Saturday, August 28, 2010

गज़ल - पर्खाल नढल्ने भो

तेल थप्ने हात बिना, दियो नबल्ने भो
सधै भरि अलग बसी, जीवन नचल्ने भो


आँसु मात्रै छाडी गयौ, धनको लालच् बोकी
ब्याड राख्नै गाह्रो यहाँ, फल नफल्ने भो


सुख दुख गर्न भन्छौँ, साहुँ टार्न भन्छौं
फाट्यो चोली यस्पालिको, जाडो नछल्ने भो


धन कमाइ आउँछु भन्छौ, खुशी ल्याउँछु भन्छौ
तर कैले अन्न बिना, चुलो नजल्ने भो


कत्ति साह्रो निष्ठुरी हौ, कि स्वार्थी पो भयौ
तिमी नआई समस्याको, पर्खाल नढल्ने भो

गणेश "बिकाश" भेटुवाल
२४ / ८ / २०१०

गज़ल - भत्कँदैछ

घरको रक्षा गर भन्छ्यौँ, सहर भत्कँदैछ |
बाहिर निस्की हेर तिम्रै, रहर भत्कँदैछ ||


रुदैछन् यी रोगि आमा, आँसु पुस्नु पर्ने
लासमाथि खँनिएको, नहर भत्कँदैछ |


हरेक दिन भाई घट्दा, सहिद बढ्दैजाने
बिहानीमै आयो कौवा, खबर भत्कँदैछ |


मेची दुख्यो काली दुख्यो, अनि दुख्यो मुटु
सुन्दर शान्त नेपाल भन्ने, ठहर भत्कँदैछ |


भाई फुटे गवार लुटे, भनाइ साबित् होला
एकता र भाईचाराको, लहर भत्कँदैछ |


सुरक्षित् त कोहि छैन, सचेत भएहुन्छ
भोलिका यी सन्ततिको, प्रहर भत्कँदैछ |


गणेश बिकाश भेटुवाल
२१- ८ - २०१०

गज़ल - यसरि गयौं

हार्नु रैछ बादलको, घुम्टो भित्र पारीगयौं |
चार्नु रैछ फूलबारी , मनो-मानि चारीगयौं ||


छल्कदैथें आत्मा भित्र, तिम्रै प्रितका सितबिन्दु
टार्नु रैछ बाँचा गर्दै, पर्ख भन्दै टारीगयौं |


स्वार्थ बड्यो आँखा गड्यो, मह भा'को चाका तिर
झार्नु रैछ बर्खे झरी, आँखा बाट झारीगयौं |


कल्पनाको तरेलीमा, भाबबिम्ब तैरदै थें
मार्नु रैछ इच्छा मेरा, निमोठेर मारीगयौं |


देखावटी पिरतीको, बिस्कुन लायौ मेरै सामु
नार्नु रैछ अन्तै माया, बास्ना पायौ नारीगयौ |

गज़ल - यसरि आयौँ

जीवन रुपी रथ थाम्ने, धुर बनि आयौं |
दुख सुख लुकाउने , कुर बनि आयौं ||


यात्रा एक्लो निरस थियो, आफ्नै बिराना
भबिस्यको चर राख्ने, सुर बनि आयौं |


लाग्दै थियो जवानी यो, मकिएको काठ
पिरतीले हिम्मत भरि, चुर बनि आयौं |


काट्नु थियो अँध्यारोमा, लामो समुन्द्र
पूर्ण चन्द्र मुहार लिई, पुर बनि आयौं |


हरेक पटक ठेस लाग्दा कायर भएथेँ
बिकाशको जिन्दगीमा, लुर बनि आयौं |

धुर - रथको दुई पाङ्ग्रा जोड़ने काठ व फलामको आग्लो जसले रथको पूर्ण भार बोकेको हुन्छ
कुर - माछा लुक्ने गुड व लुक्ने ठाऊ
सुर - चार कुना मिलेको आकारको कुनु व चोसो ( जस्तै घरको चार सुर, घर बनाउन चार सुर राख्नु पर्छ )
चूर - छिप्पिएको रुखको भित्री अग्राख (जस्तै चूर पसेको रुख हेर्नु पर्छ घरको निदालको लागी )
पुर - नगर व सहर
लूर - हिम्मत, अँट, साहस

गज़ल - खोइ के गर्ने हौ

झर्को फर्को गर्ने हौ कि, घुर्क्याउँने पो हौ कि !
थोरै चित्त दुखे आँसु, तुर्क्याउँने पो हौ कि !!


ठुलो दिल भए संसार, आँखामा नै अट्छ
लंका छिन्ने संका पाली, हुर्काउँने पो हौ कि !


जताततै टालिएको, बिस्वासको के भर
गाली गरे पासो राखी, सुर्क्याउँने पो हौ कि !


सुन्दर फुल फुल्ने बोटमा, काँडा पनि हुन्छ
फकाउदै भिरमा लगी, गुर्क्याउँने पो हौ कि !


दोष भन्दा गुण बडी, होलान भन्ने ठान्छु
हाँसो छरी नक्कल पारी, फुर्क्याउँने पो हौ कि !

गज़ल - एउटा पात झर्यो

झर्नु थियो आज फेरी, एउटा पात झर्यो |
सर्नु थियो अलिकती, काल अगी सर्यो |


फर्की हेरें यात्रा गर्दा, काटेका ति घुम्ती
पर्नु थियो आधा बैंस, बिछ्यौनामै पर्यो |


घुमी हिडें फुलबारी, बास्ना लिनलाई
हर्नु थियो यौवन यो, कोपिलाले हर्यो |


सुख खोज्न धेरै धाएँ, दुख हात लाग्छ
गर्नु थियो दैबले नि, कुठाराघात गर्यो |


आमा बाबा छोरा छोरि, मायाको यो जालो
टर्नु थियो सुख दुख, आज सम्म टर्यो |


कस्लाई थाहा भोलि यहाँ , के के हुन्छ भनि
भर्नु थियो "बिकाश" ले मन्, आशै आशले भर्यो |

गज़ल - सात थरी

जुठेल्नोमा फालिदियो, बासी भा'को भात सरी |
छिर्के हाली मास्ने कोहि, कोहि हाँस्ने घात गरी |


माँग्दा न्याय नपाएमा, खोस्न जान्नु पर्छ भन्थ्ये
बिगतलाई फर्की हेरें, सोचमा डुबें रात भरी |


सजाएका सपना मेरा, आँधि आइ उडाइ दियो
बसन्त नि रोइ रा'छ, डालीबाट पात झरी |


चाहे जति रंग भर, हिरा मोति जडे पनि
चुक्या चुरा फाल्नै पर्छ, शोभा दिन्न हात भरी |


जसको लागि दियो बालें, भरोसा थ्यो उसै माथि
इन्द्रेणी झैँ रङ देखायो, आज उस्ले सात थरी |

गज़ल - अर्थ छैन

लुटिएको खुसि पाउँने, रहरको अर्थ छैन |
आशा देखाई बास लुट्ने, सहरको अर्थ छैन ||


ऋतु राज पल्टी रन्छ, दुख कैले पल्टीदैन
मृत्यु दिन हिच्किचाउँने, जहरको अर्थ छैन |


बर्षादको भेल पैरो, पिउँने पानी देखिएन
परेलीमा छ्चल्कने, नहरको अर्थ छैन |


भनाइछ दुख पछी, सुख घुमी आउँछ भन्ने
मेरै शिरमा मडारिने, कहरको अर्थ छैन |


मेरै भाग्य लेख्दा लेख्दै, निदाएछ भाबी पनि
भाग्य हेर्ने ज्योतिषीको ठहरको अर्थ छैन |

गज़ल - दाग हुन्छ भने

काँल्ला माथि काँल्ला मुनि, भाग हुन्छ भने |
बिचारको ज्वाला फुक्छु, माग हुन्छ भने  ||


कलम बोक्ने हातले पनि, सस्त्र उठाउँछ
खुनी विचार जली यहाँ, राख हुन्छ भने |


पुर्खाको यो नासो भन्दा, ठुलो छैन केहि
मर्नु परे मर्छु घर, आजाद हुन्छ भने |


फाँसी लाग्न राजी छु म, सन्तानको लागि
देशकै मुहार हराभरा, वाग हुन्छ भने |


न त च्याती फाल्न मिल्छ लुकाउन हुन्न
आजै फालौं इतिहाँसमा दाग हुन्छ भने |

गज़ल - साथी

बेला भयो दियो यहाँ, बाल्नुपर्छ साथी |
अँध्यारोलाई चिर्ने यात्रा, थाल्नुपर्छ साथी ||


कोपिला त है'न रैछ, चिमटेर मर्ने
बुढो रुख्का जरा पनि, फाल्नुपर्छ साथी


स्वार्थलाई हामी देखि, टाडा पन्छाएर
नौलो कार्य नयाँ पाइला, चाल्नुपर्छ साथी |


यात्रा गर्न कठिन होला, पर्खाल ठडिएर
बिचारको बज्र हानी, ढाल्नुपर्छ साथी |


एकताको माला गाँसौं, हटाएर राग
फाटेको मन अब हाम्ले टाल्नुपर्छ साथी |

गज़ल - बाँच्न सक्दैनौ

म भन्दैछु छुटिएर, बाँच्न सक्दैनौ |
अन्त कतै चोखो प्रित, गाँस्न सक्दैनौ |


जवर्जस्ती पखाल्ने त, कोसिस गर्दैछौ
तर पनि मेरो माया, मास्न सक्दैनौ |


जहाँ जाउ सब्को सामु, झुक्नै पर्नेछ
मलाई छोडी ओठ खोलि, हाँस्न सक्दैनौ |


हृदयको मझेरीमा, मेरै छाँयाछ
पन्छाएर अर्को त्यहाँ, टाँस्न सक्दैनौ |


फर्की आउ हृदयको, ढोका खुल्लैछ
पराइको बगैंचामा, नाँच्न सक्दैनौ |

गज़ल - भुल्यौंकी

बहादुरका सन्तति भै, बाटो भुल्यौंकी |
आफैं जन्मी हुर्किएको, माटो भुल्यौंकी ||


पराईको सेवा गर्छौ, छाडी आमालाई
बाह्रबर्ष दुख्या घाउको, खाटो भुल्यौंकी |


धेरै सयौं घाटा पैले, सचेत बसे भो
सहयोगको हात माग्दै, साँटो भुल्यौंकी |


हाम्रै मति भ्रष्ट्र हुँदा, लुट्यो बैरीले
थाकेकाछन घाउ धेरै, टाटो भुल्यौंकी |


बेरोजगारी बल्झे पछी, युवा पर्देशी
स्वार्थ च्यापी आफै बस्ने, पाटो भुल्यौंकी |

गज़ल - भयो मलाई बानी

तिमीलाइ नै दुख्ला बरु, भयो मलाई बानी |
घातगर्यौं मनमा चोट, दियौं छानी छानी |


मुटु भित्र घाउलाग्यो, चोखो प्रित मर्दा
तिमीलाई फाइदै फाइदा, मेरो भयो हानी |




बादल सरी धुवाँ छायो, सुन्दर सप्ना जल्दा
आशा मर्यो छ्ल्की बग्यो, आँसु रुपी पानी |


च्यातिदिएँ दस्तावेज, घोच्ने पिरतीका
बिछ्यौनामा काँडा राख्यौ, तिम्ले जानी जानी |


आँसु लुकाई हाँस्नलाइ, बिवस भा'छ जीवन
तीर कसले किन मार्यो, "बिकाश" भो निसानी |

गज़ल - यस्तो गरेहुन्छ

बिचारको आँधी उठ्छ, अब सचेत बसे हुन्छ |
देशको शान्ति खोस्नेलाइ, छानी-छानी डसे हुन्छ ||



उषा खुल्ने पत्तै छैन, कलरात्री बढ्दै गा'छ
नेपाल आमा लुट्ने माथि, बज्र बनि खसे हुन्छ |


अन्याय र अत्याचार त, सकेसम्म सयौँ हाम्ले
दुस्मनका किल्ला भित्र शियो बनी पसे हुन्छ |


सहि राह समाउ भन्यौं, कानमा बतास लागेन त
शिर झुकाई मन नदुखाई,अन्तै टाप कसे हुन्छ |


फेरी गाउँ फिर्यौ भने, छाड्ने छैनन् जनताले
परिचान लुकाउँनलाई, मुख्मा मोसो धसे हुन्छ |


सक्ति छोडी सत्ता तिर, रालकाड्दै गएपछी
जनता ढाट्ने जाल बुन्यौं, अब आफै फसे हुन्छ |

गज़ल - फुक्नुहुन्न

गोर्खालीका छोरा तिमी, तिम्रो शिर झुक्नुहुन्न |
मेची काली रगत तिम्रो, खडेरीमा सुक्नुहुन्न ||


सान्ति पिता हुर्किएको, माटो माथि हुर्क्यौ तिमी
यसैले त तिमी भित्र, सत्य कुरा लुक्नुहुन्न |


राणा मास्ने देखि लिई, लोकतन्त्रमा तिमी थियौं
गणतन्त्र जोगाउने, पालो आ'छ चुक्नुहुन्न |


पटक पटक हार्नेहरु, भण्डारको चाबी माग्छन
बचाउन उठ जनता, अब यिनले लुट्नुहुन्न |


झिक विचार बढ अगी, नेपाल आमा पुकार्दैछिन
पथ भ्रष्ट्र नेता जस्तो, गर्नु अगी फुक्नुहुन्न |

गज़ल - किन यस्तो

रगतले पत्र लेखि, बाण बनाइ हानुजस्तो |

कतिराम्री सानी नानी, हात समाई तानुजस्तो ||


डालीमाथि फक्रिएको, फुलसरी भा'छ जोवन
थाहैनपाइ दिल्मापसी, मन चोरी लानुजस्तो |


बैंसालु त्यो जवानीका, रहरहरु के के होलान
पाना-पाना पल्टाएर, सुन्दर इच्छा छानुजस्तो |


हृदयको सिंहासनमा, उनैलाइ सजाई सके
अग्नि पुज्दै सिन्दूर भरि, ज्युने कसम खानुजस्तो |


अंगालोमा लुकाएर, मायागर्न मन लाग्छ
विश्वास धेरै भएछ कि, जे जे भन्छे मानुजस्तो |

गज़ल - निस्किए सुरा

मुखले गर्छौ, मिलापका कुरा |
कामले धस्छौ, पिठ्यौँमा छुरा ||


टुहुरा बालक, रोएको हेर
भुल्यौकी के हो, फुटेका चुरा |


जेथियो तिम्लाई, दिएको काम
त्यो पनि लाग्छ, गर्दैनौ पुरा |


राष्ट्रको धन, फोकटमा गयो
सडकमा हेर, ति नाङ्गा भुरा |



बाटामा काँडा, रोपेर आयौ
जोगाइ हिंड, निस्किए सुरा |

गज़ल- यसरि आउ

फटायौ आफै, टालेर आउ |
स्वार्थको पोको, फालेर आउ ||


विश्वास सब्को, लिनुछ भने
पसिना तनको, गालेर आउ |


गलतछ तिमी, हिडेको बाटो
सुमार्गी पाइला, चालेर आउ |


सफलता छेक्ने, उठायौ पहाड
फर्केर तिनलाई, ढालेर आउ |


बिजय तिमी, चाहन्छौ भने
शान्तिको दियो, बालेर आउ |

गज़ल - चालक थाले, पासा खेल

चालक थाले, पासा खेल |
कता कुद्नु, देशमा रेल ||


जताततै, फुटनै फुटछ
छैन कहिँ, कतै मेल |


महंगीले, आकास छोयो
किन्नै गाह्रो, बाल्ने तेल |


तिनपटक भो, परिक्षा यहाँ
पहिलो व्यक्ति, फेरी फेल !


ठग्नेलाइ, मालामाल छ
सोझा माथि, झेलै झेल !


