Sunday, December 19, 2010

गज़ल - गोलि नभा खोकालाई !!!

सोध्ने कसले पिंडा छकी, भरिया र डोकालाई !
लाग्छ  फाल्न अबेर भयो, समस्याका पोकालाई !!


बलहुने र धनहुनेको, मनोमानी अन्त्य भइ
दुइ-चार गाँस मिल्ने कैले, श्रमिक अनि भोकालाई !

सडक देखि सदन सम्म, श्रमका कुरा चले पनि
कसले देख्यो दुखियाका, हत्केलाका फोकालाई !


गीता छोई बाचा गर्दै, आँखाभरि छारो फाल्छन
के भनेर संज्ञा दिउँ, सधै हुने धोकालाई !

आकाश मार्ग सयर गर्छ, त्यस्कै पछी लावालस्कर
कोहि छैन देख्ने यहाँ, खान नपाइ रोकालाई !

उठ...जाग नवयुवा, देशले तिम्लाई पुकार्दै छ
बडारेर फाल्नुपर्छ, गोलि नभा खोकालाई !!!

No comments:

Post a Comment