल्याउने, विचार अब फेर भाई !!
परार्इको दाशी भइ बस्न, तिम्रो मन मान्छ र ?
हरे ! आफै नांगीदै छौ, आङ्मा बस्त्र बेर भाई !!!.....५

गज़ल - के लाग्छ र !

सधैभरि  झुट नै  बोल्छौ, कस्को के लाग्छर !
आफ्नो इज्जत आफै खोल्छौ, कस्को के लाग्छर  !!

सप्तरंगी इन्द्रेणीझैँ, रुप रैछ तिम्रो
अनेक थरि रङ्ग घोल्छौ, कस्को के लाग्छर  !

बगलीमा छुरा च्यापी, मुखले राम जप्ने
आफ्नो सरिर आफै पोल्छौ,  कस्को के लाग्छर !

लाज डर नहुनेले, जे गरेनी हुन्छ
आफुलाइ आफै मोल्छौ, कस्को के लाग्छर !

मित्रतामा फाटो ल्याई, गरेउ गर्नु पैले
आज आफै अन्योलछौ, कस्को के लाग्छर !!!

गज़ल - तिमलाई चोट पर्ने होकी !

लेखौ भने मनको  कुरा,  तिमलाई चोट  पर्ने होकी !  
नलेखौ त  रहर त्यसै,  गुम्सिएर मर्ने होकी !!

भन्न मन लागेकोछ, मुटु भित्र राख्छु भनि
काँतर मनछ मेरो पनि, भन्नै नपाइ टर्ने हो कि !

कल्पनामा  आइदिन्छौ, हाँसो बनि  छाइदिन्छौ
चाहनाको सयपत्री, ओइली त्यसै झर्ने हो कि !

मुखले बोल्न नसकेर, प्रेम पत्र लेख्दै छु म
शंकालाग्छ भेटमा तिमले, उल्टो गाली गर्ने हो कि !


तिमी अघि बोलेनौ र, मनको कुरा आफै खोले
दिलको दरबार खाली नै छ यतै बसाई सर्ने हो कि !


जीवन साथी रोजेकी हुँ, स्वकारेर मेरो माया
बाजा बजाई आँगन सजाई, खाली सिउँदो भर्ने होकी !!!

गज़ल - तिमले

नितम्वलाई चुम्ने केश, काटी सबै फाल्यौ  तिमले ? 
फरिया र ढाका चोली, खोइ त कता  हाल्यौ तिमले ??

नारीलाई घर भन्थ्यौ, संस्कृति र संस्कारको
यति राम्रा  विचार थिए,  कुन अग्निमा गाल्यौ तिमले ?

सारंगी र मादललाई, सिगौरामा सिउरिएर
आज भोलि इङलिस् पप, गाउँन पनि थाल्यौ तिमले ?

चुरा पोते सिन्दुरलाई, दराजमा थन्क्याएर
अर्ध नग्न भइ आज,  आफ्नै इज्जत बाल्यौ तिमले ?

म भन्दिन सबै तिमले, गलत मात्र गर्यौ भनि
भूल गरि कु बाटोमा, पाइला भने चाल्यौ तिमले !!!

गज़ल - बुझ्यौँ

सधैँ सर्ने मितिमा म, भर पर्दिन बुझ्यौँ !
जैले सुकै आऊ निम्तो, म गर्दिन बुझ्यौँ ?

आज सम्म रुदैँ काटे, बाँकी पनि कट्ला
पुरानो घर छोडी बसाइँ, म सर्दिन बुझ्यौँ ?

पारी जादा सुख शान्ती स्वर्गै पाए पनि
पराइको हात समाई, म तर्दिन बुझ्यौँ ?

माया गर या त तिमी, घृर्णा गर मलाई
यो जुनिमा तिम्रो नभै, म मर्दिन बुझ्यौँ ?

जति सुकै टाढा भा'नि , माया गर्छौ लाग्छ
फ्याल्न खोजे आँशुसँग, म झर्दिन बुझ्यौँ ?

जे भनन मनको राज, तिमी नै हौ मेरो
भमराझैँ थुँगा थुँगा, म चर्दिन बुझ्यौँ ?



गज़ल - तिमी सामु पाएपछि !

छरीदिए खुशी सारा, तिमी सामु पाएपछि  !
गरिदिए बाचा सँगै, बाच्ने कसम  खाएपछि

सिउँरी देउ चुल्ठो भरि,  लाली गुराँस फूल टिपी
सरिदिए नजिक मिठो,  प्रीतको गित गाएपछि

आँशु देउ या त हाँसो,  दुवै मलाई स्वकार्यछ
भरि दिए झोली तिम्रो,  माया माग्दै धाएपछि !

सधै सोच्थे मेरो मुटु, आफै सँग रहोस भनि
तरीदिए जंघार आफै, भित्रि मनले चाएपछी !!

जून तारा टिपी ल्याउन,  कैले मैले भन्ने छैन
परि दिए तिम्रै बसमा, सिन्दुर बनि आएपछी !

गज़ल - लागेको छ !!!

नसोधहै के भो भनि, बात लागेकोछ !
पिंडा भुल्न पिंए आज,   मात लागेकोछ !!

सोचेको थें खुल्ने भयो, उन्नतीको बाटो
बिहानी भो भन्थे  तर, रात लागेकोछ !

के गर्ने हो के नगर्ने , केही थाहा छैन
ज्योतिष भन्छ सनी साडे, सात लागेकोछ !

पाइन्छ की केही भनि, रगत पोखेका थ्यौँ
हाँसो होइन आँशु मात्र. हात लागेकोछ !

बेइमानीले इमान बेचे, स्वार्थ पुरा  गर्न
आमा रुन्छिन  पराइको, लात लागेकोछ !!!







Friday, October 29, 2010

गज़ल - बर्षौ भयो !

पर्देश्का माइती  घर,  नआएको बर्षौ भयो !
सप्तरंगी टिका लाउँन, नपाएको बर्षौ भयो !!


हाट-बजार मेला-पात,रोदीघरमा  झ्याउरे गाउँछु
तिहारमा देउशी भैलो, नगाएको बर्षौ भयो !

डाली-डाली मखमली, मुस्कुराउछ्न उनकै लागि
माला उनि गला भरि, नलाएको बर्षौ भयो !

उनि आउँने बाटो ऋणले,  थुनेरपो हो कि कतै
चेली सम्झी तिहारमा, नधाएको बर्षौ भयो !

एक्लै एक्लै पर्देशमा, बाध्यताले हाँस्दै होलान
घरमा पनि खुशियाली, नछाएको बर्षौ भयो !

बाचा थियो पोहोर सालको, पुरा गर्ने हो कि यो साल
चाडपर्वमा आमाले गाँस, नखाएको बर्षौ भयो !

गज़ल - काली

सर्माएर परपरै, भाग्छे मोरी काली !
साँच्चो माया गर्छेहोला,साहुकी  छोरी काली !!



एकैछिन घुर्क्याएर, माया छैन भन्दा
मर्छु भन्दै यता-उता, खोज्छे डोरी काली !

एकान्तमा भेट भए, अंगालोमा बेर्छे
पिरतीको भाका मिलाइ, गाउँछे लोरी काली !

सिन्दुरले सिउँदो भर्न, रहर लाग्यो भन्दै
उमेरको हिसाव गर्छे, हात कोरी काली !

कैले कहिँ मनमा संका, जागेरत होला
माया कति भन्दै हेर्छे, चुरा फोरी काली !!!

गज़ल - मरीदिन्छु भन्छे गाँठ्ठे !!



पैलो भेटमै रहर पुरा, गरिदिन्छु भन्छे गाँठ्ठे !
भनमात्रै तिम्रोलागि, मरीदिन्छु भन्छे गाँठ्ठे !!

कलि हो कि कामबास्ना, छुट्याउनै गाह्रो भयो
पिईहाल प्रेम प्याला, भरीदिन्छु भन्छे गाँठ्ठे !

बस्त्र जिउमा खोज्नुपर्छ, सिन्दुरको कुरा गर्छे
फूल ओइले सरि ओइली, झरीदिन्छु भन्छे गाँठ्ठे !

धारो-धर्म मैले उस्लाई, कुनै बचन दे'को छैन
मनमन्दिरमा आजै बसाइँ, सरीदिन्छु भन्छे गाँठ्ठे !

जवानीले मात्तिएर, आँत्तिएकी भनौ भने
तिम्रो पाइला पाइला पुष्प, छरीदिन्छु भन्छे गाँठ्ठे !

माया गरौ कि के गरौ ?, दोधारमा  परे म त

समिप आई तिम्रै बसमा, परीदिन्छु भन्छे गाँठ्ठे !!!


गज़ल - यादआयो !

प्यासलाग्दा उनकै हातको,  चिसो पानी यादआयो !
सपनीमा देखें मेरै, दिलकी रानी याद आयो !!

गुराँसको थुंगा भित्र, रुप खोज्न  भन्थिन उनि
फूल हेरी  टोलाउदा ,निस्छल  बानी यादआयो !

सानो गल्ति गर्दा पनि, हात गोडा कमाएर
कानसमाई माफिमाग्ने, मेरै सानी यादआयो !


एकै बाटो एकै पाटो, ज्युने मर्ने कसम थिए
टाढा भएँ  तिनै कसम, छानी छानी यादआयो !

के भनौ खोइ पर्देशबाट, मन साह्रै भारी भा'छ
"बिकाश" सँग  उनले गर्ने, मनो-मानी यादआयो !!!



गित - चक्का जाम

केटा -
धेरै पछी देशको माटो, आज बल्ल टेकें !
चारै तिर सुनसान भा'छ, मैले खै के देखे !!
ए माया ! कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटना आउँ !!!

केटि -
छोरी भन्छे हाम्रो बाबा, कैले होला आउने !
मिठो  खाई राम्रो लगाई, खुशीले रमाउने !!


ए हजुर ! कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो ,मायालाई कहिले देख्न पाउँ  !!

केटा -
डेड मैनाको छुट्टी लिई, आमा  भेट्न आ'को !
लाला बाला छोरा छोरी, छैन देख्न पा'को !!


ए माया !कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटन आउँ !!!

केटि -
आउनु भा'छ भनि मैले, आमालाई सुनाको !
बाटो हेरी आमा पनि, छैन सुत्नु भा'को !!


ए हजुर ! कैले  बन्दछ भन्छन  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो मायालाई कहिले देख्न पाउ !!!


केटा -
फिर्ने बेला  भयो प्यारी, फेरी मुग्लान तिर !
सम्झाउनु है सबैलाई, नमान है पिर !!


ए माया !कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटन आउँ !!!


केटि -
कसलाई के था काल पापीले, कहिले फाल्छ पासा  !
भन्दै रुनु हुन्छ आमा, मानेर निराशा  !!


ए हजुर ! कैले  बन्दछ भन्छन  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो मायालाई कहिले देख्न पाउ !!!



आमा -
सबै  फर्कभन्छ बाबु, यो देशको  माटो !
स्वदेश आइ खोज्नु पर्छ, शान्ति आउँने बाटो !!
बाबु कहिले बन्द छ भन्छन कहिले चक्का जाम
सबै मिलि आफ्नो देशमा शुख र शान्तिले बाँच्न पाउँ !!!

केटा -
जेठो भन्छः स्वतन्त्रता, कान्छो सान्ति शेना !
भाई भाई गोलि हानी, मर्नु पर्ने थें न !!
आमा कहिले बन्द छ भन्छन,  कहिले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , आमालाई  कसरि भेटना आउँ !!!


आमा -
सबै जुट्ने बाचा गर, अब फुट्नु हुन्न !
जति टुट्नु टुटीन आमा, अब टुट्नु हुन्न !!


बाबु कहिले बन्द छ भन्छन, कहिले चक्का जाम
सबै मिलि आफ्नो देशमा शुख र  शान्तिले बाँच्न पाउँ !!!

केटा -
बाँच्नै गाह्रो रहरले, बोक्या छैन बोरा !
शान्ति  छाए लाखौं फिर्छन, नेपालीका छोरा !!


आमा कहिले बन्द छ भन्छन, कहिले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , आमालाई  कसरि भेटना आउँ !!!

केटि -
चुह्यो छानो बर्षौ भयो, सकिएन टाल्न !
गाउ घरमा गाह्रो भा'छ, मान्छे मरे फाल्न !!
ए हजुर ! कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो, मायालाई कहिले देख्न पाउ !!

केटा
नरुनु है सम्झाउनु, छोरा छोरीलाइ !
जान्न मुग्लान घर फर्कन्छु, भन्नु आमालाई !!


ए माया ! कैले  बन्दछ भन्छन  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटना आउँ !!!

केटि -


बाटो हेर्दै चारसालबित्यो मायालाई कहिले देख्न पाउ !!!!

केटा -



राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटना आउँ !!!!


