Friday, October 29, 2010

गज़ल - बर्षौ भयो !

पर्देश्का माइती  घर,  नआएको बर्षौ भयो !
सप्तरंगी टिका लाउँन, नपाएको बर्षौ भयो !!


हाट-बजार मेला-पात,रोदीघरमा  झ्याउरे गाउँछु
तिहारमा देउशी भैलो, नगाएको बर्षौ भयो !

डाली-डाली मखमली, मुस्कुराउछ्न उनकै लागि
माला उनि गला भरि, नलाएको बर्षौ भयो !

उनि आउँने बाटो ऋणले,  थुनेरपो हो कि कतै
चेली सम्झी तिहारमा, नधाएको बर्षौ भयो !

एक्लै एक्लै पर्देशमा, बाध्यताले हाँस्दै होलान
घरमा पनि खुशियाली, नछाएको बर्षौ भयो !

बाचा थियो पोहोर सालको, पुरा गर्ने हो कि यो साल
चाडपर्वमा आमाले गाँस, नखाएको बर्षौ भयो !

गज़ल - काली

सर्माएर परपरै, भाग्छे मोरी काली !
साँच्चो माया गर्छेहोला,साहुकी  छोरी काली !!



एकैछिन घुर्क्याएर, माया छैन भन्दा
मर्छु भन्दै यता-उता, खोज्छे डोरी काली !

एकान्तमा भेट भए, अंगालोमा बेर्छे
पिरतीको भाका मिलाइ, गाउँछे लोरी काली !

सिन्दुरले सिउँदो भर्न, रहर लाग्यो भन्दै
उमेरको हिसाव गर्छे, हात कोरी काली !

कैले कहिँ मनमा संका, जागेरत होला
माया कति भन्दै हेर्छे, चुरा फोरी काली !!!

गज़ल - मरीदिन्छु भन्छे गाँठ्ठे !!



पैलो भेटमै रहर पुरा, गरिदिन्छु भन्छे गाँठ्ठे !
भनमात्रै तिम्रोलागि, मरीदिन्छु भन्छे गाँठ्ठे !!

कलि हो कि कामबास्ना, छुट्याउनै गाह्रो भयो
पिईहाल प्रेम प्याला, भरीदिन्छु भन्छे गाँठ्ठे !

बस्त्र जिउमा खोज्नुपर्छ, सिन्दुरको कुरा गर्छे
फूल ओइले सरि ओइली, झरीदिन्छु भन्छे गाँठ्ठे !

धारो-धर्म मैले उस्लाई, कुनै बचन दे'को छैन
मनमन्दिरमा आजै बसाइँ, सरीदिन्छु भन्छे गाँठ्ठे !

जवानीले मात्तिएर, आँत्तिएकी भनौ भने
तिम्रो पाइला पाइला पुष्प, छरीदिन्छु भन्छे गाँठ्ठे !

माया गरौ कि के गरौ ?, दोधारमा  परे म त

समिप आई तिम्रै बसमा, परीदिन्छु भन्छे गाँठ्ठे !!!


गज़ल - यादआयो !

प्यासलाग्दा उनकै हातको,  चिसो पानी यादआयो !
सपनीमा देखें मेरै, दिलकी रानी याद आयो !!

गुराँसको थुंगा भित्र, रुप खोज्न  भन्थिन उनि
फूल हेरी  टोलाउदा ,निस्छल  बानी यादआयो !

सानो गल्ति गर्दा पनि, हात गोडा कमाएर
कानसमाई माफिमाग्ने, मेरै सानी यादआयो !


एकै बाटो एकै पाटो, ज्युने मर्ने कसम थिए
टाढा भएँ  तिनै कसम, छानी छानी यादआयो !

के भनौ खोइ पर्देशबाट, मन साह्रै भारी भा'छ
"बिकाश" सँग  उनले गर्ने, मनो-मानी यादआयो !!!



गित - चक्का जाम

केटा -
धेरै पछी देशको माटो, आज बल्ल टेकें !
चारै तिर सुनसान भा'छ, मैले खै के देखे !!
ए माया ! कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटना आउँ !!!

केटि -
छोरी भन्छे हाम्रो बाबा, कैले होला आउने !
मिठो  खाई राम्रो लगाई, खुशीले रमाउने !!


ए हजुर ! कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो ,मायालाई कहिले देख्न पाउँ  !!

केटा -
डेड मैनाको छुट्टी लिई, आमा  भेट्न आ'को !
लाला बाला छोरा छोरी, छैन देख्न पा'को !!


ए माया !कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटन आउँ !!!

केटि -
आउनु भा'छ भनि मैले, आमालाई सुनाको !
बाटो हेरी आमा पनि, छैन सुत्नु भा'को !!


ए हजुर ! कैले  बन्दछ भन्छन  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो मायालाई कहिले देख्न पाउ !!!


केटा -
फिर्ने बेला  भयो प्यारी, फेरी मुग्लान तिर !
सम्झाउनु है सबैलाई, नमान है पिर !!


ए माया !कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटन आउँ !!!


केटि -
कसलाई के था काल पापीले, कहिले फाल्छ पासा  !
भन्दै रुनु हुन्छ आमा, मानेर निराशा  !!


ए हजुर ! कैले  बन्दछ भन्छन  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो मायालाई कहिले देख्न पाउ !!!



आमा -
सबै  फर्कभन्छ बाबु, यो देशको  माटो !
स्वदेश आइ खोज्नु पर्छ, शान्ति आउँने बाटो !!
बाबु कहिले बन्द छ भन्छन कहिले चक्का जाम
सबै मिलि आफ्नो देशमा शुख र शान्तिले बाँच्न पाउँ !!!

केटा -
जेठो भन्छः स्वतन्त्रता, कान्छो सान्ति शेना !
भाई भाई गोलि हानी, मर्नु पर्ने थें न !!
आमा कहिले बन्द छ भन्छन,  कहिले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , आमालाई  कसरि भेटना आउँ !!!


आमा -
सबै जुट्ने बाचा गर, अब फुट्नु हुन्न !
जति टुट्नु टुटीन आमा, अब टुट्नु हुन्न !!


बाबु कहिले बन्द छ भन्छन, कहिले चक्का जाम
सबै मिलि आफ्नो देशमा शुख र  शान्तिले बाँच्न पाउँ !!!

केटा -
बाँच्नै गाह्रो रहरले, बोक्या छैन बोरा !
शान्ति  छाए लाखौं फिर्छन, नेपालीका छोरा !!


आमा कहिले बन्द छ भन्छन, कहिले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , आमालाई  कसरि भेटना आउँ !!!

केटि -
चुह्यो छानो बर्षौ भयो, सकिएन टाल्न !
गाउ घरमा गाह्रो भा'छ, मान्छे मरे फाल्न !!
ए हजुर ! कैले  बन्दछ भन्छन,  कैले चक्का जाम
बाटो हेर्दै चारसालबित्यो, मायालाई कहिले देख्न पाउ !!

