Saturday, August 28, 2010

गजल - सुन्दैछु आज

सुमधुर बोलि, सुन्दैछु आज
इच्छाको माला, उन्दैछु आज


कल्पियो मनले, अनेक थरि
मायाको भाका, गुन्दैछु आज


लोभिए आँखा,सुन्दरता देख्दा
प्रितीको जाल, बुन्दैछु आज


भाबीले साँचै, लेखेकै हो कि
लाखौमा तिमी, चुन्दैछु आज


सहारा दिए, बहार आउँथ्यो
फाटेको मन, तुन्दैछु आज

झ्याउरे गजल - सपना

कसैलाई दिन, सन्तुष्टि लिन, साँचियो सपना
हाँसेर बोल्दा, हृदय खोल्दा, गाँसियो सपना


दुइमुटु अब, एकैभो भन्दै, गाउँघर डुलेर
एकार्का भित्र, नराखी केहि, साँटियो सपना


साथको चाँद, टाडाभो आज, पल्टियो पासाझैँ
पासाको चोट, आँसुको थोपा, भासियो सपना


सपना टुट्यो, सम्बन्ध छुट्यो, बैरिभो त्योधन

गरिबको आश, धोकाभो साथ, मासियो सपना


मायाको दियो, बलेकै थियो, हुण्डरी आइदियो
रुखको हाँगा, लाछिए जस्तै, लाछियो सपना

गज़ल - तिमी

कसमजति पिलाएर, अन्तै साइनो जोड्ने तिमी !
साथदिने बाचागरि, दोबाटोमै छोड्ने तिमी !!


जिवनका सुख दुख, बराबरी बाडौ भन्दा
खुसीहरू काखीच्यापी, मन्को नाता तोड्ने तिमी


हिजो भन्थ्यौ क्याक्टसमा, फुल मैले फुलाउछु
दौलत देख्दा आँखा भरि, अर्कै फुल गोड्ने तिमी


गोधुलिले लालीछर्दा , सिउँदो तिम्रो भर्छु भन्थेँ
आधारात नहुँदानै, अन्तै आँखा मोड्ने तिमी


आँसु पिई बाँचेकैछु, नसोध भो के छ भनि
किन चासो रख्छ्यौ फेरी, पराइ घुम्टो ओड्ने तिमी

झ्याउरे गज़ल - यादआयो

मुस्कान घोली मधुरो बोलि, बोलाको यादआयो
मायाले बेरी मैलाई हेरी, टोलाको यादआयो



गुराँस फुल्ने हरिण डुल्ने, ति बन पाखामा
ख्यालठट्टा गर्दै गाई र बाख्रा, डुलाको यादआयो



उषाको साथ सगरमा लाली, सूर्यले छर्दिदा
स्कुल जाँदा हातसमाई तर्ने, खोलाको यादआयो



बटुल्छु खुसि भनेर आएँ, छरिए झनधेरै
फाटेको सारी पटुकी अनि, चोलाको यादआयो



सपना साँची कल्पना गर्दै, बाँचेको जिन्दगि
भबिस्य सम्झेँ अन्तिम बिन्दु, सोलाको यादआयो

गज़ल - चुकाउँनु छ

बिर्सिएको होइन सानु, दाना पानी जुटाउँनु छ
जाडो लाग्दा त्यो छोरीलाई नाना पनि खुटाउँनु छ


बध्यताहो पर्देश लाग्नु रहर मेरो कहाँ हो र
साहुँको घरमा बन्धक रा'को गैरी खेत छुटाउँनु छ


खसेकोछ घरको पाली पानी चुन्छ मजेरिमा
पर्देशमा दुख गरि घरको छाना उठाउँनु छ


बस्दैगर घरसम्माली फर्की आउँछु खुसि च्यापी
आमाको त्यो ममता र दुधको भारा चुकाउँनु छ

