Sunday, December 19, 2010

गज़ल - दुखेपछी गज़ल गाएँ !

फूलको धारले रेट्यो आज,  दुखेपछी गज़ल  गाएँ !
पिरतीको बगैँचा नै,  सुकेपछी  गज़ल गाएँ  !!


दैब दुस्मन लाग्यो आज, चारैतिर अन्धकार छ
जिन्दगीको जून मेरो, लुकेपछी गज़ल  गाएँ  !

के थाहा र समयले, निर्मम प्रहार गर्छ भनि 
काँचको चुरा सरि सपना,  चुकेपछी गज़ल  गाएँ  !


लुकी-छिपी समाजका, आँखा छल्दै माया लायौँ
बाधिएको प्रीतको गाँठो, फुकेपछी गज़ल  गाएँ !

जातको कुरा नगर भो, भन्थ्यौ तर झुट रैछ
तिम्रै कारण मेरो  शिर, झुकेपछी  गज़ल  गाएँ !





No comments:

Post a Comment