Sunday, December 19, 2010

गज़ल - हुदैनर

सत्रु छान्नु  भन्दा पैले, मित्र छाने हुँदैनर  ?
सबै आफ्नै दाजु भाई, भन्ने ठाने हुँदैनर  ??

आज भोलि जानी जानी,  कु-बाटोमा हिडेकाछौ  
सहि बाटो समाएर, हिड्न जाने हुँदैनर  ?

मझेरिको माटो खनी, आँगन पुर्न लाग्नु भन्दा
किला ठोकी  फूल बारीमा, साँटो बाने हुँदैनर  ?

आफै भित्र खोज सत्रु किन लाउनु नजर अन्त
आफु भलो रहे जगत, भलो माने हुँदैनर ?

बैरी भाव पन्छाएर, मित्रताको हात मिलाई
दल्दलमा छन आमा आज बाहिर ताने हुँदैनर  ???




No comments:

Post a Comment