बाँध बादन, उठ अब
आउँन लाग्यो, आर्को भेल |

गज़ल - जाल भयो

दाइहरुले घर छाएनन, मझेरीमा ताल भयो |
अर्थतन्त्र थलापर्यो, गरिब हाम्रो बेहाल भयो |


थला परे बाबा पनि, आँमालाई क्यान्सर ला'छ
उपचारको कुरै छैन, आँसुको त आहाल भयो |


सान्ति प्रिया तड्पदैछिन, अहींसाले बाबा खोज्छे
देश छोडी बिदेस गा'को, सम्झ कति साल भयो |


अन्यायको कुरै छाडौ, महंगीले सिमा नाग्यो
भोकमरीले जनता मरे, अनिकाल्नै काल भयो |


गोठाला त हरेक पल, पासा खेलमै मस्त देख्छु
आउ जुट उठ सबै, यहाँ ठुलै जाल भयो |

गज़ल - जीवन

लिपि नभएको, कहानी जीवन |
तुषारो लागेको, बिहानी जीवन ||


आफ्नैको प्रहारले, दुख्छ यो मुटु
पिंडा र चोटको, निसानी जीवन |


दिन त नसामै, बिताउँने गर्छु
रातमा ढुंगाको, सिरानी जीवन |


काट्नलाई गाह्रो, गन्तब्य टाढा
दुख सुख मथ्ने, मदानी जीवन |


चिन्तामा जले, सोलाको बाटो
अन्त्यमा चिताको, खरानी जीवन |

गज़ल - नेल रहेछ

माया प्रेम यौवनको, भेल रहेछ |
समग्रमा पिरती त, जेल रहेछ ||


बिश्वासगरी भरपर्यो, धोका भैदिन्छ
अनिबार्य खप्नै पर्ने, झेल रहेछ |


सुख दुख दुइ पाटा, हिड्ने गोरेटो
वियोग सँगै संयोगको, मेल रहेछ |


एक्लैबस्न चाह गरे, सृष्टि नचल्ने
बिबाह त खेल्नै पर्ने, खेल रहेछ |


माया भित्रै अल्झी बाँच्न, जरुरि नै भो
दुनियालाई बाध्न सफल, नेल रहेछ |

गज़ल - जरुरी

यात्रा न हो जिन्दगी, काट्न जरुरी |
पिरतीले टोक्दा मन, फाट्न जरुरी ||


घाउ माथि कुल्ची हिड्छन, म छु भनेले
फेरी पनि कोमल मन, साँट्न जरुरी |


माया रुपी संसारको, आधारनै विश्वास
विश्वासघात हुँदा तन, छाँट्न जरुरी |



हुदैनरे चोट दिनु, आदर्शले भन्छ
मुटु भित्र दुख लुकाई, ढाँट्न जरुरी |


एक्लै यात्रा गरौ भने, सृष्टि नचल्ने
त्यसैले त प्रित्कोडोरी, बाट्न जरुरी |

गज़ल - मैले

नत जित्यौ तिम्ले, नत हारें मैले |
आँसु झरी झार्दै, माया मारें मैले ||



नत निको हुन्छ, पिरतीको घाउ
मलम पट्टि लाउँन, अब बारें मैले |



गरिबीले कस्दा, नियतिले डस्दा
तिमी सँगै खुशी, परसारें मैले |



छैन जिउँन अर्थ, नत मर्नै सक्छु
बेदनालाई मनमै, पोकोपारें मैले |



होइन गल्ति तिम्रो, नत भूलै थियो
भाग्य यस्तो भन्दै, मनलाई टारें मैले |

गज़ल - हार भयो

जित्न खोज्छु दुनियालाई, आज फेरी हार भयो |
पिरतीमा धोका हुँदा, खुसि डाँडा पार भयो ||


माया माथि बज्र परि, आसाहरु जलेपछि
धुजाभई फाटेको मन आफैलाई भार भयो |


नियतिले झट्टी मार्यो, भाग्य मेरो खोटो पार्यो
कर्म दाता दैब पनि, मेरो लागि जार भयो |



पटक पटक मनलाइ टालें, तर आज जीवन फाट्यो
ज्युने मर्ने कि के गर्ने, विचार दुइ धार भयो |



दैब रचित नाट्यसाला, त्यस्कै पात्र न हो मानिस
पल्मै सुख हरि दिन्छ, दुख जीवन सार भयो |

गज़ल - हार्छौ तिमी

बैँसढल्यो मनजल्यो, अझै किन टार्छौ तिमी |
छैनभने मनमा माया, भरमा किन पार्छौ तिमी ||


कसमखाई सँगै बाँच्ने, पुरागर्न नसक्नेले
भेटहुँदा बिलौनागाई, आँसु किन झार्छौ तिमी |


आफ्नै भरमा उँभिदैछु, दुइ-चार पैसा कमाएर
त्यसपछि त तिमी मेरी, भाका कति सार्छौ तिमी |


उषा खुल्दा जोडी माया, गोधुलीमा छुट्छौ भने
आफै किनार लागिदिन्छु, बाटो किन बार्छौ तिमी |



मेरा बचन ख्यालगर, उम्किएला हातको चरी
धेरै ढिला गर्यौ भने, पिरतीमा हार्छौ तिमी |

गज़ल - सक्छ्यौ भने आँट गर

मैले माया गर्न खोजें, सक्छ्यौ भने आँट गर |

बगैँचामा चर्न खोजें, सक्छ्यौ भने आँट गर ||


प्यासी नयन बिछ्याएर, जीवन साथी खोज्दै जाँदा
मनमा बसाइँ सर्न खोजें, सक्छ्यौ भने आँट गर |


नजिकैको तिर्थ हेला, मैले कैले भन्या छु र
नजरमा पर्न खोजें, सक्छ्यौ भने आँट गर |


बाचुन्जेल एकै साथ, घुम्ने रहर थामी हात
मर्दा काख्मै मर्न खोजें, सक्छ्यौ भने आँट गर |


मनका इच्छा अगीलाग्दा, भुलिएछ तिम्रो चाह
चड्दो जोवन हर्न खोजें, सक्छ्यौ भने आँट गर |


घरलाई खाँचो बुहारीको, मलाई खाँचो पियारिको
तिम्रै सिउँदो भर्न खोजें, सक्छ्यौ भने आँट गर |

ग़ज़ल - बसाइँ सारेँ मैले

धेरै आए हात माग्न, सबैलाई टारेँ मैले
तिमी नजिक आएपछी, मनलाई बसाइँ सारेँ मैले


गोधुलीको घाम जस्तै, अस्ताउँदैथे मेरा खुशी
जून बनि तिमी आयौ, हर्सा'आँसु झारेँ मैले


अर्जुन जस्तै गाण्डीप् लिइ, माया रुपी तिर चलायौ
तिमी बाहेक अरु आउँने, बाटो पनि बारेँ मैले


कल्पिदैथेँ नाना थरि ,स्वयम्बरको मालालिइ
आँखा आँखा जुधाई दियौ, पल्भरिमै हारेँ मैले


सिउँदो सजाई अगी लगाई, कर्म घर पुर्याइ हाल्यौ
एकान्तमा घुम्टो खोल्यौ, छड्के नजर परेँ मैले

ग़ज़ल - बनेर

आयौ तिमी मग्मगाउँदो, फूल बनेर
जिन्दगीलाई राह दिने, रुल बनेर


प्यासी भै प्रेमको रस, खोज्दै थिए म
आयौ तिमी प्यास मेट्ने, मुल बनेर


हृदयको कुना कुना, सबै खाली थ्यो
गढ़यौ तिमी माया रुपी, सुल बनेर


समुन्द्रको छाल सँग, लड्दै थिए म
लम्मीदियौ पारी तार्ने, पूल बनेर


उजाड थियो मेरो जीवन, रहर अधुरै
छायौ तिमी छाँया रुपी, झुल बनेर

ग़ज़ल - छैन मेरो

आज हो कि भोलि हो, भर छैन मेरो
बर्षादमा ओतलाग्ने, घर छैन मेरो


जिन्दगीको चारै पाटा, अध्यारो नै देख्छु
आधुनिक भिडमा कुनै, सहर छैन मेरो


रात काट्छु तारा गन्दै, जून हुन्छ साथी
धनाड्यको महल चड्ने, रहर छैन मेरो


पैसा रुपी दुनियामा, खल्ती खाली हुदा
जे गरेनी उन्नतिको, लहर छैन मेरो


सडकमै जन्मे होला !, हुर्के सडकमै
बेवारिसे 'बिकाश 'नाम, थर छैन मेरो

गजल - होइन

छुटिन माया, लाएकी होइन
नपुग्ने कसम, खाएकी होइन



गरिबछु भन्छौ, संझौता गर्छु
आभूषण मैले, चाएकी होइन


संझाउँछौ आज, व्यर्थैमा किन
तिम्रो मन नभै, आएकी होइन


भरिदेउँ सिन्दूर, बनाउ आफ्नो
फोकटमा पछी, धाएकी होइन



भुल भन्छौ भने, मर्दिन्छु बरु
अरुलाई जनम, पाएकी होइन

गजल - चाहिन्छ

 बसन्त छाउँन, वन चाहिन्छ
माया लगाउँन, मन चाहिन्छ


मायालु यहाँ, फकाउँनु परे
रेष्टुरा धाउँने धन चाहिन्छ


अफ्ठ्यारो पर्दा, हातदिन पनि
मनमा आफ्नो, पन चाहिन्छ


जोगाइ गास्नु, फितलो माया
नत छुटाउन, घन चाहिन्छ



जति पिँडा भए, बोक्छ यो मुटु
नत पर्म गर्ने, जन चाहिन्छ

गजल - यस्तो गर्छु

भन्छौ भने तिम्रै मनमा, फुलिदिन्छु म
हाँसो बनी लालीओठमा, घुलिदिन्छु म



आँखा जुधे माया बस्यो, थाहै भएन
आफ्नो मुटु तिमीभित्रै, हुलिदिन्छु म



चाहे मलाई नौनी भन, चाहे पत्थरै
तिम्रै हात समाएर, डुलिदिन्छु म



लाज सरम छैन अब, अल्छी भन्छौ कि
जे भनेनि तिम्रै काखमा, झुलिदिन्छु म



जात्कै पर्खाल किन नहोस्, चाहे सम्पतिको
तिम्रै हातको सिन्दूर लगाई, खुलिदिन्छु म

दोहोरि गज़ल - सर्छ्यौ कि सर्दिनौ

केटा -
त्यो मन बाट यो मनमा बसाई, सर्छ्यौ कि सर्दिनौ
नढाँटी भन तिमीले माया, गर्छ्यौ कि गर्दिनौ ??


केटी -
यो मन मेरो हैननि हजुर, तपाइँकै नासो हो
मनले हेरे देखिन्छ भन्छन , माया त गर्छु म


केटा -
माहुरीले घार छाडेकोसरी , खाली छ यो मन
आँखाको बाटो सुटुक्क पसी, भर्छ्यौ कि भर्दिनौ ?


केटी -
चौतारी खाली खोज्दै थेँ म नि, पिरती बिसाउँन
जिन्दगी भरि पाइन्छ भने, भर्न त भर्छु म


केटा -
असार पन्ध्र बेठीहै लाउँदा, रोपार बोलाउँला
सुरिलो भाका झिम्क्याउँदै आँखा, झर्छ्यौ कि झर्दिनौ ?


केटी -
गाउँलेले देखे काट्ने छन कुरा, के गरौ के गरौ
घरमै आई बोलाए देखि, झर्न त झर्छु म


केटा -
मंसिर लाग्दा जन्ती लिई आउँछु, बाबाको आँगन
ओढेर घुम्टो सर्माउँदै आँखा, तर्छ्यौ कि तर्दिनौ ?


केटी -
खाली छ सिउँदो रंगाउ हात, सिन्दुर भरेर
मायाले बेर्दै सर्माइ हेर्दै, शरणमा पर्छु म


केटा -
उदायौ तिमी जीवनमा मेरो, जूनझैँ बनेर
मायाले बेर्छु बचनमा भर पर्छ्यौ कि पर्दिनौ ?

केटी -
सफलभो जीवन मायालु हातले, समाए पछि त
हजुरले बचन फेरेमा अब बाँच्दिन मर्छु म

गज़ल - छुट्ने बेला

आँसु बगाई भन्थिन उनी, फर्की कैले आउँने ?
यौवन ढल्छ मन जल्छ, माया कैले लाउँने ?


कल्पनाको आँधी चल्ला, मेरो मनमा अति
दुख साँट्न साथै बस्न, अब कैले पाउँने ?



छोटो पलको स्मृतिले, सताउला मलाई
पिरतीको भाका फेरी, गित कैले गाउँने ?


सुन्य लाग्ला बनपाखा, हजुर टाढा हुदा
हातसमाई रोधी घर, सँगै कैले धाउँने ?


अरु जोडी भा'को देखि, रहर जाग्यो भने
रुन्छ मन अनि ओठमा, हाँसो कैले छाउँने ?

गित - मात लाग्यो

पिउँन सुरु नगर्दैमा, आधा मात लाग्यो
निर्मोहिलाई माया गरेँ, अनि बात लाग्यो


विश्वास गरेँ आफ्नो भन्दा, सजाएर दिल्मा
खाडलमा हुत्त्याई दिई, उँभ्याएर डिल्मा

जिउँन जीवन आधानैछ, आजै लात लाग्यो
निर्मोहिलाई माया गरेँ, अनि बात लाग्यो



एकै बाटो एकै पाटो, भन्थी हिजो अस्ति
मेरै आँखा छली गर्छे, आज अन्तै मस्ती


सिउँन सुरुनगर्दै मन, धोका हात लाग्यो
निर्मोहिलाई माया गरेँ, अनि बात लाग्यो

गजल - यस्तै लाग्छ

साथलागे मातलाग्छ, अरु के के हात लाग्छ
पछि नआउ तिमी मेरो, फेरी मलाई बात लाग्छ



फक्रिएको जवानीली, बास्नाछर्दै हिडेकी छ्यौ
तिम्रो पहिरन नसुध्रिए, बदनामीको खात लाग्छ



आधुनिकछु भन्छ्यौ आफै, फेसनको आडमा रही
सम्हालिनौ भने बैँस, बा-आमालाई लात लाग्छ



भबिस्यको खोजिगर, वर्तमानमा आँखा खोलि
यौवनले अन्धो नहौ, जिन्दगिमै घात लाग्छ



भन्दिहौली आफुलाई,षोडसी र परी समान
अर्धनग्न शरीर देख्दा, छि मलाईत मात लाग्छ

गजल - लहर

देख्दैछु मलाई, हेर्नेको लहर
मायाको जालले, बेर्नेको लहर



सुन्दैछु कुरा, अनेका अनेक
रानुलाई जस्तै, घेर्नेको लहर



उपहार आए, घरभो पसल
छ छैन माया, केर्नेको लहर



लजालु आँखा, उत्ताउलो बानी
फक्रिदो जोवन, सेर्नेको लहर



सिन्दुर हाली ,ओडाई घुम्टो
यो मेरो थर, फेर्नेको लहर

गजल - जेगर्नुछ गर नानु

मलाई फाली अरुलाईनै, हुल्छ्यौ भने हुल नानु
हिजोकाती बाचाकसम, भुल्छ्यौ भने भूल नानु



गोधुलीमा चौतारीमा, मेरै साथ हुन्थ्यौ तिमी
भैगो आज अरु सँगै, झुल्छ्यौ भने झुल नानु



एउटा सुन्दर फुल ठान्थेँ, तर तिमी काँडा रैछ्यौ
मलाई घोची अन्तै कतै, फुल्छ्यौ भने फुल नानु



स्वार्थ रैछ तिमी भित्र, भो परेन तिम्रो माया
गुण बनि पानी सँग, घुल्छ्यौ भने घुल नानु



तिमीलाई माया गरि, सिर झुकाई हिड्नु पर्यो
पराइको सिन्दुर लगाई, खुल्छ्यौ भने खुल नानु


गणेश बिकाश भेटुवाल

गजल - बैमानिले

लुट्न रैछ स्वार्थी मन, जोड्यो बैमानिले
आफ्नो स्वार्थ पुरा गरि, छोड्यो बैमानिले



सुम्पी दिएँ जे-जे थियो, आफुसँग भा'को
बाचा कसम तोड्नु रैछ, तोड्यो बैमानिले



एकै बाटो एकै पाटो, सोचेकिथेँ मैले
छातीमाथि टेकी पाइला, मोड्यो बैमानिले



जिन्दगीको सुख दुख, साथी तिमी भन्थ्यो
थाहैनदि अन्तै नाता, जोड्यो बैमानिले



गुलाब भन्थ्ये काँडा रैछ, आँखा खुल्ले बल्ल
पैसा रुपी माया पायो, ओड्यो बैमानिले


गणेश बिकाश भेटुवाल

गजल - फुलमाया

घुम्टो भित्र जून बोकी, आयौ फुलमाया
हृदयको कुना कुना ,छायौ फुलमाया


आधासिर झुकाएर, मुस्काउँने बानी
नजरैले मोहनि पो, लायौ फुलमाया


कता-कता सुन्य लाग्थ्यो, हिजो मेरो घर
पाउजु बाटै मिठो धुन, गायौ फुलमाया


खुसि थियो मन मेरो, सन्तुष्टि नि पुरा
फेरी काखमा खेल्ने जून, चायौ फुलमाया



स्वर्गै भयो घर पनि, तिमी आएपछि
बेवारिसे थिएँ हिजो, दायौ फुलमाया


गणेश "बिकाश" भेटुवाल

गज़ल - के राम्रो

पुर्णिमाको जून राम्रो
जाडोलाई उन राम्रो


सुन्नेलाई पञ्चैबाजा
बसुरिको धुन राम्रो


आउँदा दसैँ राम रौस
भित्ता पोत्ने चुन राम्रो


मंसिर लागे बिहे हजुर
बेहुलीलाई सून राम्रो



अरुलाई के हो कोनी
"गणेश"लाई गुन राम्रो

गज़ल - छुन्छु

जून हेरी रात्मा, एकोहोरी हुन्छु
पर्देशको माया, सम्झीएर रुन्छु


कर्कसा छन् सासु, मुखालेछन् नन्द
आँसु झरी पोखी, आफ्नै मुख धुन्छु



विगतले तान्छ, भित्र मुटु खान्छ
कल्पनामै कता, उस्को बोलि सुन्छु



कोहि छैन साथ, सुनी दिने बात
तड्पिएर बस्न, एकान्तलाई चुन्छु



एकान्तमा पनि, सान्ति नमिलेर
साथखोज्दै फेरी, उसकै तस्बिर छुन्छु

गजल - खोइ के गर्नु ?

