Saturday, October 2, 2010

गज़ल - डर भयो

घर भित्रै  गोमन सर्प, पस्ने  डर भयो !
ढाडमा टेकी हाम्रै शिरमा, डस्ने डर भयो !!

चोट व्यथा जे भए नि, खपेकै त थियौँ 
घरकै छुरी निकालेर, धस्ने डर भयो !

न त टेक्ने न समाउँने, भिरको चिन्डो सरी
सारा खुशी तारे भिरमा, खस्ने डर भयो !

उषा खुल्ने सपना देखि, उठ्न नपाउँदै
संयन्त्रको जन्जिरले, कस्ने  डर भयो !

उठ जुट समस्याको, जालो चिर्नु पर्छ
दलदल भित्र हाम्रो भाग्य, फस्ने डर भयो !

No comments:

Post a Comment