नलेखौ त रहर त्यसै, गुम्सिएर मर्ने होकी !!
भन्न मन लागेकोछ, मुटु भित्र राख्छु भनि
काँतर मनछ मेरो पनि, भन्नै नपाइ टर्ने हो कि !
कल्पनामा आइदिन्छौ, हाँसो बनि छाइदिन्छौ
चाहनाको सयपत्री, ओइली त्यसै झर्ने हो कि !
मुखले बोल्न नसकेर, प्रेम पत्र लेख्दै छु म
शंकालाग्छ भेटमा तिमले, उल्टो गाली गर्ने हो कि !
तिमी अघि बोलेनौ र, मनको कुरा आफै खोले
दिलको दरबार खाली नै छ यतै बसाई सर्ने हो कि !
जीवन साथी रोजेकी हुँ, स्वकारेर मेरो माया
बाजा बजाई आँगन सजाई, खाली सिउँदो भर्ने होकी !!!

No comments:
Post a Comment