अतीभो खति, अबत पाइला, नचाली भएन !
अन्धकार चिर्न, घर-घरै दियो, नबाली भएन !!
धमिलो खोला, देखेर पाउ, गलाई हुदैन
हातमा हात, मिलाई पुल, नहाली भएन !
मालीले यहाँ, बगैंचा मास्छ, केहोला उन्नति
फूलबारी मास्ने, सेपिलो रुख, नढाली भएन !मिलेर काम, गरेकै राम्रो, सत्रुले देख्दा नि
इज्जत ढाक्न, पुरानो बस्त्र, नफाली भएन !
सहास गरे, सफल्ता मिल्छ, पुर्खाका सपना
उठ ए जुट, घरको छानो, नटाली भएन !!!
No comments:
Post a Comment