Friday, October 22, 2010

गज़ल - बर्षौ भयो !


पर्देश्का माइती  घर,  नआएको बर्षौ भयो !
सप्तरंगी टिका लाउँन, नपाएको बर्षौ भयो !!


हाट-बजार मेला-पात,रोदीघरमा  झ्याउरे गाउँछु 

तिहारमा देउशी भैलो, नगाएको बर्षौ भयो !

डाली-डाली मखमली, मुस्कुराउछ्न उनकै लागि
माला उनि गला भरि, नलाएको बर्षौ भयो !


भाई आउँने बाटो ऋणले,  थुनेरपो हो कि कतै 
चेली सम्झी तिहारमा, नधाएको बर्षौ भयो !

एक्लै एक्लै पर्देशमा, बाध्यताले हाँस्दै होलान  
माइती घरमा  खुशियाली, नछाएको बर्षौ भयो !

बाचा थियो पोहोर सालको, पुरा गर्ने हो कि यो साल
चाडपर्वमा आमाले गाँस, नखाएको बर्षौ भयो !

No comments:

Post a Comment