        रचनाकार
     भरत भण्डारी
 आठराई शक्रान्ति बजार 
        तेह्रथुम

गज़ल - हुन्न

सारा संसार जलोस तिम्रो,  मन जल्न हुन्न !
पहाड नै ढलोस प्रित्मा, विश्वास ढल्न हुन्न !!

दुनियाले जे जे भनोस, दैबै लागेपनि
बोल्नेकै मुख गलोस तर, हामी गल्न हुन्न !


इज्जत इमान सारा आफ्ना,  बहु मूल्य बस्तु
छोडी अन्तै चलोस हाम्लाई, हामी चल्न हुन्न !

संसारलाई बाधी राख्ने, पिरतीमा पनि
छल्छ भने छलोस दैब, हामी छल्न हुन्न !

कालान्तरमा यहिँ कथा, अम्मर बन्छ भने
"बिकाश" नै  बलोस बोरु,  सत्य  बल्न हुन्न !!!

Saturday, October 23, 2010

गज़ल - रातो टिका मुस्कुरायो !

 

तप्प तप्प चाँदनिले, सित बिन्दु पोख्नै लायो !शरद आयो दशैँ  ल्यायो, धर्ति आकाश  जग्मगायो !! 

गरा गरा धान झुल्यो, आली आली फूल खिल्यो
गाउँबस्ती  खुशीयाली, स्वर्ग झरी  यहिँ आयो !

मिर्मिरेमा हिमाल हाँस्यो, मयूर नाच्यो रानी वनमा
गुराँशको डाली चुमी, कोइलीले गीत गायो  !


मन्दिर मस्जिद  दरबार् झुप्रा, जहाँ त्यहाँ  मङ्गल् धुन
साहुँको घरमा काम गर्ने, धनेले नि छुट्टी पायो !


जहाँ जाऊ खुसियाली, आउँने जाने लर्के ताँती
हेर शिरमा जमरा र, रातो टिका मुस्कुरायो !

गज़ल - हुन्न मर्न गाह्रो !


जगत हाँस्छ भने मलाई, हुन्न मर्न गाह्रो !
किन कि यो माटो मेरो, प्रार्ण भन्दा प्यारो !!

पसिनाका धारा बगाई, यहिँ माटो मुछी 

लाला बाला पाल्न मैले, जुटाउदैछु  चारो !


यहिँ धर्तिको सेवा गरि, हाँस्न पाउ सधै
मर्दा पनि लास बाँध्ने,  मिलोस् यहिँको घारो !

पराइको नजर लागे, मेरो मुटु दुख्छ  
मात्र एउटा घाउ सम्झी, चलाउनेछु आरो !

पौरख पोखे यहिँ  माटोमा, सून फल्छ भने
रोक्नु पर्छ युवा सक्ति, बिदेसिने धारो  !

गज़ल - यसरि गयो दशैँ


सर्वस्व नै लुटाएर, आँशु खसाई गयो दशैँ !
फेरी पनि गरिवलाइ, थला बसाई गयो दशैँ  !

खुशी सँग झुम्दै थिए, चट्यङ पर्यो आफै माथि 
साउका बचन तिखा सुइझैँ,  दिलमा भसाई गयो दशैँ !

उसकै सामु झोली थापें, घरबारी डिक राखें
पोहोर सालको ब्याजलाई, साउँमा रसाई गयो दशैँ !

चार दिन राम-रउस दशैँ सँग गरेको थें 
बदलामा साल भरी, घुडा धसाई गयो दशैँ !


सर्वस्व नै लुटाएर, आँशु खसाई गयो दशैँ !
फेरी पनि गरिवलाइ, थला बसाई गयो दशैँ  !






Friday, October 22, 2010

गज़ल - भएन !


अतीभो खति, अबत पाइला, नचाली भएन !
अन्धकार चिर्न, घर-घरै दियो, नबाली भएन !!

धमिलो खोला, देखेर पाउ, गलाई हुदैन 
हातमा हात, मिलाई पुल, नहाली भएन !

मालीले यहाँ, बगैंचा मास्छ, केहोला उन्नति 
फूलबारी मास्ने, सेपिलो रुख, नढाली भएन !

मिलेर काम, गरेकै राम्रो, सत्रुले देख्दा नि
इज्जत ढाक्न, पुरानो बस्त्र, नफाली भएन !

सहास गरे, सफल्ता मिल्छ, पुर्खाका सपना
उठ ए जुट, घरको छानो, नटाली भएन !!!



गज़ल - आज

उनी लाई देखे मैले, चढ्दै गर्दा डोली आज !
सम्झदैछु  एकान्तमा ,जिन्दगीको भोलि आज !!


छातिभित्र कैदी थियो, मुटु भित्र उन्को माया
अनायसै  लाग्यो किन, बिछोडको गोली आज !


खुशी अनि उमंङ्का, उडे सबै रङगहरु
नयन् बाट बग्यो मेरो, आँशुरुपी  खोली आज !


बेदनामा डुबाएर, सधै लाई टाढा भाइन
गुन्जदैछ कान भरी, उन्को मधुर बोली आज !


बिर्सिएर बाचाहरु, गइन उनि पराइ  घर
हर्षाश्रुले भिजाउदै , मखमली चोली आज !!!


रचनाकार - भरत भण्डारी
   तेह्रथुम -   आठराई

गज़ल - बर्षौ भयो !


पर्देश्का माइती  घर,  नआएको बर्षौ भयो !
सप्तरंगी टिका लाउँन, नपाएको बर्षौ भयो !!


हाट-बजार मेला-पात,रोदीघरमा  झ्याउरे गाउँछु 

तिहारमा देउशी भैलो, नगाएको बर्षौ भयो !

डाली-डाली मखमली, मुस्कुराउछ्न उनकै लागि
माला उनि गला भरि, नलाएको बर्षौ भयो !


भाई आउँने बाटो ऋणले,  थुनेरपो हो कि कतै 
चेली सम्झी तिहारमा, नधाएको बर्षौ भयो !

एक्लै एक्लै पर्देशमा, बाध्यताले हाँस्दै होलान  
माइती घरमा  खुशियाली, नछाएको बर्षौ भयो !

बाचा थियो पोहोर सालको, पुरा गर्ने हो कि यो साल
चाडपर्वमा आमाले गाँस, नखाएको बर्षौ भयो !

Saturday, October 9, 2010

गज़ल - छैन दशैँ !

पर्देशीलाइ छाडी आइस्, तेरो काम छैन दशैँ !

खुशी अन्तै बाँडी आइस्, दिलमा ठाम छैन दशैँ !!

बिन्द्राबन्की सीता  हुँ म, एक्लो यात्रा तय भा'छ
आँखा बाट झर्दा आँशु, पुच्छ्ने  राम  छैन दशैँ !

गरिवको छाप्रो हो यो, खोले खाँदै साल बित्यो
आज पनि भाग उस्तै, मिठो माम छैन दशैँ !

रुदैछन् यी लाला-बाला,  च्यातिएको भोटो च्यापी 
के ले फेराउँ बस्त्र मैले, हातमा दाम छैन  दशैँ !


आइ हालिस् दुखियाको, मन जलाई गए हुन्छ
झरेका यी आँशु सुक्ने, झुल्के घाम छैन दशैँ

दशैँ बिसेस गज़ल - आयो दशैँ

देवी दुर्गा सजिएको, डोली बोकी आयो दशैँ !
अक्क्षता र आशिर्बाद्को, होली बोकी आयो दशैँ !!


सालभरि  घोटीइँदा , रंगी चंगी टाल्यौ बस्त्र
नयाँ साडी मखमली, चोली बोकी आयो दशैँ !


लह लह धान झुल्यो, डाली डाली फूल फूल्यो
खुल्यो धर्ति खुशीको त, खोली बोकी आयो दशैँ !


च्यातिएको टाल भनि, बैरी भाब फाल भनि
मित्रता र बन्धुत्वको, बोलि बोकी आयो दशैँ !


जग्मगायो धर्ति आकाश, मङ्गल धुन बज्न लागे
पर्देशिको घर फिर्ने, भोलि बोकी आयो दशैँ !


देखासेखी गर्न हुन्न, साहुँको ऋणमा पर्न हुन्न
गरिवलाइ समस्याको, झोली बोकी आयो दशैँ !








गित - अरब कतारमा

घरबारी सहुँको नाम लेखेर !
महल जोड्ने सपना देखेर !!
हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब कतारमा !!!

तिम्रै यादमा ति आमा रुदैछन् !
घरमा प्यारी पागल झैँ हुदैछन् !!
आफ्नै पैशा आफैलाई बेचेर !
धन कमाउँने सपना देखेर !!
हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!

रहर बाँधी कहरको झोलीमा !
दुख लुकाई मुस्काउछौ बोलीमा !!
छोरी रुन्छे तिमीलाइ खोजेर !
तिमी गयौ सम्पिती रोजेर !!

हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!



सपना च्यापी हिडेको साल भयो !
चुइयो झुप्प्रो मझेरी ताल भयो !!
रहर बोक्यौ छानोमा टिन लाउने !
सस्तो मूल्य खोइ  कैले दिन आउने !!

हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!

घरको हालत बिग्रदै गा'को छ !
छोरा पनि नभएझैँ भा'को छ !!
देशको बिकाश रोकियो कसरि ?
कैले सम्म चलाउँने यसरि ?

हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!

Tuesday, October 5, 2010

दिपावली मनाई रा'छौ - गज़ल

हाम्रै आशा कुल्चिएर, दिपावली मनाई रा'छौ !!
सुन्दर शान्त हाम्रो घर, कुरुक्षेत्र बनाई रा'छौ

उठाएर घर-भेटीको, सोझो पनको फाइदा तिमले
आफु खुशी परिवारमा, जहर पानी खन्याई रा'छौ !

सब्द लहर मलम दिन्छौ, आफ्नै हातले छुरी धसी
मुटु भित्र सुल रोपी, सुके-लुतो कन्याई रा'छौ !

एउटा हड्डी धेरै स्वान, लुछा-तानी गरे सरी
लड्दा लड्दा थाके पछि, आफ्नो जात जनाई रा'छौ !

घरमा आगो सल्काएर, टाडा बसी हेर्छौ तिमी
बुट्टे लुगा भित्र पनि स्वार्थ बोकी गनाइ रा'छौ !!!

Saturday, October 2, 2010

गज़ल - डर भयो

घर भित्रै  गोमन सर्प, पस्ने  डर भयो !
ढाडमा टेकी हाम्रै शिरमा, डस्ने डर भयो !!

चोट व्यथा जे भए नि, खपेकै त थियौँ 
घरकै छुरी निकालेर, धस्ने डर भयो !

न त टेक्ने न समाउँने, भिरको चिन्डो सरी
सारा खुशी तारे भिरमा, खस्ने डर भयो !

उषा खुल्ने सपना देखि, उठ्न नपाउँदै
संयन्त्रको जन्जिरले, कस्ने  डर भयो !

उठ जुट समस्याको, जालो चिर्नु पर्छ
दलदल भित्र हाम्रो भाग्य, फस्ने डर भयो !

गज़ल - यस्ती भएँ

तिमी सँग पिरतीका, कुरा गर्न बानी भएँ !
बेर्यौ आज अंगालोमा, लाजले म पानी भएँ !!

आँखाको त्यो बाटो हुँदै, मनको मझेरीमा टेकें
फिर्ने बाटा बन्द गर्यौ, तिम्रै दिलकी रानी भएँ !

एक्लै थिएँ साथ दियौ, जवानीको मात दियौ
आँखा भित्रै राख्छु भन्यौ, दुइ आँखाकि नानी भएँ !

तिमी बाहेक् अब मेरो, धर्ति आकाश् अध्यारो छ
तिम्रै काखमा लोलाएछु, मत कत्ति  सानी भएँ !

विश्वास गरि दिएँ जोवन, लुट्नु संम लुटी हाल्यौ
सिउँदो भरि साथै राख , तिमी बिना  कानी  भएँ !

दोहोरि नौगेडी

केटा   १

नजाउ नजाउ सान्नानी, मलाई एक्लो  पारेर

के मिल्छ र तिमीलाई, मेरा आँशु झारेर !
बसन !
घरबार गर्ने, कम्वर कासन  !!   

केटि   २


भो भो माया नलगाउ, होस्मा  आई अहिले

मदिरा पिई कुटेको, भुल्न सक्छु कहिले !
जाँदैछु !
छोरि पनि, साथै लादैछु !!    

केटा   ३
माफगर पियारी, गल्ति भयो त्यो दिन
फेरी यस्तो हुदैन, नजाउ पारी मन खिन्न !
आउन !
पर्छु बरु, तिम्रै पाउमा   !!   

केटि   ४
बाचा गरि उषामा, गोधुलिमा भुल्नेको
भर कैले हुन्छ र, जुवा खालमा डुल्नेको !
कर्म यो !
कसले बुझ्छ, मनको मर्म यो !!  

