Friday, October 29, 2010

गज़ल - काली

सर्माएर परपरै, भाग्छे मोरी काली !
साँच्चो माया गर्छेहोला,साहुकी  छोरी काली !!



एकैछिन घुर्क्याएर, माया छैन भन्दा
मर्छु भन्दै यता-उता, खोज्छे डोरी काली !

एकान्तमा भेट भए, अंगालोमा बेर्छे
पिरतीको भाका मिलाइ, गाउँछे लोरी काली !

सिन्दुरले सिउँदो भर्न, रहर लाग्यो भन्दै
उमेरको हिसाव गर्छे, हात कोरी काली !

कैले कहिँ मनमा संका, जागेरत होला
माया कति भन्दै हेर्छे, चुरा फोरी काली !!!

No comments:

Post a Comment