केटा
नरुनु है सम्झाउनु, छोरा छोरीलाइ !
जान्न मुग्लान घर फर्कन्छु, भन्नु आमालाई !!


ए माया ! कैले  बन्दछ भन्छन  कैले चक्का जाम
राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटना आउँ !!!

केटि -


बाटो हेर्दै चारसालबित्यो मायालाई कहिले देख्न पाउ !!!!

केटा -



राजधानीमै मैना दिन बित्यो , मायालाइ  कसरि भेटना आउँ !!!!


        रचनाकार
     भरत भण्डारी
 आठराई शक्रान्ति बजार 
        तेह्रथुम

गज़ल - हुन्न

सारा संसार जलोस तिम्रो,  मन जल्न हुन्न !
पहाड नै ढलोस प्रित्मा, विश्वास ढल्न हुन्न !!

दुनियाले जे जे भनोस, दैबै लागेपनि
बोल्नेकै मुख गलोस तर, हामी गल्न हुन्न !


इज्जत इमान सारा आफ्ना,  बहु मूल्य बस्तु
छोडी अन्तै चलोस हाम्लाई, हामी चल्न हुन्न !

संसारलाई बाधी राख्ने, पिरतीमा पनि
छल्छ भने छलोस दैब, हामी छल्न हुन्न !

कालान्तरमा यहिँ कथा, अम्मर बन्छ भने
"बिकाश" नै  बलोस बोरु,  सत्य  बल्न हुन्न !!!

Saturday, October 23, 2010

गज़ल - रातो टिका मुस्कुरायो !

 

तप्प तप्प चाँदनिले, सित बिन्दु पोख्नै लायो !शरद आयो दशैँ  ल्यायो, धर्ति आकाश  जग्मगायो !! 

गरा गरा धान झुल्यो, आली आली फूल खिल्यो
गाउँबस्ती  खुशीयाली, स्वर्ग झरी  यहिँ आयो !

मिर्मिरेमा हिमाल हाँस्यो, मयूर नाच्यो रानी वनमा
गुराँशको डाली चुमी, कोइलीले गीत गायो  !


मन्दिर मस्जिद  दरबार् झुप्रा, जहाँ त्यहाँ  मङ्गल् धुन
साहुँको घरमा काम गर्ने, धनेले नि छुट्टी पायो !


जहाँ जाऊ खुसियाली, आउँने जाने लर्के ताँती
हेर शिरमा जमरा र, रातो टिका मुस्कुरायो !

गज़ल - हुन्न मर्न गाह्रो !


जगत हाँस्छ भने मलाई, हुन्न मर्न गाह्रो !
किन कि यो माटो मेरो, प्रार्ण भन्दा प्यारो !!

पसिनाका धारा बगाई, यहिँ माटो मुछी 

लाला बाला पाल्न मैले, जुटाउदैछु  चारो !


यहिँ धर्तिको सेवा गरि, हाँस्न पाउ सधै
मर्दा पनि लास बाँध्ने,  मिलोस् यहिँको घारो !

पराइको नजर लागे, मेरो मुटु दुख्छ  
मात्र एउटा घाउ सम्झी, चलाउनेछु आरो !

पौरख पोखे यहिँ  माटोमा, सून फल्छ भने
रोक्नु पर्छ युवा सक्ति, बिदेसिने धारो  !

गज़ल - यसरि गयो दशैँ


सर्वस्व नै लुटाएर, आँशु खसाई गयो दशैँ !
फेरी पनि गरिवलाइ, थला बसाई गयो दशैँ  !

खुशी सँग झुम्दै थिए, चट्यङ पर्यो आफै माथि 
साउका बचन तिखा सुइझैँ,  दिलमा भसाई गयो दशैँ !

उसकै सामु झोली थापें, घरबारी डिक राखें
पोहोर सालको ब्याजलाई, साउँमा रसाई गयो दशैँ !

चार दिन राम-रउस दशैँ सँग गरेको थें 
बदलामा साल भरी, घुडा धसाई गयो दशैँ !


सर्वस्व नै लुटाएर, आँशु खसाई गयो दशैँ !
फेरी पनि गरिवलाइ, थला बसाई गयो दशैँ  !






Friday, October 22, 2010

गज़ल - भएन !


अतीभो खति, अबत पाइला, नचाली भएन !
अन्धकार चिर्न, घर-घरै दियो, नबाली भएन !!

धमिलो खोला, देखेर पाउ, गलाई हुदैन 
हातमा हात, मिलाई पुल, नहाली भएन !

मालीले यहाँ, बगैंचा मास्छ, केहोला उन्नति 
फूलबारी मास्ने, सेपिलो रुख, नढाली भएन !

मिलेर काम, गरेकै राम्रो, सत्रुले देख्दा नि
इज्जत ढाक्न, पुरानो बस्त्र, नफाली भएन !

सहास गरे, सफल्ता मिल्छ, पुर्खाका सपना
उठ ए जुट, घरको छानो, नटाली भएन !!!



गज़ल - आज

उनी लाई देखे मैले, चढ्दै गर्दा डोली आज !
सम्झदैछु  एकान्तमा ,जिन्दगीको भोलि आज !!


छातिभित्र कैदी थियो, मुटु भित्र उन्को माया
अनायसै  लाग्यो किन, बिछोडको गोली आज !


खुशी अनि उमंङ्का, उडे सबै रङगहरु
नयन् बाट बग्यो मेरो, आँशुरुपी  खोली आज !


बेदनामा डुबाएर, सधै लाई टाढा भाइन
गुन्जदैछ कान भरी, उन्को मधुर बोली आज !


बिर्सिएर बाचाहरु, गइन उनि पराइ  घर
हर्षाश्रुले भिजाउदै , मखमली चोली आज !!!


रचनाकार - भरत भण्डारी
   तेह्रथुम -   आठराई

गज़ल - बर्षौ भयो !


पर्देश्का माइती  घर,  नआएको बर्षौ भयो !
सप्तरंगी टिका लाउँन, नपाएको बर्षौ भयो !!


हाट-बजार मेला-पात,रोदीघरमा  झ्याउरे गाउँछु 

तिहारमा देउशी भैलो, नगाएको बर्षौ भयो !

डाली-डाली मखमली, मुस्कुराउछ्न उनकै लागि
माला उनि गला भरि, नलाएको बर्षौ भयो !


भाई आउँने बाटो ऋणले,  थुनेरपो हो कि कतै 
चेली सम्झी तिहारमा, नधाएको बर्षौ भयो !

एक्लै एक्लै पर्देशमा, बाध्यताले हाँस्दै होलान  
माइती घरमा  खुशियाली, नछाएको बर्षौ भयो !

