सर्वस्व नै लुटाएर, आँशु खसाई गयो दशैँ !
फेरी पनि गरिवलाइ, थला बसाई गयो दशैँ !
खुशी सँग झुम्दै थिए, चट्यङ पर्यो आफै माथि
साउका बचन तिखा सुइझैँ, दिलमा भसाई गयो दशैँ !
उसकै सामु झोली थापें, घरबारी डिक राखें
पोहोर सालको ब्याजलाई, साउँमा रसाई गयो दशैँ !
चार दिन राम-रउस दशैँ सँग गरेको थें
बदलामा साल भरी, घुडा धसाई गयो दशैँ !
सर्वस्व नै लुटाएर, आँशु खसाई गयो दशैँ !
फेरी पनि गरिवलाइ, थला बसाई गयो दशैँ !
No comments:
Post a Comment