किन कि यो माटो मेरो, प्रार्ण भन्दा प्यारो !!
पसिनाका धारा बगाई, यहिँ माटो मुछी
लाला बाला पाल्न मैले, जुटाउदैछु चारो !
मर्दा पनि लास बाँध्ने, मिलोस् यहिँको घारो !
पराइको नजर लागे, मेरो मुटु दुख्छ
मात्र एउटा घाउ सम्झी, चलाउनेछु आरो !
पौरख पोखे यहिँ माटोमा, सून फल्छ भने
रोक्नु पर्छ युवा सक्ति, बिदेसिने धारो !
No comments:
Post a Comment