उमङ्ग र उत्साहको, हुरी बोकी आयो दशैँ !
पर्देशीको मुटु घोच्ने, छुरी बोकी आयो दशैँ !!
जहाँ आफु त्यहिँ आफ्ना, रमाउनु पर्छ भन्छन
बुझ्दैन मन् बेदनाको, धुरी बोकी आयो दशैँ !
हाँस्नेहरु हाँसेकै छन्, धन दौलत् मासेकै छन
मेरालागि स्वप्निल् कान्ति-पुरी बोकी आयो दशैँ !
दुख भुलाई सारा धर्ति, जग्मगायो खुशी छर्दै
म छु टाढा पुग्नै गाह्रो, जुरी बोकी आयो दशैँ !
गत सालको ऋण तिर्न, बाकीनै छ अझै पनि
गरिवलाई समस्या त, मुरी बोकी आयो दशैँ !

No comments:
Post a Comment