Friday, November 26, 2010

गज़ल -- निदरिमा

साँझ बिहान भेटहुन्थ्यो, रमितेको चौतारीमा !
आज एक्लै परेकीछु, पिरतीको फूलबारीमा !!

तिम्रै हातको सिन्दुरले, खाली सिउँदो रंगाएर
बस्न पाउने हो की होइन, मायालुको छहारीमा !

घुम्टो ओडी लजाउदै, डोली चड्ने रहर मेरो
पुरा गरि लाने कैले, आफ्नै सुन्दर नगरीमा !

कता कता डर सँगै, प्रस्न मनमा खेलेका छन
हजुरको शिर उठ्ने कैले, दुलाहको पगरीमा !

मुटु भरि भरि माया, ओठमा हाँसो हजुरकै  
सप्ना बनि आए हुन्थ्यो, मध्यरात निदरिमा !

No comments:

Post a Comment