Saturday, October 9, 2010

दशैँ बिसेस गज़ल - आयो दशैँ

देवी दुर्गा सजिएको, डोली बोकी आयो दशैँ !
अक्क्षता र आशिर्बाद्को, होली बोकी आयो दशैँ !!


सालभरि  घोटीइँदा , रंगी चंगी टाल्यौ बस्त्र
नयाँ साडी मखमली, चोली बोकी आयो दशैँ !


लह लह धान झुल्यो, डाली डाली फूल फूल्यो
खुल्यो धर्ति खुशीको त, खोली बोकी आयो दशैँ !


च्यातिएको टाल भनि, बैरी भाब फाल भनि
मित्रता र बन्धुत्वको, बोलि बोकी आयो दशैँ !


जग्मगायो धर्ति आकाश, मङ्गल धुन बज्न लागे
पर्देशिको घर फिर्ने, भोलि बोकी आयो दशैँ !


देखासेखी गर्न हुन्न, साहुँको ऋणमा पर्न हुन्न
गरिवलाइ समस्याको, झोली बोकी आयो दशैँ !








No comments:

Post a Comment