मग्मगाउँदो बास्ना छर्ने, डाली माथि फुल थियो !
छोउँ भने दाग लाग्ला, मेरै हातमा धुल थियो !!
सुन्दरतामा यति सुन्दर, वयान् गर्नै गाह्रो यहाँ
जून भित्र गुन खोज्नु, ब्यर्थ मेरो भुल थियो !
बगैंचाकै माली बनौँ, नियुक्ति नै पाउँन गाह्रो
स्वार्थ बोकी सेवा गर्ने, पियासिको हुल थियो !
उडी आई आँखा अघि , माँहुरीले रस लियो
हिड्दै जानु पर्ने मैले, बाटो भरी शूल थियो !
मुख्य माली कहाँ होला, भेट्न रहर लागेकोछ
माग्दा दिए लुकाइ राख्ने, माया रुपी झुल थियो !
No comments:
Post a Comment