गज़ल - छैन

बिर्सिएकोहोकि हजुर, चिठ्ठी पत्र आ छैन
गएदेखि आजसम्म, कुनै खबर पा छैन


सम्पतिको पछीलागि क्षितिज् पारी गएपछी
के गर्दै हो के खाँदै हो दिसो पत्तो था छैन


ढिकी जाँतो मेलापात, गर्दै दिन बिताउँदैछु
छोरा छोरी व्यवहार, अन्त मन ला छैन


एक्लो जिवन एक्लो यात्रा, निरस भए पनि
हाँसी हाँसी जिएकैछु, रोइ हिड्न भा छैन


लालाबाला माया मारी कसो टाडा हुनु होला
भन्दै मन बुझाइ रा' छु हरेस पनि खा छैन


छोडी गए एक्लो भएँ सहारनै छैन भन्दै
माइत गइ बिलौना नि मैले कैले गा छैन


चिन्ता कति नलिनुहै सरिर झिनु होला फेरी
परिबारमा कुसलैछ तुसारो ले छा छैन

गज़ल - यस्तो रुप

नढाँटेरै भन्नुपर्दा, भन्छु उनको जूनको रुप
पिउँदा पिउँदै आधामात, बराबरको उनको रुप


माग्दा माग्दा थाकेकोथेँ, प्यासी भइ प्रेमको भिख
हातसमाउँन उनि आइन, सलाम योग्य गुनको रुप


माधुर्य त्यो मिठो बोलि, बोल्दि रैछिन कण्ठखोलि
बिनायो र सारंगीमा, पाइन मिल्ने धुनको रुप


गुलाबी ति ओठखोलि, मुस्काउदा हिमाल हाँस्छ
उनि सँग जोडामिल्ने, कहाँ होला कुनको रुप ,


खाली हुँदा कल्पिएर, रचेको झैँ परमेश्वरले
नम्मरीसुन कसीलगाई, कुँदे जस्तै सुनको रुप

गज़ल - चाहिएको छ

मागपत्र नदिउँभन्छु, नुन चाहिएको छ |
हिउँदे जाडो फाल्नलाई, उन चाहिएको छ ||


साहुँ आइ धम्किदिन्छ, घरबारी छाड भन्दै
छिमेकीलाई धरौटीको, सुन चाहिएको छ |



खरको छानो चु'ने भयो, टिन लाउँछु भन्थ्यौ
दसैँ आयो भित्ता पोत्न, चुन चाहिएको छ |



एक्लो भयो जीवम मेरो, घाँस दाउरा गर्दा
चोखो मायाँ मिठो रसको, धुन चाहिएको छ |



निरस भयो जिवन मेरो, कल्पिएर बसौँ कति
काखमा राखी खेलाउने, जून चाहिएको छ |

Friday, August 27, 2010

Nepali folk song - baiguni lai

गज़ल - यसरि गयौ

आँखा-आँखा जुधेपछी,एकै पल्मा हारेर गयौ
लज्जाउँदै सिर झुकाई, नसाको तिर मारेर गयौ


पैलो भेटमै किन-किन, आफ्नै जस्तो भान भा'थ्यो
थाहै नपाइ मन चोरी, त्यो मनमा सारेर गयौ


एक्लो जिवन निरस थियो, सहयात्री खोज्दै थिएँ
नमेटिने चोखो प्रित्को, मनको नाता नारेर गयौ


जवानीको चाहनामा, तिम्रै रुपको मात चड्यो
के गरौ म, कहाँ भेटौ, रनभूल्ल पारेर गयौ


मनका चाह तिमी सामु, पोख्ने रहर जाग्दै थियो
फेरी भेट्ने बाचा गरि, आँसु थोपा झारेर गयौ

गजल - अँधेरिमा

दियालो झैँ बलेकी थिएँ, त्यो रातको अँधेरिमा
आत्मा भित्रै जलेकी थिएँ, त्यो रातको अँधेरिमा


के-के गरे के-के गर्यौ बैँसालु त्यो मात लाग्दा
निकै सारै गलेकी थिएँ, त्यो रातको अँधेरिमा


तिमी पनि जिस्किएथ्यौ रहर पुरा हुँदा सम्म
म पनि त चलेकी थिएँ, त्यो रातको अँधेरिमा


तप्प-तप्प तप्के पछी मायालु ति शीत बिन्दू
बर्को वोडी छलेकि थिएँ, त्यो रातको अँधेरिमा


आज किन टाढा भयौ बिर्सिएर "कोपिला" लाई ?
त्यहिँ काखमा ढलेकी थिएँ, त्यो रातको अँधेरिमा

गीति कविता - गृहमन्त्रिको गन्गन

एक्लो छ यात्रा जंघार हजार, तर्ने हो कसरि
पर्देशी मायाँ सम्झेर ल्याउदा, मनरुन्छ बेसरी
छाडेर गयौ हे मेरा प्यारा, धनको लोभले
आँखामा निन्द्रा नआई हुन्छ, बिहानको मिर्मिरे


लाला र बाला काखीमा च्यापी, घाँस दाउरा पधेरी
आसुले माटो मुछेर आज, लिप्दै छु मझेरी
मध्यरात बीच सपना देख्छु, झस्केर बिँझन्छु
सुखका पल आउँदा यहाँ, हजुरलाई सम्झन्छु


