Saturday, October 2, 2010

यो मेरो प्रेम हो कि तिष्ण हो ?

 आहा ! कति सुन्दर रुप, बयान गरेर नसकिने | यस्तो सुन्दर रुपको अगी कसको शिर नाझुक्ला र ? म त्यहिँ सुन्दरतामा हराई रहेछु आँखाहरु टोलाई रहेछन मन बहकि रहेछ | मनमा कल्पनाका ज्वार-भाँटाहरु उठ्नेक्रम पनि  जारी नै छ | यति सुन्दर रुप दिएका छन् भगवानले फेरी के को लागि सिंगार-पटार्को जरुरत होला ? हुनत उनले लगाएको सिंगार्ले नसुहाएको भने छैन | चाहे जे होस् यो सब उनको इच्छाको कुरा हो | उनलाई सिंगार गर्ने रहर छ त मैले भन्नुनै के छ |  यो त उनको व्यक्तिगत स्वतन्त्रता हो | हेल्लो ...? एकासी आएको आवाजले मलाई कल्पनाबाट यथार्थ धरातलमा खसाली दिन्छ | मलाई बोलाउने उनी नै थिइन् जसको सुन्दरताको कल्पनामा डुबुल्की मारिरहेको थिए | हाम्रो चिनाजानी त पुरानै हो तर धेरै समय पछिको भेट थियो हाम्रो, केहि समयको  भलाकुसारी पछी हामी छुट्यौँ फेरी भेट्ने बाचाकासाथ र म आफ्नो घर तिर लागें |
             साँची कति राम्री भैछ्न उनि, कति आकर्षक भएछ उनको ससिर, कति मिठास भरिएछ बोलीमा अनि हेराइमा नसा | मलाई त कल्पना डुब्न मन लाग्छ अनि उनिभित्र  हराउन मन लाग्छ | नढाँटेरै भन्नु पर्दा म त एकै नजरमा प्रभावित भएछु | लाग्छ उनि पनि म सँग नजिक हुन चाहन्छिन | मैले त युवा युवतीलाइ चुम्बकीय दुइ धुर्ब मा तुलना गर्न पुगे, समान धुर्बमा विकर्षण र असमान धुर्ब मा आकर्षण | होइन मेरो त बिबाह गर्ने बेलापनि बिती सक्यो किन यसरि बसेको होला ? म त तिन दसकको हाराहारीमा पुगीसकेको छु | म सँग उमङ्ग छ, रहर छ तर बिवाह गर्न केले छेकी रहेछ ? हुन त आज सम्म मनमिल्ने  साथी नै पाएको छैन | एक्लै गर्दा नुहुने रहेछ त | जिन्दगीको दौरानमा आज उनीलाई मनपरायो यो मनले | मनले मन पराएको ठाउमा नाता जोड्नु पर्छ भन्छन , म पनि यसै गर्नुपछ कि के हो ? उनि प्रतिको आकर्षणले मलाई यहाँ सम्म सोच्न बाध्य बनायो | उनको सुन्दरताले आज मलाई मोहनी लगायो यो भन्दा बाहिर त निस्कनै नसक्ने भए | म सोच्छु, अब एकै पटक प्रेम र बिबाहको कुरा चलाउनु पर्ला ! यस्तै कल्पनामै मेरा दिन बिती रहेछन एक दिन धेरै साथी हरुको बिचमा हाम्रो भेट हुन्छ अनि भलाकुसारी पनि, भलाकुसरिकै क्रममा उनलाई मैले भने तिमी कत्ति राम्रीछौ, मलाई त माया गर्न मन लाग्यो | उनि मुस्कराइन मात्रै | उनको मुस्कानमा बिहानको उषामा हिमाल हाँसे झैँ लाग्यो मलाई तर मेरो कुरामा त्यति ध्यान दिए हस्तो भने लागेन हुन त सबै साथी हरुको माझमा ओ .... भन्दै अंगालो हाल्ने र अरु कुरा बडाउँने कुरा पनि त भएन | मौन सम्मति लक्ष्यणमलाइ शिरोप्पर गरे मैले | त्यस दिन त्यसै बित्यो र पछिका दिन हरु एक पछी आर्को गर्दै