हाम्रै आशा कुल्चिएर, दिपावली मनाई रा'छौ !!
सुन्दर शान्त हाम्रो घर, कुरुक्षेत्र बनाई रा'छौ
उठाएर घर-भेटीको, सोझो पनको फाइदा तिमले
आफु खुशी परिवारमा, जहर पानी खन्याई रा'छौ !
सब्द लहर मलम दिन्छौ, आफ्नै हातले छुरी धसी
मुटु भित्र सुल रोपी, सुके-लुतो कन्याई रा'छौ !
एउटा हड्डी धेरै स्वान, लुछा-तानी गरे सरी
लड्दा लड्दा थाके पछि, आफ्नो जात जनाई रा'छौ !
घरमा आगो सल्काएर, टाडा बसी हेर्छौ तिमी
बुट्टे लुगा भित्र पनि स्वार्थ बोकी गनाइ रा'छौ !!!
No comments:
Post a Comment