बाचा थियो पोहोर सालको, पुरा गर्ने हो कि यो साल
चाडपर्वमा आमाले गाँस, नखाएको बर्षौ भयो !

Saturday, October 9, 2010

गज़ल - छैन दशैँ !

पर्देशीलाइ छाडी आइस्, तेरो काम छैन दशैँ !

खुशी अन्तै बाँडी आइस्, दिलमा ठाम छैन दशैँ !!

बिन्द्राबन्की सीता  हुँ म, एक्लो यात्रा तय भा'छ
आँखा बाट झर्दा आँशु, पुच्छ्ने  राम  छैन दशैँ !

गरिवको छाप्रो हो यो, खोले खाँदै साल बित्यो
आज पनि भाग उस्तै, मिठो माम छैन दशैँ !

रुदैछन् यी लाला-बाला,  च्यातिएको भोटो च्यापी 
के ले फेराउँ बस्त्र मैले, हातमा दाम छैन  दशैँ !


आइ हालिस् दुखियाको, मन जलाई गए हुन्छ
झरेका यी आँशु सुक्ने, झुल्के घाम छैन दशैँ

दशैँ बिसेस गज़ल - आयो दशैँ

देवी दुर्गा सजिएको, डोली बोकी आयो दशैँ !
अक्क्षता र आशिर्बाद्को, होली बोकी आयो दशैँ !!


सालभरि  घोटीइँदा , रंगी चंगी टाल्यौ बस्त्र
नयाँ साडी मखमली, चोली बोकी आयो दशैँ !


लह लह धान झुल्यो, डाली डाली फूल फूल्यो
खुल्यो धर्ति खुशीको त, खोली बोकी आयो दशैँ !


च्यातिएको टाल भनि, बैरी भाब फाल भनि
मित्रता र बन्धुत्वको, बोलि बोकी आयो दशैँ !


जग्मगायो धर्ति आकाश, मङ्गल धुन बज्न लागे
पर्देशिको घर फिर्ने, भोलि बोकी आयो दशैँ !


देखासेखी गर्न हुन्न, साहुँको ऋणमा पर्न हुन्न
गरिवलाइ समस्याको, झोली बोकी आयो दशैँ !








गित - अरब कतारमा

घरबारी सहुँको नाम लेखेर !
महल जोड्ने सपना देखेर !!
हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब कतारमा !!!

तिम्रै यादमा ति आमा रुदैछन् !
घरमा प्यारी पागल झैँ हुदैछन् !!
आफ्नै पैशा आफैलाई बेचेर !
धन कमाउँने सपना देखेर !!
हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!

रहर बाँधी कहरको झोलीमा !
दुख लुकाई मुस्काउछौ बोलीमा !!
छोरी रुन्छे तिमीलाइ खोजेर !
तिमी गयौ सम्पिती रोजेर !!

हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!



सपना च्यापी हिडेको साल भयो !
चुइयो झुप्प्रो मझेरी ताल भयो !!
रहर बोक्यौ छानोमा टिन लाउने !
सस्तो मूल्य खोइ  कैले दिन आउने !!

हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!

घरको हालत बिग्रदै गा'को छ !
छोरा पनि नभएझैँ भा'को छ !!
देशको बिकाश रोकियो कसरि ?
कैले सम्म चलाउँने यसरि ?

हतार हतारमा !
कतिन्ज्यल बस्छौ युवा अरब  कतारमा !!!

Tuesday, October 5, 2010

दिपावली मनाई रा'छौ - गज़ल

हाम्रै आशा कुल्चिएर, दिपावली मनाई रा'छौ !!
सुन्दर शान्त हाम्रो घर, कुरुक्षेत्र बनाई रा'छौ

उठाएर घर-भेटीको, सोझो पनको फाइदा तिमले
आफु खुशी परिवारमा, जहर पानी खन्याई रा'छौ !

सब्द लहर मलम दिन्छौ, आफ्नै हातले छुरी धसी
मुटु भित्र सुल रोपी, सुके-लुतो कन्याई रा'छौ !

एउटा हड्डी धेरै स्वान, लुछा-तानी गरे सरी
लड्दा लड्दा थाके पछि, आफ्नो जात जनाई रा'छौ !

घरमा आगो सल्काएर, टाडा बसी हेर्छौ तिमी
बुट्टे लुगा भित्र पनि स्वार्थ बोकी गनाइ रा'छौ !!!

Saturday, October 2, 2010

गज़ल - डर भयो

घर भित्रै  गोमन सर्प, पस्ने  डर भयो !
ढाडमा टेकी हाम्रै शिरमा, डस्ने डर भयो !!

चोट व्यथा जे भए नि, खपेकै त थियौँ 
घरकै छुरी निकालेर, धस्ने डर भयो !

न त टेक्ने न समाउँने, भिरको चिन्डो सरी
सारा खुशी तारे भिरमा, खस्ने डर भयो !

उषा खुल्ने सपना देखि, उठ्न नपाउँदै
संयन्त्रको जन्जिरले, कस्ने  डर भयो !

उठ जुट समस्याको, जालो चिर्नु पर्छ
दलदल भित्र हाम्रो भाग्य, फस्ने डर भयो !

गज़ल - यस्ती भएँ

तिमी सँग पिरतीका, कुरा गर्न बानी भएँ !
बेर्यौ आज अंगालोमा, लाजले म पानी भएँ !!

आँखाको त्यो बाटो हुँदै, मनको मझेरीमा टेकें
फिर्ने बाटा बन्द गर्यौ, तिम्रै दिलकी रानी भएँ !

एक्लै थिएँ साथ दियौ, जवानीको मात दियौ
आँखा भित्रै राख्छु भन्यौ, दुइ आँखाकि नानी भएँ !

तिमी बाहेक् अब मेरो, धर्ति आकाश् अध्यारो छ
तिम्रै काखमा लोलाएछु, मत कत्ति  सानी भएँ !

विश्वास गरि दिएँ जोवन, लुट्नु संम लुटी हाल्यौ
सिउँदो भरि साथै राख , तिमी बिना  कानी  भएँ !

दोहोरि नौगेडी

केटा   १

नजाउ नजाउ सान्नानी, मलाई एक्लो  पारेर

के मिल्छ र तिमीलाई, मेरा आँशु झारेर !
बसन !
घरबार गर्ने, कम्वर कासन  !!   

केटि   २


भो भो माया नलगाउ, होस्मा  आई अहिले

मदिरा पिई कुटेको, भुल्न सक्छु कहिले !
जाँदैछु !
छोरि पनि, साथै लादैछु !!    

केटा   ३
माफगर पियारी, गल्ति भयो त्यो दिन
फेरी यस्तो हुदैन, नजाउ पारी मन खिन्न !
आउन !
पर्छु बरु, तिम्रै पाउमा   !!   

