गजल-- तिमी

रोकिएर घरी घरी, पाइला अघि सार्नु किन
छेकिएर वरि परी, नजर ममा पार्नु किन ?


माया लाउने रहर पो मन्मा कतै पलायो की ?
सँगालेर रहर् हरु, मनको भित्रै मार्नु किन ?

जाल बोकी माया को चारो बनाइ आफ्नै रुप
नखोलेर माया जाल, हिम्मत त्यसै हार्नु किन ?

जाल बिनै म त यसै नजरको बन्दी तिम्रो
नसोचेर केही पनि, त्यसै आँशु झार्नु किन ?


रोकिएर घरी घरी, पाइला अघि सार्नु किन ?
छेकिएर वरि परी, नजर ममा पार्नु किन