गरि साध्य भा'पो तिम्रो, रुपको बयान गर्नु
पढी साध्य भा'पो तिम्रा, लोभी नयन पढ्नु



लजाउँदै हेरिदियौ, मोहनीले बेरी दियौ
चरी साध्य भा'पो तिम्रो, बगैचामा चर्नु



कला तिम्रा अनेकानेक, जादुगरी बोलि
हरि साध्य भा'पो तिम्रो, जवानीलाई हर्नु



साथदियौ बातगर्यौ, कैले आँखा तर्यौ
झरी साध्य भा'पो तिम्रा, आँखाबाट झर्नु



माया केहो विश्वास केहो, सिकाइदियौ तिम्ले
मरी साध्य भा'पो तिम्रो, नजर बाट मर्नु

गज़ल - जादैछु

लाग्दा दसैँ लिंगे पीँङ, हाल्न जादैछु
पर्देशका दुख पिंडा, फाल्न जादैछु



एक्लै बस्दा धुजाभै, फाटेकोछ मन
बा-आमाको आशिर्बादले, टाल्न जादैछु



निष्ठुरीछे मनकी रानी, खबर केहि छैन
माया लिई कठोर मन, गाल्न जादैछु


छ'रे ! मेरी सानी छोरी, देखेको त होइन
हात समाई साथै पाइला, चाल्न जादैछु


धेरै भयो चाड पर्ब, निरस बनाएको
हाँसो रुपी दियो बोकी, बाल्न जादैछु

गजल - सुन्दैछु आज

सुमधुर बोलि, सुन्दैछु आज
इच्छाको माला, उन्दैछु आज


कल्पियो मनले, अनेक थरि
मायाको भाका, गुन्दैछु आज


लोभिए आँखा,सुन्दरता देख्दा
प्रितीको जाल, बुन्दैछु आज


भाबीले साँचै, लेखेकै हो कि
लाखौमा तिमी, चुन्दैछु आज


सहारा दिए, बहार आउँथ्यो
फाटेको मन, तुन्दैछु आज

झ्याउरे गजल - सपना

कसैलाई दिन, सन्तुष्टि लिन, साँचियो सपना
हाँसेर बोल्दा, हृदय खोल्दा, गाँसियो सपना


दुइमुटु अब, एकैभो भन्दै, गाउँघर डुलेर
एकार्का भित्र, नराखी केहि, साँटियो सपना


साथको चाँद, टाडाभो आज, पल्टियो पासाझैँ
पासाको चोट, आँसुको थोपा, भासियो सपना


सपना टुट्यो, सम्बन्ध छुट्यो, बैरिभो त्योधन

गरिबको आश, धोकाभो साथ, मासियो सपना


मायाको दियो, बलेकै थियो, हुण्डरी आइदियो
रुखको हाँगा, लाछिए जस्तै, लाछियो सपना

गज़ल - तिमी

कसमजति पिलाएर, अन्तै साइनो जोड्ने तिमी !
साथदिने बाचागरि, दोबाटोमै छोड्ने तिमी !!


जिवनका सुख दुख, बराबरी बाडौ भन्दा
खुसीहरू काखीच्यापी, मन्को नाता तोड्ने तिमी


हिजो भन्थ्यौ क्याक्टसमा, फुल मैले फुलाउछु
दौलत देख्दा आँखा भरि, अर्कै फुल गोड्ने तिमी


गोधुलिले लालीछर्दा , सिउँदो तिम्रो भर्छु भन्थेँ
आधारात नहुँदानै, अन्तै आँखा मोड्ने तिमी


आँसु पिई बाँचेकैछु, नसोध भो के छ भनि
किन चासो रख्छ्यौ फेरी, पराइ घुम्टो ओड्ने तिमी

झ्याउरे गज़ल - यादआयो

मुस्कान घोली मधुरो बोलि, बोलाको यादआयो
मायाले बेरी मैलाई हेरी, टोलाको यादआयो



गुराँस फुल्ने हरिण डुल्ने, ति बन पाखामा
ख्यालठट्टा गर्दै गाई र बाख्रा, डुलाको यादआयो



उषाको साथ सगरमा लाली, सूर्यले छर्दिदा
स्कुल जाँदा हातसमाई तर्ने, खोलाको यादआयो



बटुल्छु खुसि भनेर आएँ, छरिए झनधेरै
फाटेको सारी पटुकी अनि, चोलाको यादआयो



सपना साँची कल्पना गर्दै, बाँचेको जिन्दगि
भबिस्य सम्झेँ अन्तिम बिन्दु, सोलाको यादआयो

गज़ल - चुकाउँनु छ

बिर्सिएको होइन सानु, दाना पानी जुटाउँनु छ
जाडो लाग्दा त्यो छोरीलाई नाना पनि खुटाउँनु छ


बध्यताहो पर्देश लाग्नु रहर मेरो कहाँ हो र
साहुँको घरमा बन्धक रा'को गैरी खेत छुटाउँनु छ


खसेकोछ घरको पाली पानी चुन्छ मजेरिमा
पर्देशमा दुख गरि घरको छाना उठाउँनु छ


बस्दैगर घरसम्माली फर्की आउँछु खुसि च्यापी
आमाको त्यो ममता र दुधको भारा चुकाउँनु छ

गज़ल - छैन

बिर्सिएकोहोकि हजुर, चिठ्ठी पत्र आ छैन
गएदेखि आजसम्म, कुनै खबर पा छैन


सम्पतिको पछीलागि क्षितिज् पारी गएपछी
के गर्दै हो के खाँदै हो दिसो पत्तो था छैन


ढिकी जाँतो मेलापात, गर्दै दिन बिताउँदैछु
छोरा छोरी व्यवहार, अन्त मन ला छैन


एक्लो जिवन एक्लो यात्रा, निरस भए पनि
हाँसी हाँसी जिएकैछु, रोइ हिड्न भा छैन


लालाबाला माया मारी कसो टाडा हुनु होला
भन्दै मन बुझाइ रा' छु हरेस पनि खा छैन


छोडी गए एक्लो भएँ सहारनै छैन भन्दै
माइत गइ बिलौना नि मैले कैले गा छैन


चिन्ता कति नलिनुहै सरिर झिनु होला फेरी
परिबारमा कुसलैछ तुसारो ले छा छैन

गज़ल - यस्तो रुप

नढाँटेरै भन्नुपर्दा, भन्छु उनको जूनको रुप
पिउँदा पिउँदै आधामात, बराबरको उनको रुप


माग्दा माग्दा थाकेकोथेँ, प्यासी भइ प्रेमको भिख
हातसमाउँन उनि आइन, सलाम योग्य गुनको रुप


माधुर्य त्यो मिठो बोलि, बोल्दि रैछिन कण्ठखोलि
बिनायो र सारंगीमा, पाइन मिल्ने धुनको रुप


गुलाबी ति ओठखोलि, मुस्काउदा हिमाल हाँस्छ
उनि सँग जोडामिल्ने, कहाँ होला कुनको रुप ,


खाली हुँदा कल्पिएर, रचेको झैँ परमेश्वरले
नम्मरीसुन कसीलगाई, कुँदे जस्तै सुनको रुप

गज़ल - चाहिएको छ

मागपत्र नदिउँभन्छु, नुन चाहिएको छ |
हिउँदे जाडो फाल्नलाई, उन चाहिएको छ ||


साहुँ आइ धम्किदिन्छ, घरबारी छाड भन्दै
छिमेकीलाई धरौटीको, सुन चाहिएको छ |



खरको छानो चु'ने भयो, टिन लाउँछु भन्थ्यौ
दसैँ आयो भित्ता पोत्न, चुन चाहिएको छ |



एक्लो भयो जीवम मेरो, घाँस दाउरा गर्दा
चोखो मायाँ मिठो रसको, धुन चाहिएको छ |



निरस भयो जिवन मेरो, कल्पिएर बसौँ कति
काखमा राखी खेलाउने, जून चाहिएको छ |

Friday, August 27, 2010

Nepali folk song - baiguni lai

गज़ल - यसरि गयौ

आँखा-आँखा जुधेपछी,एकै पल्मा हारेर गयौ
लज्जाउँदै सिर झुकाई, नसाको तिर मारेर गयौ


पैलो भेटमै किन-किन, आफ्नै जस्तो भान भा'थ्यो
थाहै नपाइ मन चोरी, त्यो मनमा सारेर गयौ


एक्लो जिवन निरस थियो, सहयात्री खोज्दै थिएँ
नमेटिने चोखो प्रित्को, मनको नाता नारेर गयौ


जवानीको चाहनामा, तिम्रै रुपको मात चड्यो
के गरौ म, कहाँ भेटौ, रनभूल्ल पारेर गयौ


मनका चाह तिमी सामु, पोख्ने रहर जाग्दै थियो
फेरी भेट्ने बाचा गरि, आँसु थोपा झारेर गयौ

गजल - अँधेरिमा

दियालो झैँ बलेकी थिएँ, त्यो रातको अँधेरिमा
आत्मा भित्रै जलेकी थिएँ, त्यो रातको अँधेरिमा


के-के गरे के-के गर्यौ बैँसालु त्यो मात लाग्दा
निकै सारै गलेकी थिएँ, त्यो रातको अँधेरिमा


तिमी पनि जिस्किएथ्यौ रहर पुरा हुँदा सम्म
म पनि त चलेकी थिएँ, त्यो रातको अँधेरिमा


तप्प-तप्प तप्के पछी मायालु ति शीत बिन्दू
बर्को वोडी छलेकि थिएँ, त्यो रातको अँधेरिमा


आज किन टाढा भयौ बिर्सिएर "कोपिला" लाई ?
त्यहिँ काखमा ढलेकी थिएँ, त्यो रातको अँधेरिमा

गीति कविता - गृहमन्त्रिको गन्गन

एक्लो छ यात्रा जंघार हजार, तर्ने हो कसरि
पर्देशी मायाँ सम्झेर ल्याउदा, मनरुन्छ बेसरी
छाडेर गयौ हे मेरा प्यारा, धनको लोभले
आँखामा निन्द्रा नआई हुन्छ, बिहानको मिर्मिरे


लाला र बाला काखीमा च्यापी, घाँस दाउरा पधेरी
आसुले माटो मुछेर आज, लिप्दै छु मझेरी
मध्यरात बीच सपना देख्छु, झस्केर बिँझन्छु
सुखका पल आउँदा यहाँ, हजुरलाई सम्झन्छु


नजान भनि ढीट गर्दा पनि, गैसियो छोडेर
काटदैछु पलपल हजुरको यादमा, मन गाँठो पारेर
बुढी ति आमा पीँढीमा बसी, नियल्छिन मुलबाटो
आँसुका ढिका पिउँदै भन्छिन, सहारा टाडा भो


बहिनि भन्छिन आएनन दाई, भाई टिका लाउनलाई
बिर्सनु भो'की परिवार सबै, समुन्द्र पारी गै
यो सानी छोरी साँझ र बिहान, हजुरलाई खोज्दछे
कहिले हो बाबा घर फर्की आउने, भनेर सोद्दछे


सम्पति भयो हजुरलाई ठुलो, परिवार भन्दा नि
बर्षौनै बित्यो रात र दिन, औलामा गन्दा नै
एक्लो यो जिवन सहारा बिना, बाच्दीन म धेर
अब त फर्की आइसिओस् प्राण, परिवार सम्झेर

गज़ल गयो कि-

सुनिन छाड़ो झरनाको झन्कार सुकेर गयो कि?
उनिन छाड़ो एकताको माला टुटेर गयो कि ?


प्रकृति पनि दुस्मन भो कि ? हिमाल हाँस्दैन
चुनिन छाड़ो सुन्दरमा नेपाल झुकेर गयो कि ?


दौरा र सुरुवाल हरायो यहाँ चौबन्दी फालियो
बुनिन छाड़ो गाउँघरमा खाँडी दुखेर गयो कि ?


सान्तिले बाटो ततायो यहाँ जहाँ हेरे बिनाशछ
खनिन छाड़ो बिकाशको बाटो लुकेर गयो कि ?

कविता दुइ जात देखेँ

को हो हिन्दु ? को हो इस्लाम ?
रगत सब्को रातै हुन्छ
जहाँ जाउँ मनवै छन,
केवल भाषा अलग बन्छ


को हो धनि ? को हो गरिब ?
बाँच्नलाई खानै पर्ने
को हो मालिक को हो दाष ?
आँखिर सब्ले जानै पर्ने



फरक खाली यति मात्रै,
दुख पाउनु सुख पाउँनु
बौद्ध क्रिश्चियन जे भएनी,
एकै होला पुग्ने ठाउँ !?



को हो ब्रामण? को हो क्षेत्रि ?
कस्ले रच्यो जातको अन्तर ?
को हो बैश्रणब को हो शुद्र ?
पढ्दा रहेछन एउटा मन्त्र


को हो आफ्नो ? को हो पराइ ?
सब्ले स्वार्थ बोकेकै हुन्छ
कोहि होइन दुस्मन अरु,
आफ्नै बोलि दुस्मन बन्छ



देख्दिन म जातमा अन्तर,
धनि गरिब जो भएनी
महिला पुरुष दुइ जात देखे
यो संसारमा जहाँ गएनी

गज़ल - बसौ कति

टाडा हुने निर्मोहिलाई, पर्खिएर बसौ कति
रहरहरु पोको पारी, खर्कीएर बसौ कति


चोखो मायाँ लगाएर, छाडी गा'को धेरै भयो
कल्पिएर नाना भाँति, धर्किएर बसौ कति


आउँन ढिला भए पनि, आठ पाँज संझे हुने
कुटुम्बको घरमा ताँति, सर्किएर बसौ कति



बैँस चड्यो इच्छा बढ्यो, मन त्यसै मार्नु पर्छ
सहि बोले गलत सुन्छु, झर्किएर बसौ कति


जवानीको रंग चड्दा, बेहुली बन्ने चाह बढ्दा
पर्देशिको मायाँ साँचि, लर्कीएर बसौ कति


बिछोड नै लेख्या छकी, खोटो मेरो भाग्य माथि
चर्किएको घाउमा नुन, छर्किएर बसौ कति

कविता - म निदाई दिनेछु

चाहे धर्तिमा ज्वालामुखी फुटोस
चाहे कुपहरुमा आगो सल्कियोस
म माथि लाठीहरु बज्रीरहे पनि
बिद्रोहले मेरो घटी निमोठीरहे पनि
मेरो एक मुठी स्वास
चाई राख्ने छु उनकै लागि


निर्दोष मानबहरु सिकार भै रहेको बेला
शोषणका पर्खालहरु उभ्याइए पनि
जगत जताततै विरहमा मलिन भएको बेला
प्रत्यक प्रहरमा क्षेप्यस्त्रहरु तयार पारिए पनि
मिर्त्यु सँग प्राणको भिख मागीरहनेछु
उनि सँग भेट गर्नको लागि



अधिकार का नारा हरु घन्की रहेको बेला
मेरा हातहरुमा हत्कडी लगाइए पनि
स्वतन्त्रताका आवाजहरु चर्किएका बेला
मलाई झ्यालखानामा बन्दि बनाइए पनि
त्यहिँ एक कुना बाट म चिच्याई रहने छु
उनैलाई निमन्त्रणा गर्नको लागि



म थाकुँला
मेरो सरिर लर्खराउन सक्छ
बोलि अस्पष्ट हुन सक्छ
आँखामा मोतिबिन्दु लाग्न सक्छ
तर पनि म उनीलाई नै पर्खी रहने छु
उनकै लागि एकमुठी स्वास बचाई राख्ने छु
विश्व सान्ति बनेर
जति बेला सान्ति मेरो सामु आउँछिन
त्यति बेला मेरो एक मुठी स्वासको कोसेली
उनको पोल्टोमा हालिदिएर
म सदा सदाको लागि निदाई दिने छु
म सदा सदाको लागि निदाई दिने छु

गजल- म आएँ

सम्पतीको लागि मैले, आफ्ना छोडी आएँ
छ्ल्कदैथे आँसु मेरा, दृष्य मोडी आएँ


सपनाका महल भित्र, कल्पनाको जालो
धन कमाइ अमिर बन्ने, इच्छा गोडी आएँ


ममताका आँचल अरु, पिरतीका बन्धन
गरिबीको खोल फाल्न, सारा तोडी आएँ


आफ्नै धन खर्च गरि, बन्धक बसी आफै
सत्रु सँग मित्रताको, नाता जोडी आएँ


सुख पाउँने सपनामा, दुख काखी च्यापी
ऋणनै ऋणले मोरिएको, सिरक ओडी आएँ

तिन गेडी

१)
देश खाए नेताले झुट्टा कुरा बोलेर
महल खडा गर्दैछन हाम्रा सप्ना पोलेर
नेताको
लोकतन्त्रको स्वाद भेटाको

२)
गाउँ गाउँ गएर आशाहरु बाँडेथे
बातै बाट समस्या एकैपल्मा फाँडेथे
मेटियो
जनता ढाट्ने नेता भेटियो

३)
नेपालको राज्निति भएकोछ नाटक
देखाउँदैछन कलाकार सदन बाटै चटक
लेखियो
सडकमै नाटक देखियो

गजल- यसरि गयौ

मेरा निर्दोष नयनमा, आँसु सागर भरी गयौ
इज्जतमा दाग लगाई, अन्तरघात गरी गयौ


आत्मा भित्र आँधी चल्छ, स्मृतिको ज्वार उठ्दा
छेक्दै थिएँ परेलिले, आँसु बनि झरी गयौ


सम्पति त केहि होइन, तिमी भए पुग्छ भन्थ्यौ
तर आज धनि पायौ, अनि पर सरी गयौ


जन्म जन्म साथ दिन्छु, सहाराको हात लिन्छु
भन्थ्यौ तर मेरो हाँसो, तिमीले नै हरी गयौ


तिमी बाट टाडा हुन, बाध्य भएँ सानु भन्छौ
कुन स्वार्थको बिवस्तामा,, आज तिमी परी गयौ ?