पल्टदै गए | समयको गति सँगै उनि प्रतिको मेरो आकर्षण पनि बढ्दै गयो | उनलाई अंगालोमा  बेर्ने कल्पनाले सताउदै गयो | उनि सँग को सुन्दर भबिस्य मानसपटलमा सल्बलाउन थाल्यो तर उनि सँग भेट नभएको धरै दिन भएको छ | उनीलाई भेटेर मनका कुराहरु भन्न हतारो छ मलाई, उनि सँगको दाम्पत्य जीवन को कल्पना गर्दै छु म | लगन को समय छ, मलाई मेरी आमा बुहारी भित्र्याउन कर गरि रहनु भएको छ | म सोच्छु र निर्णय गर्छु  उनै सँग बिबाह गर्ने | म मेरा साथी हरु सँग कुरा गर्छु, उनलाई म माया गर्छु मन पराउछु र जीवन साथी बनाउन चाहन्छु तर खुलेर कुरा गर्न सक्दिन म के गरौ ?मेरो एक मित्रले भन्छ त्यो त अलि नक्कली छे यार , अर्को ले थप्छ त्यसको त अर्कै केटा सँग मायाप्रेम छ | थियो या छ ? म सोध्छु | साथीले भन्छ थियो अहिले पनि होला ! साथीले भन्छ | ठिकैछ, हिजो थियो  आज छैन भोलि म हुने छु उसको जीवनमा | के कसैसँग प्यार गरेर धोखा खाएकी युवती सँग प्रेम गर्नु पाप हो ? यदि म उसलाई वर्तमानमा मन पराउछु भने उसको बिगत खोतल्नु मेरो मुर्खता हो | म त उनको वर्तमान र भबिस्य चाहन्छु | बिगत त गयो सकियो | नभन्दै एक दिन उनि सँग मेरो भेट भयो म भन्छु तिमीलाई एउटा कुरा सोध्नुछ नढाँटी भन है | एउटा मात्रै ? हजार सोधे पनि जाने सम्म सहि जबाफ दिने छु उनि भन्छिन | तिमीले कसैलाई मन पराएकी छ्यौ ? मेरो भनाइँको मतलब कसैसंग प्रेम छ तिम्रो ? कसैलाई जीवन साथीको रुपमा हेरेकी छ्यौ ? मैले सोधे | आहिले सम्म त छैन | कोहि मनमिल्ने पाए अबभने रोज्नुपर्छ होला ! उनले भनिन | साँची हो भनेको ? मैले सोधे | साँची हो | उनि कण्ठ समाएर भन्छिन | हुनत उनको प्रेमी भए पनि के भयो र , अहिले कुन युवा युवती ले प्रेमी प्रेमिका बनाएका छैनन् र फेरेका छैनन् | प्रेम गर्नु र छाड्नु त फेसन नै भएको छ | यहाँ खुल्ला पार्कमा एक ले अर्काको ओठ चुसेर चुम्वन लिन्छन छुटी सक्दा नसक्दै अर्काको हात समाउन पुग्छन | यहाँ प्रेम नगर्ने युवा युवती पाउँनु र प्याज नखाने बाहुन पाउँनु उस्तै भएको छ | मात्र सामाजिक मान मर्यादाको ख्याल गर्नु पर्ने हुन्छ किनकि हाम्रो समाजले अझै पनि खुल्ला प्रेम गर्ने छुट भने दिएको छैन | हुन त बिवाह पूर्व नै यौन संपर्क त सामान्य नै भै सक्यो | आज यिनै युवा युवती भन्छन कि उ बेस्या  हो | उ आभारा हो |आँखिर हाम्रै हो समाज हामीनै हौ समाजका सदस्य हामीले प्रेमलाइ सकारात्मक नजरले हेर्यौ भने गलत के छ ? एक जोडी प्रेमी प्रेमिकाले बिबाह पूर्व नै एकले अर्कालाई अध्यन गरेर जीवन साथी रोज्नु आफ्नो जिन्दगीको सुरुवात आफै गर्न खोज्दा किन यो समाजले किदृष्टिले हेर्छ ? यदि कसैले सामाजिक संस्कार र रिति-रिवाजलाइ नै चुनौती