Monday, September 13, 2010

गज़ल - अति भयो अत्याचार

आह्वानछ मिल भाई, अति भयो अत्याचार !
ह्रासलिला छाड अब, लुटिँदैछ अधिकार !!


बिचारमा धार चलाउँ, कलम् भित्र रङ्ग भर
महंगीले चुलो बस्यो, आकाशियो भ्रष्ट्राचार !


ब्यथिति र विसंगति, संस्कृतिमा धक्का लाग्यो
निशाना लाउँ को को छन त, कुनितीका मतियार !


कलम सँग तिमी हुन्छौँ, सँदियारको खाँचो छैन
कागज पनि तिर बन्छ, किन खोज्छौं हतियार !


संयन्त्रको धार माथि, शान्ति मार्ग खोज्नु पर्छ
छोड अब कति गर्छौ, मनमुटाव र ब्याभिचार !

No comments:

Post a Comment