फूल झैँ फूले पनि सुवास छर्न सकिन
तस्बिर जति कोरे पनि रंग भर्न सकिन |
जिउँदै छु भनौ या मरें भनौ आफुलाइ
रोगि आमा रुदा मैले केहि गर्न सकिन ||
दुश्मनले मेरा खुट्टा तानी रहेपनि
बचनका तिखा बाण हानी रहेपनि |
म आत्तिने छैन र झुक्ने पनि छैन
छिमेकीले मलाई सत्रु ठानी रहेपनि ||
एकोहोरो मलाई मात्र दोषी रहेपनि
दुनियाले मेरा खुसि खोसी रहेपनि |
सके सम्म सहनै पर्यो सहि रहेछु
भाई फुटाइ घरमा आगो झोसी रहेपनि ||
No comments:
Post a Comment