सारा संसार जलोस तिम्रो, मन जल्न हुन्न !
पहाड नै ढलोस प्रित्मा, विश्वास ढल्न हुन्न !!
दुनियाले जे जे भनोस, दैबै लागेपनि
बोल्नेकै मुख गलोस तर, हामी गल्न हुन्न !
इज्जत इमान सारा आफ्ना, बहु मूल्य बस्तु
छोडी अन्तै चलोस हाम्लाई, हामी चल्न हुन्न !
संसारलाई बाधी राख्ने, पिरतीमा पनि
छल्छ भने छलोस दैब, हामी छल्न हुन्न !
कालान्तरमा यहिँ कथा, अम्मर बन्छ भने
"बिकाश" नै बलोस बोरु, सत्य बल्न हुन्न !!!

No comments:
Post a Comment