Sunday, December 19, 2010

गज़ल - निर्मोहीको बाटो !!!

चाहेकै थें  हाँस्न तर,  खुशी डाँडा काटो  !
जिउँनलाइ प्रित गाँसे, उल्टै  मुटु फाटो !!

उस्को माया राख्ने यो मन्  तुन्दा तुन्दा थाकें
फेरी पनि दुखेकै छ,  नदेखिने खाटो !

परेलीमा छल्किएको,  नहर थुनी रा'छु 
अतितको यादले आज, बाँध टुट्न आँटो !

आउला एक् दिन् फर्किएर,  मेरो जीवन भनि
कैले सम्म कुरौ प्रीतको, भत्किएको पाटो !

कल्पी रुदै एकान्तमा, जीवन धोए पनि
हेरी  रा'छु अझै पनि, निर्मोहीको बाटो !!!


गज़ल - छैन यो मन डुलाएको !

ढाकरमा तोक्मा लगाई, सुसेलीले   भुलाएको !
आजै जस्तो लाग्छ सिउँदो, सिन्दुरले खुलाएको   !!

बैसाखको खडेरीमा, रानी बनमा गाई चराउँदा
बिर्सिएको छैन मैले, आफ्नै काखमा सुलाएको !

समयको गति सँगै,  फेरिएकै  हौ  कि  कतै
भुल्यौ जस्तो लाग्नथाल्यो,  प्रीतको फूल फुलाएको !

निष्ठुरीको मनमा फेरी, संका बढ्यो भन्छौ होला
तिम्लाई के थाहा पाथि सरि, मनमा माया चुलाएको !


आज भोलि विरहमा, भाका फेर्छे न्याउली चरी
एक्लै कल्पी बस्दा पनि,  छैन  यो मन डुलाएको !!!



गज़ल - दुखें

हरेक  पटक तिमी आउँने, भाका सर्दा दुखें !
जीवन भरि तिमलाई सम्झी,  रुनु पर्दा दुखें !!


होसमा  छु कि  बेहोसीमा,  थाहा छैन आज
तिमले आउँन अलिकति, ढिला गर्दा दुखें  !

पन्चे बाजा डोली चडी, तिम्रै साथ लागि
सानो  संसार रच्ने सारा, रहर  मर्दा दुखें !

कस्तो साइत पारी गयौ, गाउँ  छाडी  पर्देश
सब्ले मलाई  एक्लो पारी, खुशी हर्दा दुखें !

अभागी यो पुर्पुरोमा, खोटो भाग्य रैछ
बिगत सम्झी तप्प-तप्प, आँशु झर्दा दुखें   !

तिम्रै लागि  साँचेकी थें, खाली सिउँदो मैले
तर आज पराइले, सिन्दुर भर्दा दुखें !!!



गज़ल - दुखेपछी गज़ल गाएँ !

फूलको धारले रेट्यो आज,  दुखेपछी गज़ल  गाएँ !
पिरतीको बगैँचा नै,  सुकेपछी  गज़ल गाएँ  !!


दैब दुस्मन लाग्यो आज, चारैतिर अन्धकार छ
जिन्दगीको जून मेरो, लुकेपछी गज़ल  गाएँ  !

के थाहा र समयले, निर्मम प्रहार गर्छ भनि 
काँचको चुरा सरि सपना,  चुकेपछी गज़ल  गाएँ  !


लुकी-छिपी समाजका, आँखा छल्दै माया लायौँ
बाधिएको प्रीतको गाँठो, फुकेपछी गज़ल  गाएँ !

जातको कुरा नगर भो, भन्थ्यौ तर झुट रैछ
तिम्रै कारण मेरो  शिर, झुकेपछी  गज़ल  गाएँ !





गज़ल - गोलि नभा खोकालाई !!!

सोध्ने कसले पिंडा छकी, भरिया र डोकालाई !
लाग्छ  फाल्न अबेर भयो, समस्याका पोकालाई !!


बलहुने र धनहुनेको, मनोमानी अन्त्य भइ
दुइ-चार गाँस मिल्ने कैले, श्रमिक अनि भोकालाई !

सडक देखि सदन सम्म, श्रमका कुरा चले पनि
कसले देख्यो दुखियाका, हत्केलाका फोकालाई !


गीता छोई बाचा गर्दै, आँखाभरि छारो फाल्छन
के भनेर संज्ञा दिउँ, सधै हुने धोकालाई !

आकाश मार्ग सयर गर्छ, त्यस्कै पछी लावालस्कर
कोहि छैन देख्ने यहाँ, खान नपाइ रोकालाई !

उठ...जाग नवयुवा, देशले तिम्लाई पुकार्दै छ
बडारेर फाल्नुपर्छ, गोलि नभा खोकालाई !!!

गज़ल - यस्तै यस्तै गज़ल गाएँ !!!

मेला पात घाँस दाउरा, पधेरिका  गज़ल गाएँ !
पियारी र घर धन्दा, मझेरिका  गज़ल गाएँ !!

दैब दुस्मन भयो भनि, भाग्य फुटी गयो भनि
अन्धकार भो जीवन भन्दै,  अँधेरिका  गज़ल गाएँ !