केटि   ४
बाचा गरि उषामा, गोधुलिमा भुल्नेको
भर कैले हुन्छ र, जुवा खालमा डुल्नेको !
कर्म यो !
कसले बुझ्छ, मनको मर्म यो !!  

केटा   ५
विश्वास गर मायालु, धरो धर्म खेल्दिन
भट्टी वालनी सँग नि, फेरी कैले बोल्दिन !
भरमा !
सत्रु हाँस्छन्, फर्क घरमा  !! 

केटि   ६
भो फकाउँन पर्दैन, आकाश पाताल् जोडेर
निन्द्रा कहाँ  लाग्ला र,  रक्शी पिंउन छोडेर !
मानछ र ?
छैन  इज्जत्, केपो जान्छ र ?         

केटा   ७
कति रेट्छ्यौ पियारी, बचनको धारले
दया माया नराखी, रेटेसरि जारले !
खोलन !
एकै वचन, मिठो बोलन !!       

केटि   ८
मिठो वचन बोल्नलाइ, मनमा माया चाहिन्छ
कर्म गरे आनुसार, फल पनि पाइन्छ !
सोचेको !
सुधार्न हो, मन  घोचेको !!       

दुवै   ९
जिन्दगीको उकाली, सँगै पाइला चालौला
फाटेका यी मान मुटु, सँगै बसी टालौला !
जोडौं भो !
रिस राग, सबै छोडौं भो  !!        

गज़ल - दशैँ

उमङ्ग र उत्साहको, हुरी बोकी आयो दशैँ !
पर्देशीको मुटु घोच्ने, छुरी बोकी आयो दशैँ !!

जहाँ आफु त्यहिँ आफ्ना, रमाउनु पर्छ भन्छन
बुझ्दैन मन् बेदनाको, धुरी बोकी आयो दशैँ !

हाँस्नेहरु हाँसेकै छन्, धन दौलत् मासेकै छन
मेरालागि स्वप्निल् कान्ति-पुरी बोकी  आयो दशैँ !

दुख भुलाई सारा धर्ति, जग्मगायो खुशी छर्दै
म छु टाढा पुग्नै गाह्रो, जुरी बोकी आयो दशैँ !

गत सालको ऋण तिर्न, बाकीनै छ अझै पनि
गरिवलाई समस्या त, मुरी बोकी आयो दशैँ  !

गज़ल - पिएँ

पिएँ लौ पिएँ आज, यसरी पिएँ !
सारा होस् गुमाइ खै, कसरी पिएँ !!

नत निम्तो मलाई, नत खबर नै 
सुटुक्क गएँ अनि, बेस्सरी पिएँ !

मदहोसी हुदै जादा, प्याला भो खाली 
मदिरा आफ्नै घरको, जसरी पिएँ !

देखेर रुप रङ्ग, नव यौवनको
ओठ्माथि जुँगा आफै, मसारी पिएँ !

आएको  मौका पनि, गुम्लाकी भन्दै
आट्को-पाट् दायाँ  बायाँ नसरी पिएँ

यो मेरो प्रेम हो कि तिष्ण हो ?