केटा   ५
विश्वास गर मायालु, धरो धर्म खेल्दिन
भट्टी वालनी सँग नि, फेरी कैले बोल्दिन !
भरमा !
सत्रु हाँस्छन्, फर्क घरमा  !! 

केटि   ६
भो फकाउँन पर्दैन, आकाश पाताल् जोडेर
निन्द्रा कहाँ  लाग्ला र,  रक्शी पिंउन छोडेर !
मानछ र ?
छैन  इज्जत्, केपो जान्छ र ?         

केटा   ७
कति रेट्छ्यौ पियारी, बचनको धारले
दया माया नराखी, रेटेसरि जारले !
खोलन !
एकै वचन, मिठो बोलन !!       

केटि   ८
मिठो वचन बोल्नलाइ, मनमा माया चाहिन्छ
कर्म गरे आनुसार, फल पनि पाइन्छ !
सोचेको !
सुधार्न हो, मन  घोचेको !!       

दुवै   ९
जिन्दगीको उकाली, सँगै पाइला चालौला
फाटेका यी मान मुटु, सँगै बसी टालौला !
जोडौं भो !
रिस राग, सबै छोडौं भो  !!        

गज़ल - दशैँ

उमङ्ग र उत्साहको, हुरी बोकी आयो दशैँ !
पर्देशीको मुटु घोच्ने, छुरी बोकी आयो दशैँ !!

जहाँ आफु त्यहिँ आफ्ना, रमाउनु पर्छ भन्छन
बुझ्दैन मन् बेदनाको, धुरी बोकी आयो दशैँ !

हाँस्नेहरु हाँसेकै छन्, धन दौलत् मासेकै छन
मेरालागि स्वप्निल् कान्ति-पुरी बोकी  आयो दशैँ !

दुख भुलाई सारा धर्ति, जग्मगायो खुशी छर्दै
म छु टाढा पुग्नै गाह्रो, जुरी बोकी आयो दशैँ !

गत सालको ऋण तिर्न, बाकीनै छ अझै पनि
गरिवलाई समस्या त, मुरी बोकी आयो दशैँ  !

गज़ल - पिएँ

पिएँ लौ पिएँ आज, यसरी पिएँ !
सारा होस् गुमाइ खै, कसरी पिएँ !!

नत निम्तो मलाई, नत खबर नै 
सुटुक्क गएँ अनि, बेस्सरी पिएँ !

मदहोसी हुदै जादा, प्याला भो खाली 
मदिरा आफ्नै घरको, जसरी पिएँ !

देखेर रुप रङ्ग, नव यौवनको
ओठ्माथि जुँगा आफै, मसारी पिएँ !

आएको  मौका पनि, गुम्लाकी भन्दै
आट्को-पाट् दायाँ  बायाँ नसरी पिएँ

यो मेरो प्रेम हो कि तिष्ण हो ?