हिमाल पहाड तराईलाई, नसमेटे खल्लो होला
खोरिया र भिर पाखा, पखेरिका  गज़ल गाएँ !

झुप्रा देखि महल सम्म, सुख दुख मिसाएर
प्रकृति र झरी बर्खा, खडेरीका  गज़ल गाएँ !

फुलबारी , चरी अनि, परिलाइ कल्पिएर 
जुनेली ति रात भित्र, निदरिका  गज़ल गाएँ !

भाई भाई फुट्नु हुन्न, साथ कैले छुट्नु हुन्न
सबै मिलि बसौ भन्दै, मितेरिका  गज़ल गाएँ !!!




गज़ल - हुदैनर

सत्रु छान्नु  भन्दा पैले, मित्र छाने हुँदैनर  ?
सबै आफ्नै दाजु भाई, भन्ने ठाने हुँदैनर  ??

आज भोलि जानी जानी,  कु-बाटोमा हिडेकाछौ  
सहि बाटो समाएर, हिड्न जाने हुँदैनर  ?

मझेरिको माटो खनी, आँगन पुर्न लाग्नु भन्दा
किला ठोकी  फूल बारीमा, साँटो बाने हुँदैनर  ?

आफै भित्र खोज सत्रु किन लाउनु नजर अन्त
आफु भलो रहे जगत, भलो माने हुँदैनर ?

बैरी भाव पन्छाएर, मित्रताको हात मिलाई
दल्दलमा छन आमा आज बाहिर ताने हुँदैनर  ???




गजल - कस्ले ?

आमा रुन्छिन आसुँ यहाँ, पुछीदिन्छ कस्ले ?
गरिवको दु:ख दर्द, बुझीदिन्छ कस्ले ??

सबै आफ्नै आँटो मुच्न, ब्यस्त देख्छु म त
अपाङ्गको आँटो यहाँ, मुछीदिन्छ कस्ले ?

फुल बारी नासिदैछ, झाङियेर झार
फूल जोगाइ झार यहाँ, लुछीदिन्छ कस्ले ?


सबै ठग्नै खोज्छ्न यहाँ , भलो गर्नै हुन्न

आधा दिदा हुन्छ भने, झुसी दिन्छ कस्ले ?

दैब पनि दु:ख दीइ, रमाउछ हाँस्छ
मानबको त कुरै छाडौ, खुशिदिन्छ कस्ले   ???





Friday, November 26, 2010

गज़ल - पैले !

 

डुवायौ मायाको, नसामा पैले !
रुवायौ मुटुमा, चोट्दिई अैले !!

यात्रा हो जीवन, हिड्दै  थें एक्लै
भुलायौ दोबाटो, खनेर  कैले !

तिमी  बिना आँगन,  अपुरोछ  भन्दै
सुनायौ आश्लाग्दा, कहानी जैले !

बसन्तकी मुना, हौ कि तिमी जून
झुलायौ बातैमा,  भर गरें  मैले !

अंगालोमा बेर्दै, देखाउँथ्यौ माया
फुलायौ धनमाथि, अर्कै फूल अैले !

गज़ल - साहित्यमा !

प्रकृतिकोको सुन्दर चित्र, खुल्नु  पर्छ साहित्यमा !
पाठकको  मन मष्तिस्क, भुल्नु पर्छ साहित्यमा !!

चियालाइ मिठास दिन चिनी घुले जस्तै गरि
सब्द-सब्द भित्र मिठास, घुल्नु पर्छ साहित्यमा !

महलका कुरा अनि, अन्यायको चिरफार गर्दै
दुखियाका कथा व्यथा,  डुल्नु पर्छ साहित्यमा !

संस्कृतिलाइ धावा बोल्ने, बिकृतिलाइ पन्छाएर 
पिरती र देशभक्तिलाइ, हुल्नु पर्छ साहित्यमा !

पढ्दा पढ्दै दुख-दर्द, भुल्न सकुन  पाठकले
मग्मगाउदा बस्नाका फूल, फुल्नु पर्छ साहित्यमा !


४ - मुक्तक

१)
मन भरि पिंडा बोकी, बाँच्नै पर्ने जिवन !
परेलिले आँशु रोकी, हाँस्नै पर्ने जिवन !!
चोट माथि कुल्चिदिदा, मनै फाटे पनि
एक-अर्काकै भरोसामा, काट्नै पर्ने जिवन !!!

२)
आंधी हुरी  सँग सँगै , भेल आए पनि !
जिन्दगीको बसन्तमा, ग्रिष्म छाए पनि !!
समस्याका पर्खालहरु, हिम्मतले ढाली
यात्रा पुरा गर्नै पर्छ, दिक्क लाए पनि !!!

३)
पराइको होइन रिश, पाखुरीको गरि !
माटो भिज्ने गरि बर्खे, पसिनाको झरी !!
मेहनतको फल मिठो, भन्दै  मन बुझाइ 
सितो पिठो जे भए नि, खोज्छ पेट भरि !!!

४)
कल्पनामै रहरका, ताना-वाना  बुन्दै !
छुटिएका स्वप्निल माला, भेला गरि उन्दै !!
चाँद छुने इच्छा सधै, पाइला पछाडी
बाच्नै पर्छ पिरतीका, मिठा भाका सुन्दै !!!

