फुल्छु तिम्रै मझेरीमा, जिन्दगीको रहर तिमी !
डुल्छु तिम्रै वरिपरी, मेरो सुन्दर शहर तिमी !!
तिमी बाहेक् दुनियामा, बाँच्नु अर्थ छैन ठानी
खुल्छु तिम्रै सिन्दुरले, खुशी ल्याउँने प्रहर तिमी !
कस्तो प्रिती गाँस्यौ तिमले ,टाडा हुँदा गाढा झन् झन्
झुल्छु तिम्रै काखमा मेरो, प्यास मेट्ने नहर तिमी !
तिम्रै सामु जिन्दगीका, सारा सपना बिस्कुन् लाएँ
भुल्छु तिम्रै अंगालोमा, जीवन काट्ने ठहर तिमी !
फुल्छु तिम्रै मझेरीमा, जिन्दगीको रहर तिमी
डुल्छु तिम्रै ओरिपरी, मेरो सुन्दर सहर तिमी !
No comments:
Post a Comment