 आहा ! कति सुन्दर रुप, बयान गरेर नसकिने | यस्तो सुन्दर रुपको अगी कसको शिर नाझुक्ला र ? म त्यहिँ सुन्दरतामा हराई रहेछु आँखाहरु टोलाई रहेछन मन बहकि रहेछ | मनमा कल्पनाका ज्वार-भाँटाहरु उठ्नेक्रम पनि  जारी नै छ | यति सुन्दर रुप दिएका छन् भगवानले फेरी के को लागि सिंगार-पटार्को जरुरत होला ? हुनत उनले लगाएको सिंगार्ले नसुहाएको भने छैन | चाहे जे होस् यो सब उनको इच्छाको कुरा हो | उनलाई सिंगार गर्ने रहर छ त मैले भन्नुनै के छ |  यो त उनको व्यक्तिगत स्वतन्त्रता हो | हेल्लो ...? एकासी आएको आवाजले मलाई कल्पनाबाट यथार्थ धरातलमा खसाली दिन्छ | मलाई बोलाउने उनी नै थिइन् जसको सुन्दरताको कल्पनामा डुबुल्की मारिरहेको थिए | हाम्रो चिनाजानी त पुरानै हो तर धेरै समय पछिको भेट थियो हाम्रो, केहि समयको  भलाकुसारी पछी हामी छुट्यौँ फेरी भेट्ने बाचाकासाथ र म आफ्नो घर तिर लागें |
             साँची कति राम्री भैछ्न उनि, कति आकर्षक भएछ उनको ससिर, कति मिठास भरिएछ बोलीमा अनि हेराइमा नसा | मलाई त कल्पना डुब्न मन लाग्छ अनि उनिभित्र  हराउन मन लाग्छ | नढाँटेरै भन्नु पर्दा म त एकै नजरमा प्रभावित भएछु | लाग्छ उनि पनि म सँग नजिक हुन चाहन्छिन | मैले त युवा युवतीलाइ चुम्बकीय दुइ धुर्ब मा तुलना गर्न पुगे, समान धुर्बमा विकर्षण र असमान धुर्ब मा आकर्षण | होइन मेरो त बिबाह गर्ने बेलापनि बिती सक्यो किन यसरि बसेको होला ? म त तिन दसकको हाराहारीमा पुगीसकेको छु | म सँग उमङ्ग छ, रहर छ तर बिवाह गर्न केले छेकी रहेछ ? हुन त आज सम्म मनमिल्ने  साथी नै पाएको छैन | एक्लै गर्दा नुहुने रहेछ त | जिन्दगीको दौरानमा आज उनीलाई मनपरायो यो मनले | मनले मन पराएको ठाउमा नाता जोड्नु पर्छ भन्छन , म पनि यसै गर्नुपछ कि के हो ? उनि प्रतिको आकर्षणले मलाई यहाँ सम्म सोच्न बाध्य बनायो | उनको सुन्दरताले आज मलाई मोहनी लगायो यो भन्दा बाहिर त निस्कनै नसक्ने भए | म सोच्छु, अब एकै पटक प्रेम र बिबाहको कुरा चलाउनु पर्ला ! यस्तै कल्पनामै मेरा दिन बिती रहेछन एक दिन धेरै साथी हरुको बिचमा हाम्रो भेट हुन्छ अनि भलाकुसारी पनि, भलाकुसरिकै क्रममा उनलाई मैले भने तिमी कत्ति राम्रीछौ, मलाई त माया गर्न मन लाग्यो | उनि मुस्कराइन मात्रै | उनको मुस्कानमा बिहानको उषामा हिमाल हाँसे झैँ लाग्यो मलाई तर मेरो कुरामा त्यति ध्यान दिए हस्तो भने लागेन हुन त सबै साथी हरुको माझमा ओ .... भन्दै अंगालो हाल्ने र अरु कुरा बडाउँने कुरा पनि त भएन | मौन सम्मति लक्ष्यणमलाइ शिरोप्पर गरे मैले | त्यस दिन त्यसै बित्यो र पछिका दिन हरु एक पछी आर्को गर्दै पल्टदै गए | समयको गति सँगै उनि प्रतिको मेरो आकर्षण पनि बढ्दै गयो | उनलाई अंगालोमा  बेर्ने कल्पनाले सताउदै गयो | उनि सँग को सुन्दर भबिस्य मानसपटलमा सल्बलाउन थाल्यो तर उनि सँग भेट नभएको धरै दिन भएको छ | उनीलाई भेटेर मनका कुराहरु भन्न हतारो छ मलाई, उनि सँगको दाम्पत्य जीवन को कल्पना गर्दै छु म | लगन को समय छ, मलाई मेरी आमा बुहारी भित्र्याउन कर गरि रहनु भएको छ | म सोच्छु र निर्णय गर्छु  उनै सँग बिबाह गर्ने | म मेरा साथी हरु सँग कुरा गर्छु, उनलाई म माया गर्छु मन पराउछु र जीवन साथी बनाउन चाहन्छु तर खुलेर कुरा गर्न सक्दिन म के गरौ ?मेरो एक मित्रले भन्छ त्यो त अलि नक्कली छे यार , अर्को ले थप्छ त्यसको त अर्कै केटा सँग मायाप्रेम छ | थियो या छ ? म सोध्छु | साथीले भन्छ थियो अहिले पनि होला ! साथीले भन्छ | ठिकैछ, हिजो थियो  आज छैन भोलि म हुने छु उसको जीवनमा | के कसैसँग प्यार गरेर धोखा खाएकी युवती सँग प्रेम गर्नु पाप हो ? यदि म उसलाई वर्तमानमा मन पराउछु भने उसको बिगत खोतल्नु मेरो मुर्खता हो | म त उनको वर्तमान र भबिस्य चाहन्छु | बिगत त गयो सकियो | नभन्दै एक दिन उनि सँग मेरो भेट भयो म भन्छु तिमीलाई एउटा कुरा सोध्नुछ नढाँटी भन है | एउटा मात्रै ? हजार सोधे पनि जाने सम्म सहि जबाफ दिने छु उनि भन्छिन | तिमीले कसैलाई मन पराएकी छ्यौ ? मेरो भनाइँको मतलब कसैसंग प्रेम छ तिम्रो ? कसैलाई जीवन साथीको रुपमा हेरेकी छ्यौ ? मैले सोधे | आहिले सम्म त छैन | कोहि मनमिल्ने पाए अबभने रोज्नुपर्छ होला ! उनले भनिन | साँची हो भनेको ? मैले सोधे | साँची हो | उनि कण्ठ समाएर भन्छिन | हुनत उनको प्रेमी भए पनि के भयो र , अहिले कुन युवा युवती ले प्रेमी प्रेमिका बनाएका छैनन् र फेरेका छैनन् | प्रेम गर्नु र छाड्नु त फेसन नै भएको छ | यहाँ खुल्ला पार्कमा एक ले अर्काको ओठ चुसेर चुम्वन लिन्छन छुटी सक्दा नसक्दै अर्काको हात समाउन पुग्छन | यहाँ प्रेम नगर्ने युवा युवती पाउँनु र प्याज नखाने बाहुन पाउँनु उस्तै भएको छ | मात्र सामाजिक मान मर्यादाको ख्याल गर्नु पर्ने हुन्छ किनकि हाम्रो समाजले अझै पनि खुल्ला प्रेम गर्ने छुट भने दिएको छैन | हुन त बिवाह पूर्व नै यौन संपर्क त सामान्य नै भै सक्यो | आज यिनै युवा युवती भन्छन कि उ बेस्या  हो | उ आभारा हो |आँखिर हाम्रै हो समाज हामीनै हौ समाजका सदस्य हामीले प्रेमलाइ सकारात्मक नजरले हेर्यौ भने गलत के छ ? एक जोडी प्रेमी प्रेमिकाले बिबाह पूर्व नै एकले अर्कालाई अध्यन गरेर जीवन साथी रोज्नु आफ्नो जिन्दगीको सुरुवात आफै गर्न खोज्दा किन यो समाजले किदृष्टिले हेर्छ ? यदि कसैले सामाजिक संस्कार र रिति-रिवाजलाइ नै चुनौती दिएभने, बाबा आमाको इज्जतमा आँच