ग़ज़ल - कसोगरी ?

सुन्दर रुपमा पर्यो नजर, हटाउँने हो कसोगरी !
सानो मुटु धेरै माया, अटाउँने हो कसोगरी !!

नदेखेको भए हुन्थ्यो, देखेपछि लोभ पस्यो
समुन्द्रको छालझैँ चाह,  घटाउँने हो कसोगरी !


उनी सुन्दर हुन की  मेरा, आँखाले पो त्यस्तो देख्यो ?
रहरहरु तँ छाड म छाड,  खटाउँने हो कसोगरी !

भेट हुँदा मनका बह, साँट्दा साँट्दै  दिन बित्यो
भुल्ने हुन की उनले माया,   राटाउँने हो कसोगरी !

स्वार्थी छ यो दुनिया नि, अरु हाँस्या  देख्नै हुन्न
उनलाई भेटने आशमा रात, कटाउँने हो कसोगरी !!!



गज़ल - कैले आउँने होला.....

भोली भोली भन्छ्न सबै, भोली कैले आउँने होला !
संबिधानको खाका बोक्या, डोली कैले आउँने होला !!

आफ्नै अघि झुटको खेती, देखे पनी आँखा छोप्छ्न
कुनितीको बिरोध गर्ने, बोली कैले आउँने होला !


 जहाँ त्यहि दुर्गन्धछ, भोकमरी र महा-मारी
 दुर्गम गाउमा झाडा रोक्ने, गोली कैले आउँने होला !

अशान्तिले छाएपछी, मुग्लान पस्यो देशको शक्ति
 शान्ति सँग झुम्न पाउने, होली कैले आउँने होला !


घर भित्र थुप्प्रिएको, फोहोरको थुप्प्रो फाल्न
उर्लिएको खहरे झैँ, खोलि कैले आउँने होला  !!!



गज़ल - पाइन !!!

नरोऊ बैनी  तिहारमा, घर  आउन पाइन !
तिम्रै हातको सप्तरंगी, टिका लाउन पाइन

तिहारको रमाइलो, दिपावली गर्दै
घर-घरमा देउशी भैलो, पनि गाउन पाइन !

संघारमा उभिएर,  बाटो हेर्दै  हौली
तर मैले तिम्रो घर, यो साल धाउन पाइन !

उन्यौ होला मखमली, माइती आउने आश्मा
तर मैले गला भरि, त्यो सजाउन पाइन !

बेरोजगारी खड्केपछी, मुग्लानिया भा'छु
तिम्रो ओठको मिठो हाँसो, बनि छाउन पाइन !!!




गज़ल - बहिनिको दुखेसो

भइटिका  नि आयो भन्छन, मेरा माइती आएनन खोइ !
यसपालिको सप्तरंगी, टिका लाउँन पाएनन् खोइ !!

के गर्दैछन दुर देशमा, चेली सम्झी रुधै छ्नकी
घरमा पनि अंध्यारो भो, खुशी बनि छाएनन खोइ !

पोहरसाल सँगै-सँगै, देउशी भैलो गएका थ्यौँ
यसपालित स्वदेश तिर फिर्न, पनि भ्याएनन खोइ !

हरेक साल उपहारमा, हाँसो ल्याई दिन्थे मलाई 
बाध्यताले गर्दा होला, यो साल त  ल्याएनन् खोइ

सबै देख्छु हाँसि खुशी, दाजु भाई आइदिदा
सुन्य भयो मेरो आँगन, देउसे भैले च्याएनन खोइ !!!


गज़ल - पैसा गन्छौँ !

धुरी चढे गोमन सर्प, तिमी त्यहाँ पैसा गन्छौ !
घरको हालत बिग्रदैछ,आफू केहि बन्छु भन्छौ !!

आफ्नै माटो चलाए नि, सून फल्छ थाहै होला
सिप जाँगर भएर नि, पराइका बचन सन्छौ !

आमा रुन्छिन रात दिन, मेची काली दुख्दा खेरि
मलम पट्टि गर्न छाडी, पर्देशमा कति रन्छौ  !

समयले नेटो काटला, आजै सोचे भलो हुन्थ्यो
आफ्नो घर टाल्न छाडी, दुर देशको माटो खन्छौ !

हिमाल पहाड तराईलाई, हँसाउँनुछ फर्क अब
जुटे सबै स्वर्ग सरि, नगरीको मालिक बन्छौ !!!



गित - लैजाउ मलाई मागी

जान्न जान्न जान्न मत, जान्न हजुर भागी !
पन्चेबाजा डोली चड़ाई, लैजाउ मलाई  मागी !!

भइदिन्छु सधै तिम्रै, माग्न आउनु पैले !
बा-आमाको इज्जत जान्छ, भाग्न हुन्न मैले !!
कल्कलाउदो लाली जोवन, भयो तिम्रै लागि
पन्चे बाजा डोली चड़ाई, लैजाउ मलाई  मागी !!!


सानो भइ बाबा सँग, मिठो बोलि बोल्नु !
हामी बिचको चोखो प्रितको कुरा पनि खोल्नु !!
हुन्न हुन्न चल्न हुन्न, संस्कारलाइ नाघी
पन्चे बाजा डोली चड़ाई, लैजाउ मलाई  मागी !!!