दिएभने, बाबा आमाको इज्जतमा आँच आउँने भयोभने त्यसको बिरोध सम्बन्धित व्यक्तिले गर्नु स्वाभाविक हो र गर्नु पनि पर्छ | म त यो भन्छु की यौनको किन बेच हुनु हुदैन | यो आधुनिक युगमा आएर पनि मानिसहरु मानिसको लुवाई खुवाइमा आँखा लगाउछन | युवतीले घर भन्दा बाहिर निस्किए गलत नगरले हेर्नेबानी अझै पनि गएको छैन हामीबाट र परापूर्व कालदेखि पुरुषले जे गर्दापनि भएको छ, जहाँ जादा पनि भएको छ | आँखिर किन यस्तो भेद-भाब छ ? किनकि यहाँ पुरुषबादी हैकमको हाबी छ | म  त भन्छु मनमा लगेको र चाहेको गर्न पाउनु पर्छ यहाँ | महिला होस् वा पुरुष चाहेको गर्ने अधिकार समान हुनु पर्छ | मान्छेलाई सुखी र खुशी हुन दिनु पर्छ | यदि नारीहरु सिंगार गरेरनै खुशी हुन्छन, फेसनमा रमाउछन भने हामीले किन टाउको दुखाउने ? मलाई त लाग्छ आत्मालाइ के गर्दा शान्ति मिल्छ त्यो गर्न पाउनुपर्छ  यो मनीषको नैशर्गिक अधिकार हो | बस कुरा यो मात्रै हो जसले भाबी सन्ततिलाई, हाम्रो संस्कृतिलाई धावा नबोलोस् | मैले पनि त प्रेम गरेको थिए, धेरै केटि साथीहरु थिए मेरा पनि, सबै सँग समान व्यवहार थिएँन मेरो र छैन पनि तर मलाई किन भन्दैन यो स्वार्थी समाज ? किन कि म पुरुष हुँ |महिलाको  झैँ टिपणी पुरुषको हुदैन यहाँ | मलाई एउटा लेखकको याद आउछ मैले धेरै समय अघि  उसको एक रचना पढेको थिए | त्यहाँ नारी भाबना यसरि पोखिएको थियो "मलाई पनित रहर छ नि बिहान देखी दिन सम्म र दिनदेखि साँझ हुदै रात सम्म एक्लै कल्पनामा हराउदै रमाइला प्राकृतिक द्रिस्य अबलोकन गर्दै घुम्दै रहने | नदीको किनारमा गएर एक्लै नुहाउने, पार्कहरुमा एक्लै घुम्ने तर मैले यति मात्रै गर्छु भने यो समाजले चोर औला उठाउनेछ र भने छ त्योत चरित्रहिन आइमाई हो तर यी सब कार्य पुरुषले गर्छन र पनि  उनीहरुलाई किन प्रस्न सोधिदैन ?"
           उनको बारेमा जसले जे भनेपनि म उनलाई प्रेम गर्छु र आफ्नै बनाउन चाहन्छु  | अती प्यारले हृदयमा सजाएको छु र माया गर्दै चुम्न चाहन्छु | के सुन्दर बस्तु चाहनु मेरो पाप हो ? म पटक्कै आफ्नो मनलाइ  बुझाउनै सक्दिन | म उनि बाहेक आरुको हुनै सक्दिन | मैले अरुसंग जीवन देखेकै छैन | अब त बिबाह गरेर  उनि सँग जुनी जुनी काट्नु छ | ओहो... ! एकपटक आमा बाबाको रायपनि लिनु पर्छ, म सोच्दै छु, कुनै पनि छोराले नया कामको सुरुवत गर्नु भन्दा अगी आमाको आशिर्बाद र बाबा को सल्लाह लिनुभन्छन त्यसमा पनि मत घरमा सदस्य थप्न खोज्दैछु मान्नु पर्ने लाइत मान्नै पर्छ मैले | मेरो कर्तब्य पनि त हो उहा हरुको शिर राख्नु | म एकदिन घरका सबै सदस्यहरु समू मेरो कुरा राख्छु तर मेरो कुरा भुइँमा खस्ने पाउँदैन जवाफ आउँछ के रुपले खान दिन्छ ? नारीको चरित्र