Friday, November 26, 2010

गज़ल - बहिनिको दुखेसो

भइटिका  नि आयो भन्छन, मेरा माइती आएनन खोइ !
यसपालिको सप्तरंगी, टिका लाउँन पाएनन् खोइ !!

के गर्दैछन दुर देशमा, चेली सम्झी रुधै छ्नकी
घरमा पनि अंध्यारो भो, खुशी बनि छाएनन खोइ !

पोहरसाल सँगै-सँगै, देउशी भैलो गएका थ्यौँ
यसपालित स्वदेश तिर फिर्न, पनि भ्याएनन खोइ !

हरेक साल उपहारमा, हाँसो ल्याई दिन्थे मलाई 
बाध्यताले गर्दा होला, यो साल त  ल्याएनन् खोइ

सबै देख्छु हाँसि खुशी, दाजु भाई आइदिदा
सुन्य भयो मेरो आँगन, देउसे भैले च्याएनन खोइ !!!


No comments:

Post a Comment