गज़ल -- निदरिमा

साँझ बिहान भेटहुन्थ्यो, रमितेको चौतारीमा !
आज एक्लै परेकीछु, पिरतीको फूलबारीमा !!

तिम्रै हातको सिन्दुरले, खाली सिउँदो रंगाएर
बस्न पाउने हो की होइन, मायालुको छहारीमा !

घुम्टो ओडी लजाउदै, डोली चड्ने रहर मेरो
पुरा गरि लाने कैले, आफ्नै सुन्दर नगरीमा !

कता कता डर सँगै, प्रस्न मनमा खेलेका छन
हजुरको शिर उठ्ने कैले, दुलाहको पगरीमा !

मुटु भरि भरि माया, ओठमा हाँसो हजुरकै  
सप्ना बनि आए हुन्थ्यो, मध्यरात निदरिमा !

५ मुक्तक

जिउँदैछु जीवन, संसार हेर्न को लागि !
पिउँदैछु प्याला, दर्द फेर्नको लागि !!
गरिब हुँ तर, इज्जतछ बाकि
सिउँदैछु भोटो, सरिर बेर्नको लागि ! .....१

बाच्न खोजे भोलि हेर्न, दुनियाले मार्छ यहाँ  !
हाँस्न खोजे ओठ खोलि, आँशु आइ टार्छ यहाँ  !!
के गर्ने खोइ कहाँ जाने, विश्वास यहाँ कस्को छ र
आफन्तले छिर्के हाली, खाडलमा पार्छ यहाँ  !!!.......२

पाप धेरै भयो यिनको, घडा फुट्ने कहिले होला ?
अन्ययाको बिरोध गर्न, हामी जुट्ने कहिले होला ??
परार्इले खुट्टा ताने, त्यसमा नौलो लाग्दैन थ्यो
आफ्नाको नै खुट्टा तान्ने, बानी छुट्ने कहिले होला ???....३

आउँछ आउँछ भन्दा भन्दै, गर्भ कतै खस्दै  देखे !
हिजै आउने बास बस्यो, फेरी पनि  बस्दै  देखे !!
घर बनाउने कालीगड त, कुसल चुन्यौं भन्थ्यौं हामी
कालीगड नै गोमन बनि, हामीलाई नै डस्दै  देखे  !!!.....४

क्षितिजमा कालो बादल, मडारियो हेर भाई !
आफ्नै घरमा आँधी ल्याउने, विचार अब फेर भाई !!
परार्इको दाशी भइ बस्न, तिम्रो मन मान्छ र ?
हरे ! आफै नांगीदै छौ, आङ्मा बस्त्र बेर भाई !!!.....५

गज़ल - के लाग्छ र !

सधैभरि  झुट नै  बोल्छौ, कस्को के लाग्छर !
आफ्नो इज्जत आफै खोल्छौ, कस्को के लाग्छर  !!

सप्तरंगी इन्द्रेणीझैँ, रुप रैछ तिम्रो
अनेक थरि रङ्ग घोल्छौ, कस्को के लाग्छर  !

बगलीमा छुरा च्यापी, मुखले राम जप्ने
आफ्नो सरिर आफै पोल्छौ,  कस्को के लाग्छर !

लाज डर नहुनेले, जे गरेनी हुन्छ
आफुलाइ आफै मोल्छौ, कस्को के लाग्छर !

मित्रतामा फाटो ल्याई, गरेउ गर्नु पैले
आज आफै अन्योलछौ, कस्को के लाग्छर !!!

गज़ल - तिमलाई चोट पर्ने होकी !

लेखौ भने मनको  कुरा,  तिमलाई चोट  पर्ने होकी !  
नलेखौ त  रहर त्यसै,  गुम्सिएर मर्ने होकी !!

भन्न मन लागेकोछ, मुटु भित्र राख्छु भनि
काँतर मनछ मेरो पनि, भन्नै नपाइ टर्ने हो कि !

कल्पनामा  आइदिन्छौ, हाँसो बनि  छाइदिन्छौ
चाहनाको सयपत्री, ओइली त्यसै झर्ने हो कि !

मुखले बोल्न नसकेर, प्रेम पत्र लेख्दै छु म
शंकालाग्छ भेटमा तिमले, उल्टो गाली गर्ने हो कि !


तिमी अघि बोलेनौ र, मनको कुरा आफै खोले
दिलको दरबार खाली नै छ यतै बसाई सर्ने हो कि !


जीवन साथी रोजेकी हुँ, स्वकारेर मेरो माया
बाजा बजाई आँगन सजाई, खाली सिउँदो भर्ने होकी !!!

गज़ल - तिमले

नितम्वलाई चुम्ने केश, काटी सबै फाल्यौ  तिमले ? 
फरिया र ढाका चोली, खोइ त कता  हाल्यौ तिमले ??

नारीलाई घर भन्थ्यौ, संस्कृति र संस्कारको
यति राम्रा  विचार थिए,  कुन अग्निमा गाल्यौ तिमले ?

सारंगी र मादललाई, सिगौरामा सिउरिएर
आज भोलि इङलिस् पप, गाउँन पनि थाल्यौ तिमले ?