हेर्नु पर्छ चरित्र , चरित्रवान नारी घरमा आए घरनै स्वर्ग हुन्छ | तँलाइ थाहाछैन... आजसम्ममा उसले कति जनासंग रात बिताई ? यस्तै अनेक प्रस्न मेरा अगाडी वर्षन्छन | "ओ माइ गड" म त चित पर्छु | कति सजिलो... बुझ्दै नबुझी अर्काको चरित्रको ब्याख्या गर्न सक्छ मान्छे | भन्छन अरुलाई सोध्नको लागि तर मैलेत उसैलाई सोधीसकेँ ! समाजले त कसलाई पो चोखो छडेको छ र ? सत्यबादी, आदर्श र पतिबर्ता नारी सीतालाई त भगवान श्री राम ले अग्नि परिक्ष लिएका थिए | त्यसले पनि समाजको मुख नाथुनिएर राज धर्म भन्दै बनबास पठाउनु परेको थियो भने यो त कलि युग हो | म धेरै विवाद गर्नै सक्दिन म सोच्छु उनको सौन्दर्यनै उनको चरित्रको दाग हो |सौन्दर्य नभएको ठाउमा आकर्षण हुन्छ र ? उनि सँग रुप छ सुन्दर छिन र त धेरैले प्रेम प्रस्ताब राखे तर उनले अस्वइकार गरिन र तिनै रस चुस्न नपाउँने भमराहरुले समाजमा नाना थरिका कुरा फिटि उनको चरित्रको हत्या गरे र धेरै केटा सँग नाम जोडियो र यो समाजले बेस्यको उपमा ओडाईदियो तर यी सब कुरा उनलाई थाहा छैन किनकि कसैले पनि सिधै उनलाई भन्नसक्दैन | कारण यो हो कि कसै सँग पनि उनका गलत कदमका ठोस् सबुद छैनन मात्रै एउटाले एउटा सुन्यो त्यसमा तिन थपी चार बनाएर अर्कोलाई सुनायो अनि नराम्रो हुन केबेर ? ल भै हाल्यो यदि प्रमाण नै दिन्छन भने पनि मलाई त्यसले रोक्न सक्दै भने अरुलाई केको खसखस ? आँखिर जीवन काट्ने त मैले हो नि अरुलाई केको पिर होला ? एउटी नारीलाई पनि त उमेरमा रमाइलो गर्ने रहर हुन्छ | स्वतन्त्र भएर घुम्ने रहर हुन्छ |  के उनि हरुले यी सब उपभोग गर्नै नपाउनु ? म मनमा कुरा खेलाउदा खेलाउदै थाक्छु | मलाई तसलिमा नसरिनले लेखेको एउटा कविताको याद आयो
" तिमि नारी हौ
राम्रो सँग ख्यालराख
तिमीले घरको संघार नाग्यौभने
समाजले टेड़ो आँखाले हेर्नेछ
तिमी गल्लि हुँदै निस्कियौ भने
समाज तिम्रो पछी लाग्नेछ
तिमी गल्ली पार गरि मूल सडकमा पुग्यौभने
समाजले तिमीलाई चरित्र हिन भन्ने छ "
के यस्तै छ त हाम्रो समाज ? सोच्थें म तर यस्तै रहेछ आज देखि रहेछु र भोगी रहेछु | म मेरो चाहना मार्नै सक्दिन र  कल्पनामा डुब्न पुग्छु | मलाई कसैले पनि साथ दिदैनन म एक्लो छु र दुखि पनि छु | फेरी पनि म उनिलाइ आघात माया गरिरहेकोछु | सोच्छु मैले उनको सिउँदो सिन्दुरले रंगाए भने यो समाजको मुख टलिने छ मैले उनि सँग कुरा गर्नै पर्छ | कल्पँदा कल्पँदै मेरो मनमा अर्को एउटा पाटोको सृर्जना हुन्छ र त्यहाँ रोपियो उनले मलाई स्वकार गरिनन् भने भन्ने सब्द को बिज | अनि त मनमा उतार चाडब नै आयो | हुनत म केमा  कमि छु र ?