तप्प तप्प चाँदनिले, सित बिन्दु पोख्नै लायो !शरद आयो दशैँ ल्यायो, धर्ति आकाश जग्मगायो !!
गरा गरा धान झुल्यो, आली आली फूल खिल्यो
गाउँबस्ती खुशीयाली, स्वर्ग झरी यहिँ आयो !
मिर्मिरेमा हिमाल हाँस्यो, मयूर नाच्यो रानी वनमा
गुराँशको डाली चुमी, कोइलीले गीत गायो !
मन्दिर मस्जिद दरबार् झुप्रा, जहाँ त्यहाँ मङ्गल् धुन
साहुँको घरमा काम गर्ने, धनेले नि छुट्टी पायो !
जहाँ जाऊ खुसियाली, आउँने जाने लर्के ताँती
हेर शिरमा जमरा र, रातो टिका मुस्कुरायो !
No comments:
Post a Comment