हरेक पटक तिमी आउँने, भाका सर्दा दुखें !
जीवन भरि तिमलाई सम्झी, रुनु पर्दा दुखें !!
होसमा छु कि बेहोसीमा, थाहा छैन आज
तिमले आउँन अलिकति, ढिला गर्दा दुखें !
पन्चे बाजा डोली चडी, तिम्रै साथ लागि
सानो संसार रच्ने सारा, रहर मर्दा दुखें !
कस्तो साइत पारी गयौ, गाउँ छाडी पर्देश
सब्ले मलाई एक्लो पारी, खुशी हर्दा दुखें !
अभागी यो पुर्पुरोमा, खोटो भाग्य रैछ
बिगत सम्झी तप्प-तप्प, आँशु झर्दा दुखें !
तिम्रै लागि साँचेकी थें, खाली सिउँदो मैले
तर आज पराइले, सिन्दुर भर्दा दुखें !!!

No comments:
Post a Comment