आउँने भयोभने त्यसको बिरोध सम्बन्धित व्यक्तिले गर्नु स्वाभाविक हो र गर्नु पनि पर्छ | म त यो भन्छु की यौनको किन बेच हुनु हुदैन | यो आधुनिक युगमा आएर पनि मानिसहरु मानिसको लुवाई खुवाइमा आँखा लगाउछन | युवतीले घर भन्दा बाहिर निस्किए गलत नगरले हेर्नेबानी अझै पनि गएको छैन हामीबाट र परापूर्व कालदेखि पुरुषले जे गर्दापनि भएको छ, जहाँ जादा पनि भएको छ | आँखिर किन यस्तो भेद-भाब छ ? किनकि यहाँ पुरुषबादी हैकमको हाबी छ | म  त भन्छु मनमा लगेको र चाहेको गर्न पाउनु पर्छ यहाँ | महिला होस् वा पुरुष चाहेको गर्ने अधिकार समान हुनु पर्छ | मान्छेलाई सुखी र खुशी हुन दिनु पर्छ | यदि नारीहरु सिंगार गरेरनै खुशी हुन्छन, फेसनमा रमाउछन भने हामीले किन टाउको दुखाउने ? मलाई त लाग्छ आत्मालाइ के गर्दा शान्ति मिल्छ त्यो गर्न पाउनुपर्छ  यो मनीषको नैशर्गिक अधिकार हो | बस कुरा यो मात्रै हो जसले भाबी सन्ततिलाई, हाम्रो संस्कृतिलाई धावा नबोलोस् | मैले पनि त प्रेम गरेको थिए, धेरै केटि साथीहरु थिए मेरा पनि, सबै सँग समान व्यवहार थिएँन मेरो र छैन पनि तर मलाई किन भन्दैन यो स्वार्थी समाज ? किन कि म पुरुष हुँ |महिलाको  झैँ टिपणी पुरुषको हुदैन यहाँ | मलाई एउटा लेखकको याद आउछ मैले धेरै समय अघि  उसको एक रचना पढेको थिए | त्यहाँ नारी भाबना यसरि पोखिएको थियो "मलाई पनित रहर छ नि बिहान देखी दिन सम्म र दिनदेखि साँझ हुदै रात सम्म एक्लै कल्पनामा हराउदै रमाइला प्राकृतिक द्रिस्य अबलोकन गर्दै घुम्दै रहने | नदीको किनारमा गएर एक्लै नुहाउने, पार्कहरुमा एक्लै घुम्ने तर मैले यति मात्रै गर्छु भने यो समाजले चोर औला उठाउनेछ र भने छ त्योत चरित्रहिन आइमाई हो तर यी सब कार्य पुरुषले गर्छन र पनि  उनीहरुलाई किन प्रस्न सोधिदैन ?"
           उनको बारेमा जसले जे भनेपनि म उनलाई प्रेम गर्छु र आफ्नै बनाउन चाहन्छु  | अती प्यारले हृदयमा सजाएको छु र माया गर्दै चुम्न चाहन्छु | के सुन्दर बस्तु चाहनु मेरो पाप हो ? म पटक्कै आफ्नो मनलाइ  बुझाउनै सक्दिन | म उनि बाहेक आरुको हुनै सक्दिन | मैले अरुसंग जीवन देखेकै छैन | अब त बिबाह गरेर  उनि सँग जुनी जुनी काट्नु छ | ओहो... ! एकपटक आमा बाबाको रायपनि लिनु पर्छ, म सोच्दै छु, कुनै पनि छोराले नया कामको सुरुवत गर्नु भन्दा अगी आमाको आशिर्बाद र बाबा को सल्लाह लिनुभन्छन त्यसमा पनि मत घरमा सदस्य थप्न खोज्दैछु मान्नु पर्ने लाइत मान्नै पर्छ मैले | मेरो कर्तब्य पनि त हो उहा हरुको शिर राख्नु | म एकदिन घरका सबै सदस्यहरु समू मेरो कुरा राख्छु तर मेरो कुरा भुइँमा खस्ने पाउँदैन जवाफ आउँछ के रुपले खान दिन्छ ? नारीको चरित्र हेर्नु पर्छ चरित्र , चरित्रवान नारी घरमा आए घरनै स्वर्ग हुन्छ | तँलाइ थाहाछैन... आजसम्ममा उसले कति जनासंग रात बिताई ? यस्तै अनेक प्रस्न मेरा अगाडी वर्षन्छन | "ओ माइ गड" म त चित पर्छु | कति सजिलो... बुझ्दै नबुझी अर्काको चरित्रको ब्याख्या गर्न सक्छ मान्छे | भन्छन अरुलाई सोध्नको लागि तर मैलेत उसैलाई सोधीसकेँ ! समाजले त कसलाई पो चोखो छडेको छ र ? सत्यबादी, आदर्श र पतिबर्ता नारी सीतालाई त भगवान श्री राम ले अग्नि परिक्ष लिएका थिए | त्यसले पनि समाजको मुख नाथुनिएर राज धर्म भन्दै बनबास पठाउनु परेको थियो भने यो त कलि युग हो | म धेरै विवाद गर्नै सक्दिन म सोच्छु उनको सौन्दर्यनै उनको चरित्रको दाग हो |सौन्दर्य नभएको ठाउमा आकर्षण हुन्छ र ? उनि सँग रुप छ सुन्दर छिन र त धेरैले प्रेम प्रस्ताब राखे तर उनले अस्वइकार गरिन र तिनै रस चुस्न नपाउँने भमराहरुले समाजमा नाना थरिका कुरा फिटि उनको चरित्रको हत्या गरे र धेरै केटा सँग नाम जोडियो र यो समाजले बेस्यको उपमा ओडाईदियो तर यी सब कुरा उनलाई थाहा छैन किनकि कसैले पनि सिधै उनलाई भन्नसक्दैन | कारण यो हो कि कसै सँग पनि उनका गलत कदमका ठोस् सबुद छैनन मात्रै एउटाले एउटा सुन्यो त्यसमा तिन थपी चार बनाएर अर्कोलाई सुनायो अनि नराम्रो हुन केबेर ? ल भै हाल्यो यदि प्रमाण नै दिन्छन भने पनि मलाई त्यसले रोक्न सक्दै भने अरुलाई केको खसखस ? आँखिर जीवन काट्ने त मैले हो नि अरुलाई केको पिर होला ? एउटी नारीलाई पनि त उमेरमा रमाइलो गर्ने रहर हुन्छ | स्वतन्त्र भएर घुम्ने रहर हुन्छ |  के उनि हरुले यी सब उपभोग गर्नै नपाउनु ? म मनमा कुरा खेलाउदा खेलाउदै थाक्छु | मलाई तसलिमा नसरिनले लेखेको एउटा कविताको याद आयो
" तिमि नारी हौ
राम्रो सँग ख्यालराख
तिमीले घरको संघार नाग्यौभने
समाजले टेड़ो आँखाले हेर्नेछ
तिमी गल्लि हुँदै निस्कियौ भने
समाज तिम्रो पछी लाग्नेछ
तिमी गल्ली पार गरि मूल सडकमा पुग्यौभने
समाजले तिमीलाई चरित्र हिन भन्ने छ "
के यस्तै छ त हाम्रो समाज ? सोच्थें म तर यस्तै रहेछ आज देखि रहेछु र भोगी रहेछु | म मेरो चाहना मार्नै सक्दिन र  कल्पनामा डुब्न पुग्छु | मलाई कसैले पनि साथ दिदैनन म एक्लो छु र दुखि पनि छु | फेरी पनि म उनिलाइ आघात माया गरिरहेकोछु | सोच्छु मैले उनको सिउँदो सिन्दुरले रंगाए भने यो समाजको मुख टलिने छ मैले उनि सँग कुरा गर्नै पर्छ | कल्पँदा कल्पँदै मेरो मनमा अर्को एउटा पाटोको सृर्जना हुन्छ र त्यहाँ रोपियो उनले मलाई स्वकार गरिनन् भने भन्ने सब्द को बिज | अनि त मनमा उतार चाडब नै आयो | हुनत म केमा  कमि छु र ?फेरी उनले पनी त मलाई माया गर्छिन | यदि यस्तो नहुदो हो त त्यस दिन म लडेर मेरो खुट्टामा घाउ लाग्दा मेरो पिडामा उनका आँखा रसाएका थिए यो नै मायाको प्रमाण होइन र ? मन भुझाउने ठाउँ पाएँ मैले तर मेरो भोक निन्द्रा सबै हराई रहेछ | जसले जे जे भनेपनि मनबाट उनलाई पखाल्नै सक्दिन झन् भन्दा झन् बडी माया झाँगिदै गएको छ यसैको परिणाम एकदिन उनि सँग सबै कुरा भन्छु | र भन्छु म तिम्रो हात माग्न तिम्रो घर आउंदैछु | यो सुनेर उनि  त नराम्रो गरि झास्कीइन्, उनको अनुहारमा क्रोद्ध र लज्जाका रेखा प्रस्ट देखिए  | उनले आफुलाई सम्माल्दै भनिन म यस बारेमा सोच्ने छु मेरो जवाफ नआए सम्म मेरो घर नआउनु होला मेरो हात माग्न |त्यस दिन हामी छुटियौं
