Saturday, October 2, 2010

गज़ल - सक्छौ तिमी !

 
कति चोट दियौ मनमा, सुन्न सक्छौ तिमी !
मेरै आँशु माला बनाइ, उन्न सक्छौ तिमी !!



पोख्दैछु म मनका बह,  डराउँने पो हौ कि
मेरो जस्तै एक्लो जीवन, चुन्न सक्छौ तिमी !




तिम्रै याद बल्झी दिदा, एकान्तमा रुन्छु
निर्दोषीलाइ दोष कति ?,  गुन्न सक्छौ तिमी !



धेरै सहे भित्र भित्रै, पाकेको यो घाउ
आज फुटी बग्न खोज्छ, थुन्न सक्छौ तिमी !


नडस्नुथ्यो डसीहाल्यौ, बिष छरी छरी
जिउँदो लाश छोप्ने कात्रो, बुन्न सक्छौ तिमी !

No comments:

Post a Comment