Friday, October 22, 2010

गज़ल - आज

उनी लाई देखे मैले, चढ्दै गर्दा डोली आज !
सम्झदैछु  एकान्तमा ,जिन्दगीको भोलि आज !!


छातिभित्र कैदी थियो, मुटु भित्र उन्को माया
अनायसै  लाग्यो किन, बिछोडको गोली आज !


खुशी अनि उमंङ्का, उडे सबै रङगहरु
नयन् बाट बग्यो मेरो, आँशुरुपी  खोली आज !


बेदनामा डुबाएर, सधै लाई टाढा भाइन
गुन्जदैछ कान भरी, उन्को मधुर बोली आज !


बिर्सिएर बाचाहरु, गइन उनि पराइ  घर
हर्षाश्रुले भिजाउदै , मखमली चोली आज !!!


रचनाकार - भरत भण्डारी
   तेह्रथुम -   आठराई

No comments:

Post a Comment