        त्यस पछिका दिनहरु उनकै जवाफको प्रतिक्षमा बिताउन थालें, हरेकदिन भेटहुने उनि सँग मेरो भेटहुनै छाड्यो, उनि म बाट लुक्दै हिन्न थालिन जबाफ आउनु त् परै जवस | म चकित भए अनि निरस पनि, एक दिन मेरो हातमा एउटा कागज पर्यो त्यसमा लेखिएको थियो " बिकाश सरि ल, मलाई तिम्रो प्रस्ताब स्वकार्य भएन | " यति भन्न पनि यति लामो समय ? मन फाटेर छिया-छिया भयो, आँखा बाट आँसु बगे तर के गर्नु जिन्दगी सम्हाल्नु बाहेक विकल्प पनि थिएन | मनमा गरौ भारी बोकेर सम्मालें आफुलाई | जीवनमा यस्ता मिलन बिछोडका क्रमहरु भै रहन्छन भन्ने मलाई राम्रै गरि थाहा छ | मनलाइ बुझाउन खोजे तर पनि मनमा कौतुहलता जागी रयो, किन म तिरस्कृत भए ? समयको सुइ सँगै दिनहरु बित्दै गए तर पनि उनको माया कम भएन समयेले सबै भुलाउँछ ,लागेको घाउमा खाटा बसाउँछ भन्छन तर यो भनाइ मलाई किन लागु भएन ? निरस जीवन लिएर गल्लि गल्लि चाहार्ने क्रममा एक दिन उनि सँग भेट भयो र मैले सोधें "आँखिर तिमीले मेरो माया किन लत्ययौ? उनि भन्छिन "म यो चाहन कि अब फेरी मेरो नाम अर्को केटा सँग जोडीओस | मेरो नाम धेरै सँग जोडीइ सकेको छ यध्यपि आज सम्म मैले कुनै केटालाइ प्रेम गरेकी छैन र यौनिक सुखानुभुती पनि, म एउटी पबित्र कुमारी हुँ तर यो समाजले मलाई चरित्र हिन बनाइ दियो | हो मलाई थाहा छ मेरो रुपमा लोभिएर प्रेम गर्न चाहनेहरु धेरै छन तर म सबैमा स्वार्थ देख्छु यसरि रुपमा लोभिनेलाई म के नै गर्न सक्छु र ! भमराले पनि त फुलको रस चुसी जान्छ तर फूलले आफ्नु बास्ना र सुन्दरता कायमै राख्छ त्यस्तै भएकी छु म पनि | पर पर बाट रस खान खोज्ने भमरालाई म के भनौ | कसैलेत चिन-जान बिनानै मेरो नाम जोडेको र समाजमा भ्रम फैलाएको पाएँ, यदि उ सँग जवाफ मागौ त बेइज्जोती आफ्नै हुन्छ | तिमीलाई थाहै छ नारीको इज्जत पातमा अडिएको हुन्छ भन्ने र यो समाज पनि त्यहिँ भ्रमको पछी लागी कुमारी केटिको चरित्र हत्या गरि रहेछ यसमा म के गर्न सक्छु ? मेरो खप्नु भन्दा आरु विकल्प नै छैन | मेरो रुपमा जल्नेहरुले फुकी दिए प्रकृतिकोत हिमाल सँग माया छ, पहाड सँग प्रेम छ, सागर सँग लसपस छ , यस्तै अनेका अनेकको नाम | अनि यो पुरुष मुखी समाज मौन भएर सुन्छ बोल्ने सँग प्रमाण माग्नुको साँटो ओरालो लागेको मृगलाइ बाछाले लखेटे झैँ उहिँ निर्दोस नारीलाई लखेटी रहन्छ बदनाम गरि समाजबाट अलग गर्छ | त्यसैले अरु जस्तै तिम्रो पनि नाम मेरो नाम सँग नजोडिओस भनेरै तिमी बाट आलग हुन खोजेकी हुँ उनले रुद्र कण्ठमा भनेकी थिइन् " कठै यो समाजका कुपात्रहरुले प्रकृति को चरित्र हत्या गर्छन जसले गर्दा उनलाई आफ्नो सुन्दरता नै अबिसाफ लाग्छ | मैले त उनि सँग नाम मात्रै होइन जनम-जनमको नाता जोड्न चाहेको थिए तर उनि पटक्कै मानिनन मैले उनलाई कर गर्न पनि सकिन किन कि म उनलाई माया गर्छु | जसलाई माया गर्छु उसैको इच्छा बिपरित जान मेरो मन मान्दै न | उनलाई अंगालेर चुम्न मन नालेगेको पनि होइन तर त्यति पनि गर्ने अधिकार पाइन मैले |
समय यसै बित्दै गयो मेरो मनमा उनको मायाले डेरा जमाई रहेकै थियो | यहि समय सँग बग्दै जादा एकदिन चाँदनी सँग भेट भयो उनि हर-पलको प्रकृतिकी साथी , साथी साथी बीच कुरा त हुन्छन नै उनले पनि मेरा कुरा चाँदनी सँग गरेकी रहिछन | चाँदनी भन्छिन विकास दाई प्रकृतिले भन्थी बिकाशको भाबना राम्रो छ, रुपमा पनि दोस लगाउने ठाउँ छैन, उसले दिएको माया आमुल्य छ मेरो लागि, म आजीवन  उसलाई असल साथीको रुपमा मान्नेछु तर जीवन बिताउन सक्दिन किनकि उमेरमा धेरै अन्तर छ | यो सुन्दा मलाई आश्चर्य लाग्यो, म झस्किए मैले त कहिलै आफुलाई बुढो भएको ठानिन के म तिन दसकमै बुढो भए त ? के मेरो यौवन र सुन्दरता हराउदै गएको हो त ? म उनको तुलनामा कम्जोर नै छु त ? हतार हतार म एँनाको अगाडी जान्छु र आफ्नो रुपलाइ नियाल्छु अनि प्रकृतिको रुप सँग तुलना गर्छु साँची आकास पातालको फरक पाउँछु| कहाँ उनि बसन्तकी परी कहाँ म उजाडिएको पहाड, उनले मन नापरउनु स्वाभाविकै हो | कहाँ उनि उर्लदो बैंसको भेल कहाँ म सुकी सकेको खहरे, यो त मैले कहिले सोचिन | मेरो मनमा आज पनि त्यतिनै माया छ त्यस ताका जति थियो हुन त सबैका आ आफ्नै इच्छा र चाहनाहरु हुन्छन | मैले उनको इच्छा बिपरित कुनै कदम उठाइन | प्रेम पाएर मात्रै हुदैन गुमाएर पनि प्रेम गर्न जान्नु पर्छ | म गुमाएर नै प्रेम गर्दै छु उनलाई | अझै पनि सोध्न मन लाग्छ प्रकृति के तिमीलाई यो बिकाश को अलिकति पनि माया लाग्दैन ? अनि भन्न मन लाग्छ म सदै तिमीलाई नै माया गरिरहने छु किनकि तिमीबिना म अपुरो हुने छु मेरो आस्तित्व रहने छैन तिमीनै मेरो पहिलो र अन्तिम प्रेम हौ |
दिनहरु उनकै सम्झनामा बितिरहेछन उनलाई भुल्न नसक्नु मेरो प्रेम हो कि तिष्ण हो ?