नजान भनि ढीट गर्दा पनि, गैसियो छोडेर
काटदैछु पलपल हजुरको यादमा, मन गाँठो पारेर
बुढी ति आमा पीँढीमा बसी, नियल्छिन मुलबाटो
आँसुका ढिका पिउँदै भन्छिन, सहारा टाडा भो


बहिनि भन्छिन आएनन दाई, भाई टिका लाउनलाई
बिर्सनु भो'की परिवार सबै, समुन्द्र पारी गै
यो सानी छोरी साँझ र बिहान, हजुरलाई खोज्दछे
कहिले हो बाबा घर फर्की आउने, भनेर सोद्दछे


सम्पति भयो हजुरलाई ठुलो, परिवार भन्दा नि
बर्षौनै बित्यो रात र दिन, औलामा गन्दा नै
एक्लो यो जिवन सहारा बिना, बाच्दीन म धेर
अब त फर्की आइसिओस् प्राण, परिवार सम्झेर

गज़ल गयो कि-

सुनिन छाड़ो झरनाको झन्कार सुकेर गयो कि?
उनिन छाड़ो एकताको माला टुटेर गयो कि ?


प्रकृति पनि दुस्मन भो कि ? हिमाल हाँस्दैन
चुनिन छाड़ो सुन्दरमा नेपाल झुकेर गयो कि ?


दौरा र सुरुवाल हरायो यहाँ चौबन्दी फालियो
बुनिन छाड़ो गाउँघरमा खाँडी दुखेर गयो कि ?


सान्तिले बाटो ततायो यहाँ जहाँ हेरे बिनाशछ
खनिन छाड़ो बिकाशको बाटो लुकेर गयो कि ?

कविता दुइ जात देखेँ

को हो हिन्दु ? को हो इस्लाम ?
रगत सब्को रातै हुन्छ
जहाँ जाउँ मनवै छन,
केवल भाषा अलग बन्छ


को हो धनि ? को हो गरिब ?
बाँच्नलाई खानै पर्ने
को हो मालिक को हो दाष ?
आँखिर सब्ले जानै पर्ने



फरक खाली यति मात्रै,
दुख पाउनु सुख पाउँनु
बौद्ध क्रिश्चियन जे भएनी,
एकै होला पुग्ने ठाउँ !?



को हो ब्रामण? को हो क्षेत्रि ?
कस्ले रच्यो जातको अन्तर ?
को हो बैश्रणब को हो शुद्र ?
पढ्दा रहेछन एउटा मन्त्र


को हो आफ्नो ? को हो पराइ ?
सब्ले स्वार्थ बोकेकै हुन्छ
कोहि होइन दुस्मन अरु,
आफ्नै बोलि दुस्मन बन्छ



देख्दिन म जातमा अन्तर,
धनि गरिब जो भएनी
महिला पुरुष दुइ जात देखे
यो संसारमा जहाँ गएनी

गज़ल - बसौ कति

टाडा हुने निर्मोहिलाई, पर्खिएर बसौ कति
रहरहरु पोको पारी, खर्कीएर बसौ कति


चोखो मायाँ लगाएर, छाडी गा'को धेरै भयो
कल्पिएर नाना भाँति, धर्किएर बसौ कति


आउँन ढिला भए पनि, आठ पाँज संझे हुने
कुटुम्बको घरमा ताँति, सर्किएर बसौ कति



बैँस चड्यो इच्छा बढ्यो, मन त्यसै मार्नु पर्छ
सहि बोले गलत सुन्छु, झर्किएर बसौ कति


जवानीको रंग चड्दा, बेहुली बन्ने चाह बढ्दा
पर्देशिको मायाँ साँचि, लर्कीएर बसौ कति


बिछोड नै लेख्या छकी, खोटो मेरो भाग्य माथि
चर्किएको घाउमा नुन, छर्किएर बसौ कति

कविता - म निदाई दिनेछु

चाहे धर्तिमा ज्वालामुखी फुटोस
चाहे कुपहरुमा आगो सल्कियोस
म माथि लाठीहरु बज्रीरहे पनि
बिद्रोहले मेरो घटी निमोठीरहे पनि
मेरो एक मुठी स्वास
चाई राख्ने छु उनकै लागि