सुन्दर सुन्दर बगैँचामा, खेल्ने स्वार्थी मान्छे रैछौ
नबोलाउ मलाई तिमी, नजर बाट मरी गयौ

गज़ल - गज़ल

खाँचो केहि छैन मलाई, हाँसी दिए पुग्छ सानु !
मन भित्र छ कि मैलो, माँसी दिए पुग्छ सानु !!


टाडा भयौ के भयो त, बाँचेकैछ मित्रता त
मिलन बिछोड खेल भनि, बाँचिदिए पुग्छ सानु !


छोटो पलको मिठो यादले, सताउँला घरि घरि
बिगतका स्मृतिलाई, साँचीदिए पुग्छ सानु !


दैबकै त खेल होला ,अलग भइ बस्नु पर्यो
आर्को नयाँ साँइनु फेरी, गाँसीदिए पुग्छ सानु !


तिमी बसाउँ सुन्दर संसार, बिकाश त्यसमै खुशी हुन्छ
मै माथिको घिर्णाको भाब, नाँसीदिए पुग्छ सानु

कविता - देशकै निम्ति बलिचडौ

ठगिएको थाहा पाई, हामी किन मौन बसौ
सबै मिलि देश बचाउँन, अब हामी कम्मर कसौ!!
बस्ती बस्ती जाउँ हामी, सर्बहारा सचेत गर्दै
अध्यारोलाई भागाउन, बिचारको दियो जलाउँ !



जो जो जहाँ भए पनि, साथ सबले दिनै पर्छ
निडर हुने विचारले हो, आफ्नो मनलाई पहिला जीत !!
घर बारी त्यागी दिउँ, छाडी दिउँ मायाँ मोह !
रोएकी छन आमा आज, जन्जिर काटी आँशु पुछौ !!



हामी उठे हाम्रो देश, भोलि पनि रहने छ !
विचारमा धार लगाउ, उठाउ हतियार आत्मा भन्छ !!
परिवार त्यागौ बरु, देश बचाउन लागौ पहिला !
यस्तो योद्धा बनौ हामी, निल्नु पर्छ तातो कोइला !!



दुष्टलाई कुल्चनु छ, बडौ हातमा हात मिलाई
दासतामा बाँध्ने भए, छ्सौएकले हामीलाई !!
उठ जनता बढ अघि, हतियारमा धार लगाई
दुश्मनको प्रहार छेक्न, विचारको ढाल सजाई !!



सबै मिले हामी लाई, छेक्न सक्ने यहाँ छ को..?
देशै नभए किन चाहियो, दासताको जिबन त्यो
त्यसैले त सबै मिलि, युध्द मोर्चा गठन गरौ !
मर्नै पर्छ भने पनि, देशकै निम्ति बलि चडौ

कविता - अन्तिम युद्ध लडौ

आज म खोजि रहेछु
धेरै साल अगिको नेपाल
सान्ति र अमन चयन
तर, हात लागि हुन्छ
लासहरुको रास
मानवताको बन्दि गृह
आधुनिक्तामा भडकँदो संस्कार
फुटेका सपना
गरिब,बिधुवा र अवलाका चित्कारहरु
भातृत्व बिहिन समाज
यस्तै यस्तै



नत यहाँ देश भक्ति छ
न त निस्वार्थ भाबना र सहयोग
आशाका निभेका दियाहरु जताततै
सफल्ताको सिखरमा पुग्न नपाउँदै
कुठाराघात भई घायल बनेका योद्दाहरु
अधरमा देखिने निस्तब्धता
बस्ति बस्तिमा छाएको निराश्ता
बिचार सुकेका मष्तिस्क
तर पनि यहाँ
सम्यान्त्रको होडबाजी भने चलेकै छ
अनि मेरो देश प्रयोगशाला
गोला बारुद्ध को
छन दानबरुपी मानब
मर्दनाको सिखरमा हराएको अस्तित्व



तर फेरी आज
आशाका शागरहरु खोज्दै
हजार कोमल नयनहरु
अश्रुधारा बगाई रहेछन
खुम्चदै गएको देशको आकार भित्र
गरिब निमुखाले काँचुली फेर्न लाग्दा
सड्यन्त्रको जालो फिजिए पछी
सपनाहरु पोको पर्दा
छिमेकीले मनाएको खुशियाली
सत्य पनि झुटो बनेको हेर्दै
फेरी एक पटक कसम खाने बेला आयो
नेपाल बचाउँन र दुखि हँसाउँन



हुन सक्छ हाम्रो भाग्यमा मृत्यु पर्न सक्छ
तर मुटु कम्जोर बनाउनु हुदैन
कलेजामा दम भरेर
पाखुरामा बल थपी
अब एउटा युद्ध लड्नु पर्छ
किन की
सुन्सरीको बिलाप सुनेका छौ
महेशपुर हामो मानस्पटलमा ताजै छ
महाँकाली लाई अँगालो मारेर
कैलाली र कालापानीमा रोएको भुलेका छैनौँ
पशुपति नगरमा लागेको चोट आलै छ
त्यसैले आऊ, जातीय भेदभाब भन्दा माथि उठेर
व्यक्तिगत स्वार्थहरु थाति राखी
हातेमालो गरौ
किन की हामीले यो देश बचाउँनु छ
बिधुवा हरु हँसाउँनु छ
टुहुराहरु अघाउनु छ
त्यसैले आऊ अन्तिम युद्ध लडौ
देश र समाजका दुस्मन सँग

गजल - चाएकी छु

कोसेली यो तिम्रो लागि, आफ्नै जिवन ल्याएकी छु
तिम्रै निम्ति माइती घरको,सँघार नाँगी आएकी छु


मारे पाप पाले पुन्य, तिम्रै जिम्मा लगाई दिए
माइती घरमा छोरी थिएँ, बुहारी नाम पाएकी छु


तिमी भए पुग्छ मलाई, मायाँ गरि लुकाउ मनमा
ग्रहण होइन भाग्य माथि, जुन बनि छाएकी छु


तिमी र म सहयात्री, हाँसो आँसु बाराबरी
तिम्रै नामको गीत बनाइ, मन् मनै गाएकी छु


हिजो सम्म कुमारी थेँ, आज तिम्री श्रीमती हुँ
तिम्रै सन्तान जन्माएर, आमा बन्न चाएकी छु

कविता - मन नै स्वर्ग

बगैँचा केवल दृश्य हो
बास्ना त केवल लिनलाई
मायाँ त हाम्रो छँया हो
सकिन्न छाड्दा छाड्नलाई


जिवन को यात्रा उकाली
सकिन्न रहेछ काटेर
मनका बह काहाँ पोखौ
सकिन्न रहेछ लेखेर


मन त मेरो चरी झैँ
उड़दछ पबन गतिमा
दुख नै जिवन साथी हो
सुख त केवल सपना


जिन्दगि एउटा सागर हो
समय संगै बग्दछ
सम्पति केवल साधन
कृर्ति नै अम्मर बस्दछ


छाड्दैन लोभले बाँचुन्जेल
बिबस भै छोडी जानु छ
चाहन्छ मनले महल बास
आँखिरमा दुइ छाक खानुछ


हाम्रो यो जिबन के हो र ?
आत्माको एउटा खोल हो
स्वर्ग त आफ्नै मन भन्छु
देखेर आउने छ खोइ को ?

कविता - कबिका कविता

बटुलेर लेखेका कविका कविता
कति थिए मिठा कति नमीठा
कहिँ मानिसहरु बिचका सरिता
कतै कथिए समाजका रमिता



कुनै हेलाका अनि फेलाका
दुखका सुखका आँशु र खुसिका
कतै लेखिएका रातका ओशिला
कतै लेख्न पुगेँ अध्यारो औशीका



कतिले तिनलाई बयान गरे
कतिले तिनलाई चयन गरे
कति आइ यिनलाई बदनाम गरे
कतिले यिनैलाई सलाम गरे



कतिले अब्बल कविता दरे
थाहा छैन कतिले कता छरे
म जान्दिन सिर्जना कहाँ चरे
गाडिए जलमा या त तरे


म यति जान्दछु सबै छन मजाका
मण्डपकि बेहुली सजाए झैँ सजाका

गजल - मैले

निष्ठुरीको याद आउँदा, एउटा गजल गाएँ मैले |
झुटो कसम बिश्वास गरे, आनी धोका खाएँ मैले ||


तिमी नै हौ मेरो संसार, तिमी भित्रै हराउँन पाउँ
अँगालोमा बेर मलाई, भन्दा माया लाएँ मैले |


बात बनाई हात समाई, सँग बाँच्ने कसम खान
साँझ बिहान मन्दिर मस्जिद, उनि संगै धाएँ मैले |


निर्दयीको मन भित्र, मायाको बिज् रोपौ भनि
इज्जतलाई दाउमा लगाई, हरपल भेट्न चाहेँ मैले |


नसालु त्यो हेराईको, स्वार्थी जालमा अल्झिएर
नजानेरै मन पेट् दिए, अनि चोट पाएँ मैले |

गज़ल - यस्तो भए पछी

नसालु ति नयन खोलि, मुस्काउदै हेरे पछी
थाहै नपाइ लट्ठीएछु, मायाँ जालले बेरे पछी


देखाई देउन मनको राज, मायाँ मेरो छ कि छैन ?
झस्किन पो पुगेछु म, उनले मलाई केरे पछी


संगै जिउँने संगै मर्ने, बाचा कसम खाएकै हो
जातीय यो पर्खाल नाग्न, सक्छौ भन्दै खेरे पछी


तर आज एक्लो जिबन, एक्लो यात्रा बाँचेकै छु
निर्दोष मेरो मायाँलाई, उनकै हातले शेरे पछी


एकान्तमा कल्पिएर, आँशु बगाई मन धुन्छु
छोटो पलका रहरलाग्दा, यादहरुले घेरे पछी

कविता - हाम्रो पालो आएकोछ

 
पारी क्षितिजमा
एउटा अध्यारो मुस्लो बडी रहेछ
भयानक आँधी आउने संकेत बोकी
मुसलधारे पानी बर्शिन सक्छ
अनि चट्याँङ खस्न सक्छ
म सुनी रहेछु
कुनै अनिष्ठ प्रलय को संकेत गर्दै
आकाश धुमधाम संग गर्जी रहेछ
मेरो मन डराएको छ र थोरै हड्बडाएको छ
कतै त्यो अन्धकार म सम्म आइपुगो भने
या त म त्यहाँ सम्म पुगेँ भने
म त हराउने छु
मेरो अस्तित्व बिलन हुने छ
यसो हुन नदिन कुनै उपाए खोज्नु छ
कुनै बाटो रोज्नु छ
त्यसैले त कलममा बिचारको धार लगाई रहेछु
गाँउ गाँउ गइ राँको बाल्ने कुरा गर्दै छु
एकताको छानो बनाउँन
सारा जनतालाई निम्तो दिदैछु
अनि भाइचाराको हात बढाउँदै छु
आउ मलाई सहयोग गर
बिनाशकारि मुस्लो हाम्रो नजिक आइ पुगेको छ
दुस्मन ले हामीलाई चारैतिर बाट घेरी रहेछन
बालौ चेतनाको भर्भराउदो दियालो
जलाउँ ति बिनास को बिष घोल्ने
कु मान्छेहरु का कु बिचारहरु
छाड्न हुदैन हामीले हाम्रा दुस्मनहरु अब
जसले हाम्रो भबिस्य माथि खेलेर
जनताका आँख! छोपी
आफु महलमा रमाएका छन
के अब पनि माफ दिन सकिन्छ उनीहरुलाई ?
जसका कारण पटक पटक
हाम्रा भाबना कुण्ठित भएका छन
इच्छा हरु बन्दि भएका छन
सपना हरु फुटेका छन
पटक पटक आमा लुटिएकी छन
के आझै कानथुन्न सकिन्छ ?
आँखा अगाडी बहिनि बलात्कृत हुदा
आँखा छोप्न सकिन्छ ?
आमा का छातीमा दुस्मन का बुट बज्रदा
आनन्दले निदाउन सकिन्छ ?
हामीले उज्यालो दियो बाल्न भनि पठायौँ
तर हाम्रा लागि मोशो तयार गर्दै छन
यहाँ सम्म कि मानब अधिकार पनि चोखो रहेन
लेख्ने कलमलाई जुठो बनाउन खोज्दै छन
त्यसैले उठौ अब
जेष्ठ १४ आउनु अगाबै आँधी संग जुध्न सक्ने
पहाड निर्माण गर्नु छ
बज्रको ज्वाला निभाउने शमुन्द्र तयार गर्नु छ
मुसलधारे वर्षा बाट बच्न
एकताको छाता सिलाउनु छ
आउ मतभेद फाली हातेमालो गरौँ
आफ्नो लागि होइन देशको लागि
अनि अगाडी आएको अँध्यारो चिर्नको लागि
हाम्रो हातमा
बिचार, एकता र भाइचाराको राँको हुनु पर्छ
आउ जलाउँ राँको
र अध्यारो पार गरि उज्यालो चुमौ
किनकि अब हाम्रो पालो आएको छ

गज़ल - भन साथी

अर्को साल त पक्कै बिदा, पाउँछ भन साथी |

मँसिरमा आइ मालशिरी, गाउँछ भन साथी ||


चुहियो होला घरको छानो, खर खोज्दै छ्नकी
आँउदो साल टिनले छानो, छाउँछ भन साथी |


गल्छीडामा आँखा लगाई, बसेकी छन आमा
तिम्रा आँसु पुच्छ्न छिटै, आउँछ भन साथी |


बेशाहाको भर बाट, परिवार चल्दै होला
ॠण तिरी गैरी खेत, धाउँछ भन साथी |


पर्देसमा एक्लै बस्दा, बिरक्त छ मन
पर्खी बसे सानु मायाँ, लाउँछ भन साथी |

कविता - न त निर्दोष छन्

जिवन भरि काँडा बन्नेहरु
सदैका लागि टाढा बन्नेहरु
विरहका गित गाउँदा कान थुन्नेहरु
खुसि र स्वतन्त्रता त्यसलाई पनि छिन्नेहरु
सबै दुश्मन हुदैनन्, नत निर्दई हुन् !
बाध्यताले भनौ कि !!
अज्ञानता, अबोधता, अशिक्षा, दरिद्रता
आदि कुनै कारण हुन सक्छ यहाँ


अरुको सुखमा रमाउँनेहरु
लड्न लाग्दा हात समाउनेहरू
अरुको दुख आफ्नै देख्नेहरु
आँसु सरि कथा मुटु भित्र लेख्नेहरु
सबै महान हुदैनन् !
स्वार्थका लागि, पहिचानका लागि
ब्याबहारका लागि या पुरुषार्थक लागि !
यहाँ पनि कुनै एक कारण हुन सक्छ



बद्नामका टिका लगाई दिनेहरु
अपमान सहित टाढा भगाई दिनेहरु
आशा देखाई खुसि लुट्नेहरु
उत्तरदाइत्व पुरा गर्छु भनि बिचैमा छुटनेहरु
सबै लालची हुदैनन्
न त उनिहरु बदमास हुन्
समाजमा बदनामको डरले