 आहा ! कति सुन्दर रुप, बयान गरेर नसकिने | यस्तो सुन्दर रुपको अगी कसको शिर नाझुक्ला र ? म त्यहिँ सुन्दरतामा हराई रहेछु आँखाहरु टोलाई रहेछन मन बहकि रहेछ | मनमा कल्पनाका ज्वार-भाँटाहरु उठ्नेक्रम पनि  जारी नै छ | यति सुन्दर रुप दिएका छन् भगवानले फेरी के को लागि सिंगार-पटार्को जरुरत होला ? हुनत उनले लगाएको सिंगार्ले नसुहाएको भने छैन | चाहे जे होस् यो सब उनको इच्छाको कुरा हो | उनलाई सिंगार गर्ने रहर छ त मैले भन्नुनै के छ |  यो त उनको व्यक्तिगत स्वतन्त्रता हो | हेल्लो ...? एकासी आएको आवाजले मलाई कल्पनाबाट यथार्थ धरातलमा खसाली दिन्छ | मलाई बोलाउने उनी नै थिइन् जसको सुन्दरताको कल्पनामा डुबुल्की मारिरहेको थिए | हाम्रो चिनाजानी त पुरानै हो तर धेरै समय पछिको भेट थियो हाम्रो, केहि समयको  भलाकुसारी पछी हामी छुट्यौँ फेरी भेट्ने बाचाकासाथ र म आफ्नो घर तिर लागें |
             साँची कति राम्री भैछ्न उनि, कति आकर्षक भएछ उनको ससिर, कति मिठास भरिएछ बोलीमा अनि हेराइमा नसा | मलाई त कल्पना डुब्न मन लाग्छ अनि उनिभित्र  हराउन मन लाग्छ | नढाँटेरै भन्नु पर्दा म त एकै नजरमा प्रभावित भएछु | लाग्छ उनि पनि म सँग नजिक हुन चाहन्छिन | मैले त युवा युवतीलाइ चुम्बकीय दुइ धुर्ब मा तुलना गर्न पुगे, समान धुर्बमा विकर्षण र असमान धुर्ब मा आकर्षण | होइन मेरो त बिबाह गर्ने बेलापनि बिती सक्यो किन यसरि बसेको होला ? म त तिन दसकको हाराहारीमा पुगीसकेको छु | म सँग उमङ्ग छ, रहर छ तर बिवाह गर्न केले छेकी रहेछ ? हुन त आज सम्म मनमिल्ने  साथी नै पाएको छैन | एक्लै गर्दा नुहुने रहेछ त | जिन्दगीको दौरानमा आज उनीलाई मनपरायो यो मनले | मनले मन पराएको ठाउमा नाता जोड्नु पर्छ भन्छन , म पनि यसै गर्नुपछ कि के हो ? उनि प्रतिको आकर्षणले मलाई यहाँ सम्म सोच्न बाध्य बनायो | उनको सुन्दरताले आज मलाई मोहनी लगायो यो भन्दा बाहिर त निस्कनै नसक्ने भए | म सोच्छु, अब एकै पटक प्रेम र बिबाहको कुरा चलाउनु पर्ला ! यस्तै कल्पनामै मेरा दिन बिती रहेछन एक दिन धेरै साथी हरुको बिचमा हाम्रो भेट हुन्छ अनि भलाकुसारी पनि, भलाकुसरिकै क्रममा उनलाई मैले भने तिमी कत्ति राम्रीछौ, मलाई त माया गर्न मन लाग्यो | उनि मुस्कराइन मात्रै | उनको मुस्कानमा बिहानको उषामा हिमाल हाँसे झैँ लाग्यो मलाई तर मेरो कुरामा त्यति ध्यान दिए हस्तो भने लागेन हुन त सबै साथी हरुको माझमा ओ .... भन्दै अंगालो हाल्ने र अरु कुरा बडाउँने कुरा पनि त भएन | मौन सम्मति लक्ष्यणमलाइ शिरोप्पर गरे मैले | त्यस दिन त्यसै बित्यो र पछिका दिन हरु एक पछी आर्को गर्दै पल्टदै गए | समयको गति सँगै उनि प्रतिको मेरो आकर्षण पनि बढ्दै गयो | उनलाई अंगालोमा  बेर्ने कल्पनाले सताउदै गयो | उनि सँग को सुन्दर भबिस्य मानसपटलमा सल्बलाउन थाल्यो तर उनि सँग भेट नभएको धरै दिन भएको छ | उनीलाई भेटेर मनका कुराहरु भन्न हतारो छ मलाई, उनि सँगको दाम्पत्य जीवन को कल्पना गर्दै छु म | लगन को समय छ, मलाई मेरी आमा बुहारी भित्र्याउन कर गरि रहनु भएको छ | म सोच्छु र निर्णय गर्छु  उनै सँग बिबाह गर्ने | म मेरा साथी हरु सँग कुरा गर्छु, उनलाई म माया गर्छु मन पराउछु र जीवन साथी बनाउन चाहन्छु तर खुलेर कुरा गर्न सक्दिन म के गरौ ?मेरो एक मित्रले भन्छ त्यो त अलि नक्कली छे यार , अर्को ले थप्छ त्यसको त अर्कै केटा सँग मायाप्रेम छ | थियो या छ ? म सोध्छु | साथीले भन्छ थियो अहिले पनि होला ! साथीले भन्छ | ठिकैछ, हिजो थियो  आज छैन भोलि म हुने छु उसको जीवनमा | के कसैसँग प्यार गरेर धोखा खाएकी युवती सँग प्रेम गर्नु पाप हो ? यदि म उसलाई वर्तमानमा मन पराउछु भने उसको बिगत खोतल्नु मेरो मुर्खता हो | म त उनको वर्तमान र भबिस्य चाहन्छु | बिगत त गयो सकियो | नभन्दै एक दिन उनि सँग मेरो भेट भयो म भन्छु तिमीलाई एउटा कुरा सोध्नुछ नढाँटी भन है | एउटा मात्रै ? हजार सोधे पनि जाने सम्म सहि जबाफ दिने छु उनि भन्छिन | तिमीले कसैलाई मन पराएकी छ्यौ ? मेरो भनाइँको मतलब कसैसंग प्रेम छ तिम्रो ? कसैलाई जीवन साथीको रुपमा हेरेकी छ्यौ ? मैले सोधे | आहिले सम्म त छैन | कोहि मनमिल्ने पाए अबभने रोज्नुपर्छ होला ! उनले भनिन | साँची हो भनेको ? मैले सोधे | साँची हो | उनि कण्ठ समाएर भन्छिन | हुनत उनको प्रेमी भए पनि के भयो र , अहिले कुन युवा युवती ले प्रेमी प्रेमिका बनाएका छैनन् र फेरेका छैनन् | प्रेम गर्नु र छाड्नु त फेसन नै भएको छ | यहाँ खुल्ला पार्कमा एक ले अर्काको ओठ चुसेर चुम्वन लिन्छन छुटी सक्दा नसक्दै अर्काको हात समाउन पुग्छन | यहाँ प्रेम नगर्ने युवा युवती पाउँनु र प्याज नखाने बाहुन पाउँनु उस्तै भएको छ | मात्र सामाजिक मान मर्यादाको ख्याल गर्नु पर्ने हुन्छ किनकि हाम्रो समाजले अझै पनि खुल्ला प्रेम गर्ने छुट भने दिएको छैन | हुन त बिवाह पूर्व नै यौन संपर्क त सामान्य नै भै सक्यो | आज यिनै युवा युवती भन्छन कि उ बेस्या  हो | उ आभारा हो |आँखिर हाम्रै हो समाज हामीनै हौ समाजका सदस्य हामीले प्रेमलाइ सकारात्मक नजरले हेर्यौ भने गलत के छ ? एक जोडी प्रेमी प्रेमिकाले बिबाह पूर्व नै एकले अर्कालाई अध्यन गरेर जीवन साथी रोज्नु आफ्नो जिन्दगीको सुरुवात आफै गर्न खोज्दा किन यो समाजले किदृष्टिले हेर्छ ? यदि कसैले सामाजिक संस्कार र रिति-रिवाजलाइ नै चुनौती दिएभने, बाबा आमाको इज्जतमा आँच आउँने भयोभने त्यसको बिरोध सम्बन्धित व्यक्तिले गर्नु स्वाभाविक हो र गर्नु पनि पर्छ | म त यो भन्छु की यौनको किन बेच हुनु हुदैन | यो आधुनिक युगमा आएर पनि मानिसहरु मानिसको लुवाई खुवाइमा आँखा लगाउछन | युवतीले घर भन्दा बाहिर निस्किए गलत नगरले हेर्नेबानी अझै पनि गएको छैन हामीबाट र परापूर्व कालदेखि पुरुषले जे गर्दापनि भएको छ, जहाँ जादा पनि भएको छ | आँखिर किन यस्तो भेद-भाब छ ? किनकि यहाँ पुरुषबादी हैकमको हाबी छ | म  त भन्छु मनमा लगेको र चाहेको गर्न पाउनु पर्छ यहाँ | महिला होस् वा पुरुष चाहेको गर्ने अधिकार समान हुनु पर्छ | मान्छेलाई सुखी र खुशी हुन दिनु पर्छ | यदि नारीहरु सिंगार गरेरनै खुशी हुन्छन, फेसनमा रमाउछन भने हामीले किन टाउको दुखाउने ? मलाई त लाग्छ आत्मालाइ के गर्दा शान्ति मिल्छ त्यो गर्न पाउनुपर्छ  यो मनीषको नैशर्गिक अधिकार हो | बस कुरा यो मात्रै हो जसले भाबी सन्ततिलाई, हाम्रो संस्कृतिलाई धावा नबोलोस् | मैले पनि त प्रेम गरेको थिए, धेरै केटि साथीहरु थिए मेरा पनि, सबै सँग समान व्यवहार थिएँन मेरो र छैन पनि तर मलाई किन भन्दैन यो स्वार्थी समाज ? किन कि म पुरुष हुँ |महिलाको  झैँ टिपणी पुरुषको हुदैन यहाँ | मलाई एउटा लेखकको याद आउछ मैले धेरै समय अघि  उसको एक रचना पढेको थिए | त्यहाँ नारी भाबना यसरि पोखिएको थियो "मलाई पनित रहर छ नि बिहान देखी दिन सम्म र दिनदेखि साँझ हुदै रात सम्म एक्लै कल्पनामा हराउदै रमाइला प्राकृतिक द्रिस्य अबलोकन गर्दै घुम्दै रहने | नदीको किनारमा गएर एक्लै नुहाउने, पार्कहरुमा एक्लै घुम्ने तर मैले यति मात्रै गर्छु भने यो समाजले चोर औला उठाउनेछ र भने छ त्योत चरित्रहिन आइमाई हो तर यी सब कार्य पुरुषले गर्छन र पनि  उनीहरुलाई किन प्रस्न सोधिदैन ?"
           उनको बारेमा जसले जे भनेपनि म उनलाई प्रेम गर्छु र आफ्नै बनाउन चाहन्छु  | अती प्यारले हृदयमा सजाएको छु र माया गर्दै चुम्न चाहन्छु | के सुन्दर बस्तु चाहनु मेरो पाप हो ? म पटक्कै आफ्नो मनलाइ  बुझाउनै सक्दिन | म उनि बाहेक आरुको हुनै सक्दिन | मैले अरुसंग जीवन देखेकै छैन | अब त बिबाह गरेर  उनि सँग जुनी जुनी काट्नु छ | ओहो... ! एकपटक आमा बाबाको रायपनि लिनु पर्छ, म सोच्दै छु, कुनै पनि छोराले नया कामको सुरुवत गर्नु भन्दा अगी आमाको आशिर्बाद र बाबा को सल्लाह लिनुभन्छन त्यसमा पनि मत घरमा सदस्य थप्न खोज्दैछु मान्नु पर्ने लाइत मान्नै पर्छ मैले | मेरो कर्तब्य पनि त हो उहा हरुको शिर राख्नु | म एकदिन घरका सबै सदस्यहरु समू मेरो कुरा राख्छु तर मेरो कुरा भुइँमा खस्ने पाउँदैन जवाफ आउँछ के रुपले खान दिन्छ ? नारीको चरित्र हेर्नु पर्छ चरित्र , चरित्रवान नारी घरमा आए घरनै स्वर्ग हुन्छ | तँलाइ थाहाछैन... आजसम्ममा उसले कति जनासंग रात बिताई ? यस्तै अनेक प्रस्न मेरा अगाडी वर्षन्छन | "ओ माइ गड" म त चित पर्छु | कति सजिलो... बुझ्दै नबुझी अर्काको चरित्रको ब्याख्या गर्न सक्छ मान्छे | भन्छन अरुलाई सोध्नको लागि तर मैलेत उसैलाई सोधीसकेँ ! समाजले त कसलाई पो चोखो छडेको छ र ? सत्यबादी, आदर्श र पतिबर्ता नारी सीतालाई त भगवान श्री राम ले अग्नि परिक्ष लिएका थिए | त्यसले पनि समाजको मुख नाथुनिएर राज धर्म भन्दै बनबास पठाउनु परेको थियो भने यो त कलि युग हो | म धेरै विवाद गर्नै सक्दिन म सोच्छु उनको सौन्दर्यनै उनको चरित्रको दाग हो |सौन्दर्य नभएको ठाउमा आकर्षण हुन्छ र ? उनि सँग रुप छ सुन्दर छिन र त धेरैले प्रेम प्रस्ताब राखे तर उनले अस्वइकार गरिन र तिनै रस चुस्न नपाउँने भमराहरुले समाजमा नाना थरिका कुरा फिटि उनको चरित्रको हत्या गरे र धेरै केटा सँग नाम जोडियो र यो समाजले बेस्यको उपमा ओडाईदियो तर यी सब कुरा उनलाई थाहा छैन किनकि कसैले पनि सिधै उनलाई भन्नसक्दैन | कारण यो हो कि कसै सँग पनि उनका गलत कदमका ठोस् सबुद छैनन मात्रै एउटाले एउटा सुन्यो त्यसमा तिन थपी चार बनाएर अर्कोलाई सुनायो अनि नराम्रो हुन केबेर ? ल भै हाल्यो यदि प्रमाण नै दिन्छन भने पनि मलाई त्यसले रोक्न सक्दै भने अरुलाई केको खसखस ? आँखिर जीवन काट्ने त मैले हो नि अरुलाई केको पिर होला ? एउटी नारीलाई पनि त उमेरमा रमाइलो गर्ने रहर हुन्छ | स्वतन्त्र भएर घुम्ने रहर हुन्छ |  के उनि हरुले यी सब उपभोग गर्नै नपाउनु ? म मनमा कुरा खेलाउदा खेलाउदै थाक्छु | मलाई तसलिमा नसरिनले लेखेको एउटा कविताको याद आयो
" तिमि नारी हौ
राम्रो सँग ख्यालराख
तिमीले घरको संघार नाग्यौभने
समाजले टेड़ो आँखाले हेर्नेछ
तिमी गल्लि हुँदै निस्कियौ भने
समाज तिम्रो पछी लाग्नेछ
तिमी गल्ली पार गरि मूल सडकमा पुग्यौभने
समाजले तिमीलाई चरित्र हिन भन्ने छ "
के यस्तै छ त हाम्रो समाज ? सोच्थें म तर यस्तै रहेछ आज देखि रहेछु र भोगी रहेछु | म मेरो चाहना मार्नै सक्दिन र  कल्पनामा डुब्न पुग्छु | मलाई कसैले पनि साथ दिदैनन म एक्लो छु र दुखि पनि छु | फेरी पनि म उनिलाइ आघात माया गरिरहेकोछु | सोच्छु मैले उनको सिउँदो सिन्दुरले रंगाए भने यो समाजको मुख टलिने छ मैले उनि सँग कुरा गर्नै पर्छ | कल्पँदा कल्पँदै मेरो मनमा अर्को एउटा पाटोको सृर्जना हुन्छ र त्यहाँ रोपियो उनले मलाई स्वकार गरिनन् भने भन्ने सब्द को बिज | अनि त मनमा उतार चाडब नै आयो | हुनत म केमा  कमि छु र ?फेरी उनले पनी त मलाई माया गर्छिन | यदि यस्तो नहुदो हो त त्यस दिन म लडेर मेरो खुट्टामा घाउ लाग्दा मेरो पिडामा उनका आँखा रसाएका थिए यो नै मायाको प्रमाण होइन र ? मन भुझाउने ठाउँ पाएँ मैले तर मेरो भोक निन्द्रा सबै हराई रहेछ | जसले जे जे भनेपनि मनबाट उनलाई पखाल्नै सक्दिन झन् भन्दा झन् बडी माया झाँगिदै गएको छ यसैको परिणाम एकदिन उनि सँग सबै कुरा भन्छु | र भन्छु म तिम्रो हात माग्न तिम्रो घर आउंदैछु | यो सुनेर उनि  त नराम्रो गरि झास्कीइन्, उनको अनुहारमा क्रोद्ध र लज्जाका रेखा प्रस्ट देखिए  | उनले आफुलाई सम्माल्दै भनिन म यस बारेमा सोच्ने छु मेरो जवाफ नआए सम्म मेरो घर नआउनु होला मेरो हात माग्न |त्यस दिन हामी छुटियौं
        त्यस पछिका दिनहरु उनकै जवाफको प्रतिक्षमा बिताउन थालें, हरेकदिन भेटहुने उनि सँग मेरो भेटहुनै छाड्यो, उनि म बाट लुक्दै हिन्न थालिन जबाफ आउनु त् परै जवस | म चकित भए अनि निरस पनि, एक दिन मेरो हातमा एउटा कागज पर्यो त्यसमा लेखिएको थियो " बिकाश सरि ल, मलाई तिम्रो प्रस्ताब स्वकार्य भएन | " यति भन्न पनि यति लामो समय ? मन फाटेर छिया-छिया भयो, आँखा बाट आँसु बगे तर के गर्नु जिन्दगी सम्हाल्नु बाहेक विकल्प पनि थिएन | मनमा गरौ भारी बोकेर सम्मालें आफुलाई | जीवनमा यस्ता मिलन बिछोडका क्रमहरु भै रहन्छन भन्ने मलाई राम्रै गरि थाहा छ | मनलाइ बुझाउन खोजे तर पनि मनमा कौतुहलता जागी रयो, किन म तिरस्कृत भए ? समयको सुइ सँगै दिनहरु बित्दै गए तर पनि उनको माया कम भएन समयेले सबै भुलाउँछ ,लागेको घाउमा खाटा बसाउँछ भन्छन तर यो भनाइ मलाई किन लागु भएन ? निरस जीवन लिएर गल्लि गल्लि चाहार्ने क्रममा एक दिन उनि सँग भेट भयो र मैले सोधें "आँखिर तिमीले मेरो माया किन लत्ययौ? उनि भन्छिन "म यो चाहन कि अब फेरी मेरो नाम अर्को केटा सँग जोडीओस | मेरो नाम धेरै सँग जोडीइ सकेको छ यध्यपि आज सम्म मैले कुनै केटालाइ प्रेम गरेकी छैन र यौनिक सुखानुभुती पनि, म एउटी पबित्र कुमारी हुँ तर यो समाजले मलाई चरित्र हिन बनाइ दियो | हो मलाई थाहा छ मेरो रुपमा लोभिएर प्रेम गर्न चाहनेहरु धेरै छन तर म सबैमा स्वार्थ देख्छु यसरि रुपमा लोभिनेलाई म के नै गर्न सक्छु र ! भमराले पनि त फुलको रस चुसी जान्छ तर फूलले आफ्नु बास्ना र सुन्दरता कायमै राख्छ त्यस्तै भएकी छु म पनि | पर पर बाट रस खान खोज्ने भमरालाई म के भनौ | कसैलेत चिन-जान बिनानै मेरो नाम जोडेको र समाजमा भ्रम फैलाएको पाएँ, यदि उ सँग जवाफ मागौ त बेइज्जोती आफ्नै हुन्छ | तिमीलाई थाहै छ नारीको इज्जत पातमा अडिएको हुन्छ भन्ने र यो समाज पनि त्यहिँ भ्रमको पछी लागी कुमारी केटिको चरित्र हत्या गरि रहेछ यसमा म के गर्न सक्छु ? मेरो खप्नु भन्दा आरु विकल्प नै छैन | मेरो रुपमा जल्नेहरुले फुकी दिए प्रकृतिकोत हिमाल सँग माया छ, पहाड सँग प्रेम छ, सागर सँग लसपस छ , यस्तै अनेका अनेकको नाम | अनि यो पुरुष मुखी समाज मौन भएर सुन्छ बोल्ने सँग प्रमाण माग्नुको साँटो ओरालो लागेको मृगलाइ बाछाले लखेटे झैँ उहिँ निर्दोस नारीलाई लखेटी रहन्छ बदनाम गरि समाजबाट अलग गर्छ | त्यसैले अरु जस्तै तिम्रो पनि नाम मेरो नाम सँग नजोडिओस भनेरै तिमी बाट आलग हुन खोजेकी हुँ उनले रुद्र कण्ठमा भनेकी थिइन् " कठै यो समाजका कुपात्रहरुले प्रकृति को चरित्र हत्या गर्छन जसले गर्दा उनलाई आफ्नो सुन्दरता नै अबिसाफ लाग्छ | मैले त उनि सँग नाम मात्रै होइन जनम-जनमको नाता जोड्न चाहेको थिए तर उनि पटक्कै मानिनन मैले उनलाई कर गर्न पनि सकिन किन कि म उनलाई माया गर्छु | जसलाई माया गर्छु उसैको इच्छा बिपरित जान मेरो मन मान्दै न | उनलाई अंगालेर चुम्न मन नालेगेको पनि होइन तर त्यति पनि गर्ने अधिकार पाइन मैले |
समय यसै बित्दै गयो मेरो मनमा उनको मायाले डेरा जमाई रहेकै थियो | यहि समय सँग बग्दै जादा एकदिन चाँदनी सँग भेट भयो उनि हर-पलको प्रकृतिकी साथी , साथी साथी बीच कुरा त हुन्छन नै उनले पनि मेरा कुरा चाँदनी सँग गरेकी रहिछन | चाँदनी भन्छिन विकास दाई प्रकृतिले भन्थी बिकाशको भाबना राम्रो छ, रुपमा पनि दोस लगाउने ठाउँ छैन, उसले दिएको माया आमुल्य छ मेरो लागि, म आजीवन  उसलाई असल साथीको रुपमा मान्नेछु तर जीवन बिताउन सक्दिन किनकि उमेरमा धेरै अन्तर छ | यो सुन्दा मलाई आश्चर्य लाग्यो, म झस्किए मैले त कहिलै आफुलाई बुढो भएको ठानिन के म तिन दसकमै बुढो भए त ? के मेरो यौवन र सुन्दरता हराउदै गएको हो त ? म उनको तुलनामा कम्जोर नै छु त ? हतार हतार म एँनाको अगाडी जान्छु र आफ्नो रुपलाइ नियाल्छु अनि प्रकृतिको रुप सँग तुलना गर्छु साँची आकास पातालको फरक पाउँछु| कहाँ उनि बसन्तकी परी कहाँ म उजाडिएको पहाड, उनले मन नापरउनु स्वाभाविकै हो | कहाँ उनि उर्लदो बैंसको भेल कहाँ म सुकी सकेको खहरे, यो त मैले कहिले सोचिन | मेरो मनमा आज पनि त्यतिनै माया छ त्यस ताका जति थियो हुन त सबैका आ आफ्नै इच्छा र चाहनाहरु हुन्छन | मैले उनको इच्छा बिपरित कुनै कदम उठाइन | प्रेम पाएर मात्रै हुदैन गुमाएर पनि प्रेम गर्न जान्नु पर्छ | म गुमाएर नै प्रेम गर्दै छु उनलाई | अझै पनि सोध्न मन लाग्छ प्रकृति के तिमीलाई यो बिकाश को अलिकति पनि माया लाग्दैन ? अनि भन्न मन लाग्छ म सदै तिमीलाई नै माया गरिरहने छु किनकि तिमीबिना म अपुरो हुने छु मेरो आस्तित्व रहने छैन तिमीनै मेरो पहिलो र अन्तिम प्रेम हौ |
दिनहरु उनकै सम्झनामा बितिरहेछन उनलाई भुल्न नसक्नु मेरो प्रेम हो कि तिष्ण हो ?