फेरी उनले पनी त मलाई माया गर्छिन | यदि यस्तो नहुदो हो त त्यस दिन म लडेर मेरो खुट्टामा घाउ लाग्दा मेरो पिडामा उनका आँखा रसाएका थिए यो नै मायाको प्रमाण होइन र ? मन भुझाउने ठाउँ पाएँ मैले तर मेरो भोक निन्द्रा सबै हराई रहेछ | जसले जे जे भनेपनि मनबाट उनलाई पखाल्नै सक्दिन झन् भन्दा झन् बडी माया झाँगिदै गएको छ यसैको परिणाम एकदिन उनि सँग सबै कुरा भन्छु | र भन्छु म तिम्रो हात माग्न तिम्रो घर आउंदैछु | यो सुनेर उनि  त नराम्रो गरि झास्कीइन्, उनको अनुहारमा क्रोद्ध र लज्जाका रेखा प्रस्ट देखिए  | उनले आफुलाई सम्माल्दै भनिन म यस बारेमा सोच्ने छु मेरो जवाफ नआए सम्म मेरो घर नआउनु होला मेरो हात माग्न |त्यस दिन हामी छुटियौं
        त्यस पछिका दिनहरु उनकै जवाफको प्रतिक्षमा बिताउन थालें, हरेकदिन भेटहुने उनि सँग मेरो भेटहुनै छाड्यो, उनि म बाट लुक्दै हिन्न थालिन जबाफ आउनु त् परै जवस | म चकित भए अनि निरस पनि, एक दिन मेरो हातमा एउटा कागज पर्यो त्यसमा लेखिएको थियो " बिकाश सरि ल, मलाई तिम्रो प्रस्ताब स्वकार्य भएन | " यति भन्न पनि यति लामो समय ? मन फाटेर छिया-छिया भयो, आँखा बाट आँसु बगे तर के गर्नु जिन्दगी सम्हाल्नु बाहेक विकल्प पनि थिएन | मनमा गरौ भारी बोकेर सम्मालें आफुलाई | जीवनमा यस्ता मिलन बिछोडका क्रमहरु भै रहन्छन भन्ने मलाई राम्रै गरि थाहा छ | मनलाइ बुझाउन खोजे तर पनि मनमा कौतुहलता जागी रयो, किन म तिरस्कृत भए ? समयको सुइ सँगै दिनहरु बित्दै गए तर पनि उनको माया कम भएन समयेले सबै भुलाउँछ ,लागेको घाउमा खाटा बसाउँछ भन्छन तर यो भनाइ मलाई किन लागु भएन ? निरस जीवन लिएर गल्लि गल्लि चाहार्ने क्रममा एक दिन उनि सँग भेट भयो र मैले सोधें "आँखिर तिमीले मेरो माया किन लत्ययौ? उनि भन्छिन "म यो चाहन कि अब फेरी मेरो नाम अर्को केटा सँग जोडीओस | मेरो नाम धेरै सँग जोडीइ सकेको छ यध्यपि आज सम्म मैले कुनै केटालाइ प्रेम गरेकी छैन र यौनिक सुखानुभुती पनि, म एउटी पबित्र कुमारी हुँ तर यो समाजले मलाई चरित्र हिन बनाइ दियो | हो मलाई थाहा छ मेरो रुपमा लोभिएर प्रेम गर्न चाहनेहरु धेरै छन तर म सबैमा स्वार्थ देख्छु यसरि रुपमा लोभिनेलाई म के नै गर्न सक्छु र ! भमराले पनि त फुलको रस चुसी जान्छ तर फूलले आफ्नु बास्ना र सुन्दरता कायमै राख्छ त्यस्तै भएकी छु म पनि | पर पर बाट रस खान खोज्ने भमरालाई म के भनौ | कसैलेत चिन-जान बिनानै मेरो नाम जोडेको र समाजमा भ्रम फैलाएको पाएँ, यदि उ सँग जवाफ मागौ त बेइज्जोती आफ्नै हुन्छ | तिमीलाई थाहै छ नारीको इज्जत पातमा अडिएको हुन्छ भन्ने र यो समाज पनि त्यहिँ भ्रमको पछी लागी कुमारी केटिको चरित्र हत्या गरि रहेछ यसमा म के गर्न सक्छु ? मेरो खप्नु भन्दा आरु विकल्प नै छैन | मेरो रुपमा जल्नेहरुले