आँट नभएर वा गाँठ नभएर !
कुनै कारण हुन सक्छ यहाँ




त्यसैले सबै दुश्मन हुदैनन्

न त सबै निर्दोष छन यहाँ

कविता - समानताको एउटा पाटो बिराउनु छ

बिचारको धारिलो बन्चरो बोकी
भिरालो जमिनमा उभिएर त्यो बुढो रुख काटी रहेछु
देख्ने हरु छक्क पर्लान,सुन्नेहरु हाँस्लान
किनकि म ढाल्न चाहन्छु त्यो बुढो रुख
काम भए पनि सुतिरहने कुम्भकर्ण झैँ सुति रहनु भन्दा त
कलमलाई तरबारको रुप दिएर काटीरहेछु
दिमागलाई कोदालो बनाएर खनी रहेछु त्यसका जरा
किन कि त्यसलाई मासेर नयाँ बिरुवा लगाउनु छ
सुन्दर फुल हरु फुलाउनु छ
त्यसैले म फाल्न चाहन्छु त्यो सेपिलो रुख
युगौ युग देखि यहाँ बर्चशो जमायो
कति बसन्त खायो, आनी उजाड ल्यायो
तर पनि अजम्बरी झैँ ठडीइ रहेछ
कप्टी, अटेरी भइ किसानको बाली खानलाई
त्यसैले मास्न चाहन्छु उसका साखासन्तानलाई
मलाई समस्या संग मितेरी साइनु गाँस्नु छ
प्रस्ताब बिचारको पठाई रहेछु
इच्छाका मित्रहरुलाई लस्कर लगाएर
जीवनको साथी मेरो हिम्मत बोकी
बाध्यता संग स्वयम्बर गर्न निम्तो दिदै छु
हुन सक्छ उजाड देखिएला केहि क्ष्यणका लागि
उदास देखिएलान कहिँ बिरुवाहरु उसैको लागि
तर बारीले पनि सहयोग गर्ने छ मेरो साइनु गाँस्न
बालीहरु पनि लहराउने छन् मेरो मितेरी समारोहमा
आकास गर्जने छ दामाहाँ बजाएर
यो अदभूत कामको शिल्यान्यास गर्दै छु
निम्तो छ साम्यबाद्को टाउकोमा
धर्म र सस्कारलाई साथ राखी
सानु ठुलो हतियार जे छ
कलम र तरबारमा लक्ष्यको धार लगाएर
उठ्ने बेला आएको छ
धरै लाग्दैन बलेको आगोमा पानी तात्न
त्यहिँ तातेको पानीमा चिया बनाएर चुस्की लिउँला
आनी त्यहिँ अगेनिमा तरुल भ्याकुर पोली खाँउला
यसो गर्न सके समाजका रोगि विचार लाई जन्तर पो हुन्थ्योकी ?
कतै पुर्खाका अधुरा इच्छहरु पुरा पो हुन्छन कि ?
त्यसैले म लडाउन चाहन्छु त्यो बुढो रुख
उखेल्न चाहन्छु यसका भेद-भब पूर्ण जराहरु
जसले भाई-भाईमा फाटो ल्यायो
बिराउन चाहन्छु नयाँ खेतका गराहरु
अनी मात्रै हाम्रो अधरमा खुशीको बहार आउने छ
आऊ तिमि पनि सहयोग गर
यो जातीय भेद-भाबको बुढो रुख ढाल्न
किनकी यसलाई मास्नु छ
र समानताको एउटा पाटो बिराउनु छ

गाजल - सवालको जबाफ

आँसु निल गंगा भन्छु, भेल होइन हजुर
स्वतन्त्रछ जिन्दगी यो, जेल होइन हजुर


मनरुपी ड्राइभरले, चलाएको जिन्दगि यो
मैदानमैछ दलदलको, रेल होइन हजुर


दू:ख भित्र पलाउछ्न, रहरका मूनाहरु
बेदना र बिस्मादको, मेल होइन हजुर


संयान्त्रको धार भित्र, रेटिएर बाँच्न सके
नेल काटी सफल हुन्छ, फेल होइन हजुर


जन्म संगै मृत्यु आउछ, योत कटु सत्य कुरा
सत्य कुनै रङ्गमञ्चको, खेल होइन हजुर

गज़ल - सवाल

आँसुलाई बर्षादको, भेल भने कसो होला ?
समग्रमा जिन्दगीलाई, जेल भने कसो हिला ?


बिश्वासमा बाँधिएर, बाध्यतामा अल्झिएको
दल्दलमा भासिएको, रेल भने कसो होला ?


सँगिनछ छाती भित्र, रहर त्यसै मरी रा'छन्
बेदना र बिस्मादको, मेल भने कसो होला ?


विनासकारी संयात्रको, धार भित्र रेटीइदा
रक्त रञ्जित जीवनलाई, नेल भने कसो होला ?


मृत्युलाई काखीच्यापी, उसै सँग डराउने
सबै लिला इश्वरको, खेल भने कसो होला ?

गज़ल - तिमी यसो गर

रोदी घरमा आएँ भने, कर्के नजर लगाउ तिमी |
इसाराले डाकेँ भने, कर्खा गाउँन सगाउ तिमि |



बशन्तमा घुम्टो ओडी, डोली चड़न मन लाग्यो
दिलभित्रको चोखो मायाँ, अब चाडै जगाउ तिमि |


एक्लो जीवन निरस यात्रा खुसिहरु बिलासिए
लाली चड्दा सगरमा, थोरै पैँचो मगाउ तिमी |


पाहाडको लालु पाते, फक्रे सरि भा'छ जीवन
देबी देउता साँच्छी राखी, खाली सिउँदो सजाउ तिमी |


बर्षादको भेल जस्तै, उर्लदा छन् रहरहरु

बात बनाई हात समाई, माग्दा नभए भगाउ तिमी |

गज़ल - यसो गरे नि हुन्छ

संगै यात्रा गर्नु पर्छ, चौतारीमा रोके हुन्छ
पाइलै चाल्न छोडेँ भेने, अँगालोमा बोके हुन्छ


प्रेम रस भरिएको, चुम्बन् दिन्छु भन्छौ तिमी
जवानीको होस् नगुमाई, कोमल ओठ टोके हुन्छ


सर्वस्व नै सुम्पी दिन्छु, तिमी भित्र रम्न पाए
माग्न आउ नदिए दुवै , कुलेलम ठोके हुन्छ


जति मायाँ दिन्छौ तिमी, दोब्बर फिर्ता गरि दिन्छु
बिस्वास अझै छैन भने, तुलो ल्याई जोखे हुन्छ


बताउनै सक्दिन म, अन्तर मनका इच्छाहरु
मेरै सुन्दर बगैँचामा, रहरहरु पोखे हुन्छ


नोट :- अलिक बढीनै भएकोमा क्षमा प्रार्थी छु

गज़ल - प्रितको बलि दिएँ मैले

तिम्रो ओठमा हाँसो देख्न, आँसु सागर पीँएँ मैले
तिम्रै लागि आफ्नो चोखो, प्रितको बलि दिएँ मैले


विगतले सताउछ, अनिधा भै रात बित्छन्
खुसि जति तिमीलाई भो, पिँडा जति लिएँ मैले



छिया छिया भा'छ मुटु, तिमी बाट छुट्नु पर्दा
फेरी तिम्रै अनुरोधमा, फाटेको मन् सिएँ मैले



कसम् खाँदै तिमी बिना, बाँच्दिन म भन्थ्यौ
तर आफै ठोकर मार्यौ, अधकल्चो जिएँ मईले


आभुषणको पोको माथि, निस्छल् माया बलि दियौ
स्वार्थ रहेछ तिमी भित्र, भर गरेको थिएँ मैले

गज़ल - नभए तिम्रो खैरो छैन

जनताका पिर व्यथा, देख्छौ भने देख नेता
संविधानका धाराहरु, लेख्छौ भने लेख नेता


जातीय ति नारा ल्यायौ, भाई भाईमा आयो फाटो
भबिस्यको संकट आजै, छेक्छौ भने छेक नेता


देशै सारा अध्यारो छ,भ्रष्ट्राचारले सिमा नाग्यो
कसलाई भेट्दा सान्ति हुन्छ, भेट्छौ भने भेट नेता


धेरै भए नाटक तिम्रा, सहि राह समाउ अब
गल्तीका ति दसी प्रमाण, मेट्छौ भने मेट नेता


कलंकको टिका लाग्ला, जनताले बसाइँ खेद्लान्
उर्लदो यो महाँसागर, खेपछौ भने खेप नेता


कति गर्छौ लुछातानी, स्वान बिल्ली लडे जस्तो
स्वार्थको यो मखुण्डोलाई, फ्यक्छौ भने फ्याक नेता

गज़ल - गयो नभन है

आउन कतै ढिला भए, छाडी गयो नभन है
पिंजडाको चरी समान, पारी गयो नभन है


व्यस्ततामा अल्झिएर, पत्र लेख्न भुले भने
दिल भित्रको चोखो माया, मारी गयो नभन है


गरिबीले सताउदा, फोन गर्न पाइन भने
जिबनबाटै पर मलाई, शारी गयो नभन है


कहिले कहिँ एकान्तमा, विरहले मन रोला
एक्लो पारी आँसु मात्रै, झारी गयो नभन है


बेरोजगारी कारण बन्यो, तिमी बाट टाडा भएँ
जिबनबाटै दिक्क भइ, हारी गयो नभन है


आफ्नै मेरो बाटो थियो, सहयात्री तिमी भयौ
टाढा भइ बाँच्ने मायाँ, नारी गयो नभन है

गज़ल - अलीकती

मन भित्र पिँडा लुकाइ, हाँसे आज अलीकती
उनकै यादमा नशा पिइ, माँते आज अलिकती


सोध्छु सधै आफै सँग, कस्तो हो यो जीवन भनि
फाली हिड्थे सडकमा, साँचे आज अलिकति


थाति राखे मिठा पल , भेट हुँदा उनलाई दिन
मन भित्र रोष भरियो, माँशे आज अलिकति


रुन्थेँ सधै एकान्तमा, खण्ड हुदै टुक्रदा मुटु
संमालेर जोड्दै बस्थेँ, भाँचे आज अलिकति


मिठो लाग्ने आर्तनाद, प्रेमका ति बन्धनहरु
टुक्राउन खोज्थेँ सधै, गाँसे आज अलिकति


फुरुङ्गछ मानसपटल, उनलाई पाउँने कल्पनामा
सपनालाई अंगालेर, नाँचे आज अलिकति

गज़ल - नारी

 

मुस्कानले जिन्दगीलाई, सजाउँछिन नारी
घुम्टो ओडी ओठ खोलि, लजाउँछिन नारी


ममताको पाठसालामा, आदर्शको पाठ पढाइ
सन्ततिलाई शुमार्गमा, लगाउँछिन नारी


दैबको यो नट़यसाला, अन्त्यबाट बचाउँन
पानी सरि आफ्नो खुन, बगाउँछिन नारी


समस्याका आँधी चल्दा, धैर्यताको बाँध हाली
प्रकृतिको हाँसो पैँचो, मगाउँछिन नारी


संगीतको धुन छर्दै, मिठो बोलि कण्ठ खोलि
निरासा र बेदनालाई, भागाउँछिन नारी


गाऊ बस्ति सहरलाई, स्वर्ग सरी राख्न
चेतनाको दियो बाली, जागाउँछिन नारी

गजल -एस्तो पनि हुन्छ मान्छे ?

पैशा भए आफन्त लाई, भुल्दो रहेछ मान्छे
अहम्तालाई काखी च्यापी, डुल्दो हेछ मान्छे



मानवतालाई बिर्सिएर, ममतालाई पर फाली
सम्पतिको ओछ्यान लगाई, झुल्दो रहेछे मान्छे



सोशण र दमनका, घिनलाग्दा विचार बोकी
नाना रङ्ग आभुषणमा, खुल्दो रहेछ मान्छे



मित्रतामा छिर्के हाली, आफ्नो स्वार्थ पुरा गर्न
धोका बाटै आफ्नो बाटो, खोल्दो रहेछ मान्छे


मत एउटा पर्खाल हुँ, नटक्राउ ममाथि
आफ्नै सिर फट्ला भनि, बोल्दो रहेछ मान्छे



घमण्डलाई साहास बनाइ, मुर्खताको गौडो खोलि
कुनितीको बाटो समाई, चल्दो रहेछ मान्छे

पत्र - फुलमायालाई अन्तिम पत्र

निर्जिब मायाका सौगातअहरु ............!

हाम्रो प्रेमकथा एउटा जासुसी उपन्यासको कथा जस्तै भयो भन्दै तिमी आदर्शको झुण्ड बोकेर हिंडेकी छौ हो शहि भन्यौ तिमीले,आखिर मेरो जिन्दगीको रङमन्चमा मायाको दम्दार अभिनय गरेर सफल अभिनेत्री बन्यौ, बधाईछ् तिमी र तिमीलाई साथ दिने अब्बल शाहयात्राी अनी अघोसित अर्धाङ मिलन भन्ने हरु लाई
जसले अरुको जिबनलाई बिछोडमा धकेलेर आफ्नो जिबन्मा मिलन ल्याउनमा सौभाग्य ठान्छ
उसै को आडमा रहेर सुन्दर सस्कर्तिको रित क्रमभङ गर्यौ
दुई कटुव सगुन र चार रुपया पैसाको सास्किर्तिक महत्वोलाई कोया खोलामा नै बगायौ


जिन्दगीको हरपल तिमीलाई भुल्न सक्दिन
लाग्छ तिमी मेरो जिन्दगिको कहिले निको नहुने घाऊ हौ जस्को कुनै उपचार छैन
साथ दिन्छु माया गर्छु भनेर नाटक गर्दै बिबाहको समेत निदो गर्ने तिमी नै थियौ
यता हाम्रो विवाहअको धुम्धाम तयारी हुँदै थियो उता आब्बल खेलाडिले हाम्रो कलिलो मायाको घाती निमोठी रहेको थियो
तिमी पनि त्यसैमा साथ दीइ रहेकी थियौ अनि अरुको मिठो आस्वसनको खोलामा बग्दै थियौ
हुन त आभुसण को पोको पाएपछी कलिलो माया कुल्चन कुन ठुलो कुरा भयो र ! मइले कयौ पल्ट मायाको भिख मागे तिमी सँग तर मेरो केही चलेन
चालोस पनि के तिमी भित्र त मरुभुमी जस्तो मन र पथरको मुटु रहेछ, मरुभुमिमा मुल फुटाउनु र ढुगामा फुल फुलाउन खोज्नु मिथ्या भुल थियो मेरो
त्यसैले हिजो आज दुखी छु
अबसरबादी हुनुको पनि कुनै सिमा रहेनछ तिमी सँग


तिमी र म बिचको सन्बन्ध माया प्रेममा मात्रै थिएन त्यो त येउटा अघोसित दाम्पत्य जिबन थियो
तर के गर्नु तिमी सधैं आगो भएर नौनी सँग खेल्न चाहदी रहिछ्यौ, माया अँकुराउदाको पलदेखिनै अन्तरङ सम्बन्ध बाट हामी एक अर्कामा समर्पित हुँदै आएको कुरा तिमी र म भित्र मात्रै सिमित थिएन
यो सत्य हामी उभिएको समाजलाई पनि ज्ञात छ
हुँनत यस माम्लामा तिमी आधुनिक मान्छे स्वोभाबिक मादीहौली तर मइले तिमी सँगको हरेक कुरा लाई आकर्सणको रुपमा लिएको थिएन
यदी यसरी लिदो हुँ त तिमीबाट लिन बाँकी केहि पनि रहने थिएन
विवाहत एउटा औपचारिक्ता मात्रै रहने थियो
तर के गर्नु सत्य थाहा भएन , सत्य थाहा हुदो हो त कदापी तिमी सँग माया गास्ने थीइन अनी मेरो अबोध मायाको निर्मम हत्या पनि हुने थिएन


मइले मित्रताबाट पनि नराम्रो धोका पाए
के गर्नु आफ्नो भाग काटेर खुवएको साथीले मेरो जिबनको हत्य गर्दै आफ्नो पुरुसार्थ देखायो
तिमिले पनि उसैलाई साथ दियौ त्यो नै मेरो जिबनको अती जहरिलो र तितो सत्यहो
आज थाहा भयो विश्वाश गर्नु तर हद भन्दा बेसी नगर्नु भन्थ्ये ठीक रहेछ यदी सबै मानिस यसरी नै स्वर्थी हुने हो भने अब श्रीमान श्रीमतीले संगै रात नबिताए हुन्छ र आमाले बच्चालाई ढुक्कले दुध न चुसाये हुन्छ
मलाई लाग्छ तिमीहरु बिचको यो सम्बन्ध दुई दिनको मात्रै हो
यो आकर्सण हो
बैसको उताउलो छाल मात्र हो
उशले तिमीलाई कुनै पनि बेला "मरेको लासलाई जुम्राले छाडे झै" छाडी दिने छ
यो महिले उही मित्रबाट ज्ञान पाएको हुँ
उनै साथीलाई भन्न मन छ जस्को ढाडमा टेकी माथि गयौ र उसैलाई सिरमा बन्चरो हानेउ, बधाई छ तिमीलाई
आखिर मित्रताका नाममा कलँक न साबित भयौ
तिमीले मेरो खुशी खोसेर संसार जित्यौ, तिमी सुखी रहनु




