सानो मुटु धेरै माया, अटाउँने हो कसोगरी !!
नदेखेको भए हुन्थ्यो, देखेपछि लोभ पस्यो
समुन्द्रको छालझैँ चाह, घटाउँने हो कसोगरी !
उनी सुन्दर हुन की मेरा, आँखाले पो त्यस्तो देख्यो ?
रहरहरु तँ छाड म छाड, खटाउँने हो कसोगरी !
भेट हुँदा मनका बह, साँट्दा साँट्दै दिन बित्यो
भुल्ने हुन की उनले माया, राटाउँने हो कसोगरी !
स्वार्थी छ यो दुनिया नि, अरु हाँस्या देख्नै हुन्न
उनलाई भेटने आशमा रात, कटाउँने हो कसोगरी !!!

No comments:
Post a Comment