डुवायौ मायाको, नसामा पैले !
रुवायौ मुटुमा, चोट्दिई अैले !!
यात्रा हो जीवन, हिड्दै थें एक्लै
भुलायौ दोबाटो, खनेर कैले !
तिमी बिना आँगन, अपुरोछ भन्दै
सुनायौ आश्लाग्दा, कहानी जैले !
बसन्तकी मुना, हौ कि तिमी जून
झुलायौ बातैमा, भर गरें मैले !
अंगालोमा बेर्दै, देखाउँथ्यौ माया
फुलायौ धनमाथि, अर्कै फूल अैले !