तिमी जुन कुरामा आधुनिक भएर समाजलाई चुनौती दिदै छ्यौ तर हामी उभिएको समाजले एसलाई मान्दैन, यो चुनौती आहिलेलाई थाती राखे हुन्छ
एकलो गिद्दले सुर्य छेक्न सक्तैन
हुन त म नै सोरैआना शही भिन्दिन
मेरो गल्ती भन्नुनै मित्र माथि को विश्वाश हो
अनी तिमीलाई माया गर्नु हो
तिमिले येउटा जवन सँग एउटै सिरानी हाल्दा होस् , रात बिरात सग सगै गाउ चाहर्दा होस्, एउटा अबोध बालखले देखी बोलेको नजाएज सम्बन्धको तितो कुरा किन नहोस, या त सार्वजनिक ठाउमा दुईले अङालो मर्दाको द्रिस्य होस् , उठ बस गर्ने ठाउँमा प्रदुसण नै किन नहोस् या भनौ सारा समाजले अघोसित सम्बन्धलो उपहास गर्दा नै किन नहोस् यसलाई मित्रता र मायाको उपज मानेर चासो नदीइ म मौन बसे किन कि मलाई मेरो मित्र र मेरो मायामा विश्वाश थियो यही मेरो भुल थियो
तर ख्याल गर्नु वास्तविक जिबन कुनै उपन्यास को काहानी होइन
कुनै पनि उताउला श्रीमान श्रीमितिले पनि तिमीहरु जस्तो जाही त्यही पसुले झै गाई जात्रा गर्न लाज मान्छन
आफुले माया गरेको मानेमा तिमीलाई रखवारी गर्नु मेरो कर्तब्य सम्झन्थ्ये
त्यही रखवारी गर्दा म दोसी ठहरिये
बधाई छ तिमीहरुलाई खुसि रहनु
तर येउटा कुरा भन्छु , तिमीहरुको अघोसोत मायाले भाई टिका र अरु चेली माइती को आदर्श र अस्तित्व माथि प्रश्न चिन्न नलागोस
हुन त दुधले नुहाये पनि चरित्रको दाग मेटिदैन
आफ्ना गल्ती छोपी राख्नु सबै पर्दाफास नहोस्
पेसा ले तिमी समाज सेबी हौ तर अफ्सोच भोलिका युबतिलाई पनि यस्तै बाटो देखायौ भने समाजले उल्टो आसिर्बचन दिने छ र तिमी काहिकी रहने छैनौ
आब फेरी कसैलाई भगेरे मायाजालको चंगुलमा फसाएर म जस्तै बैरागी पनि नबनाउनु
सक्छ्यौ भने त्यो सुन्दर खोल भित्रको कुरुप चरित्र बाहिर नआउँदै शही राहमा आउ, नारी हुनुलाई दूरुपयोग नगर ताकी तिमी जस्ताको व्यबहारले संसार हल्लाउन उठेका जुझारु नरिहरुको भाबनामा ठेस नलागोस
"नारी हुनु भनेको सुन्दरताको खोल ओडेर स्वर्थी मायाको जालमा सतित्वोको दाउ थाप्नु होइन"
बर्तमानको तिमीले दिएको तितो अतितको नाताले यती भने
फेरी माया भन्ने कुर प्रशाद जस्तो बाड्दै हिंड्ने कुरा पनि होइन
हो तिमी अहिले नयाँ संसारमा रमाएकी छ्यौ तर मलाई तिमीले दिएको चोटले नरामरी बिसाइ रहेछ
तर पनि बाँच्न बिबस छु के गर्नु जानी जानी ज्यान फल्न पनि नसकिदो रहेछ त ! आफ्नै भाग्यलाई दोस लगाउदै मन बुझाई रहेछु


लेख्दै जानेहो भने हम्रो काहानीले येउटा उपन्यास नै बन्छ
सबै कुराहरु मनमानै छन
बाटो फरक भये पनि सम्झनाले छाया जस्तै पछ्याइरहेछ
जिबनपथबाट बिचलित नबनु ,तिमी मबाट नभागे हुन्छ यो गोलो धरातलमा भेट त कती हुन्छ कती, तिमीपर्ती मेरो कुनै पुर्बाग्रह छैन
तिमी मेरो पहिलो मायाहौ
आरु के लेखौ र ...............

कविता - गरिबको जिन्दगि

गगनचुम्बी महलको बीच सडक बाट
पुर्णिमामा खुल्ने जुनको आलोक निहाली रहेछ
कल्पनाको सागरमा पौडी खेल्दै
यथार्थ धरातलमा तैरने कोसिस गरिरहेछ
थाहा छैन यो बेदनाको बादल
कहिले सम्म मडारिने हो मन भित्र
लेखाजोखा छैन कति बगे र बग्छ्न आँसुका धारा
तर पनि जिबन लाई गन्तब्य उन्मुख डोहोर्याही रहेछ
ठुला योजना बनाउछ गरिब अनि काममा लाग्ने तरखर गर्छ
अनायेसै काम्न लाग्छन उसका हात पाउँहरु
किन कि उसका अगाडी अभाबै अभाबको पर्खाल छ
कति कोसिस गर्छ त्यो पर्खाल भत्काउँन
हरेक प्रयत्न गर्छ गरिबीलाई टाडा फाल्न
तर खोइ किन हो लिसो टाँसिए झैँ
साथ मै टाँसिएर आइ दिन्छ
हिम्मत लाई बटुल्छ उ मन लाई बुझाउछ
अनि यो संसार लाई निहाल्छ
जिबनको परिभाषा खोज्छ
अनि आफै सँग पैसाको मूल्य सोध्छ
फेरी यो गरिबीको जन्जिर बाट मुक्त हुने बाटो खोज्छ
तर भेटाउदैन कतै हिड्ने गोरेटा हरु
अनि आफै घनघोर दुखको जंगलमा हराएको महसुस गर्छ
रुन्छ, कराउँछ र चिच्याउँछ बिरही भाकामा न्याउलिझै
तर गरिबको पिडा बुझिदिने कोहि छैन
अनि यो सम्पन्नताको सिखर नाँगेको
पैसा रुपी समाजले उसको चित्कार सुनी दिने पनि छैन
फेरी आमा संझन्छ भगवान पुकार्छ
अनि आफ्नै कर्मलाई सराप्दै पराही माटो कोट्याउन लाग्छ
बाध्यता नै बाध्यताले बाधिएको यो गरिबी जिबन
औसीको अध्यारो चिर्ने हिम्मत बोकी
पुँजीपति संग मितेरी गाँस्दै
बिहानीको उषा देखि साझको गोधुली सम्म
पसिनाका धारा बगाउछ
तर पनि अभाब बाट मुक्ति नपाए पछी
आफ्नै हात ले आफ्नै पुर्परो ठोकी
आफुले धान्नै नसक्ने समस्याको भारी बोकी
एकान्तमा खोइ के के कल्पन्छ गरिब
तर अभाब नै अभाबमा बित्छ गरिबको जिन्दगि

गज़ल - यस्तो पो लेखौ कि ?

लेखक हामी कति लेख्ने, माया प्रेमका कुरा
कहिले काहीँ धस्ने गरौ, दलाललाई छुरा


कैले लेख्यौ रुपसिका, अनि लेख्यौ रुपका
लेख्न बाँकी अन्यायका, भरौ कागज कोरा


सादा पाना खालिनै छ,लेख्ने कुरा बाँकि
सोधौ तिनलाई किन मरे, जनताका छोरा


जिवितै छन हाम्रा विचार, हिम्मत् मर्या छैन
खोजौ कारण किन उठ्छन, रगतका फोहरा


खोसिदैछन् हाम्रा कलम, भाचिदैछ्न हात
सहि बसे हाम्रा इच्छा, रहन्छन अधुरा

पैशा रुपी परदेश- कविता

सिर देखि पाऊ सम्म, पसिनाका धारा बगाई!
आत्मा भित्र भित्र कता, कल्पनाको दियोजलाई!!
पैशा पैशा भन्दै हिडने, खान नपाई भर पेट!
बाध्यताको जन्जिर रैछ, पैशा रुपी परदेश !!


आफ्नाहरु पर छाडी, एक्लो जिबन जिउँनु पर्छ !
सम्झनाका तरङ्गमा, आँसु घुड़का पिउँनु पर्छ !!
ताबुकहरु उठाउनु छ, खाली हुन्छ भित्र पेट !
सम्मस्यको जालो रैछ, पैशा रुपी परदेश !!


कल्पनाका महल बनाई, बिताउनु छ रात!
सपनाहरु उडी जान्छन, सुन्य लाग्छ हात!!
जता ततै पहिरो देख्छु, कतै छैन भर छेक !
बेदना को पोको रैछ, पैशा रुपी परदेश !!


नत मिल्छ भाषा हाम्रो, नत मिल्छ भेष !
मित सधै लगाउनु छ, पराही मान्छे सित!!
आफै भित्र हराउछु म, लाग्छ मलाई उदेक!
एक्लो यात्रा तय गर्ने, पैशा रुपी परदेश !!


गगन चुम्मी महल बीच, सडकको काम !
गैँति बेल्चा चलाउँनु छ, छैन कति दाम !!
कति रहर सजाकोथें, के गरु म उल्लेख!
सपना हरु टुटाउने, पैशा रुपी परदेश !!


भाग्य ले नै ठगेकाले, भा'छ मलाई गाह्रो!
परदेशमा दिन बिताउन, ढुंगो भन्दा साह्रो !!
खुन संग पैशा साट्ने, पराहिहरुको यो देश !
बिन्ति गर्छु सकेसम्म, नआऊ साथी परदेश !!

गजल - मेरी उनि

चुरा पोते शिरमा सिन्दुर, लगाउँछिन् मेरी उनि
छम् छम् बज्ने पाउजु पाउँमा, बजाउँछिन् मेरी उनि


उनको कुरा परै छाडौँ, मलाई पनि जबर्जस्ति
रङ्ग मंचको नायक जस्तो, सजाउँछिन् मेरी उनि


खुसि लाग्छ मलाई पनि, फुरुङ्गछ मानसपटल
जिस्क्याउन खोज्छु कहिले, सर्माउँछिन् मेरी उनि


कैले कहिँ पिरतीका, भाका मिलाई गीत गाउँदै
नाच्छिन अनि मलाई पनि, नचाउँछिन् मेरी उनि


घुर्क्याउदै साँझ बिहान्, रिसाएझैँ सामु पुग्दा
मधुर् बोलि कण्ठ खोलि, फकाउँछिन् मेरी उनि


मलाई आफ्नो सबैथोक, जिन्दगिको सम्झिएर
मुटु भित्र भित्र कता, लुकाउछिन मेरी उनि

आँट छैन - गजल

आँखा मात्रै जुधेका हुन्, चिनाजानी भा'को छैन
माया गाँस्न भन्छ मन, तर बोल्ने आँट छैन


समाजका आँखा छल्दै, दोबाटोमा कुर्ने गर्थे
भेट्दा हेर्दै टोलाउँथेँ, केहि भनौ बात छैन


माया गाँस्ने कल्पनामा, जागै बिते राता कति
चोरी भयो मेरो मन, आज आफ्नै साथ छैन


उनकै न्यानो अंगालोमा,लुक्ने सपना देखेकोछु
चोखो मनले माया गर्छु, साँचो हो यो घात छैन


गरिबीको जंजिर काट्न, आज आफै टाढा भए
कतै ठेस लागि लडे, समाउँभन्ने हात छैन


राखेकोछु मनमन्दिरमा, त्यहाँ कुनै पाप छैन
हिम्मत लिई सामु पुग्छु, तर बोल्ने आँट छैन

मनको बह - गजल

बिगतले सताउँदा, एकान्तमा रोएको छु
आफन्तलाई छोडि आएँ, बेसाहारा भएको छु


कयौ सपना सजाउँछु, फुट्छ्न सिसा सारी
हराएको मन्जिल खोज्न, मुग्लान आएको छु


चिरिएको छाती माथि, पराहिले झिर रोप्दा
आँखाबाट आँसु बगाइ, आफ्नै मन धोएको छु


चारै तर्फ निस्पट्ट छ, देखिन्न कहीँ जने बाटो
बिधाताले ठग्यो मलाई, भन्दै निधार छोएको छु


दु:खको यो गरौ भारी, कतै लगि बिसाउँ लाग्छ
बिसाउने ठाउँ नपाई, पसिनाले नुहाएको छु


जहाँ जाउ पाइन कतै, साहाराको सितल छाँया
गरीबहो कारण भन्दै, मन मैले बुझाएको छु

गज़ल - यसरि आयौं

लाग्यो मलाई जिवनमा, खुसि बोकी आयौँ
अस्ताएको ओठको, हासो फर्काएर ल्यायौँ


तर भ्रम रैछ मेरो, रैछ्यौँ महा जाली
प्रेम प्याला भन्दै भन्दै, जहर बोकी आयौँ


अँमृतको थोपा भनि, हात मैले बडाएथेँ
कोमल मन जालाउँन, ज्वाला लिई आयौ


ठाने मैले जीवन भनि, खुसी चडाइ दिए
पिरतीको गला रेट्न, छुरा लिई आयौ


संगै सागर तरौ भनि, बाचा कसम् खाए
अलपत्र एक्लो छाडी, अन्तै तिमि गयौ

पत्र

पर्देसी पतिलाई पत्नी को पत्र

मेरो सिर निहुरि रहेछ हजुरको चरणमा, सम्बोधन गर्दैछ मेरो प्रण लाई हिर्दयका भबहरुले, यति खेर म भगवान लाई सम्झी रहेछु
सधै सहि सलामत राखेस
बिरानो ठाउमा तपाईको सहारा को होला ? सन्चै त हुनु हुन्छ ? खोइ कसरि बुझ्ने त्यहाँको खबर ! कसरि सुनौ तपाइको बोलि ! अनि कहिले देखौ तपाईको चेहरा ! यस्तै यस्तै भाबनाहरु समेटिएका छन म भित्र, नाता र परिचय थिएन हामी बीच तर यो दुनियामा तपाईको नामको सिन्दुर मेरो सिउदोमा रंगयो बास्तव मै त्यस दिन बाट म तपाइकी भए अनीत आफ्नो पनको आभास हुन थालो
तर दुख लाख्छ थाहानै नपाई हिर्दय फुकाएर बोल्न नै नपाउदै लाजले झुकेको सिर उठननै नपाउदै बिछोडको परिस्थिति अंगाल्नु पर्यो जसमा एक प्रकारको आफ्नै व्यथा छ
जसलाई स्वीकार्नै पर्छ
आज भोलि तिनै छोटो समयका दिन लाई सम्झेर दिनहरु काटी रहेछु
रितले छुटायो प्रितले सम्झना दिलाउछ यस्तै त रहेछ जिबन
के गर्नु बाच्नका लागि संघर्स गर्नै पर्ने
नत हजुर लाई इच्छा थियो भेट्ने साथ साथ छुट्ने, नत मलाई ! नत रोक्न नै सक्थ्ये म तपाई लाई , के गर्नु आफुले सोचे जस्तो नहुदो रहेछ त
नजिकिएर एक अर्कामा आश्रित भएर दुख सुख बाडेर तितो मिठो जे हुन्छ खाएर आफ्नै देशम बस्ने चाहना त सबैको हुन्छ तर के गर्नु नियतिले अलग बनाएपछि मनलाई बुझाउनै पर्ने, बाच्नका लागि अनि बचाउनका लागि जिबन चलाउनका लागि खोइ के के गर्नु पर्ने हो ? सम्झन्छु पुरुस को जिबनमा अनेक आपत् आउदा रहेछन
आफ्नो परिवारको सुखको लागि रात दिन दुख गरेर हिडी रहेको बेला एक कप पनि खुवाउन नपाउनु, छेउ मा बसेर भिजेका आखा पुछ्न नपाउनु यो भन्दा ठुलो पिडा कुन स्त्री लाई होला ? आखिर जिबन नदी विवाह डुंगा श्रीमान श्रीमती त्यो डुंगा लाई पर लगाउने शाह यात्री यही त होल पती पत्नीको सम्बन्ध अनी खुशीयली जिबनको सिडी !