मुक्तक- सकिन


फूल झैँ फूले पनि सुवास छर्न सकिन
तस्बिर जति कोरे पनि रंग भर्न सकिन |
जिउँदै छु भनौ या मरें भनौ आफुलाइ

रोगि आमा रुदा मैले केहि गर्न सकिन ||


दुश्मनले मेरा खुट्टा तानी रहेपनि
बचनका तिखा बाण हानी रहेपनि |
म आत्तिने छैन र झुक्ने पनि छैन
छिमेकीले मलाई सत्रु ठानी रहेपनि  ||

एकोहोरो मलाई मात्र दोषी रहेपनि
दुनियाले मेरा खुसि खोसी रहेपनि |
सके सम्म सहनै पर्यो सहि रहेछु 
भाई फुटाइ घरमा आगो झोसी रहेपनि ||

गज़ल - देउ आमा !

यो नाटक् चिर्ने जन, नायक देउ आमा !
नेपालको छोरा भन्न, लायक देउ आमा !!

थुप्रियो राजनीतिमा डङ्गुर फोहोरको
फ्याँक्नलाई एउटा ठाउँ, पायक देउ आमा !

बालेर टुकी साँझ, शान्तिका गीत रच्छन्
बुद्धको सन्देश गाउँने, गायक देउ आमा !

निर्णायक जनता आफै, बाग्डोर उनै माथि
लगा'को काम गर्ने, सहायक देउ आमा !

बोल्ने त धेरै आए, कामछ सब्को उस्तै
जति छन् यहाँ उनि, बाहेक देउ आमा

गज़ल - के गर्ने हो गाँठ्ठे




सगरमा छैन लाली , के गर्ने हो गाँठ्ठे !
फूलका डाली भाँच्छ्न माली,  के गर्ने हो गाँठ्ठे  !!

आमाको यो काख  पनि, रापिलोछ किन ?
कुनितिमा बज्छ  ताली,  के गर्ने हो गाँठ्ठे !

छोरी भन्छे स्कुल जान्न, ढुंगा हान्नु पर्छ

गुरु भाँड्ने नेता जाली, के गर्ने हो गाँठ्ठे !


सडकमा टायर बल्दा, शान्ति खल्बलियो
खडेरीले खायो  बाली, के गर्ने हो गाँठ्ठे !

बिकाशको बाटो  बन्ध, बिनास मौलाएर
खुन बग्यो सडक  नाली,  के गर्ने हो गाँठ्ठे  !

उदाएको जूनमा पनि, ग्रहण लागे पछी 
उठ भन्छन आयो पाली, के गर्ने हो गाँठ्ठे !

गज़ल - स्वार्थी मान्छे

सारा संसार फाटेको छ,  खै टाल्दैन मान्छे !
शान्ति खोज्ने दियो किन,  खै बाल्दैन मान्छे !!

संयन्त्रको धार भित्र, रेटिँदैछ विश्व
समस्याका जरा खनी,  खै फाल्दैन मान्छे !

गाउँ सहर  देश अनि, संसार रोए पनि
बुद्ध सन्देश बोकी  पाइँला,  खै चाल्दैन मान्छे !

इश्वर बस्ने मन्दिर भन्दै, लाखौ खर्च हुन्छ
मूर्ति छाडी  दुःखी खोज्न,  खै थाल्दैन मान्छे !

चन्द्रमामा सहर बसाई, राज गर्छु भन्छ
गरीव  बस्ने एउटा झुप्रो,  खै हाल्दैन मान्छे !



गज़ल - गयौ तिमी !



जिते पछी आफ्नो रुप,  सिंगारेर गयौ तिमी !
बगैँचाको रुप रङ्ग, बिगारेर गयौ तिमी !!

हातथामी जुनी-जुनी, साथदिने बाचागरि
एक्लो पारी बगरमा, पछारेर गयौ तिमी !

नजरको बाटो हुँदै, दिलको शंघार टेकेपछी
आफु खुशी सुनाखरी, लतारेर गयौ तिमी !

अश्मिताको पर्दा हाली, फूलबारी  जोगाउँ भन्थें
हातलाई त्यो पर्दा नी, उधारेर गयौ तिमी !


लुकी छिपी माया लायौ, सँगै बाच्ने कसम  खायौ 
इच्छा पुरा भयो अर्कै, सिहारेर गयौ तिमी !

गज़ल-- झ्याउरे

 

आँशुका घुड्का पिंउदै  होलान्, भाइ मेरा  पाखामा !

बिगतको झल्को झल्झली आउँछ, यी मेरा आँखामा !!


टोलाउदै होलिन ति रोगि आमा, मुलबाटो हेरेर

गलाको  जन्जिर काट्नलाइ मैले, सकिन  भाकामा !



सुन्दैछु आज दाईले बाटो, बिराए भनेको
बैनीको इज्जत् बचाउँने कोहि, छैनन् रे साथमा !


पुरानो  छानो  नसकी फेर्न, मझेरी ताल् भा'छ
यो रात जाओस् दिनसँगै टिन, किनौला लाखमा !


नदेखे मैले नपाएँ भोग्न , कस्तो थ्यो   खोइकोनी
चाहना मेरो बिगतको  सान्ति, खेलाउँने काखमा !

गज़ल - सक्छौ तिमी !

 
कति चोट दियौ मनमा, सुन्न सक्छौ तिमी !
मेरै आँशु माला बनाइ, उन्न सक्छौ तिमी !!



पोख्दैछु म मनका बह,  डराउँने पो हौ कि
मेरो जस्तै एक्लो जीवन, चुन्न सक्छौ तिमी !




तिम्रै याद बल्झी दिदा, एकान्तमा रुन्छु
निर्दोषीलाइ दोष कति ?,  गुन्न सक्छौ तिमी !



धेरै सहे भित्र भित्रै, पाकेको यो घाउ
आज फुटी बग्न खोज्छ, थुन्न सक्छौ तिमी !


नडस्नुथ्यो डसीहाल्यौ, बिष छरी छरी
जिउँदो लाश छोप्ने कात्रो, बुन्न सक्छौ तिमी !

Monday, September 13, 2010

गज़ल - यहाँ

तिमी नआई मूक्ति पाउँने, बाटो छैन यहाँ !
रगतले नरंगेको, माटो छैन यहाँ !!


पुर्णिमाको जून रोयो, सँगै आमा रुन्छिन्
पुरानो घाउ नबल्झेको, खाटो छैन यहाँ !


आँधी हुरी हाहाकारछ, आँसु रुपी झरी
गरिवलाई दुइछाक् खान, आँटो छैन यहाँ !


मियो बिना दाइँ हुँदा, बिनास् भित्रदैछ
दुखियालाइ रात काट्न, पाटो छैन यहाँ !


फर्क अब पर्देश् छाडी, आमा भन्दै रुन्छिन्
मित्रता र बन्धुत्वको गाँठो छैन यहाँ !

गज़ल - तिमी

मेरै मनको आँगन् टेकी, आँखा किन तर्छौ तिमी !
छैन माया भन्छौ फेरी, सामु किन पर्छौ तिमी !!



देबी देउता भाकेकी थें, तिम्रै साथ पाउँ भनि
के को कमि पायौ ममा, घृणा किन गर्छौ तिमी !


मेरो आस्था विस्वाशलाइ , कुल्ची हिड्दा दिल् दुखेन ?
मनको दरबार फर्की आउ, डेरा किन सर्छौ तिमी !


मेरो संसार तिमी नै हौ, सिँन्दुरको होलि देउ
तिम्रै लागि यात्रा गर्छु, काँडा किन छर्छौ तिमी !


पैले मेरै तनमा खेली, प्यासी नयन ठण्डा गर्यौ
आज भोलि नजरमा, आक्रोस किन भर्छौ तिमी !


सोचेको त थेंन मैले, यति स्वार्थी हुन्छौ भनि
माया गर्छु महल नधाउँ, नजर बाट झर्छौ तिमी !

गज़ल - अति भयो अत्याचार

आह्वानछ मिल भाई, अति भयो अत्याचार !
ह्रासलिला छाड अब, लुटिँदैछ अधिकार !!


बिचारमा धार चलाउँ, कलम् भित्र रङ्ग भर
महंगीले चुलो बस्यो, आकाशियो भ्रष्ट्राचार !


ब्यथिति र विसंगति, संस्कृतिमा धक्का लाग्यो
निशाना लाउँ को को छन त, कुनितीका मतियार !


कलम सँग तिमी हुन्छौँ, सँदियारको खाँचो छैन
कागज पनि तिर बन्छ, किन खोज्छौं हतियार !


संयन्त्रको धार माथि, शान्ति मार्ग खोज्नु पर्छ
छोड अब कति गर्छौ, मनमुटाव र ब्याभिचार !

गज़ल - यस्तो थियो

मग्मगाउँदो बास्ना छर्ने, डाली माथि फुल थियो !
छोउँ भने दाग लाग्ला, मेरै हातमा धुल थियो !!


सुन्दरतामा यति सुन्दर, वयान् गर्नै गाह्रो यहाँ
जून भित्र गुन खोज्नु, ब्यर्थ मेरो भुल थियो !


बगैंचाकै माली बनौँ, नियुक्ति नै पाउँन गाह्रो
स्वार्थ बोकी सेवा गर्ने, पियासिको हुल थियो !


उडी आई आँखा अघि , माँहुरीले रस लियो
हिड्दै जानु पर्ने मैले, बाटो भरी शूल थियो !


मुख्य माली कहाँ होला, भेट्न रहर लागेकोछ
माग्दा दिए लुकाइ राख्ने, माया रुपी झुल थियो !

गज़ल - रहर तिमी

फुल्छु तिम्रै मझेरीमा, जिन्दगीको रहर तिमी !
डुल्छु तिम्रै वरिपरी, मेरो सुन्दर शहर तिमी !!


तिमी बाहेक् दुनियामा, बाँच्नु अर्थ छैन ठानी
खुल्छु तिम्रै सिन्दुरले, खुशी ल्याउँने प्रहर तिमी !


कस्तो प्रिती गाँस्यौ तिमले ,टाडा हुँदा गाढा झन् झन्
झुल्छु तिम्रै काखमा मेरो, प्यास मेट्ने नहर तिमी !


तिम्रै सामु जिन्दगीका, सारा सपना बिस्कुन् लाएँ
भुल्छु तिम्रै अंगालोमा, जीवन काट्ने ठहर तिमी !


फुल्छु तिम्रै मझेरीमा, जिन्दगीको रहर तिमी
डुल्छु तिम्रै ओरिपरी, मेरो सुन्दर सहर तिमी !

गज़ल - मैले पाएको साथी

मन दुख्दा बेदनाको, गज़ल गाएँ मैले !
बास दिई गाँस लुट्ने, साथी पाएँ मैले !!


मित्रतामा शिर माथि, गर्धन् थाप्नु भन्छ
सकिन त हिंम्मत् गर्न, धोका खाएँ मैले !


उसले गरे सानो सयोग, महान् भन्दो रैछ
बैगुण् भुली समझ्दारी, फेरी चाहेँ मैले !

मानवताको नाता भुली, कुल्ची दियो छाती
शिर झुक्यो बद्नामिको, टिका लाएँ मैले !


