नजाउ नजाउ सान्नानी, मलाई एक्लो पारेर
के मिल्छ र तिमीलाई, मेरा आँशु झारेर !
बसन !
घरबार गर्ने, कम्वर कासन !!
केटि २
भो भो माया नलगाउ, होस्मा आई अहिले
मदिरा पिई कुटेको, भुल्न सक्छु कहिले !
जाँदैछु !
छोरि पनि, साथै लादैछु !!
केटा ३
माफगर पियारी, गल्ति भयो त्यो दिन
फेरी यस्तो हुदैन, नजाउ पारी मन खिन्न !
आउन !
पर्छु बरु, तिम्रै पाउमा !!
केटि ४
बाचा गरि उषामा, गोधुलिमा भुल्नेको
भर कैले हुन्छ र, जुवा खालमा डुल्नेको !
कर्म यो !
कसले बुझ्छ, मनको मर्म यो !!
केटा ५
विश्वास गर मायालु, धरो धर्म खेल्दिन
भट्टी वालनी सँग नि, फेरी कैले बोल्दिन !
भरमा !
सत्रु हाँस्छन्, फर्क घरमा !!
केटि ६
भो फकाउँन पर्दैन, आकाश पाताल् जोडेर
निन्द्रा कहाँ लाग्ला र, रक्शी पिंउन छोडेर !
मानछ र ?
छैन इज्जत्, केपो जान्छ र ?
केटा ७
कति रेट्छ्यौ पियारी, बचनको धारले
दया माया नराखी, रेटेसरि जारले !
खोलन !
एकै वचन, मिठो बोलन !!
केटि ८
मिठो वचन बोल्नलाइ, मनमा माया चाहिन्छ
कर्म गरे आनुसार, फल पनि पाइन्छ !
सोचेको !
सुधार्न हो, मन घोचेको !!
दुवै ९
जिन्दगीको उकाली, सँगै पाइला चालौला
फाटेका यी मान मुटु, सँगै बसी टालौला !
जोडौं भो !
रिस राग, सबै छोडौं भो !!
No comments:
Post a Comment