चुरा पोते सिन्दुरलाई, दराजमा थन्क्याएर
अर्ध नग्न भइ आज,  आफ्नै इज्जत बाल्यौ तिमले ?

म भन्दिन सबै तिमले, गलत मात्र गर्यौ भनि
भूल गरि कु बाटोमा, पाइला भने चाल्यौ तिमले !!!

गज़ल - बुझ्यौँ

सधैँ सर्ने मितिमा म, भर पर्दिन बुझ्यौँ !
जैले सुकै आऊ निम्तो, म गर्दिन बुझ्यौँ ?

आज सम्म रुदैँ काटे, बाँकी पनि कट्ला
पुरानो घर छोडी बसाइँ, म सर्दिन बुझ्यौँ ?

पारी जादा सुख शान्ती स्वर्गै पाए पनि
पराइको हात समाई, म तर्दिन बुझ्यौँ ?

माया गर या त तिमी, घृर्णा गर मलाई
यो जुनिमा तिम्रो नभै, म मर्दिन बुझ्यौँ ?

जति सुकै टाढा भा'नि , माया गर्छौ लाग्छ
फ्याल्न खोजे आँशुसँग, म झर्दिन बुझ्यौँ ?

जे भनन मनको राज, तिमी नै हौ मेरो
भमराझैँ थुँगा थुँगा, म चर्दिन बुझ्यौँ ?



गज़ल - तिमी सामु पाएपछि !

छरीदिए खुशी सारा, तिमी सामु पाएपछि  !
गरिदिए बाचा सँगै, बाच्ने कसम  खाएपछि

सिउँरी देउ चुल्ठो भरि,  लाली गुराँस फूल टिपी
सरिदिए नजिक मिठो,  प्रीतको गित गाएपछि

आँशु देउ या त हाँसो,  दुवै मलाई स्वकार्यछ
भरि दिए झोली तिम्रो,  माया माग्दै धाएपछि !

सधै सोच्थे मेरो मुटु, आफै सँग रहोस भनि
तरीदिए जंघार आफै, भित्रि मनले चाएपछी !!

जून तारा टिपी ल्याउन,  कैले मैले भन्ने छैन
परि दिए तिम्रै बसमा, सिन्दुर बनि आएपछी !

गज़ल - लागेको छ !!!

नसोधहै के भो भनि, बात लागेकोछ !
पिंडा भुल्न पिंए आज,   मात लागेकोछ !!

सोचेको थें खुल्ने भयो, उन्नतीको बाटो
बिहानी भो भन्थे  तर, रात लागेकोछ !

के गर्ने हो के नगर्ने , केही थाहा छैन
ज्योतिष भन्छ सनी साडे, सात लागेकोछ !

पाइन्छ की केही भनि, रगत पोखेका थ्यौँ
हाँसो होइन आँशु मात्र. हात लागेकोछ !

बेइमानीले इमान बेचे, स्वार्थ पुरा  गर्न
आमा रुन्छिन  पराइको, लात लागेकोछ !!!







Friday, October 29, 2010

गज़ल - बर्षौ भयो !

पर्देश्का माइती  घर,  नआएको बर्षौ भयो !
सप्तरंगी टिका लाउँन, नपाएको बर्षौ भयो !!


हाट-बजार मेला-पात,रोदीघरमा  झ्याउरे गाउँछु
तिहारमा देउशी भैलो, नगाएको बर्षौ भयो !

डाली-डाली मखमली, मुस्कुराउछ्न उनकै लागि
माला उनि गला भरि, नलाएको बर्षौ भयो !

उनि आउँने बाटो ऋणले,  थुनेरपो हो कि कतै
चेली सम्झी तिहारमा, नधाएको बर्षौ भयो !

एक्लै एक्लै पर्देशमा, बाध्यताले हाँस्दै होलान
घरमा पनि खुशियाली, नछाएको बर्षौ भयो !

बाचा थियो पोहोर सालको, पुरा गर्ने हो कि यो साल
चाडपर्वमा आमाले गाँस, नखाएको बर्षौ भयो !

गज़ल - काली

सर्माएर परपरै, भाग्छे मोरी काली !
साँच्चो माया गर्छेहोला,साहुकी  छोरी काली !!



एकैछिन घुर्क्याएर, माया छैन भन्दा
मर्छु भन्दै यता-उता, खोज्छे डोरी काली !

एकान्तमा भेट भए, अंगालोमा बेर्छे
पिरतीको भाका मिलाइ, गाउँछे लोरी काली !

सिन्दुरले सिउँदो भर्न, रहर लाग्यो भन्दै
उमेरको हिसाव गर्छे, हात कोरी काली !

कैले कहिँ मनमा संका, जागेरत होला
माया कति भन्दै हेर्छे, चुरा फोरी काली !!!

गज़ल - मरीदिन्छु भन्छे गाँठ्ठे !!



पैलो भेटमै रहर पुरा, गरिदिन्छु भन्छे गाँठ्ठे !
भनमात्रै तिम्रोलागि, मरीदिन्छु भन्छे गाँठ्ठे !!

कलि हो कि कामबास्ना, छुट्याउनै गाह्रो भयो
पिईहाल प्रेम प्याला, भरीदिन्छु भन्छे गाँठ्ठे !

