Friday, November 26, 2010

गज़ल - पाइन !!!

नरोऊ बैनी  तिहारमा, घर  आउन पाइन !
तिम्रै हातको सप्तरंगी, टिका लाउन पाइन

तिहारको रमाइलो, दिपावली गर्दै
घर-घरमा देउशी भैलो, पनि गाउन पाइन !

संघारमा उभिएर,  बाटो हेर्दै  हौली
तर मैले तिम्रो घर, यो साल धाउन पाइन !

उन्यौ होला मखमली, माइती आउने आश्मा
तर मैले गला भरि, त्यो सजाउन पाइन !

बेरोजगारी खड्केपछी, मुग्लानिया भा'छु
तिम्रो ओठको मिठो हाँसो, बनि छाउन पाइन !!!




No comments:

Post a Comment