निर्दोष मानबहरु सिकार भै रहेको बेला
शोषणका पर्खालहरु उभ्याइए पनि
जगत जताततै विरहमा मलिन भएको बेला
प्रत्यक प्रहरमा क्षेप्यस्त्रहरु तयार पारिए पनि
मिर्त्यु सँग प्राणको भिख मागीरहनेछु
उनि सँग भेट गर्नको लागि



अधिकार का नारा हरु घन्की रहेको बेला
मेरा हातहरुमा हत्कडी लगाइए पनि
स्वतन्त्रताका आवाजहरु चर्किएका बेला
मलाई झ्यालखानामा बन्दि बनाइए पनि
त्यहिँ एक कुना बाट म चिच्याई रहने छु
उनैलाई निमन्त्रणा गर्नको लागि



म थाकुँला
मेरो सरिर लर्खराउन सक्छ
बोलि अस्पष्ट हुन सक्छ
आँखामा मोतिबिन्दु लाग्न सक्छ
तर पनि म उनीलाई नै पर्खी रहने छु
उनकै लागि एकमुठी स्वास बचाई राख्ने छु
विश्व सान्ति बनेर
जति बेला सान्ति मेरो सामु आउँछिन
त्यति बेला मेरो एक मुठी स्वासको कोसेली
उनको पोल्टोमा हालिदिएर
म सदा सदाको लागि निदाई दिने छु
म सदा सदाको लागि निदाई दिने छु

गजल- म आएँ

सम्पतीको लागि मैले, आफ्ना छोडी आएँ
छ्ल्कदैथे आँसु मेरा, दृष्य मोडी आएँ


सपनाका महल भित्र, कल्पनाको जालो
धन कमाइ अमिर बन्ने, इच्छा गोडी आएँ


ममताका आँचल अरु, पिरतीका बन्धन
गरिबीको खोल फाल्न, सारा तोडी आएँ


आफ्नै धन खर्च गरि, बन्धक बसी आफै
सत्रु सँग मित्रताको, नाता जोडी आएँ


सुख पाउँने सपनामा, दुख काखी च्यापी
ऋणनै ऋणले मोरिएको, सिरक ओडी आएँ

तिन गेडी

१)
देश खाए नेताले झुट्टा कुरा बोलेर
महल खडा गर्दैछन हाम्रा सप्ना पोलेर
नेताको
लोकतन्त्रको स्वाद भेटाको

२)
गाउँ गाउँ गएर आशाहरु बाँडेथे
बातै बाट समस्या एकैपल्मा फाँडेथे
मेटियो
जनता ढाट्ने नेता भेटियो

३)
नेपालको राज्निति भएकोछ नाटक
देखाउँदैछन कलाकार सदन बाटै चटक
लेखियो
सडकमै नाटक देखियो

गजल- यसरि गयौ

मेरा निर्दोष नयनमा, आँसु सागर भरी गयौ
इज्जतमा दाग लगाई, अन्तरघात गरी गयौ


आत्मा भित्र आँधी चल्छ, स्मृतिको ज्वार उठ्दा
छेक्दै थिएँ परेलिले, आँसु बनि झरी गयौ


सम्पति त केहि होइन, तिमी भए पुग्छ भन्थ्यौ
तर आज धनि पायौ, अनि पर सरी गयौ


जन्म जन्म साथ दिन्छु, सहाराको हात लिन्छु
भन्थ्यौ तर मेरो हाँसो, तिमीले नै हरी गयौ


तिमी बाट टाडा हुन, बाध्य भएँ सानु भन्छौ
कुन स्वार्थको बिवस्तामा,, आज तिमी परी गयौ ?


सुन्दर सुन्दर बगैँचामा, खेल्ने स्वार्थी मान्छे रैछौ
नबोलाउ मलाई तिमी, नजर बाट मरी गयौ

गज़ल - गज़ल

खाँचो केहि छैन मलाई, हाँसी दिए पुग्छ सानु !
मन भित्र छ कि मैलो, माँसी दिए पुग्छ सानु !!


टाडा भयौ के भयो त, बाँचेकैछ मित्रता त
मिलन बिछोड खेल भनि, बाँचिदिए पुग्छ सानु !


छोटो पलको मिठो यादले, सताउँला घरि घरि
बिगतका स्मृतिलाई, साँचीदिए पुग्छ सानु !


दैबकै त खेल होला ,अलग भइ बस्नु पर्यो
आर्को नयाँ साँइनु फेरी, गाँसीदिए पुग्छ सानु !


तिमी बसाउँ सुन्दर संसार, बिकाश त्यसमै खुशी हुन्छ
मै माथिको घिर्णाको भाब, नाँसीदिए पुग्छ सानु