सगरमा छैन लाली , के गर्ने हो गाँठ्ठे !
फूलका डाली भाँच्छ्न माली, के गर्ने हो गाँठ्ठे !!
आमाको यो काख पनि, रापिलोछ किन ?
कुनितिमा बज्छ ताली, के गर्ने हो गाँठ्ठे !
छोरी भन्छे स्कुल जान्न, ढुंगा हान्नु पर्छ
गुरु भाँड्ने नेता जाली, के गर्ने हो गाँठ्ठे !
सडकमा टायर बल्दा, शान्ति खल्बलियो
खडेरीले खायो बाली, के गर्ने हो गाँठ्ठे !
बिकाशको बाटो बन्ध, बिनास मौलाएर
खुन बग्यो सडक नाली, के गर्ने हो गाँठ्ठे !
उदाएको जूनमा पनि, ग्रहण लागे पछी
उठ भन्छन आयो पाली, के गर्ने हो गाँठ्ठे !
No comments:
Post a Comment