बस्त्र जिउमा खोज्नुपर्छ, सिन्दुरको कुरा गर्छे
फूल ओइले सरि ओइली, झरीदिन्छु भन्छे गाँठ्ठे !

धारो-धर्म मैले उस्लाई, कुनै बचन दे'को छैन
मनमन्दिरमा आजै बसाइँ, सरीदिन्छु भन्छे गाँठ्ठे !

जवानीले मात्तिएर, आँत्तिएकी भनौ भने
तिम्रो पाइला पाइला पुष्प, छरीदिन्छु भन्छे गाँठ्ठे !

माया गरौ कि के गरौ ?, दोधारमा  परे म त

समिप आई तिम्रै बसमा, परीदिन्छु भन्छे गाँठ्ठे !!!


गज़ल - यादआयो !

प्यासलाग्दा उनकै हातको,  चिसो पानी यादआयो !
सपनीमा देखें मेरै, दिलकी रानी याद आयो !!

गुराँसको थुंगा भित्र, रुप खोज्न  भन्थिन उनि
फूल हेरी  टोलाउदा ,निस्छल  बानी यादआयो !

सानो गल्ति गर्दा पनि, हात गोडा कमाएर
कानसमाई माफिमाग्ने, मेरै सानी यादआयो !


एकै बाटो एकै पाटो, ज्युने मर्ने कसम थिए
टाढा भएँ  तिनै कसम, छानी छानी यादआयो !

के भनौ खोइ पर्देशबाट, मन साह्रै भारी भा'छ
"बिकाश" सँग  उनले गर्ने, मनो-मानी यादआयो !!!



गित - चक्का जाम

केटा -
धेरै पछी देशको माटो, आज बल्ल टेकें !
चारै तिर सुनसान भा'छ, मैले खै के देखे !!
ए माया ! कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटना आउँ !!!

केटि -
छोरी भन्छे हाम्रो बाबा, कैले होला आउने !
मिठो  खाई राम्रो लगाई, खुशीले रमाउने !!


ए हजुर ! कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो ,मायालाई कहिले देख्न पाउँ  !!

केटा -
डेड मैनाको छुट्टी लिई, आमा  भेट्न आ'को !
लाला बाला छोरा छोरी, छैन देख्न पा'को !!


ए माया !कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटन आउँ !!!

केटि -
आउनु भा'छ भनि मैले, आमालाई सुनाको !
बाटो हेरी आमा पनि, छैन सुत्नु भा'को !!


ए हजुर ! कैले  बन्दछ भन्छन  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो मायालाई कहिले देख्न पाउ !!!


केटा -
फिर्ने बेला  भयो प्यारी, फेरी मुग्लान तिर !
सम्झाउनु है सबैलाई, नमान है पिर !!


ए माया !कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटन आउँ !!!


केटि -
कसलाई के था काल पापीले, कहिले फाल्छ पासा  !
भन्दै रुनु हुन्छ आमा, मानेर निराशा  !!


ए हजुर ! कैले  बन्दछ भन्छन  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो मायालाई कहिले देख्न पाउ !!!



आमा -
सबै  फर्कभन्छ बाबु, यो देशको  माटो !
स्वदेश आइ खोज्नु पर्छ, शान्ति आउँने बाटो !!
बाबु कहिले बन्द छ भन्छन कहिले चक्का जाम
सबै मिलि आफ्नो देशमा शुख र शान्तिले बाँच्न पाउँ !!!

केटा -
जेठो भन्छः स्वतन्त्रता, कान्छो सान्ति शेना !
भाई भाई गोलि हानी, मर्नु पर्ने थें न !!
आमा कहिले बन्द छ भन्छन,  कहिले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , आमालाई  कसरि भेटना आउँ !!!


आमा -
सबै जुट्ने बाचा गर, अब फुट्नु हुन्न !
जति टुट्नु टुटीन आमा, अब टुट्नु हुन्न !!


बाबु कहिले बन्द छ भन्छन, कहिले चक्का जाम
सबै मिलि आफ्नो देशमा शुख र  शान्तिले बाँच्न पाउँ !!!

केटा -
बाँच्नै गाह्रो रहरले, बोक्या छैन बोरा !
शान्ति  छाए लाखौं फिर्छन, नेपालीका छोरा !!


आमा कहिले बन्द छ भन्छन, कहिले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , आमालाई  कसरि भेटना आउँ !!!

केटि -
चुह्यो छानो बर्षौ भयो, सकिएन टाल्न !
गाउ घरमा गाह्रो भा'छ, मान्छे मरे फाल्न !!
ए हजुर ! कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो, मायालाई कहिले देख्न पाउ !!

केटा
नरुनु है सम्झाउनु, छोरा छोरीलाइ !
जान्न मुग्लान घर फर्कन्छु, भन्नु आमालाई !!


ए माया ! कैले  बन्दछ भन्छन  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटना आउँ !!!

केटि -


बाटो हेर्दै चारसालबित्यो मायालाई कहिले देख्न पाउ !!!!

केटा -



राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटना आउँ !!!!