यहाँ सबैलाई सञ्चै छ्
जे जसरी भये पनि एक अर्कोको साथमा भएकाले होला खुशी साथ दिन हरु गुजारी रहेछौ आमा बुवा पनि आरामै हुनुहुन्छ
मइलेत आफुले गर्ने कर्तब्य गरीरहेकिछु
घर भित्रको बातावरण राम्रो बनाउन स्त्रिको ठुलो हात हुन्छ भन्छन, दाइत्व र जिम्बेवारी दिलो ज्यान दिएर पुरा गर्ने छु
हजुरले यहाँको बारेमा चिन्ता लिनु पर्दैन, धेरै पिर गर्यो भने सरिर कम्जोर हुन्छ
सम्झनु पर्छ मनलाई बुझाउनु पर्छ र हामीले बुझ्नु पर्छ कि भगवानको चाहना नै यस्तै थियो
दुनियाँमा सधै को कस्को साथमा हुन्छर ? कुनै न कुनै दिन आँखा चिम्लेर अध्यरो संसार अङाल्नै पर्छ
फेरी सदाका लागि टाढा पनी त जानु भएको होइन नि हजुर ! केही समयमा त भेट भाई हाल्छ ! किन मनलाई सनु बनाउनु हुन्छ ? म त यसरी नै चित्त बुझाई रहेकिछु तर घरी घरी पिडा हुन्छ, जब रमाइला समयहरु आउछन याहा अनी मेरो मन त्यहाँ पुग्छ जहाँ तपाईं हनुहुन्छ
म हराउछु `हजुरको यादमा ! छितिजलाई हेरेर दिनहरु गन्न थालछु ! अनाय्र्सै तपाईंको छाया मेरो अगाडि आउछ अनी मन भरी खुशी बोकेर तपाईंको स्वागत गर्न संघारमा पुग्छु तर अनायसै झस्कन्छु र आफैलाई सुन्यतामा पाउछु अनि सम्झन्छु अबत कहिलै त्यो बिरानु संसारमा जने स्विक्रिती दिनेछैन भने सङ्कल्प गर्छु र लाचार पाहिलालाई भित्र तिर फर्काउन बिबस छु
रात दीन भगवान सँग प्रार्थना गर्छु हजुरलाई केही नहोस्, मेरो बाच्नुको आधार हजुरनै त हो
आफ्नु ख्याल रामरी राख्नु
बिदेसी भुमी आफन्त कोही छैन भनेर मन खिन्न नपार्नु, मलाई महसुस गर्नु आफ्नो पनको आभास हुने छ्


किन हो किन सुन्यताले सताइ रहेछ मनको एकान्त कुना बाट अब्यक्त रुपले मायाहरु जागी रहेकोछ अनी इश्वर सम्झेर सुनसान बातावरणलाई अङालेर सपनीमा हजुरलाई भेटछु, मायालु हातले स्पर्श गर्न पुग्छु, फेरी झस्कन्छु ओहो कस्तो मिठो सपना देखी रहु जस्तो भेटि रहु जस्तो
यसरी धेरै रात हरु बिताइ सके हजुरको यदमा ! चहित्र बैशाखको हुरी संगै मेरो मन उडी रहेछ, अङालेर बस्छु आक्रिती र प्रतीबिम्बलाई जहाँ छोटो समयमा अनगिन्ती पलहरु हासी खुशी बितेका थिए र अझै चाहना छ्
तपाईंको प्रतिछ्या मेरो मात्रै होइन सम्पूर्ण परिवारको हो
तपाईंको सुन्दर आगमन को कामना सबैलाई छ
हजुर आए पछी फेरी घरमा एक प्रकारको खुशीयाली छाउने छ सन्चो बि-सन्चो के छ बुझ्न पाये हुन्थ्यो
खबर र पत्र पठाउदै गर्नु होला अब धेरै के लेखौ र हजुर मनका भाबनाहरु एकै साथ ब्यक्त गर्न नसकिदो रहेछ्त खाली पानामा ! हजुरलाई सम्झेर यती बेला खुशीले आशु बगी रहेछन ! चाडै आउनु संगै जिबनका पथहरु एक अर्काको भरमा ब्यातित गरौला
अन्त्यमा मेरो भगवान तपाईं भये पनी इश्वरलाई सम्झन मन लग्यो, हे इश्वर मेरो बाच्ने आधारको र्रक्क्ष्या गरेस .........................!!!!!!!!!!!!!!

गजल - रुपसीको बयान

मृर्गनयनी चंचल आँखा, ओठमा खुल्ने मुस्कान !
उनलाई छाडी के गरौ खोइ, सुन्दर फुलको बयान !!



दिलकी त्यस्तै कन्चन उनि, खुले जस्तो गगन !
स्वोडसिंगार यौबन देख्दा, लुटियो मेरो चयन !!



डुब्न पाए हुन्थ्यो लाग्छ, उनकै प्रेम सागरमा !

रातो दिन उनलाई हेर्न, लालाइत मेरा नयन !!



फुर्सदमा इश्वरले, कल्पिएर रचे जस्तो !
अँध्यारोमा ज्वोती छर्ने, किरण हुन् कि मइन !!



पुर्णिमाको आलोक पनि, उनको अगी कमि लाग्छ !
यो मनमा बासिन उनि, त्यहिँ हुनाले राम्री भईन !!



मायाको राज महल बनाई, राखी दिन्छु मन भित्र !
रुपसी परी माया गाँस्ने, गरेँ मैले आज चयन !!



हाँसे ओठमा हिमाल खुल्छ, पाउमा पाउजु छम छम !
उनलाई छाडी के गरौ खोइ, सुन्दर फुलको बयान !!

गज़ल - मनको व्यथा

माया देखि टाडा भएछु जिबन सजाउनलाई !
उल्टो फेर्छु कोल्टो फेर्छु निदरी बोलउनलाई !!



निदाउन खोज्छु राती तकियालाई काखी च्यापी !
सपनामा भेट्ने मनछ यो मन बहलाउनलाई !!



सल्बलाई सताउछ आखा अगी उनको तस्बिर !
सपना बाटै उठ्न पुग्छु अंगालो लगाउनलाई !!



रिसाउथे म फकाउथिन नाना भति कुरा जोडी !
उनकै तस्बिर हेर्ने गर्छु सधै न्यास्रो मेटाउनलाई !!



खुसि लेख्न खोज्छु तर लेखिइन्छन व्यथा हरु !
बिगतलाई केलाइ हेर्छु यो मन बुझाउनलाई !!



पत्र लेख्न खोज्छु कहिले मुग्लानको पिडा हाली !
थाहै नपाई थाल्छन फेरी आखा रसाउनलाई !!



कता कता डराउछु पराही नजर लाग्ने हो कि !
फर्की जाऊकि आज आफै आफ्नु माया बाचाउनलाई !!



जिबन देखि टाडा भएछु सम्पति कमाउनलाई !
उल्टो फेर्छु कोल्टो फेर्छु निदरी बोलउनलाई !!



गणेश "बिकाश" भेटुवाल

एस्तो लेख

लेख्दा लेख्दा नथाकेका कबिका ति कलम हरु!
सब्द सब्द मिलाएर बनाउछ्न मलम हरु !!
लेख्दा लेख्दा दिक्क लाग्ला तिमीलाई कविता !!
पढी दिने कोहि नभए मै पढी दिउला एउटा!!



सीताका लेख्यौ रामका लेख्यौ अब लेख मनका !
कहिले कहिँ लेख्ने गर दलालका धनका !!
आफ्नु हातमा कापी कलम चालु त्यहिँ ठाउँ मा !
समाजका कुरीति र भ्रस्टचारीका नाउमा !!



राष्ट्र फेरी फुट्न लग्यो जाली नेता धरै भए !
महंगीले सिमा नागो जनता गरिब हुदै गए !!
लेख्छौ भने लेख कबि भ्रस्टचारीका कविता !
तिम्म्रा कविता पढ्नलाई हतारोमा छन सबिता !!



भएकालाई छुटाएर होइन दाजु भाई फुटाएर होइन !
बिकाश पथ बाट भ्रस्ट भइ बिनास पथमा लागेका !!
जनता को रासन भन्दा सडुवा भासणमा जागेका !
जनताको नागरिक सर्बोचता पैताला मुनि राख्ने !!
प्रतेक दिन बन्द हड्ताल पासो मात्रै थप्ने !
जनताको झुप्रो भन्दा पैसाको थुप्रोको भोगीको !!
लेख बरु तिमि अब समाज सुधारका कविता !
पढी दिने कोही नभए म आफै पढी दिउला एउटा !!



उठ कबि जाग अब देशको लागि लाग तिमि !
जनता लाई सचेत गर्न सहि कलम चलाउ भनि !!
छोडेर होइन समेटेर लेखोस तिम्रा कलमले कविता !
पढी दिने कोही नभए मै आफै पढी दिउला एउटा !!

गणेश "बिकाश" भेटुवाल

कबिता - पर्देसी को मन

पर्देसी को मन




कहिले यो मन उडी जान्छ छितिजलाई चुम्न!
चाहन्छ यो मनले कहिले सारा बिस्व घुम्न !!
कहिले जान्छ महल मा अयेस आराम गर्न !
कहिले जान्छ झुपडी मा दुखि संग बोल्न !!



कहिले जान्छ प्यारी लाई अंगालो मा बेर्न!
कहिले पुग्छ रङ्ग मंच मा रमाइलो हर्न !!
कहिले पुग्छ गगन मा बादलको माथि !
एकलै डुल्छ मेरो मन चाहिदैन साथी !!



म त यहिँ पर्देसमा छु मरो मन कहाँ !
कहिले लान्छ बाबा अनि आमा लाई भेट्न !!
कहिले रुन्छ यहिँ मन कल्पिएर धेरै !
कहिले खुसि बाढी हिड्छ हँसाउछ मलाई !!



कहिले काही पैशा संग मित गास्छ मन !
कहिले काही कंगाल पार्छ छइन हातम धन !!
कहिले स्वर्ग पुर्याई दिन्छ अफ्सरा को साथमा !
एकै छिन अडिदैना छैन यो मन बसमा !!



मन आफ्नो भए पनि उड्छ हावा सरि !
यथार्थ मै रुवाई दिन्छ मलाई घरि घरि !!
सपनाका महल बनाई घुमाउछ मलाई !
कहिले काही मालिक ले झैँ घुर्क्याउछ मलाई !!



कहिले जान्छ सडक तिर पजेरो मा गुड्न !
कहिले जान्छ आकास मार्ग बिमान मा उड्न !!
कहिले हिड्छ ठिटी संग मस्का मास्की गर्दै !
पेटीमै पो बास बस्छ दुख कस्ट झेल्दै !!



पर्देसी को मन न हो बसमा रहदैन !
जता जता घुमे पनि यथार्थ मा छैन !!
पर्देशी को व्यथा उही खाडी को यो तातो !
घरमा गइ छोरा छोरी प्यारी भेटौ भा'को !!



भित्र भित्रै रोएको छु सक्दि म हास्न !
कता कता उड्छ मन छैन मेरो बासम !!
यहिँ मनले सुख पाउने सपना देखाई ल्यायो !
पर्देसी को मन ले सारा बिस्वो घुम्ने भयो !!

गणेश"बिकाश" भेटुवाल

नभन मलाई भुल्न भनि


मेरो मन को राज .........................................!!!!!!

मैले त तिमीलाई आफ्नै मन को राज सम्झी रहेछु, तिमीलाई नै मरो मन ले प्रिय सम्झन्छ र राज गराउछ किनकि मेरा निम्ति तिमिनै पृय छौ
यदि तिमीलाई मैले चोखो माया गर्दा यो समाज को लागि पाप हुन्छ भने म यो पाप गरि रहने छु तब सम्म जब सम्म मेरो नसा मा खुन रहिरहन्छ
तिमि भन्छौ मलाई भुलीदेउ र आफ्नु सुन्दर भबिस्य को खोजि गर किनकि पर्देसी को भर हुदैन भनेर तर राज कसरि भुलौ म तिमि लाई मेरो आत्मा भित्र तिमि त एक बिराजमनछौ फेरी तिम्रो आसन खोसेर अरु लाई कसरि दिन सक्छु म, त्यति स्वार्थी बन्न सक्तिन राज ताकी दुइ दिन टाडा हुदै भुली जाने, बाल्य काल देखि लगाएको चोखो माया कहाँ हराई जान्छ र सबन पनि ले धोएर येसलाई पखाल्न त आसु को जरुरत पर्दछ, आसुले पनि म तिमि लाई हटाउन सक्तिन किन कि मेरो सुन्दर भबिस्य नै तिमि हौ
के तिमि यो भन्न सक्छौ मेरो याद पटक आउदैन भनेर ?सक्दैनौनी होइन ?साचै सोध्दै छु के तिमि मलाई भुल्न सक्छौ ?अनि हाम्रो बाल्य कल को माया र त्यहिँ माया को डोरी मा समाएर झागीएको हाम्रो प्रेम लाई? यदि तिमि भुल्न सक्छौ भने म पनि कोसिस गर्ने छु आसु पिएर भएर पनि तर मलाई पटकै बिस्वस छैन तिमीले भुल्छौ त्यो रानी बन मा गाईबाख्रा चराउदै हास खेल गरेको अनि कतै टाडा जादा एउटा लौरोको भर मा उकाली वोराली गरेको अनि त्यो भागति मन्दिर मा परेबा उडाउदै संगै मर्ने संगै बाच्ने कसम खाएको त्यसै गरि जति टाडा भय पनि कहिल्यै नभुल्ने बाचा गरेको त्यसैले त राज फेरी मेरो मन लाई यसरि चोर्ने काम नगर
हो मलाई थाहा छ त्यो परदेसमा तिम्रा धेरै साथी छन जसको साथ मा तिमीलाई समय गएको पत्तै हुदैन तर मेरो त आफन्त साथी प्रेमी जे भने पनि तिमि नै हौ सबै भन्दा नजिक को बक्ति जस ले मेरो अन्तर आत्मा पढेको छ
जिबन को यात्रा मा यात्रा गर्दा मानिसले कुरा मिल्ने साथी थोरै मात्रै पाउछ त्यस्तै मेरो पनि रुची र कुरा मिल्ने अनि मेरो नियति लाई बुझिदिने तिमि त छौ एक मेरो
त्यसै भएका कारणले होला जति सुन्दर र रमाइला ठाउँ भए पनि जति असल र रुपवन पुरुस भए पनि म आफु लाई तिमि भन्दा टाडा लगेर भुलानै सक्दिन
जिन्दगिका रमाइला र सुखद पल सम्झना साथ पहिला तिमि आउछौ किनकि जिन्दगि मा रमाइलो पल तिमि बाहेक अरु कसै संग बिताएकै छैन


तिमीले जब बिर्सन भन्यौ तब एक पटक यो मन बाट तिमीलाई पखाल्न खोजे तर एक दिन देखि अर्को दिन असहाय पाउछु अनि डरफोक झैँ लाग्छ, केही हराए र गुमाए जस्तो महसुस हुन्छ
यस्तै प्रयास मा झनै दर्दनाक हुच्छ मेरो अबस्ता
यहाँ छदात त्यति माया गर्थौ फेरी कसरि भन्न सक्छौ राज यो सब्द ..........तिमि यहाँ छदा त भेट्न गारो हुन्थो झन् अहिले त यति टाडा भयौ संझदा पनि भकानु फिलेरा आउछ त्यस देखि उता ..........
तिमि यही छदा त यही कतै छौ भन्दै मन बुझाउने ठाउँ हुन्थ्यो तर आहिले त उफ .....संझदा पनि दिक्क लाग्छ
तिम्रो नजिक बसेर कुरा गर्नु हास्नु तिम्रो काखमा सिरानी लागएर लोलाउदै समय व्यतित गर्नु अनि तिम्रो माया को सित्तल छहारी मा न्यानु अंगालोमा बाधिएर जिबन यापन गर्न पाए मलाई पर्याप्त छ
तिमि बाट माया बाहेक केनै मागेकी छु र ? आफ्नो सारा जिन्दगि पाउमा चडाएर सट्टामा माया मागेकी हु
अनेक आभुसन र धन दौलत बिना मलाई आफ्नो बनाऊ म त्यसैमा रमाउने छु र मेरो चाहना नै जुनी जुनी तिम्रो बन्ने हो
के गर्नु राज यो मन लाई स्थिति अनुकुल पारेर अन्त कतै मोड्न पनि नसकिदो रहेछ त बर्साद को भेलमा नदिले धार फेरेझै
हेर कुन दिन राज राज भन्दा भन्दै म बिलाउने छु त्यस पछी तिमीलाई थाहा हुनेछ मेरो प्यारको महत्वो र गहिराही अनीत लाख कोसिस गरे पनि यो ससरीर देख्न र मिठो बोलि सुन्न पाउने छैनौ
यस्तो नहोला भन्न पनि कहाँ सकिन्छ र ! भोलि के हुन्छ कसैलाई थाहा हुदैन
आखिर यो सरिर जिउदो जाग्दो आत्मा को खोल न हो, यो सरिर बाट आत्मा उडी जना के बेर ! तिमि पनि भन्थौ आज रमाइलो गरौ भोलि के हुन्छ कसैलाई थाहा हुदैन भनेर त्यसैमा साथ दिन्थे म तिमीलाई अनि एउटा आनन्द को अनुभूति गर्थौ, तर अहिले ति दिन सम्झदा आखा बाट आसु बग्छ
चरी झैँ उडेर तिमीलाई भेटौ लाग्छ अनि यस्तो लाग्छ ...................
त्यसैले त राज मलाई छिटो छिटो आफ्नु बनाऊ ताकी पहिलै कसै पराही को सिन्दुर र गला मा मङ्गलसुत्र लगाएर बेहुली बनि डोली चडन नपरोस
यस्तो नहोला भन्न पनि सकिन्दैन यो स्वर्थी संसारमा छोरी लाई आमा बाबा को निर्णय मुताबिक पराही घर पठाउने रितै छ
तर..........तर म तिमि बाहेक कसै को आभुसन मा सजिएर सुहागरात मनाउन सक्तिन, बोरु मेरो ज्यान किन नजवोस


राज अहिले समय ले टाडा बनायो भन्दै मा मन लाई सानो नबनाऊ तिमि जति प्रतिछ्या गर्न भन्छौ म तयार छु
यो जुनी त के जुनी जुनी भन्छौ भने पनि मलाई मुनासुफ नै हुने छ
तर कहिले कहिँ फोन गर्दै गर अनि पत्र लेख्दै गर, तिम्रो छातीमा लुक्ने ठाउँ देउ यति मात्र गरि दिए म आफु लाई सारै भाग्य मानी ठान्ने छु र सदै खुसि रहने छु अनि हासी हासी तिमि आउने बाटो कुर्ने छु एक दिन सुनौलो बिहानीको घाम जस्तै मेरो जिबन मा उज्यालो लिएर आउछौ भन्ने आसा मा
तिमीले सम्झिदिए मात्र पनि मलाई जिउन सहज हुनेछ
बिन्ति छ राज फेरी यसरि भुल्ने कुरा नगर ताकी तिमीलाई जिन्दगि ठान्ने यो दुखि को मन मा घाऊ नलागोस अनि त्यहिँ घाऊ को दुखाई सहन नसकी तिमीलाई एक्लो छाडेर सदाका लागि टाडा जान नपरोस आर्को जन्म मा भेट्ने बाचा गर्दै
यहि बिन्ति गर्दै आजलाई बिदा लिदैछु


उही तिमीलाई धेरै धेरै माया गर्ने ................................!!!!

