ढाकरमा तोक्मा लगाई, सुसेलीले भुलाएको !
आजै जस्तो लाग्छ सिउँदो, सिन्दुरले खुलाएको !!
बैसाखको खडेरीमा, रानी बनमा गाई चराउँदा
बिर्सिएको छैन मैले, आफ्नै काखमा सुलाएको !
समयको गति सँगै, फेरिएकै हौ कि कतै
भुल्यौ जस्तो लाग्नथाल्यो, प्रीतको फूल फुलाएको !
निष्ठुरीको मनमा फेरी, संका बढ्यो भन्छौ होला
तिम्लाई के थाहा पाथि सरि, मनमा माया चुलाएको !
आज भोलि विरहमा, भाका फेर्छे न्याउली चरी
एक्लै कल्पी बस्दा पनि, छैन यो मन डुलाएको !!!

No comments:
Post a Comment