आफ्नो गल्ति सोरैआना, सहि भन्छ उस्ले
तर पनि सधै उसकै, भलो चाहें मैले !

गजलः अझै मीठो

पछ्यौरीमा जवानी त्यो लुकाएको अझै मीठो ।
लजाए झैँ परेली ती झुकाएको अझै मीठो ।।


नबोलेरै सतायौ है म रोएको निको मान्यौ ।
रिसाए झैँ रुखो बोल्दै दुखाएको अझै मीठो ।।


झुके आँखा ढल्यो सन्ध्या निशा छायो भयौ टाढा ।
दियो बाल्दै जली आत्मा सुकाएको अझै मीठो ।।


कुनै मीठो इशाराले नजिक् तान्यौ जितीहाल्यौ ।
दिई माया सबै कर्जा चुकाएको अझै मीठो ।।


तिमी आयौ उषा छायो चुम्यौ आँखा उज्यालो भो ।
बिहानी भै सबै बाधा फुकाएको अझै मीठो ।।

आवाज शर्मा

गज़ल - झटारो

बचनले तारा, झार्दैछौ तिमी !
भोलिको बाटो, बार्दैछौ तिमी !!


बिचारको युद्ध, लड्न नसकी
नराम्रो सँग, हार्दैछौ तिमी !


रगत गालि, दाजु भाई फाली
देखेका सपना, मार्दैछौ तिमी !


मुखले चाँदी, बनाउँछौं हिरा
कामले सँधै, टार्दैछौ तिमी !


आफ्नु काम आफै, पुरा नगर्दा
आफैलाई नाङ्गो, पार्दैछौ तिमी !

गज़ल - हारे

निष्ठुरीले विश्वासघात, गरेपछी हारेँ !!
निर्मोहिको नजरबाट, झरेपछी हारेँ !


रहरहरु उकुस् मुकुस्, पोख्ने ठाउँ थेँन
विश्वास गरि उसकै सामु, छरेपछी हारेँ !


संसार् लुट्यो बैगुनीले, गरेको गुन् भुली
पबित्र यो बगैंचामा, चरेपछी हारेँ !


रश चुशी निबुवाको, खोस्टा फाले सरी
अलि अलि गर्दै पर, सरेपछी हारेँ !


मलाई आशा देखाएर, साथ दियो अन्तै
निर्मोहिलाई पाउँनेबाटो, मरेपछि हारेँ !


गणेश बिकाश भेटुवाल
२९-०८-२०१०

Saturday, August 28, 2010

गज़ल - पर्खाल नढल्ने भो

तेल थप्ने हात बिना, दियो नबल्ने भो
सधै भरि अलग बसी, जीवन नचल्ने भो


आँसु मात्रै छाडी गयौ, धनको लालच् बोकी
ब्याड राख्नै गाह्रो यहाँ, फल नफल्ने भो


सुख दुख गर्न भन्छौँ, साहुँ टार्न भन्छौं
फाट्यो चोली यस्पालिको, जाडो नछल्ने भो


धन कमाइ आउँछु भन्छौ, खुशी ल्याउँछु भन्छौ
तर कैले अन्न बिना, चुलो नजल्ने भो


कत्ति साह्रो निष्ठुरी हौ, कि स्वार्थी पो भयौ
तिमी नआई समस्याको, पर्खाल नढल्ने भो

गणेश "बिकाश" भेटुवाल
२४ / ८ / २०१०

गज़ल - भत्कँदैछ

घरको रक्षा गर भन्छ्यौँ, सहर भत्कँदैछ |
बाहिर निस्की हेर तिम्रै, रहर भत्कँदैछ ||


रुदैछन् यी रोगि आमा, आँसु पुस्नु पर्ने
लासमाथि खँनिएको, नहर भत्कँदैछ |


हरेक दिन भाई घट्दा, सहिद बढ्दैजाने
बिहानीमै आयो कौवा, खबर भत्कँदैछ |


मेची दुख्यो काली दुख्यो, अनि दुख्यो मुटु
सुन्दर शान्त नेपाल भन्ने, ठहर भत्कँदैछ |


भाई फुटे गवार लुटे, भनाइ साबित् होला
एकता र भाईचाराको, लहर भत्कँदैछ |


सुरक्षित् त कोहि छैन, सचेत भएहुन्छ
भोलिका यी सन्ततिको, प्रहर भत्कँदैछ |


गणेश बिकाश भेटुवाल
२१- ८ - २०१०

गज़ल - यसरि गयौं

हार्नु रैछ बादलको, घुम्टो भित्र पारीगयौं |
चार्नु रैछ फूलबारी , मनो-मानि चारीगयौं ||


छल्कदैथें आत्मा भित्र, तिम्रै प्रितका सितबिन्दु
टार्नु रैछ बाँचा गर्दै, पर्ख भन्दै टारीगयौं |


स्वार्थ बड्यो आँखा गड्यो, मह भा'को चाका तिर
झार्नु रैछ बर्खे झरी, आँखा बाट झारीगयौं |


कल्पनाको तरेलीमा, भाबबिम्ब तैरदै थें
मार्नु रैछ इच्छा मेरा, निमोठेर मारीगयौं |


देखावटी पिरतीको, बिस्कुन लायौ मेरै सामु
नार्नु रैछ अन्तै माया, बास्ना पायौ नारीगयौ |

गज़ल - यसरि आयौँ

जीवन रुपी रथ थाम्ने, धुर बनि आयौं |
दुख सुख लुकाउने , कुर बनि आयौं ||


यात्रा एक्लो निरस थियो, आफ्नै बिराना
भबिस्यको चर राख्ने, सुर बनि आयौं |


लाग्दै थियो जवानी यो, मकिएको काठ
पिरतीले हिम्मत भरि, चुर बनि आयौं |


काट्नु थियो अँध्यारोमा, लामो समुन्द्र
पूर्ण चन्द्र मुहार लिई, पुर बनि आयौं |


हरेक पटक ठेस लाग्दा कायर भएथेँ
बिकाशको जिन्दगीमा, लुर बनि आयौं |

धुर - रथको दुई पाङ्ग्रा जोड़ने काठ व फलामको आग्लो जसले रथको पूर्ण भार बोकेको हुन्छ
कुर - माछा लुक्ने गुड व लुक्ने ठाऊ
सुर - चार कुना मिलेको आकारको कुनु व चोसो ( जस्तै घरको चार सुर, घर बनाउन चार सुर राख्नु पर्छ )
चूर - छिप्पिएको रुखको भित्री अग्राख (जस्तै चूर पसेको रुख हेर्नु पर्छ घरको निदालको लागी )
पुर - नगर व सहर
लूर - हिम्मत, अँट, साहस

गज़ल - खोइ के गर्ने हौ

झर्को फर्को गर्ने हौ कि, घुर्क्याउँने पो हौ कि !
थोरै चित्त दुखे आँसु, तुर्क्याउँने पो हौ कि !!


ठुलो दिल भए संसार, आँखामा नै अट्छ
लंका छिन्ने संका पाली, हुर्काउँने पो हौ कि !


जताततै टालिएको, बिस्वासको के भर
गाली गरे पासो राखी, सुर्क्याउँने पो हौ कि !


सुन्दर फुल फुल्ने बोटमा, काँडा पनि हुन्छ
फकाउदै भिरमा लगी, गुर्क्याउँने पो हौ कि !


दोष भन्दा गुण बडी, होलान भन्ने ठान्छु
हाँसो छरी नक्कल पारी, फुर्क्याउँने पो हौ कि !

गज़ल - एउटा पात झर्यो

झर्नु थियो आज फेरी, एउटा पात झर्यो |
सर्नु थियो अलिकती, काल अगी सर्यो |


फर्की हेरें यात्रा गर्दा, काटेका ति घुम्ती
पर्नु थियो आधा बैंस, बिछ्यौनामै पर्यो |


घुमी हिडें फुलबारी, बास्ना लिनलाई
हर्नु थियो यौवन यो, कोपिलाले हर्यो |


सुख खोज्न धेरै धाएँ, दुख हात लाग्छ
गर्नु थियो दैबले नि, कुठाराघात गर्यो |


आमा बाबा छोरा छोरि, मायाको यो जालो
टर्नु थियो सुख दुख, आज सम्म टर्यो |


कस्लाई थाहा भोलि यहाँ , के के हुन्छ भनि
भर्नु थियो "बिकाश" ले मन्, आशै आशले भर्यो |

गज़ल - सात थरी

जुठेल्नोमा फालिदियो, बासी भा'को भात सरी |
छिर्के हाली मास्ने कोहि, कोहि हाँस्ने घात गरी |


माँग्दा न्याय नपाएमा, खोस्न जान्नु पर्छ भन्थ्ये
बिगतलाई फर्की हेरें, सोचमा डुबें रात भरी |


सजाएका सपना मेरा, आँधि आइ उडाइ दियो
बसन्त नि रोइ रा'छ, डालीबाट पात झरी |


चाहे जति रंग भर, हिरा मोति जडे पनि
चुक्या चुरा फाल्नै पर्छ, शोभा दिन्न हात भरी |


जसको लागि दियो बालें, भरोसा थ्यो उसै माथि
इन्द्रेणी झैँ रङ देखायो, आज उस्ले सात थरी |

गज़ल - अर्थ छैन

लुटिएको खुसि पाउँने, रहरको अर्थ छैन |
आशा देखाई बास लुट्ने, सहरको अर्थ छैन ||


ऋतु राज पल्टी रन्छ, दुख कैले पल्टीदैन
मृत्यु दिन हिच्किचाउँने, जहरको अर्थ छैन |


बर्षादको भेल पैरो, पिउँने पानी देखिएन
परेलीमा छ्चल्कने, नहरको अर्थ छैन |


भनाइछ दुख पछी, सुख घुमी आउँछ भन्ने
मेरै शिरमा मडारिने, कहरको अर्थ छैन |


मेरै भाग्य लेख्दा लेख्दै, निदाएछ भाबी पनि
भाग्य हेर्ने ज्योतिषीको ठहरको अर्थ छैन |

गज़ल - दाग हुन्छ भने

काँल्ला माथि काँल्ला मुनि, भाग हुन्छ भने |
बिचारको ज्वाला फुक्छु, माग हुन्छ भने  ||


कलम बोक्ने हातले पनि, सस्त्र उठाउँछ
खुनी विचार जली यहाँ, राख हुन्छ भने |


पुर्खाको यो नासो भन्दा, ठुलो छैन केहि
मर्नु परे मर्छु घर, आजाद हुन्छ भने |


फाँसी लाग्न राजी छु म, सन्तानको लागि
देशकै मुहार हराभरा, वाग हुन्छ भने |


न त च्याती फाल्न मिल्छ लुकाउन हुन्न
आजै फालौं इतिहाँसमा दाग हुन्छ भने |

गज़ल - साथी

बेला भयो दियो यहाँ, बाल्नुपर्छ साथी |
अँध्यारोलाई चिर्ने यात्रा, थाल्नुपर्छ साथी ||


कोपिला त है'न रैछ, चिमटेर मर्ने
बुढो रुख्का जरा पनि, फाल्नुपर्छ साथी


स्वार्थलाई हामी देखि, टाडा पन्छाएर
नौलो कार्य नयाँ पाइला, चाल्नुपर्छ साथी |


यात्रा गर्न कठिन होला, पर्खाल ठडिएर
बिचारको बज्र हानी, ढाल्नुपर्छ साथी |


एकताको माला गाँसौं, हटाएर राग
फाटेको मन अब हाम्ले टाल्नुपर्छ साथी |

गज़ल - बाँच्न सक्दैनौ

म भन्दैछु छुटिएर, बाँच्न सक्दैनौ |
अन्त कतै चोखो प्रित, गाँस्न सक्दैनौ |


जवर्जस्ती पखाल्ने त, कोसिस गर्दैछौ
तर पनि मेरो माया, मास्न सक्दैनौ |


जहाँ जाउ सब्को सामु, झुक्नै पर्नेछ
मलाई छोडी ओठ खोलि, हाँस्न सक्दैनौ |


हृदयको मझेरीमा, मेरै छाँयाछ
पन्छाएर अर्को त्यहाँ, टाँस्न सक्दैनौ |


फर्की आउ हृदयको, ढोका खुल्लैछ
पराइको बगैंचामा, नाँच्न सक्दैनौ |

गज़ल - भुल्यौंकी

बहादुरका सन्तति भै, बाटो भुल्यौंकी |
आफैं जन्मी हुर्किएको, माटो भुल्यौंकी ||


पराईको सेवा गर्छौ, छाडी आमालाई
बाह्रबर्ष दुख्या घाउको, खाटो भुल्यौंकी |


धेरै सयौं घाटा पैले, सचेत बसे भो
सहयोगको हात माग्दै, साँटो भुल्यौंकी |


हाम्रै मति भ्रष्ट्र हुँदा, लुट्यो बैरीले
थाकेकाछन घाउ धेरै, टाटो भुल्यौंकी |


बेरोजगारी बल्झे पछी, युवा पर्देशी
स्वार्थ च्यापी आफै बस्ने, पाटो भुल्यौंकी |

गज़ल - भयो मलाई बानी

तिमीलाइ नै दुख्ला बरु, भयो मलाई बानी |
घातगर्यौं मनमा चोट, दियौं छानी छानी |


मुटु भित्र घाउलाग्यो, चोखो प्रित मर्दा
तिमीलाई फाइदै फाइदा, मेरो भयो हानी |




बादल सरी धुवाँ छायो, सुन्दर सप्ना जल्दा
आशा मर्यो छ्ल्की बग्यो, आँसु रुपी पानी |


च्यातिदिएँ दस्तावेज, घोच्ने पिरतीका
बिछ्यौनामा काँडा राख्यौ, तिम्ले जानी जानी |


आँसु लुकाई हाँस्नलाइ, बिवस भा'छ जीवन
तीर कसले किन मार्यो, "बिकाश" भो निसानी |

गज़ल - यस्तो गरेहुन्छ

बिचारको आँधी उठ्छ, अब सचेत बसे हुन्छ |
देशको शान्ति खोस्नेलाइ, छानी-छानी डसे हुन्छ ||