गणेश "बिकाश" भेटुवाल

आउ साथी संगै हिडौ

बिबस्ताले जोडिएको हाम्रो मन
सत्भाबनाले बेरिएको हाम्रो तन
संच्चा मित्रता को जिबन जिउनको लागि
तिमीले यो बेला आकास को जुन खोज्यौ भने
कहाँ संभब हुन्छ र मित्र
पुर्णिमा मा ग्रहण लागेको बेला
चारै तिर निस्पट्ट अध्यारो छाएको बेला
त्या हिम्शा आतंक ले देश आक्रान्त भएको बेला
पुरा गर्न सक्तिन म तिम्रा महत्वोकंछ्या हरु
तिमि रिसाउ या खुसाऊ
आफ्नु मन लाई दुखाउ या बुझाऊ
झुट्टो आडम्बर को खोल सिलाउन सक्तिन म
किनकि ;घाम जुन अस्तायेर अध्यारो भएको छ
राको छिर्नु पर्छ हामीले हिड्ने यात्रु हरु रोकिएको बेला
बाटो खुलाउनु पर्छ हामीले
नत तिम्रो चिन्ता को वास्ता छ मलाई
न त मित्र ता को ख्याल गर्ने फुर्सद नै
यो त सबै छाडेर देश को लागि लाग्ने बेला हो
सर्बहारा मिलेर न्यायको लागि, स्वभिमानको खातिर
बुलन्द आवाज उठाउने समय हो
देश र जनता को लागि बैचारिक युध्द लड्ने बेला हो
गरिबी र सोसण को जन्जिर ले बाधिएर बाच्ने
कैदी जिबनको विरुद्ध बोल्ने समय हो यो
हामी एती बेला
हामी एती बेला
आफ्ना आफ्नै स्वार्थमा लाग्यौ भने
भाई भाईमा रिसिबी साध्यौ भने
आफ्नाले आफ्ना लाई नचिनेर
आफ्नो आफ्नु भाग खान लाग्यौ भने
छि ..मलाई त घिन लाग्छ
तँ काले तँ सेते नप्चे र थाप्चेको नाम मा
पाखुरा सुर्का सुर्की गरि भाग बंडामा लड्यौ भने
हाम्रो देश र हाम्रो स्वाभिमान नै मेटिने छ
हामी हराउने छौ र बिलाउने छौ
अन्तत हामी सदा का लागि
पराही दासत्ता को डोरीमा बाधिन पुग्छौ
त्यसैले मेरा आत्मीय साथी आउ हाते मालो गरौ
युग थाम्ने दरिलो काध को खाचोछ यहाँ
देश र जनता को पक्छ्य मा बोल्ने वोकिल को जरुरत छ यहाँ
हामीले बास्तबिकता लाई बुझनु पर्छ
हामीलाई फुटाएर कम्जोर बनाउने लाई चिन्नु पर्छ
यस्तो भए मात्र भईचार को अस्तितो रहन्छ
त्यसैले हामी बीच को अन्योलता लाई चिर्दै
दुस्मनी पूर्ण भाबना लाई पर फाली
समझदारी को हात मिलाउन आउ
यो धर्तीमा फेरी शान्तिको बिज छर्न आउ
आउ एकै ठाउमा बसी फाटेको मन टाल्नु पर्छ
टुटेको मित्रता को डोरी गास्नु पर्छ
हामी धेरै पछाडी परिसक्यौ
उठ नया बिहानी को खोजि मा लग्नु पर्छ
नया युग को सुरुवातको लागि
निणायक युध्द लड्न तिमि संग हतियार जे छ
बोकेर आउ साथी आफ्नो लागि युध्द लड्यौ
देश बचाउन क्रान्ति गरौ
आउ साथी हात मिलाई न्यायको निम्ति अगी बढौ
मनफेर्ने प्रियसी



फुलै फुलको बिस्तरामा ढल्किएर नोटै नोटको बिट्टोमा शिराने लगाएर चौरासी ब्यन्जन ले छाक टार्ने हरु संग मैले आशा गर्नु नै थिएन । मलाई यो राम्ररी थाहा थियो की धेरै पढे लेखेकाहरु संग अन पढले मित्रताको हात बडाउँनु उचित अबस्य हैन । गरीबहरुले पनि साहु माहाजन हरु संग आफुलाई दाँजेर प्रेम गर्नु । आफु झनै बडारीनु हो भन्ने बिसर्िनाले आज म जस्तै अरु पनि भुसमा गनिनु परेको हो । यो संसार सम्पन्नको हो भन्ने थाहा हुदाहुदै पनि म जस्तै गरीवहरु मायाँमा धन दौलत हुदैन मायाँमा जुन सक्ति हुन्छ त्यो कुनै पावर फुल हतियारले पनि जित्न सक्दैन । मायाँमा पागल म जस्ताले मात्रै यस्तो बिषयमा सोच्ने गरेको रहेछु । आज आएर थाहा भयो मायाँ रुप संग दाँजीदो रहेछ । मायाँ दौलत संग जोखीँदो रहेछ । मायाँ जातित्व संग बिभाजित गरींदो रहेछ । मायाँमा आँशु त के रगतै बगाए पनि फरक नपर्नेहरु हुँदा रहेछन् । मायाँलाई ब्याबसाहिक रुपमा परिमार्जित गर्ने हरुले आँखै अगाडी बाट छर्ल¨ बनाएर देखाई दिएकी म चोखोमायाँ गरीरहेछु भन्न पनि धिक्कार लागेर आयो । मैले त एउटा गरीवले दिने मायाँ । पसिनाले साटेको थोरै पैसाले पुग्ने आराम दिन खोजेको मात्रै हो । साहु महाजनको परिवारले जस्तो मखमलको बिस्तारामा तिमीलाई राखेर सुहाग रात मनाउँने मेरो औकात हैन र छैन पनि । मैले त सुनेको थिएँ मात्रै हैन देखेको पनि थिएँ । अन्तरआत्मा देखिनै मायाँ गर्ने मान्छेहरुले सिर्फ धड्कन बनेर रहन चाहान्छन् ।तर यहाँ त मायाँ मुल्यमा बिक्री हुँदो रहेछ । एक दुई बर्ष अर्काको माटोमा पसिना पोख्दैमा आÏनो जन्म भुमि त बिसर्िन सक्ने मनस्थीती पैदा नहुनु पर्ने तर त्यो पनि हुँदो रहेछ । नेपालीले नेपाली चिन्दैन भने मायाँले मायाँ नचिन्नु अनौठो अबश्य हैन । मलाई कता कता भित्रै बाट जलन भएको छ । आँसुमा पनि खोट हुदोरहेछ । कोही कसैको दुःखलाई Ôणिक आÏनै ठानेझै गरेर नक्कली आँशु बगाउने निर्मोहीले जीवनको हरेक मोडमा साथ देलिन भनेर कसरी सोच्नु मेरो प्रत्येक पाईलामा मात्रै हैन मेरो शरीरको थोपा थोपा रगतमा पनि तिम्रै स्पर्षको महशुश गर्ने म † जब तिमीलाई देखे मायाँ बसेको पत्तै पाईन । मायाँ गर्ने सिर्फ मनले होला भनेर निश्चिन्त हुदै मायाँको बेगलाई तिमी तिर अंकित गरीरहे । मलाईनै थाहा भएन मैले यो कस्को लागि किन गरी रहॆछु मैले त यती मात्रै सोची रहेंको थिएँ की । म मेरो जीवनलाई भन्दा बडी मायाँ गरेर मायाँनै मायाँको सागरमा डुबुल्की मार्दै कहाँ कहाँ पुर्याउँला । म कति मुर्ख यो त सोच्नै भुलेछु म गरिव छु मेरो हैशियत तिम्रो भन्दा सयौ गुना बेग्लै छ । तिमीलाई सुख दिन सक्ने मेरो योग्यता पनि त छैन । न त मैले तिम्रो ईच्छा अनुसार केही गर्न सक्छु । आखीर तिमीलाई तिम्रो ईच्छा अनुसार कुनै कुराले पनि पूरा गर्न सकिन भने मेरो जीवन जिउनुको औचित्य हुदैन भन्ने बिषय तिर फर्किन भुल्नु मेरो कम्जोरीनै हो । ठिक्कै छ जीवनमा यसरी गल्ती दोहोर्याउँने प्रयास कहिल्यै पनि गर्दिन । किन भने मेरो मायाँ तिम्रो नजरमा मायाँका ब्यापारीले गर्ने जस्तो भयो भने म के भन्न सक्छु ।मेरो गरीवी संग टाडीएर सफल जीवन बिताउँने पÔमाछौभने मुरी मुरी धन्यबाद तिम्रो पथ्थरको मनलाई हृदय देखीनै सलाम गर्दै तिमी बाहेक कोही संग पनि मेरो मन रमाउँन त के एक पल रहन पनि सक्दैन । तिमीले जसरी मलाई पाखा लायौ । त्यसरीनै तिम्रो जीवनको अमुल्य मायाको प्रितÔामा बसेका जो कोहीलाई लत्याउँने प्रयास नगर्नु । चोखो मायाँ कस्तो हुन्छ ल्पिज अन्तर आत्मा देखीनै गरेर हेर । आँखा बाट आँशु कसरी बग्छ एक पटक रोएर हेर



दुःख कस्तो हुन्छ कुटो कोदालो अनि भारी बोकेर हेर गरीवी कस्तो हुन्छ एकदिन भोकै बसेर हेर त्यस पछि मात्रै तिमीलाई थाहा हुन्छ की चोखो मन मायाँ एक अर्काको साथ । तर मायाँलाई रुपयाँमा जोख्ने हरुको मन गरीबीको मर्ममा किन पथ्र्यो । तिमीलाई पनि बिदेशीको भुत चढेको भए मेरो भन्नु केही छैन । हुन सक्छ मान्छेमा पनि भिन्नता यस्तै हुन्छ भनेर सुनेको थिएँ तर आज आÏनै आँखाले देख्ने अबसर पाएको छु । तिमीलाई दिएको मेरो मायाँमा के खोट पायौ । आज यसरी हरेक बाहाना बनाएर टाडीन चाहान्छ्यौ । ठिक्कै छ मलाई यहाँ भन्दा बढि कुल्चिने प्रयास नगर किन की म ठक्कर र चोट हरुले थिल थिलो भएको छु मलाई अझै टुक्र्याउँने कष्ट नगर्दै बेष होला । यति साह्ो Ôेद बिच्Ôेद भएको छु की तिमीले मेरो शरीरको एक टुक्रा अर्को संग जोड्न सक्दीनौ । तिमीमा पनि गरीब माथीको बिचार छैन रहेछ । त्यसैले त आज मेरो गरीबीमा तिमी रमायौ । पहिलो भेटमा गहिरो मायाँको भाब दर्षाएर कति सजिलै पाखा लगायौ । सायद तिमी र मेरो नाता एउटै खोलीको दुई किनारा मा बिभाजित भएको छ । दुई किनारको मिलन अब सम्भब छैन सायद तिमी संगको मेरो मिलन पनि त्यस्तै होला । मैले सुनेको थिएँ । दुःखीको मर्म दुःखीलेनै बझ्न सक्छ । सम्पन्नहरुलाई गरीवको पिर थाहा हुँदैन ।



तर तिम्रो जीवनमा दुःख र गरीवीले छोए जस्तो मलाइ लागेन । किनकी तिमी पनि धोकै धोकाको परिबेशमा सामर्थ बटुल्दै हुर्किएकी भए । मेरो जीवनमा मायाँको र साहाराको आँधीबेरी ल्याएर एक्कासी फरार हुने त के कल्पना सम्म गर्न सक्ने थिइनौ । तर तिमीलाई पनि जो कोही सडकमा छट्पट्टी रहेको हेर्न बडो आनन्द महशुस हुने भएर होला । आज मेरो त्यही अबस्था नियाली रहेकी छौ । तिमी बाट त के यो संसार बाट बिदा हुन चाहाने


गणेश "बिकाश" भेटुवल

कबिता - यस्तै छ हजुर



अब त बाटो हिंड्न पनि
लाज मर्दो भो
केटीहरु ले नै सिट्ठी बजाउन थाले
आधुनिकता को नाम मा
सारी , पटुका र चौबन्दी चोलो छाडी
2 pics मात्र लाउन थाले ।



मेरा दाजु भाईहरु पनि
कहाँ कम छन् र
कपाल पालेर कुम सम्मै झार्छन्
एक्लै दुक्लै केटी देख्नै नहुने
स्विक्क ss गरी सिट्ठी पार्छन ।



गौतम बुद्ध को देश रे
रगत नलत्पतिएको कुनै दिन छैन ,
शान्त देश भन्थे तर
चित्कार नगुन्जिएको एकछिन छैन ।



प्रेस स्वतन्त्रताको कुरा गर्छन्
प्रेस मै दागा धर्छन् यहाँ
आफु कमजोर देखिन्छ कि भनी
प्रेस कै सिसा फोर्छन् यहाँ।



बोका काटी - काटी कन
प्लेन उडाउन थाले ,
कुकुरलाई सोफा मा राखी
मान्छेलाई चैँ ढाले



नेता पनि कती बाठा
आँफै मात्र खान्छन्
अख्तियार ले पत्र काटे
बिदेश तिर जान्छन्



राजधानीमै छ हाम्रो
फोहर को त ड्ङ्गुर
बिकास जती खल्तिमा छ् ,
जनता सबै लङ्गुर
अब तपाईं आँफै भन्नुस्
कसको नैतीकता हराएको छ यहाँ
कोइली को त नाम निसान छैन
ब्वासो मात्र कराएको छ यहाँ ।
 
 गणेश "बिकाश" भेटुवाल

गज़ल - पर्खाल नढल्ने भो


तेल थप्ने हात बिना, दियो नबल्ने भो
सधै भरि अलग बसी, जीवन नचल्ने भो

आँसु मात्रै छाडी गयौ, धनको लालच् बोकी
ब्याड राख्नै गाह्रो यहाँ, फल नफल्ने भो

सुख दुख गर्न भन्छौँ, साहुँ टार्न भन्छौं
फाट्यो चोली यस्पालिको, जाडो नछल्ने भो

धन कमाइ आउँछु भन्छौ, खुशी ल्याउँछु भन्छौ
तर कैले अन्न बिना, चुलो नजल्ने भो

कत्ति साह्रो निष्ठुरी हौ, कि स्वार्थी पो भयौ
तिमी नआई समस्याको, पर्खाल नढल्ने भो


गणेश "बिकाश" भेटुवाल
२४ / ८ / २०१० a