        रचनाकार
     भरत भण्डारी
 आठराई शक्रान्ति बजार 
        तेह्रथुम

गज़ल - हुन्न

सारा संसार जलोस तिम्रो,  मन जल्न हुन्न !
पहाड नै ढलोस प्रित्मा, विश्वास ढल्न हुन्न !!

दुनियाले जे जे भनोस, दैबै लागेपनि
बोल्नेकै मुख गलोस तर, हामी गल्न हुन्न !


इज्जत इमान सारा आफ्ना,  बहु मूल्य बस्तु
छोडी अन्तै चलोस हाम्लाई, हामी चल्न हुन्न !

संसारलाई बाधी राख्ने, पिरतीमा पनि
छल्छ भने छलोस दैब, हामी छल्न हुन्न !

कालान्तरमा यहिँ कथा, अम्मर बन्छ भने
"बिकाश" नै  बलोस बोरु,  सत्य  बल्न हुन्न !!!

Saturday, October 23, 2010

गज़ल - रातो टिका मुस्कुरायो !

 

तप्प तप्प चाँदनिले, सित बिन्दु पोख्नै लायो !शरद आयो दशैँ  ल्यायो, धर्ति आकाश  जग्मगायो !! 

गरा गरा धान झुल्यो, आली आली फूल खिल्यो
गाउँबस्ती  खुशीयाली, स्वर्ग झरी  यहिँ आयो !

मिर्मिरेमा हिमाल हाँस्यो, मयूर नाच्यो रानी वनमा
गुराँशको डाली चुमी, कोइलीले गीत गायो  !


मन्दिर मस्जिद  दरबार् झुप्रा, जहाँ त्यहाँ  मङ्गल् धुन
साहुँको घरमा काम गर्ने, धनेले नि छुट्टी पायो !


जहाँ जाऊ खुसियाली, आउँने जाने लर्के ताँती
हेर शिरमा जमरा र, रातो टिका मुस्कुरायो !

गज़ल - हुन्न मर्न गाह्रो !


जगत हाँस्छ भने मलाई, हुन्न मर्न गाह्रो !
किन कि यो माटो मेरो, प्रार्ण भन्दा प्यारो !!

पसिनाका धारा बगाई, यहिँ माटो मुछी 

लाला बाला पाल्न मैले, जुटाउदैछु  चारो !


यहिँ धर्तिको सेवा गरि, हाँस्न पाउ सधै
मर्दा पनि लास बाँध्ने,  मिलोस् यहिँको घारो !

पराइको नजर लागे, मेरो मुटु दुख्छ  
मात्र एउटा घाउ सम्झी, चलाउनेछु आरो !

पौरख पोखे यहिँ  माटोमा, सून फल्छ भने
रोक्नु पर्छ युवा सक्ति, बिदेसिने धारो  !

गज़ल - यसरि गयो दशैँ


सर्वस्व नै लुटाएर, आँशु खसाई गयो दशैँ !
फेरी पनि गरिवलाइ, थला बसाई गयो दशैँ  !

खुशी सँग झुम्दै थिए, चट्यङ पर्यो आफै माथि 
साउका बचन तिखा सुइझैँ,  दिलमा भसाई गयो दशैँ !

उसकै सामु झोली थापें, घरबारी डिक राखें
पोहोर सालको ब्याजलाई, साउँमा रसाई गयो दशैँ !

चार दिन राम-रउस दशैँ सँग गरेको थें 
बदलामा साल भरी, घुडा धसाई गयो दशैँ !


सर्वस्व नै लुटाएर, आँशु खसाई गयो दशैँ !
फेरी पनि गरिवलाइ, थला बसाई गयो दशैँ  !






Friday, October 22, 2010

गज़ल - भएन !


अतीभो खति, अबत पाइला, नचाली भएन !
अन्धकार चिर्न, घर-घरै दियो, नबाली भएन !!

धमिलो खोला, देखेर पाउ, गलाई हुदैन 
हातमा हात, मिलाई पुल, नहाली भएन !

मालीले यहाँ, बगैंचा मास्छ, केहोला उन्नति 
फूलबारी मास्ने, सेपिलो रुख, नढाली भएन !

मिलेर काम, गरेकै राम्रो, सत्रुले देख्दा नि
इज्जत ढाक्न, पुरानो बस्त्र, नफाली भएन !

सहास गरे, सफल्ता मिल्छ, पुर्खाका सपना
उठ ए जुट, घरको छानो, नटाली भएन !!!



गज़ल - आज

उनी लाई देखे मैले, चढ्दै गर्दा डोली आज !
सम्झदैछु  एकान्तमा ,जिन्दगीको भोलि आज !!


छातिभित्र कैदी थियो, मुटु भित्र उन्को माया
अनायसै  लाग्यो किन, बिछोडको गोली आज !


खुशी अनि उमंङ्का, उडे सबै रङगहरु
नयन् बाट बग्यो मेरो, आँशुरुपी  खोली आज !


बेदनामा डुबाएर, सधै लाई टाढा भाइन
गुन्जदैछ कान भरी, उन्को मधुर बोली आज !


बिर्सिएर बाचाहरु, गइन उनि पराइ  घर
हर्षाश्रुले भिजाउदै , मखमली चोली आज !!!