फुकी दिए प्रकृतिकोत हिमाल सँग माया छ, पहाड सँग प्रेम छ, सागर सँग लसपस छ , यस्तै अनेका अनेकको नाम | अनि यो पुरुष मुखी समाज मौन भएर सुन्छ बोल्ने सँग प्रमाण माग्नुको साँटो ओरालो लागेको मृगलाइ बाछाले लखेटे झैँ उहिँ निर्दोस नारीलाई लखेटी रहन्छ बदनाम गरि समाजबाट अलग गर्छ | त्यसैले अरु जस्तै तिम्रो पनि नाम मेरो नाम सँग नजोडिओस भनेरै तिमी बाट आलग हुन खोजेकी हुँ उनले रुद्र कण्ठमा भनेकी थिइन् " कठै यो समाजका कुपात्रहरुले प्रकृति को चरित्र हत्या गर्छन जसले गर्दा उनलाई आफ्नो सुन्दरता नै अबिसाफ लाग्छ | मैले त उनि सँग नाम मात्रै होइन जनम-जनमको नाता जोड्न चाहेको थिए तर उनि पटक्कै मानिनन मैले उनलाई कर गर्न पनि सकिन किन कि म उनलाई माया गर्छु | जसलाई माया गर्छु उसैको इच्छा बिपरित जान मेरो मन मान्दै न | उनलाई अंगालेर चुम्न मन नालेगेको पनि होइन तर त्यति पनि गर्ने अधिकार पाइन मैले |
समय यसै बित्दै गयो मेरो मनमा उनको मायाले डेरा जमाई रहेकै थियो | यहि समय सँग बग्दै जादा एकदिन चाँदनी सँग भेट भयो उनि हर-पलको प्रकृतिकी साथी , साथी साथी बीच कुरा त हुन्छन नै उनले पनि मेरा कुरा चाँदनी सँग गरेकी रहिछन | चाँदनी भन्छिन विकास दाई प्रकृतिले भन्थी बिकाशको भाबना राम्रो छ, रुपमा पनि दोस लगाउने ठाउँ छैन, उसले दिएको माया आमुल्य छ मेरो लागि, म आजीवन  उसलाई असल साथीको रुपमा मान्नेछु तर जीवन बिताउन सक्दिन किनकि उमेरमा धेरै अन्तर छ | यो सुन्दा मलाई आश्चर्य लाग्यो, म झस्किए मैले त कहिलै आफुलाई बुढो भएको ठानिन के म तिन दसकमै बुढो भए त ? के मेरो यौवन र सुन्दरता हराउदै गएको हो त ? म उनको तुलनामा कम्जोर नै छु त ? हतार हतार म एँनाको अगाडी जान्छु र आफ्नो रुपलाइ नियाल्छु अनि प्रकृतिको रुप सँग तुलना गर्छु साँची आकास पातालको फरक पाउँछु| कहाँ उनि बसन्तकी परी कहाँ म उजाडिएको पहाड, उनले मन नापरउनु स्वाभाविकै हो | कहाँ उनि उर्लदो बैंसको भेल कहाँ म सुकी सकेको खहरे, यो त मैले कहिले सोचिन | मेरो मनमा आज पनि त्यतिनै माया छ त्यस ताका जति थियो हुन त सबैका आ आफ्नै इच्छा र चाहनाहरु हुन्छन | मैले उनको इच्छा बिपरित कुनै कदम उठाइन | प्रेम पाएर मात्रै हुदैन गुमाएर पनि प्रेम गर्न जान्नु पर्छ | म गुमाएर नै प्रेम गर्दै छु उनलाई | अझै पनि सोध्न मन लाग्छ प्रकृति के तिमीलाई यो बिकाश को अलिकति पनि माया लाग्दैन ? अनि भन्न मन लाग्छ म सदै तिमीलाई नै माया गरिरहने छु किनकि तिमीबिना म अपुरो हुने छु मेरो आस्तित्व रहने छैन तिमीनै मेरो पहिलो र अन्तिम प्रेम हौ |
दिनहरु उनकै सम्झनामा बितिरहेछन उनलाई भुल्न नसक्नु मेरो प्रेम हो कि तिष्ण हो ?

No comments:

Post a Comment