पैलो भेटमै रहर पुरा, गरिदिन्छु भन्छे गाँठ्ठे !
भनमात्रै तिम्रोलागि, मरीदिन्छु भन्छे गाँठ्ठे !!
कलि हो कि कामबास्ना, छुट्याउनै गाह्रो भयो
पिईहाल प्रेम प्याला, भरीदिन्छु भन्छे गाँठ्ठे !
बस्त्र जिउमा खोज्नुपर्छ, सिन्दुरको कुरा गर्छे
फूल ओइले सरि ओइली, झरीदिन्छु भन्छे गाँठ्ठे !
धारो-धर्म मैले उस्लाई, कुनै बचन दे'को छैन
मनमन्दिरमा आजै बसाइँ, सरीदिन्छु भन्छे गाँठ्ठे !
जवानीले मात्तिएर, आँत्तिएकी भनौ भने
तिम्रो पाइला पाइला पुष्प, छरीदिन्छु भन्छे गाँठ्ठे !
माया गरौ कि के गरौ ?, दोधारमा परे म त
समिप आई तिम्रै बसमा, परीदिन्छु भन्छे गाँठ्ठे !!!
No comments:
Post a Comment