Friday, August 27, 2010

कविता - हाम्रो पालो आएकोछ

 
पारी क्षितिजमा
एउटा अध्यारो मुस्लो बडी रहेछ
भयानक आँधी आउने संकेत बोकी
मुसलधारे पानी बर्शिन सक्छ
अनि चट्याँङ खस्न सक्छ
म सुनी रहेछु
कुनै अनिष्ठ प्रलय को संकेत गर्दै
आकाश धुमधाम संग गर्जी रहेछ
मेरो मन डराएको छ र थोरै हड्बडाएको छ
कतै त्यो अन्धकार म सम्म आइपुगो भने
या त म त्यहाँ सम्म पुगेँ भने
म त हराउने छु
मेरो अस्तित्व बिलन हुने छ
यसो हुन नदिन कुनै उपाए खोज्नु छ
कुनै बाटो रोज्नु छ
त्यसैले त कलममा बिचारको धार लगाई रहेछु
गाँउ गाँउ गइ राँको बाल्ने कुरा गर्दै छु
एकताको छानो बनाउँन
सारा जनतालाई निम्तो दिदैछु
अनि भाइचाराको हात बढाउँदै छु
आउ मलाई सहयोग गर
बिनाशकारि मुस्लो हाम्रो नजिक आइ पुगेको छ
दुस्मन ले हामीलाई चारैतिर बाट घेरी रहेछन
बालौ चेतनाको भर्भराउदो दियालो
जलाउँ ति बिनास को बिष घोल्ने
कु मान्छेहरु का कु बिचारहरु
छाड्न हुदैन हामीले हाम्रा दुस्मनहरु अब
जसले हाम्रो भबिस्य माथि खेलेर
जनताका आँख! छोपी
आफु महलमा रमाएका छन
के अब पनि माफ दिन सकिन्छ उनीहरुलाई ?
जसका कारण पटक पटक
हाम्रा भाबना कुण्ठित भएका छन
इच्छा हरु बन्दि भएका छन
सपना हरु फुटेका छन
पटक पटक आमा लुटिएकी छन
के आझै कानथुन्न सकिन्छ ?
आँखा अगाडी बहिनि बलात्कृत हुदा
आँखा छोप्न सकिन्छ ?
आमा का छातीमा दुस्मन का बुट बज्रदा
आनन्दले निदाउन सकिन्छ ?
हामीले उज्यालो दियो बाल्न भनि पठायौँ
तर हाम्रा लागि मोशो तयार गर्दै छन
यहाँ सम्म कि मानब अधिकार पनि चोखो रहेन
लेख्ने कलमलाई जुठो बनाउन खोज्दै छन
त्यसैले उठौ अब
जेष्ठ १४ आउनु अगाबै आँधी संग जुध्न सक्ने
पहाड निर्माण गर्नु छ
बज्रको ज्वाला निभाउने शमुन्द्र तयार गर्नु छ
मुसलधारे वर्षा बाट बच्न
एकताको छाता सिलाउनु छ
आउ मतभेद फाली हातेमालो गरौँ
आफ्नो लागि होइन देशको लागि
अनि अगाडी आएको अँध्यारो चिर्नको लागि
हाम्रो हातमा
बिचार, एकता र भाइचाराको राँको हुनु पर्छ
आउ जलाउँ राँको
र अध्यारो पार गरि उज्यालो चुमौ
किनकि अब हाम्रो पालो आएको छ

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete