Saturday, October 2, 2010

गज़ल - देउ आमा !

यो नाटक् चिर्ने जन, नायक देउ आमा !
नेपालको छोरा भन्न, लायक देउ आमा !!

थुप्रियो राजनीतिमा डङ्गुर फोहोरको
फ्याँक्नलाई एउटा ठाउँ, पायक देउ आमा !

बालेर टुकी साँझ, शान्तिका गीत रच्छन्
बुद्धको सन्देश गाउँने, गायक देउ आमा !

निर्णायक जनता आफै, बाग्डोर उनै माथि
लगा'को काम गर्ने, सहायक देउ आमा !

बोल्ने त धेरै आए, कामछ सब्को उस्तै
जति छन् यहाँ उनि, बाहेक देउ आमा

No comments:

Post a Comment