Friday, November 26, 2010

४ - मुक्तक

१)
मन भरि पिंडा बोकी, बाँच्नै पर्ने जिवन !
परेलिले आँशु रोकी, हाँस्नै पर्ने जिवन !!
चोट माथि कुल्चिदिदा, मनै फाटे पनि
एक-अर्काकै भरोसामा, काट्नै पर्ने जिवन !!!

२)
आंधी हुरी  सँग सँगै , भेल आए पनि !
जिन्दगीको बसन्तमा, ग्रिष्म छाए पनि !!
समस्याका पर्खालहरु, हिम्मतले ढाली
यात्रा पुरा गर्नै पर्छ, दिक्क लाए पनि !!!

३)
पराइको होइन रिश, पाखुरीको गरि !
माटो भिज्ने गरि बर्खे, पसिनाको झरी !!
मेहनतको फल मिठो, भन्दै  मन बुझाइ 
सितो पिठो जे भए नि, खोज्छ पेट भरि !!!

४)
कल्पनामै रहरका, ताना-वाना  बुन्दै !
छुटिएका स्वप्निल माला, भेला गरि उन्दै !!
चाँद छुने इच्छा सधै, पाइला पछाडी
बाच्नै पर्छ पिरतीका, मिठा भाका सुन्दै !!!

No comments:

Post a Comment