Sunday, December 19, 2010

गज़ल - यस्तै यस्तै गज़ल गाएँ !!!

मेला पात घाँस दाउरा, पधेरिका  गज़ल गाएँ !
पियारी र घर धन्दा, मझेरिका  गज़ल गाएँ !!

दैब दुस्मन भयो भनि, भाग्य फुटी गयो भनि
अन्धकार भो जीवन भन्दै,  अँधेरिका  गज़ल गाएँ !

हिमाल पहाड तराईलाई, नसमेटे खल्लो होला
खोरिया र भिर पाखा, पखेरिका  गज़ल गाएँ !

झुप्रा देखि महल सम्म, सुख दुख मिसाएर
प्रकृति र झरी बर्खा, खडेरीका  गज़ल गाएँ !

फुलबारी , चरी अनि, परिलाइ कल्पिएर 
जुनेली ति रात भित्र, निदरिका  गज़ल गाएँ !

भाई भाई फुट्नु हुन्न, साथ कैले छुट्नु हुन्न
सबै मिलि बसौ भन्दै, मितेरिका  गज़ल गाएँ !!!




No comments:

Post a Comment