मुक्तक- सकिन


फूल झैँ फूले पनि सुवास छर्न सकिन
तस्बिर जति कोरे पनि रंग भर्न सकिन |
जिउँदै छु भनौ या मरें भनौ आफुलाइ

रोगि आमा रुदा मैले केहि गर्न सकिन ||


दुश्मनले मेरा खुट्टा तानी रहेपनि
बचनका तिखा बाण हानी रहेपनि |
म आत्तिने छैन र झुक्ने पनि छैन
छिमेकीले मलाई सत्रु ठानी रहेपनि  ||

एकोहोरो मलाई मात्र दोषी रहेपनि
दुनियाले मेरा खुसि खोसी रहेपनि |
सके सम्म सहनै पर्यो सहि रहेछु 
भाई फुटाइ घरमा आगो झोसी रहेपनि ||

गज़ल - देउ आमा !

यो नाटक् चिर्ने जन, नायक देउ आमा !
नेपालको छोरा भन्न, लायक देउ आमा !!

थुप्रियो राजनीतिमा डङ्गुर फोहोरको
फ्याँक्नलाई एउटा ठाउँ, पायक देउ आमा !

बालेर टुकी साँझ, शान्तिका गीत रच्छन्
बुद्धको सन्देश गाउँने, गायक देउ आमा !

निर्णायक जनता आफै, बाग्डोर उनै माथि
लगा'को काम गर्ने, सहायक देउ आमा !

बोल्ने त धेरै आए, कामछ सब्को उस्तै
जति छन् यहाँ उनि, बाहेक देउ आमा

गज़ल - के गर्ने हो गाँठ्ठे




सगरमा छैन लाली , के गर्ने हो गाँठ्ठे !
फूलका डाली भाँच्छ्न माली,  के गर्ने हो गाँठ्ठे  !!

आमाको यो काख  पनि, रापिलोछ किन ?
कुनितिमा बज्छ  ताली,  के गर्ने हो गाँठ्ठे !

छोरी भन्छे स्कुल जान्न, ढुंगा हान्नु पर्छ

गुरु भाँड्ने नेता जाली, के गर्ने हो गाँठ्ठे !


सडकमा टायर बल्दा, शान्ति खल्बलियो
खडेरीले खायो  बाली, के गर्ने हो गाँठ्ठे !

बिकाशको बाटो  बन्ध, बिनास मौलाएर
खुन बग्यो सडक  नाली,  के गर्ने हो गाँठ्ठे  !

उदाएको जूनमा पनि, ग्रहण लागे पछी 
उठ भन्छन आयो पाली, के गर्ने हो गाँठ्ठे !

गज़ल - स्वार्थी मान्छे

सारा संसार फाटेको छ,  खै टाल्दैन मान्छे !
शान्ति खोज्ने दियो किन,  खै बाल्दैन मान्छे !!

संयन्त्रको धार भित्र, रेटिँदैछ विश्व
समस्याका जरा खनी,  खै फाल्दैन मान्छे !

गाउँ सहर  देश अनि, संसार रोए पनि
बुद्ध सन्देश बोकी  पाइँला,  खै चाल्दैन मान्छे !

इश्वर बस्ने मन्दिर भन्दै, लाखौ खर्च हुन्छ
मूर्ति छाडी  दुःखी खोज्न,  खै थाल्दैन मान्छे !

चन्द्रमामा सहर बसाई, राज गर्छु भन्छ
गरीव  बस्ने एउटा झुप्रो,  खै हाल्दैन मान्छे !



गज़ल - गयौ तिमी !



जिते पछी आफ्नो रुप,  सिंगारेर गयौ तिमी !
बगैँचाको रुप रङ्ग, बिगारेर गयौ तिमी !!

हातथामी जुनी-जुनी, साथदिने बाचागरि
एक्लो पारी बगरमा, पछारेर गयौ तिमी !

नजरको बाटो हुँदै, दिलको शंघार टेकेपछी
आफु खुशी सुनाखरी, लतारेर गयौ तिमी !

अश्मिताको पर्दा हाली, फूलबारी  जोगाउँ भन्थें
हातलाई त्यो पर्दा नी, उधारेर गयौ तिमी !


लुकी छिपी माया लायौ, सँगै बाच्ने कसम  खायौ 
इच्छा पुरा भयो अर्कै, सिहारेर गयौ तिमी !

गज़ल-- झ्याउरे

 

आँशुका घुड्का पिंउदै  होलान्, भाइ मेरा  पाखामा !

बिगतको झल्को झल्झली आउँछ, यी मेरा आँखामा !!


टोलाउदै होलिन ति रोगि आमा, मुलबाटो हेरेर

गलाको  जन्जिर काट्नलाइ मैले, सकिन  भाकामा !



सुन्दैछु आज दाईले बाटो, बिराए भनेको
बैनीको इज्जत् बचाउँने कोहि, छैनन् रे साथमा !


पुरानो  छानो  नसकी फेर्न, मझेरी ताल् भा'छ
यो रात जाओस् दिनसँगै टिन, किनौला लाखमा !


नदेखे मैले नपाएँ भोग्न , कस्तो थ्यो   खोइकोनी
चाहना मेरो बिगतको  सान्ति, खेलाउँने काखमा !

गज़ल - सक्छौ तिमी !

 
कति चोट दियौ मनमा, सुन्न सक्छौ तिमी !
मेरै आँशु माला बनाइ, उन्न सक्छौ तिमी !!



पोख्दैछु म मनका बह,  डराउँने पो हौ कि
मेरो जस्तै एक्लो जीवन, चुन्न सक्छौ तिमी !




तिम्रै याद बल्झी दिदा, एकान्तमा रुन्छु
निर्दोषीलाइ दोष कति ?,  गुन्न सक्छौ तिमी !



धेरै सहे भित्र भित्रै, पाकेको यो घाउ
आज फुटी बग्न खोज्छ, थुन्न सक्छौ तिमी !


नडस्नुथ्यो डसीहाल्यौ, बिष छरी छरी
जिउँदो लाश छोप्ने कात्रो, बुन्न सक्छौ तिमी !