उषा खुल्ने पत्तै छैन, कलरात्री बढ्दै गा'छ
नेपाल आमा लुट्ने माथि, बज्र बनि खसे हुन्छ |


अन्याय र अत्याचार त, सकेसम्म सयौँ हाम्ले
दुस्मनका किल्ला भित्र शियो बनी पसे हुन्छ |


सहि राह समाउ भन्यौं, कानमा बतास लागेन त
शिर झुकाई मन नदुखाई,अन्तै टाप कसे हुन्छ |


फेरी गाउँ फिर्यौ भने, छाड्ने छैनन् जनताले
परिचान लुकाउँनलाई, मुख्मा मोसो धसे हुन्छ |


सक्ति छोडी सत्ता तिर, रालकाड्दै गएपछी
जनता ढाट्ने जाल बुन्यौं, अब आफै फसे हुन्छ |

गज़ल - फुक्नुहुन्न

गोर्खालीका छोरा तिमी, तिम्रो शिर झुक्नुहुन्न |
मेची काली रगत तिम्रो, खडेरीमा सुक्नुहुन्न ||


सान्ति पिता हुर्किएको, माटो माथि हुर्क्यौ तिमी
यसैले त तिमी भित्र, सत्य कुरा लुक्नुहुन्न |


राणा मास्ने देखि लिई, लोकतन्त्रमा तिमी थियौं
गणतन्त्र जोगाउने, पालो आ'छ चुक्नुहुन्न |


पटक पटक हार्नेहरु, भण्डारको चाबी माग्छन
बचाउन उठ जनता, अब यिनले लुट्नुहुन्न |


झिक विचार बढ अगी, नेपाल आमा पुकार्दैछिन
पथ भ्रष्ट्र नेता जस्तो, गर्नु अगी फुक्नुहुन्न |

गज़ल - किन यस्तो

रगतले पत्र लेखि, बाण बनाइ हानुजस्तो |

कतिराम्री सानी नानी, हात समाई तानुजस्तो ||


डालीमाथि फक्रिएको, फुलसरी भा'छ जोवन
थाहैनपाइ दिल्मापसी, मन चोरी लानुजस्तो |


बैंसालु त्यो जवानीका, रहरहरु के के होलान
पाना-पाना पल्टाएर, सुन्दर इच्छा छानुजस्तो |


हृदयको सिंहासनमा, उनैलाइ सजाई सके
अग्नि पुज्दै सिन्दूर भरि, ज्युने कसम खानुजस्तो |


अंगालोमा लुकाएर, मायागर्न मन लाग्छ
विश्वास धेरै भएछ कि, जे जे भन्छे मानुजस्तो |

गज़ल - निस्किए सुरा

मुखले गर्छौ, मिलापका कुरा |
कामले धस्छौ, पिठ्यौँमा छुरा ||


टुहुरा बालक, रोएको हेर
भुल्यौकी के हो, फुटेका चुरा |


जेथियो तिम्लाई, दिएको काम
त्यो पनि लाग्छ, गर्दैनौ पुरा |


राष्ट्रको धन, फोकटमा गयो
सडकमा हेर, ति नाङ्गा भुरा |



बाटामा काँडा, रोपेर आयौ
जोगाइ हिंड, निस्किए सुरा |

गज़ल- यसरि आउ

फटायौ आफै, टालेर आउ |
स्वार्थको पोको, फालेर आउ ||


विश्वास सब्को, लिनुछ भने
पसिना तनको, गालेर आउ |


गलतछ तिमी, हिडेको बाटो
सुमार्गी पाइला, चालेर आउ |


सफलता छेक्ने, उठायौ पहाड
फर्केर तिनलाई, ढालेर आउ |


बिजय तिमी, चाहन्छौ भने
शान्तिको दियो, बालेर आउ |

गज़ल - चालक थाले, पासा खेल

चालक थाले, पासा खेल |
कता कुद्नु, देशमा रेल ||


जताततै, फुटनै फुटछ
छैन कहिँ, कतै मेल |


महंगीले, आकास छोयो
किन्नै गाह्रो, बाल्ने तेल |


तिनपटक भो, परिक्षा यहाँ
पहिलो व्यक्ति, फेरी फेल !


ठग्नेलाइ, मालामाल छ
सोझा माथि, झेलै झेल !


बाँध बादन, उठ अब
आउँन लाग्यो, आर्को भेल |

गज़ल - जाल भयो

दाइहरुले घर छाएनन, मझेरीमा ताल भयो |
अर्थतन्त्र थलापर्यो, गरिब हाम्रो बेहाल भयो |


थला परे बाबा पनि, आँमालाई क्यान्सर ला'छ
उपचारको कुरै छैन, आँसुको त आहाल भयो |


सान्ति प्रिया तड्पदैछिन, अहींसाले बाबा खोज्छे
देश छोडी बिदेस गा'को, सम्झ कति साल भयो |


अन्यायको कुरै छाडौ, महंगीले सिमा नाग्यो
भोकमरीले जनता मरे, अनिकाल्नै काल भयो |


गोठाला त हरेक पल, पासा खेलमै मस्त देख्छु
आउ जुट उठ सबै, यहाँ ठुलै जाल भयो |

गज़ल - जीवन

लिपि नभएको, कहानी जीवन |
तुषारो लागेको, बिहानी जीवन ||


आफ्नैको प्रहारले, दुख्छ यो मुटु
पिंडा र चोटको, निसानी जीवन |


दिन त नसामै, बिताउँने गर्छु
रातमा ढुंगाको, सिरानी जीवन |


काट्नलाई गाह्रो, गन्तब्य टाढा
दुख सुख मथ्ने, मदानी जीवन |


चिन्तामा जले, सोलाको बाटो
अन्त्यमा चिताको, खरानी जीवन |

गज़ल - नेल रहेछ

माया प्रेम यौवनको, भेल रहेछ |
समग्रमा पिरती त, जेल रहेछ ||


बिश्वासगरी भरपर्यो, धोका भैदिन्छ
अनिबार्य खप्नै पर्ने, झेल रहेछ |


सुख दुख दुइ पाटा, हिड्ने गोरेटो
वियोग सँगै संयोगको, मेल रहेछ |


एक्लैबस्न चाह गरे, सृष्टि नचल्ने
बिबाह त खेल्नै पर्ने, खेल रहेछ |


माया भित्रै अल्झी बाँच्न, जरुरि नै भो
दुनियालाई बाध्न सफल, नेल रहेछ |

गज़ल - जरुरी

यात्रा न हो जिन्दगी, काट्न जरुरी |
पिरतीले टोक्दा मन, फाट्न जरुरी ||


घाउ माथि कुल्ची हिड्छन, म छु भनेले
फेरी पनि कोमल मन, साँट्न जरुरी |


माया रुपी संसारको, आधारनै विश्वास
विश्वासघात हुँदा तन, छाँट्न जरुरी |



हुदैनरे चोट दिनु, आदर्शले भन्छ
मुटु भित्र दुख लुकाई, ढाँट्न जरुरी |


एक्लै यात्रा गरौ भने, सृष्टि नचल्ने
त्यसैले त प्रित्कोडोरी, बाट्न जरुरी |

गज़ल - मैले

नत जित्यौ तिम्ले, नत हारें मैले |
आँसु झरी झार्दै, माया मारें मैले ||



नत निको हुन्छ, पिरतीको घाउ
मलम पट्टि लाउँन, अब बारें मैले |



गरिबीले कस्दा, नियतिले डस्दा
तिमी सँगै खुशी, परसारें मैले |



छैन जिउँन अर्थ, नत मर्नै सक्छु
बेदनालाई मनमै, पोकोपारें मैले |



होइन गल्ति तिम्रो, नत भूलै थियो
भाग्य यस्तो भन्दै, मनलाई टारें मैले |

गज़ल - हार भयो

जित्न खोज्छु दुनियालाई, आज फेरी हार भयो |
पिरतीमा धोका हुँदा, खुसि डाँडा पार भयो ||


माया माथि बज्र परि, आसाहरु जलेपछि
धुजाभई फाटेको मन आफैलाई भार भयो |


नियतिले झट्टी मार्यो, भाग्य मेरो खोटो पार्यो
कर्म दाता दैब पनि, मेरो लागि जार भयो |



पटक पटक मनलाइ टालें, तर आज जीवन फाट्यो
ज्युने मर्ने कि के गर्ने, विचार दुइ धार भयो |



दैब रचित नाट्यसाला, त्यस्कै पात्र न हो मानिस
पल्मै सुख हरि दिन्छ, दुख जीवन सार भयो |

गज़ल - हार्छौ तिमी

बैँसढल्यो मनजल्यो, अझै किन टार्छौ तिमी |
छैनभने मनमा माया, भरमा किन पार्छौ तिमी ||


कसमखाई सँगै बाँच्ने, पुरागर्न नसक्नेले
भेटहुँदा बिलौनागाई, आँसु किन झार्छौ तिमी |


आफ्नै भरमा उँभिदैछु, दुइ-चार पैसा कमाएर
त्यसपछि त तिमी मेरी, भाका कति सार्छौ तिमी |


उषा खुल्दा जोडी माया, गोधुलीमा छुट्छौ भने
आफै किनार लागिदिन्छु, बाटो किन बार्छौ तिमी |



मेरा बचन ख्यालगर, उम्किएला हातको चरी
धेरै ढिला गर्यौ भने, पिरतीमा हार्छौ तिमी |

गज़ल - सक्छ्यौ भने आँट गर

मैले माया गर्न खोजें, सक्छ्यौ भने आँट गर |

बगैँचामा चर्न खोजें, सक्छ्यौ भने आँट गर ||


प्यासी नयन बिछ्याएर, जीवन साथी खोज्दै जाँदा
मनमा बसाइँ सर्न खोजें, सक्छ्यौ भने आँट गर |


नजिकैको तिर्थ हेला, मैले कैले भन्या छु र
नजरमा पर्न खोजें, सक्छ्यौ भने आँट गर |


बाचुन्जेल एकै साथ, घुम्ने रहर थामी हात
मर्दा काख्मै मर्न खोजें, सक्छ्यौ भने आँट गर |


मनका इच्छा अगीलाग्दा, भुलिएछ तिम्रो चाह
चड्दो जोवन हर्न खोजें, सक्छ्यौ भने आँट गर |


घरलाई खाँचो बुहारीको, मलाई खाँचो पियारिको
तिम्रै सिउँदो भर्न खोजें, सक्छ्यौ भने आँट गर |

ग़ज़ल - बसाइँ सारेँ मैले

धेरै आए हात माग्न, सबैलाई टारेँ मैले
तिमी नजिक आएपछी, मनलाई बसाइँ सारेँ मैले


गोधुलीको घाम जस्तै, अस्ताउँदैथे मेरा खुशी
जून बनि तिमी आयौ, हर्सा'आँसु झारेँ मैले


अर्जुन जस्तै गाण्डीप् लिइ, माया रुपी तिर चलायौ
तिमी बाहेक अरु आउँने, बाटो पनि बारेँ मैले


कल्पिदैथेँ नाना थरि ,स्वयम्बरको मालालिइ
आँखा आँखा जुधाई दियौ, पल्भरिमै हारेँ मैले


सिउँदो सजाई अगी लगाई, कर्म घर पुर्याइ हाल्यौ
एकान्तमा घुम्टो खोल्यौ, छड्के नजर परेँ मैले