रचनाकार - भरत भण्डारी
   तेह्रथुम -   आठराई

गज़ल - बर्षौ भयो !


पर्देश्का माइती  घर,  नआएको बर्षौ भयो !
सप्तरंगी टिका लाउँन, नपाएको बर्षौ भयो !!


हाट-बजार मेला-पात,रोदीघरमा  झ्याउरे गाउँछु 

तिहारमा देउशी भैलो, नगाएको बर्षौ भयो !

डाली-डाली मखमली, मुस्कुराउछ्न उनकै लागि
माला उनि गला भरि, नलाएको बर्षौ भयो !


भाई आउँने बाटो ऋणले,  थुनेरपो हो कि कतै 
चेली सम्झी तिहारमा, नधाएको बर्षौ भयो !

एक्लै एक्लै पर्देशमा, बाध्यताले हाँस्दै होलान  
माइती घरमा  खुशियाली, नछाएको बर्षौ भयो !

बाचा थियो पोहोर सालको, पुरा गर्ने हो कि यो साल
चाडपर्वमा आमाले गाँस, नखाएको बर्षौ भयो !

Saturday, October 9, 2010

गज़ल - छैन दशैँ !

पर्देशीलाइ छाडी आइस्, तेरो काम छैन दशैँ !

खुशी अन्तै बाँडी आइस्, दिलमा ठाम छैन दशैँ !!

बिन्द्राबन्की सीता  हुँ म, एक्लो यात्रा तय भा'छ
आँखा बाट झर्दा आँशु, पुच्छ्ने  राम  छैन दशैँ !

गरिवको छाप्रो हो यो, खोले खाँदै साल बित्यो
आज पनि भाग उस्तै, मिठो माम छैन दशैँ !

रुदैछन् यी लाला-बाला,  च्यातिएको भोटो च्यापी 
के ले फेराउँ बस्त्र मैले, हातमा दाम छैन  दशैँ !


आइ हालिस् दुखियाको, मन जलाई गए हुन्छ
झरेका यी आँशु सुक्ने, झुल्के घाम छैन दशैँ

दशैँ बिसेस गज़ल - आयो दशैँ

देवी दुर्गा सजिएको, डोली बोकी आयो दशैँ !
अक्क्षता र आशिर्बाद्को, होली बोकी आयो दशैँ !!


सालभरि  घोटीइँदा , रंगी चंगी टाल्यौ बस्त्र
नयाँ साडी मखमली, चोली बोकी आयो दशैँ !


लह लह धान झुल्यो, डाली डाली फूल फूल्यो
खुल्यो धर्ति खुशीको त, खोली बोकी आयो दशैँ !


च्यातिएको टाल भनि, बैरी भाब फाल भनि
मित्रता र बन्धुत्वको, बोलि बोकी आयो दशैँ !


जग्मगायो धर्ति आकाश, मङ्गल धुन बज्न लागे
पर्देशिको घर फिर्ने, भोलि बोकी आयो दशैँ !


देखासेखी गर्न हुन्न, साहुँको ऋणमा पर्न हुन्न
गरिवलाइ समस्याको, झोली बोकी आयो दशैँ !








गित - अरब कतारमा

घरबारी सहुँको नाम लेखेर !
महल जोड्ने सपना देखेर !!
हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब कतारमा !!!

तिम्रै यादमा ति आमा रुदैछन् !
घरमा प्यारी पागल झैँ हुदैछन् !!
आफ्नै पैशा आफैलाई बेचेर !
धन कमाउँने सपना देखेर !!
हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!

रहर बाँधी कहरको झोलीमा !
दुख लुकाई मुस्काउछौ बोलीमा !!
छोरी रुन्छे तिमीलाइ खोजेर !
तिमी गयौ सम्पिती रोजेर !!

हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!



सपना च्यापी हिडेको साल भयो !
चुइयो झुप्प्रो मझेरी ताल भयो !!
रहर बोक्यौ छानोमा टिन लाउने !
सस्तो मूल्य खोइ  कैले दिन आउने !!

हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!

घरको हालत बिग्रदै गा'को छ !
छोरा पनि नभएझैँ भा'को छ !!
देशको बिकाश रोकियो कसरि ?
कैले सम्म चलाउँने यसरि ?

हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!

Tuesday, October 5, 2010

दिपावली मनाई रा'छौ - गज़ल

हाम्रै आशा कुल्चिएर, दिपावली मनाई रा'छौ !!
सुन्दर शान्त हाम्रो घर, कुरुक्षेत्र बनाई रा'छौ

उठाएर घर-भेटीको, सोझो पनको फाइदा तिमले
आफु खुशी परिवारमा, जहर पानी खन्याई रा'छौ !

सब्द लहर मलम दिन्छौ, आफ्नै हातले छुरी धसी
मुटु भित्र सुल रोपी, सुके-लुतो कन्याई रा'छौ !

एउटा हड्डी धेरै स्वान, लुछा-तानी गरे सरी
लड्दा लड्दा थाके पछि, आफ्नो जात जनाई रा'छौ !

घरमा आगो सल्काएर, टाडा बसी हेर्छौ तिमी
बुट्टे लुगा भित्र पनि स्वार्थ बोकी गनाइ रा'छौ !!!