ग़ज़ल - बनेर

आयौ तिमी मग्मगाउँदो, फूल बनेर
जिन्दगीलाई राह दिने, रुल बनेर


प्यासी भै प्रेमको रस, खोज्दै थिए म
आयौ तिमी प्यास मेट्ने, मुल बनेर


हृदयको कुना कुना, सबै खाली थ्यो
गढ़यौ तिमी माया रुपी, सुल बनेर


समुन्द्रको छाल सँग, लड्दै थिए म
लम्मीदियौ पारी तार्ने, पूल बनेर


उजाड थियो मेरो जीवन, रहर अधुरै
छायौ तिमी छाँया रुपी, झुल बनेर

ग़ज़ल - छैन मेरो

आज हो कि भोलि हो, भर छैन मेरो
बर्षादमा ओतलाग्ने, घर छैन मेरो


जिन्दगीको चारै पाटा, अध्यारो नै देख्छु
आधुनिक भिडमा कुनै, सहर छैन मेरो


रात काट्छु तारा गन्दै, जून हुन्छ साथी
धनाड्यको महल चड्ने, रहर छैन मेरो


पैसा रुपी दुनियामा, खल्ती खाली हुदा
जे गरेनी उन्नतिको, लहर छैन मेरो


सडकमै जन्मे होला !, हुर्के सडकमै
बेवारिसे 'बिकाश 'नाम, थर छैन मेरो

गजल - होइन

छुटिन माया, लाएकी होइन
नपुग्ने कसम, खाएकी होइन



गरिबछु भन्छौ, संझौता गर्छु
आभूषण मैले, चाएकी होइन


संझाउँछौ आज, व्यर्थैमा किन
तिम्रो मन नभै, आएकी होइन


भरिदेउँ सिन्दूर, बनाउ आफ्नो
फोकटमा पछी, धाएकी होइन



भुल भन्छौ भने, मर्दिन्छु बरु
अरुलाई जनम, पाएकी होइन

गजल - चाहिन्छ

 बसन्त छाउँन, वन चाहिन्छ
माया लगाउँन, मन चाहिन्छ


मायालु यहाँ, फकाउँनु परे
रेष्टुरा धाउँने धन चाहिन्छ


अफ्ठ्यारो पर्दा, हातदिन पनि
मनमा आफ्नो, पन चाहिन्छ


जोगाइ गास्नु, फितलो माया
नत छुटाउन, घन चाहिन्छ



जति पिँडा भए, बोक्छ यो मुटु
नत पर्म गर्ने, जन चाहिन्छ

गजल - यस्तो गर्छु

भन्छौ भने तिम्रै मनमा, फुलिदिन्छु म
हाँसो बनी लालीओठमा, घुलिदिन्छु म



आँखा जुधे माया बस्यो, थाहै भएन
आफ्नो मुटु तिमीभित्रै, हुलिदिन्छु म



चाहे मलाई नौनी भन, चाहे पत्थरै
तिम्रै हात समाएर, डुलिदिन्छु म



लाज सरम छैन अब, अल्छी भन्छौ कि
जे भनेनि तिम्रै काखमा, झुलिदिन्छु म



जात्कै पर्खाल किन नहोस्, चाहे सम्पतिको
तिम्रै हातको सिन्दूर लगाई, खुलिदिन्छु म

दोहोरि गज़ल - सर्छ्यौ कि सर्दिनौ

केटा -
त्यो मन बाट यो मनमा बसाई, सर्छ्यौ कि सर्दिनौ
नढाँटी भन तिमीले माया, गर्छ्यौ कि गर्दिनौ ??


केटी -
यो मन मेरो हैननि हजुर, तपाइँकै नासो हो
मनले हेरे देखिन्छ भन्छन , माया त गर्छु म


केटा -
माहुरीले घार छाडेकोसरी , खाली छ यो मन
आँखाको बाटो सुटुक्क पसी, भर्छ्यौ कि भर्दिनौ ?


केटी -
चौतारी खाली खोज्दै थेँ म नि, पिरती बिसाउँन
जिन्दगी भरि पाइन्छ भने, भर्न त भर्छु म


केटा -
असार पन्ध्र बेठीहै लाउँदा, रोपार बोलाउँला
सुरिलो भाका झिम्क्याउँदै आँखा, झर्छ्यौ कि झर्दिनौ ?


केटी -
गाउँलेले देखे काट्ने छन कुरा, के गरौ के गरौ
घरमै आई बोलाए देखि, झर्न त झर्छु म


केटा -
मंसिर लाग्दा जन्ती लिई आउँछु, बाबाको आँगन
ओढेर घुम्टो सर्माउँदै आँखा, तर्छ्यौ कि तर्दिनौ ?


केटी -
खाली छ सिउँदो रंगाउ हात, सिन्दुर भरेर
मायाले बेर्दै सर्माइ हेर्दै, शरणमा पर्छु म


केटा -
उदायौ तिमी जीवनमा मेरो, जूनझैँ बनेर
मायाले बेर्छु बचनमा भर पर्छ्यौ कि पर्दिनौ ?

केटी -
सफलभो जीवन मायालु हातले, समाए पछि त
हजुरले बचन फेरेमा अब बाँच्दिन मर्छु म

गज़ल - छुट्ने बेला

आँसु बगाई भन्थिन उनी, फर्की कैले आउँने ?
यौवन ढल्छ मन जल्छ, माया कैले लाउँने ?


कल्पनाको आँधी चल्ला, मेरो मनमा अति
दुख साँट्न साथै बस्न, अब कैले पाउँने ?



छोटो पलको स्मृतिले, सताउला मलाई
पिरतीको भाका फेरी, गित कैले गाउँने ?


सुन्य लाग्ला बनपाखा, हजुर टाढा हुदा
हातसमाई रोधी घर, सँगै कैले धाउँने ?


अरु जोडी भा'को देखि, रहर जाग्यो भने
रुन्छ मन अनि ओठमा, हाँसो कैले छाउँने ?

गित - मात लाग्यो

पिउँन सुरु नगर्दैमा, आधा मात लाग्यो
निर्मोहिलाई माया गरेँ, अनि बात लाग्यो


विश्वास गरेँ आफ्नो भन्दा, सजाएर दिल्मा
खाडलमा हुत्त्याई दिई, उँभ्याएर डिल्मा

जिउँन जीवन आधानैछ, आजै लात लाग्यो
निर्मोहिलाई माया गरेँ, अनि बात लाग्यो



एकै बाटो एकै पाटो, भन्थी हिजो अस्ति
मेरै आँखा छली गर्छे, आज अन्तै मस्ती


सिउँन सुरुनगर्दै मन, धोका हात लाग्यो
निर्मोहिलाई माया गरेँ, अनि बात लाग्यो

गजल - यस्तै लाग्छ

साथलागे मातलाग्छ, अरु के के हात लाग्छ
पछि नआउ तिमी मेरो, फेरी मलाई बात लाग्छ



फक्रिएको जवानीली, बास्नाछर्दै हिडेकी छ्यौ
तिम्रो पहिरन नसुध्रिए, बदनामीको खात लाग्छ



आधुनिकछु भन्छ्यौ आफै, फेसनको आडमा रही
सम्हालिनौ भने बैँस, बा-आमालाई लात लाग्छ



भबिस्यको खोजिगर, वर्तमानमा आँखा खोलि
यौवनले अन्धो नहौ, जिन्दगिमै घात लाग्छ



भन्दिहौली आफुलाई,षोडसी र परी समान
अर्धनग्न शरीर देख्दा, छि मलाईत मात लाग्छ

गजल - लहर

देख्दैछु मलाई, हेर्नेको लहर
मायाको जालले, बेर्नेको लहर



सुन्दैछु कुरा, अनेका अनेक
रानुलाई जस्तै, घेर्नेको लहर



उपहार आए, घरभो पसल
छ छैन माया, केर्नेको लहर



लजालु आँखा, उत्ताउलो बानी
फक्रिदो जोवन, सेर्नेको लहर



सिन्दुर हाली ,ओडाई घुम्टो
यो मेरो थर, फेर्नेको लहर

गजल - जेगर्नुछ गर नानु

मलाई फाली अरुलाईनै, हुल्छ्यौ भने हुल नानु
हिजोकाती बाचाकसम, भुल्छ्यौ भने भूल नानु



गोधुलीमा चौतारीमा, मेरै साथ हुन्थ्यौ तिमी
भैगो आज अरु सँगै, झुल्छ्यौ भने झुल नानु



एउटा सुन्दर फुल ठान्थेँ, तर तिमी काँडा रैछ्यौ
मलाई घोची अन्तै कतै, फुल्छ्यौ भने फुल नानु



स्वार्थ रैछ तिमी भित्र, भो परेन तिम्रो माया
गुण बनि पानी सँग, घुल्छ्यौ भने घुल नानु



तिमीलाई माया गरि, सिर झुकाई हिड्नु पर्यो
पराइको सिन्दुर लगाई, खुल्छ्यौ भने खुल नानु


गणेश बिकाश भेटुवाल

गजल - बैमानिले

लुट्न रैछ स्वार्थी मन, जोड्यो बैमानिले
आफ्नो स्वार्थ पुरा गरि, छोड्यो बैमानिले



सुम्पी दिएँ जे-जे थियो, आफुसँग भा'को
बाचा कसम तोड्नु रैछ, तोड्यो बैमानिले



एकै बाटो एकै पाटो, सोचेकिथेँ मैले
छातीमाथि टेकी पाइला, मोड्यो बैमानिले



जिन्दगीको सुख दुख, साथी तिमी भन्थ्यो
थाहैनदि अन्तै नाता, जोड्यो बैमानिले



गुलाब भन्थ्ये काँडा रैछ, आँखा खुल्ले बल्ल
पैसा रुपी माया पायो, ओड्यो बैमानिले


गणेश बिकाश भेटुवाल

गजल - फुलमाया

घुम्टो भित्र जून बोकी, आयौ फुलमाया
हृदयको कुना कुना ,छायौ फुलमाया


आधासिर झुकाएर, मुस्काउँने बानी
नजरैले मोहनि पो, लायौ फुलमाया


कता-कता सुन्य लाग्थ्यो, हिजो मेरो घर
पाउजु बाटै मिठो धुन, गायौ फुलमाया


खुसि थियो मन मेरो, सन्तुष्टि नि पुरा
फेरी काखमा खेल्ने जून, चायौ फुलमाया



स्वर्गै भयो घर पनि, तिमी आएपछि
बेवारिसे थिएँ हिजो, दायौ फुलमाया


गणेश "बिकाश" भेटुवाल

गज़ल - के राम्रो

पुर्णिमाको जून राम्रो
जाडोलाई उन राम्रो


सुन्नेलाई पञ्चैबाजा
बसुरिको धुन राम्रो


आउँदा दसैँ राम रौस
भित्ता पोत्ने चुन राम्रो


मंसिर लागे बिहे हजुर
बेहुलीलाई सून राम्रो



अरुलाई के हो कोनी
"गणेश"लाई गुन राम्रो

गज़ल - छुन्छु

जून हेरी रात्मा, एकोहोरी हुन्छु
पर्देशको माया, सम्झीएर रुन्छु


कर्कसा छन् सासु, मुखालेछन् नन्द
आँसु झरी पोखी, आफ्नै मुख धुन्छु



विगतले तान्छ, भित्र मुटु खान्छ
कल्पनामै कता, उस्को बोलि सुन्छु



कोहि छैन साथ, सुनी दिने बात
तड्पिएर बस्न, एकान्तलाई चुन्छु



एकान्तमा पनि, सान्ति नमिलेर
साथखोज्दै फेरी, उसकै तस्बिर छुन्छु

गजल - खोइ के गर्नु ?

गरि साध्य भा'पो तिम्रो, रुपको बयान गर्नु
पढी साध्य भा'पो तिम्रा, लोभी नयन पढ्नु



लजाउँदै हेरिदियौ, मोहनीले बेरी दियौ
चरी साध्य भा'पो तिम्रो, बगैचामा चर्नु



कला तिम्रा अनेकानेक, जादुगरी बोलि
हरि साध्य भा'पो तिम्रो, जवानीलाई हर्नु



साथदियौ बातगर्यौ, कैले आँखा तर्यौ
झरी साध्य भा'पो तिम्रा, आँखाबाट झर्नु



माया केहो विश्वास केहो, सिकाइदियौ तिम्ले
मरी साध्य भा'पो तिम्रो, नजर बाट मर्नु

गज़ल - जादैछु

लाग्दा दसैँ लिंगे पीँङ, हाल्न जादैछु
पर्देशका दुख पिंडा, फाल्न जादैछु



एक्लै बस्दा धुजाभै, फाटेकोछ मन
बा-आमाको आशिर्बादले, टाल्न जादैछु



निष्ठुरीछे मनकी रानी, खबर केहि छैन
माया लिई कठोर मन, गाल्न जादैछु


छ'रे ! मेरी सानी छोरी, देखेको त होइन
हात समाई साथै पाइला, चाल्न जादैछु


धेरै भयो चाड पर्ब, निरस बनाएको
हाँसो रुपी दियो बोकी, बाल्न जादैछु